Above Header

"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

वर्षमा एक पटक मात्र पाइने यो च्याउको खोजीका लागि थारु समुदायले गरेको प्रयास प्रशंसनीय
"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

                                                                                                                                                                           सबै तस्विरः सागर गैरे

- सागर गैरे 

कोहलपुर चौराहामा आज असार २२  गते  बिहान एक विशेष गतिविधि देखियो। चटार थारु गाउँका चिनारु कृष्ण थारुले चिच्याउदै मलाई बोलाए, "चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई।" म साईकल चलाएर फर्किँदै थिएँ र तत्कालै साईकल घुमाएर उनीहरूको समूहको नजिकै गएँ।

थारु समुदायका महिला पुरुषहरू फुट्की च्याउ खोज्न जंगलतिर जाँदै थिए। यो विशेष च्याउ गोलो डल्ला आकारको हुन्छ र जमिनमा उम्रिन्छ। फुट्की च्याउ स्वादिलो मात्र नभई पौष्टिक पनि हुन्छ। यो च्याउ विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ र वर्षमा एक सिजन मात्र पाउन सकिन्छ।

फुट्की च्याउ सालको जंगलमा पाइन्छ। जेठ र बैशाख महिनामा जंगलमा लागेको आगोको खरानीमा उम्रिने यो च्याउ असार र साउन महिनामा खोज्न सकिन्छ। माटोले लत्तपट्टिएको फुट्की च्याउ कालो देखिन्छ तर सफा पानीले धोएपछि टिमुर र अन्य मसालाहरू हालेर पकाउँदा मीठो र सुपाच्य हुन्छ।

आज कोहलपुर नगरपालिकाका थारु बहुल्य गाउँबाट उल्लेख्य संख्यामा मानिसहरू फुटकी खोज्न जंगल गएका छन् । जिप, अटो, म्याजिक भ्यान र मोटरसाइकलमा हुलका हुल मानिसहरू थिए । साथमा ओढ्ने र खाने कुराको बन्दोबस्त पनि गरेका थिए।

हिजो अस्ति गाउँमा केही मानिसले फुट्की च्याउ ल्याएका थिए र त्यो खबर आगो झै फैलियो । आज पूरा गाउँ उल्टिएर गएको छ । यति मानिसहरू आज जंगलमा छन् कि गाउँमा समेत त्यति नहोलान। फुट्की च्याउ खोज्न गएको भिडभाडको दृश्यले म छक्क परेँ र तस्बिर खिच्न थालेँ।

यो गतिविधिले थारु समुदायको उत्साह र फुट्की च्याउको महत्त्वलाई स्पष्ट पार्छ । वर्षमा एक पटक मात्र पाइने यो च्याउको खोजीका लागि थारु समुदायले गरेको प्रयास प्रशंसनीय छ । कोहलपुर

प्रकाशित:

७ दिन अगाडि

|

२२ असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

६४१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६७६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

६४० दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

६४६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५९० दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५७८ दिन अगाडि

|

२७ मंसिर २०७९