Above Header
Above News Title

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’ कवियत्री भूमिका थारू

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’  कवियत्री भूमिका थारू

प्रज्वल अधिकारी

एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्य महोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –भूमिका  थारू ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले भुमिका थारूसँग गरेको कुराकानी :

नेपाली कला, कविता र रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ, यसलाई कसरी हेरिरहनु भएको छ र यी क्षेत्रमा हुँदा लैंगिक विभेदको सामना गर्न परेको छ कि छैन ?

– म अन्तर्मुखी स्वभावको भएकीले मलाई कला, कविता र रंगमञ्च मार्फत् नै आफूलाई अभिव्यक्त गर्न मन पर्छ । पहिलेको तुलनामा हेर्ने हो भने यस क्षेत्रले दिन प्रतिदिन फड्को मारिरहेको अवस्था छ । यो क्षेत्रमा भइरहँदा खेरि लैंगिक विभेदको कुरा गर्ने हो भने महिलालाई खाली ठाउँ भर्नको लागि मात्र ‘स्पेस’ दिने गरेको मैले कयौंपटक महसुस गरेकी छु । रंगमञ्चमै पनि पुरुषलाई नै धेरैजसो ‘स्ट्रङ क्यारेक्टर’ दिएको हामीले देख्दै आइरहेका छौं । ‘ए महिला कवि पो रैछ । तिमी पनि कविता लेख्छौ र ? कविता लेखेर के पायौ ?’ भनेर कुनै बेला कसैले मलाई यसरी प्रश्न तेर्साएको नमीठो घटना अझै पनि ताजै छ ।

कविता लेखिरहँदा तपाईंलाई सबैभन्दा मन पर्ने विषय के हो ?

– कविता लेखिरहँदा मलाई सबैभन्दा मन पर्ने विषय भनेकै आफ्नो थारू समुदायको मुद्दा हो । समग्र थारूहरूलाई अझै पनि सीमान्तकृत कमलरी, कमैयाकै रूपमा हेरिन्छ । मलाई लाग्छ, तमाम आदिवासीको मुद्दाहरूलाई अझै पनि ओझेलमा पारिएको छ या भनौँ दबाइएको छ । अब पनि ती आवाज नयाँपुस्ताले नउठाए कसले उठाउने ? त्यही भएर मेरो कवितामा प्रायः मेरै थारु समुदायकै कथा–व्यथा अनि विद्रोह झल्किन्छ । ‘कहियासम अनागरिक ?’ शीर्षकको मेरो थारु भाषाको कवितासंग्रह यही असारमा प्रकाशन भएको छ ।

कवितामा मेरो यो प्रयास, यो संघर्षको यात्रा सदैव जारी नै रहनेछ ।

नेपाली कविताको क्षेत्रमा गुट, उपगुट छ भनिन्छ, के तपाईंलाई थाह छ ?

– नेपाली कविताको क्षेत्रमा गुट, उपगुट पक्कै पनि छ । जस्तो कि सधैँ एउटै अनुहार दोहोरिइरहनु । एउटालाई मात्र बारम्बार मौका दिनु, अब्बल लेख्ने नयाँले मौका नै नपाउनु ।

कविताको क्षेत्रमा पनि समावेशिता चाहिन्छ भनिन्छ, के यो ठिक हो ?

– हो, कविताको क्षेत्रमा अवश्य पनि समावेशिता चाहिन्छ । यसै पनि आदिवासी, दलित, मुस्लिम, सीमान्तकृत वर्गका आवाज सामान्यतः सुन्नमा आउँदैन । ती आवाज कविता मार्फत् ल्याउन पनि कविताको क्षेत्रमा सबैको समान ढंगले प्रतिनिधित्व हुन एकदमै जरुरी छ ।

एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा तपाईंको प्रदेशबाट तपाईंलाई कविता वाचनका लागि आमन्त्रण गरेको छ कस्तो लाग्दैछ ?

– एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा लुम्बिनी प्रदेशबाट मलाई कविता वाचनको लागि आमन्त्रण गरेकोमा एपेक नेपालप्रति हृदयदेखि नै आभारी छु । कार्यक्रममा सहभागिता जनाउन साँच्चिकै आतुर छु । कवितामा बामे सर्दै गरेकी स्रष्टाले यो मौका पाउँदा कविता लेखनमा थप ऊर्जा, हौसला अनि आँट मिलेको छ ।

प्रकाशित:

२३८ दिन अगाडि

|

१० साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९