Above News Title

युगले बिर्सेको जोधा कालीराम थारू

किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे ।
युगले बिर्सेको जोधा कालीराम थारू

पोमराज शर्मा

पञ्चायती कालमा जन्म भयो । पञ्चायती कालमै सारा बालाजोवन पुर्खाको बिर्तावाल नयाँ मुलुकमा रम्दै रमाउदै यहीकै धुलोमाटोमा साइनो गाँस्दै यौवन अवस्थाका झरिला र भरिला सपनाहरु यसैमाटोमा रोपियो। ती सपनाहरुमध्ये कति उम्रन नपाउदै यसै माटामा विलिन भए, कति उम्रेर पनि फुल्न फल्न नपाउदै अभाव,अनिकाल र अवसरविहिन मौसमले आफैसँग साथैमा लिएर गयो । अवस्था र व्यवस्था अनुकूलको अवसर अनि घरायसी वातावरणले साविकको मगरागाडी गाउँ पञ्चायतको जयनगरमा बसेर आफ्नो भविष्य खोज्ने प्रारम्भिक पढाइ अंशुवर्मा मा.वि.मा सुरुवात गरियो ।

कुरा वि.सं.२०३७ सालतिरको हो, जति खेर कक्षा १ को अनौपचारिक शिक्षा थालनी गरिएको थियोे । बर्दिया जिल्लामै राजनीतिक रुपले सुपरिचित क्षेत्र भएकाले सानैदेखि खुला तथा प्रतिवन्धित राजनीति नबुझी नबुझी नजिकबाट सुन्ने र देख्ने अवसर घरबाटै प्राप्त भयो ।

बहुदल निर्दलको जनमत सङ्ग्रह होस् वा ४० सालको वम विस्फोट घुर्मिलो घुर्मिलो आवाज सुनिएको थियोे । विद्यालयको रुग्ण भौतिक अवस्था सुधार गर्न मगरागाडीका तत्कालीन थारु जोधा श्री रामकिसुन थारु र कालीराम थारुले आफ्नो  बलबुताले प्रयास गरेका थिए ।

पञ्चायती व्यवस्थाका कट्टर समर्थक रामकिसुन थारु अनि बहुदलवादी कालीराम थारुबिच आपसी टकराब बढ्दै गयो । यसैबिच गाउँ पञ्चायतको आवधिक निर्वाचनको समय नजिकियो। त्यस बेलाका अंशुवर्मा मा.वि.का प्रधानाध्यापक बामदेव गौतम,स्व.शिक्षक देव रानालगायत बहुदलवादी नेता गोपाल गिरी, सर्जुप्रसाद राजी लगायतको आन्तरिक सल्लाहबमोजिम विद्यालयका सम्पूर्ण विद्यार्थी ,शिक्षक ,प्रजातन्त्रनावादी तथा वामपन्थी सम्पूर्ण जनसमुदाय कालीराम थारुको पक्षमा लागेर निर्वाचनको प्रचारप्रसार गरेको हिजो जस्तो लाग्छ ।

त्यसबेला कालीराम थारुलाई सबै मिलेर जिताउने अनि कालीराम थारुले आफ्नै लगानीमा विद्यालय भवन निर्माण गरिदिने आन्तरिक सहमति भए बमोजिम बाल्यकालमै उहाँको निर्वाचन चिन्ह माछा गाउँघरका भित्तामा मेरा कोमल हातले पनि बनाउन हौसिएका थिए । निर्वाचन भयो, थारु प्रजातन्त्रवादी जोधा कालीराम थारुले अत्यधिक मतले विजय हासिल गर्नु भयो र सम्झौता बमोजिम विद्यालय भवन निर्माण कार्य पनि प्रारम्भ भयो । तत्कालीन पञ्चायती शासनको दवाबमा कामलाई बिचैमा अर्धमृत बनाइयो तर कालीराम थारुको निडर स्वभावले कालान्तरमा उक्त भवनले पूर्णता पाइ छाड्यो।

थारु जोधा स्व.कालीराम थारु शिक्षा क्षेत्रमा मात्र नभइ तत्कालीन अवस्थामा धधवार,मगरागाडी गाउँपञ्चायतका आम किसानका कृषक नेता पनि थिए । कृषि कर्मका लागि परम्परागत कुलापानी व्यवस्थापनका लागि पनि उहाँको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ। बबई सिचाइ आयोजना लागू नहुदा यस क्षेत्रमा कुलापानीको प्रमुख अर्थात् चौधरी भइ किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे । सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु उहाँको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन।

सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु  कालीराम थारुको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन।

तीन चार दिनको रसद पानी लिएर घनघोर जङ्गलमा छाउनी बसाइँ सारा किसान कोर्तेवाहलाई नेतृत्व गर्नु कमता जोखिमपूर्ण थिएन ।
यस पङ्तिकार पनि वि.सं.४५/४६ सालतिर ३ ओसेरी कालीराम थारुको नेतृत्वमा बबईबाट परम्परागत रुपमा कुलो खनेर पानी ल्याउने महान कर्मको साक्षी हुने अवसर पाउने एक भाग्यमानी हो ।

पञ्चायतको प्रधानपञ्चको भूमिका मात्र नभइ दुईवटा पञ्चायतका सारा किसानलाई नेतृत्व गर्दै अदम्य सहासका साथ बबईको उर्लदो भेलमा आफू जहाँसम्म गएर नदीको मझधारमा उभिन सक्थे, उक्त स्थानसम्म बबई नदीलाई थुनेर पानी फर्काउनु उहाँको बयान गर्नै नसकिने आँट र सहास थियोे ।बर्दिया राष्ट्रिय निकुञ्जको बिचमा मध्यरातमा नै सारा किसानलाई उठाउनु अनि आफू अघि अघि सरी गाउँले किसानलाई परम्परागत शैलीमा आफ्नो  आवाजका भरमा नेतृत्व गर्दै कल्पनै गर्न नसकिने नदीको बगरलाइ एक हात लामो बेट र एक अगुलको भुत्ते फरुवाले ढुङ्गा खोस्रेर कुलामा पानी चलाउनु निलआर्मस्ट्रङले चन्द्रमा पाइला राख्नु र तेन्जिङले सगरमाथामा पाइला टेक्नु जत्तिकै कठिन अनि अगम्य कार्य थियो । स्व.कालीराम थारुको त्यो आँट अनि त्यो साहास अतुलनीय थियोे। ।

                                                                                                                           लेखक पोमराज शर्मा

यस क्षेत्रको विकास निर्माणका क्रममा मगरागाडी-तर्कापुर-खुन्तीपुर हुदै जब्दीघाट सम्मको बाटो खनाउदा होस् वा सोनापुर बुढी भवानीको मन्दिरदेखि औंरी कौवाकोरा सम्मको मूलबाटो खनाउदाको साहासिकता र व्यापक जनसहभागिता अविस्मरणीय अतुलनीय ऐतिहासिक थियोे त्यो क्षण। जुन उहाँको राजनीतिक र कुटनीतिक क्षमताको सदा साक्षी युग युगसम्म रहिरहनेछ ।

बदलिँदो समयको  क्रमसँगै त्यस्ता महान व्यक्तित्व र नेतृत्वलाई बहुदलपछिका नवराजनीति कर्मीले कता कता बिर्से जस्तो लाग्छ। त्यो व्यक्ति जसको एक आवाजमा सारा गाउँ जाग्थ्यो, त्यो व्यक्ति जसको एक हाँकमा सारा समस्याका पहाडहरु फोड्ने अदम्य सहास सारा गाउँवासीमा सिन्चित हुन्थ्यो ।आज त्यी युग पुरुष चिता अग्नीमा जलेर यस धराधामबाट बिदा भएपछि लाग्छ, सबैले उनलाई बिर्सेकै हुन् वा आजका मान्छे कृतघ्न भए । यस्ता महान साहासिक थारु जोधा स्व.कालीराम चौधरीलाई मेरो सत्सत् नमन्: ।

लेखक बर्दियाको बारबर्दिया–६, जयनगरस्थित अंशुवर्मा माविका प्रधानाध्यापक हुन् ।

प्रकाशित:

२२९ दिन अगाडि

|

१६ असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९