Above Header

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

मधेश प्रदेशमा थप ५ राज्यमन्त्री नियुक्त हुँदा २० सदस्यीय जम्बो मन्त्रिपरिषद हुन पुगेको छ ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् ।

यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।
यसैबीच निवन्धकार प्रतीक ढकाल यसबारे व्यंग्य गर्दै भन्छन्, सङ्घीयताले देशलाई केही दिएन भन्नुभएको होइन तपाईंले ? देश यति सानो भए पनि ८८४ जना लोगोधारी सांसद र १५० जनाको हाराहारीमा झण्डाधारी मन्त्री त पाएकै थियाैँ, अब त ८ जिल्ला भएको मधेश प्रदेशले २० जनालाई मन्त्री बनाएर गाैरवशाली कामै देखाइदियो । यही रीतले देश अगाडि बढ्दै जान पाउने हो भने एउटा यस्तो दिन पनि आउनेछ कि प्रदेशका सबै नागरिक घटीमा पनि एकपटक मन्त्री भइसकेका हुनेछन् । अनि हुन्छ कि हुन्न देशबाट गरिवी निवारण ? मन्त्री हुनु अनि गरीवै रहिरहनु सम्भव छ नेपालजस्तो समृद्ध मुलुकमा ? कुरै नबुझी सङ्घीयतालाई होच्याउने ? त्यसैले यो महान् उपलब्धिको रक्षा गराैँ । 

 

प्रकाशित:

४४ दिन अगाडि

|

२३ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७१० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७४४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७५४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७०९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६५८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७१४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६४७ दिन अगाडि

|

२७ मंसिर २०७९