त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापनरत सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ पुस्तक शुक्रवार साउन १८ गते सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा लेखक ढकालसहित अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखुले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा अनुभव अजीतले ‘इतिहासअघिको इतिहास’ पुस्तक संग्रहणीय भए पनि कठिन पारिभाषिक शब्दावलीले बुझ्न केही कठिन भएको बताए । उनले अर्को संस्करणमा सरल भाषामा लेख्न सुझाए ।
कैलाश राईले पुस्तकले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने जिकिर गरिन्। सञ्जय शर्माले पुस्तकले आगोको आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गरे ।
कार्यक्रमको सहजीकरण गरेका सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न .पुस्तक विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राखे ।
यस्तै, आफ्नो ‘इतिहासअघिको इतिहास’ पुस्तक सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताए । उनले अर्को वर्ष यसभन्दा अझ खँदिलो पुस्तक लिएर आउने वाचा गरे ।
यो पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मोल ५९९ रुपैया रहेको छ ।
प्रकाशित:
२२९ दिन अगाडि
|
१९ साउन २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
११ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९