खेतबारी ग–ह्रा कुना, बिउ बीजन सुधारौं
आत्मनिर्भर बन्दै, गृहस्थीको ढोका उघारौं
हो–पसिना बेचेर परचक्री र परजीवी बन्ने मान्छे ! होइन–पसिना बगाएर समय, श्रम र सम्पदाको सदुपयोग गरेर बाँच्ने मान्छे ! साँच्चै के हो मान्छे ! के होइन मान्छे !! तर त्यही हो मान्छे ! जो, जहाँ र जसरी स्वावलम्बी, आत्मनिर्भर र परिश्रमी भएर बाँच्ने मान्छे नै साँच्चै मान्छे हो !
ती देख्दै अचम्म लाग्ने पसिनाका भकारीहरू, मेहेनतका ढुकढुकीहरू र जोस जाँगरका सागरहरू साँच्चै ! पर्माकल्चर व्यावहारिक दर्शन अनुरुप उपयुक्त प्रविधिका संगोल नमुनाहरू हुन् । मान्छेले के गर्न सक्छ र ? भन्दा के गर्न सक्दैन र ? भन्ने उदाहरण हुन्–तीन्टी आँप मदन पोखरा पाल्पाका शान्ती घिमिरे, बेगनास पोखराका सूर्य अधिकारी, सीतापाइला काठमाडौका श्याम श्रेष्ठ, शान्तिबाटिका ककनीका गर्ड लेडरमन, भक्तपुर गाम्छाका रमेश खड्का, पातलेखेत हसेराका गोबिन्द शर्मा, लाङदुकका कार्साङ र गोविन्द लामा, डाडाँफयाका दीर्घबहादुर शाही, गुन्छाका आङ्गेल, रिमीका सज्जन बुढा, सिमकोटका, धर्मराज रोकाया, राना रावत र दन्त रावतहरू केही प्रतिनिधि पात्रहरू हुन् । यो दर्शनका एक प्रचारकर्तामध्येका एक हुन् – कृष एभान्स । उनी रोलीङ पर्माकल्चरका प्रारम्भकर्ता हुन् । यिनैको पहलमा हुम्लामा पर्माकल्चर कृषि शिक्षा लागु भएको हो । पर्माकल्चर सम्भावनाको सरोवर हो, विश्वासको धरोहर हो, श्रमको रहर हो र हो परिश्रमको आस्था पनि हो । यसैले पनि अब विभिन्न नाम र काममा जानी नजानी पर्माकल्चर, दिगो कृषि, जैविक कृषि, सबल कृषितिरका गतिविधिहरूको माग र प्रयोग बढ्न थाल्नु सत् प्रयास हो ।
प्राध्यापक वील मोलिसन यस्तै तप्काका मान्छे हुन् । जसले युद्धको विभिषिकाबाट आक्रान्त भएर वनवासका निस्सार, निरास, निष्कलंक, निष्काम, निक्खर र पट्टयार लाग्ने दिनहरूमा पनि एक नौलो सिर्जना दिए, एक नौलो अनुभूति दिए र एक नौलो अनुभव दिए । त्यही सिर्जनाको सुन्दर फूल हो– पर्माकल्चर कृषि दर्शन । उनका सहयोगी थिए– डेभिड होल्मग्रेन । यी दुवै अष्टेलियाका नागरिक हुन् । बीसौं शताब्दीको सातौं दशकतिर कृषि क्षेत्रले पाएको नौलो दर्शन पर्माकल्चरले व्यावहारिक ज्ञानको महत्व बढाएको छ । यो कृषि दर्शनको सिद्धान्त, ज्ञान, सीप र प्रविधिको खुला पाठशाला हो, महाविश्वाविधालय हो, व्यावहारिक ज्ञानको महाआलय हो । यो भूगोलको काप काप फलेको फूलेको सकरात्मक सोचको बिउ हो । श्रमको राप रापमा प्रकम्पीत भएको जीवन आधारको एक लक्ष्य हो । कृषि दर्शनको दाप दापमा छचल्केको छत्ताछुल्ल भएको पसिनाको सागर हो । यो कृषि दर्शनले समय, सीप, जग्गा, माटो र जाँगर अनुसार सीप र प्रविधिको एकतामा विविधता र विविधतामा एकता प्रयोगको गर्दै माटोको उर्बर शक्तिको संरक्षण, जैविक खाद्य उत्पादन, वातावरण मैत्री, स्वस्थ र स्वच्छता लागि सहयोग गर्दछ । पर्माकल्चरको शाब्दिक दर्शन भनेकै परम्परागत ज्ञान, प्राकृतिक पद्दति र विज्ञानका नविनतम कुराहरूको समायोजन हो । यसबाट मानव जीवनलाई कसरी सबल बनाउने हो । यो सहकार्य, सद्भावना र समायोजनको त्रिकोणात्मक रुपरेखाको वृत्तमा आधारित छ । यसैले पर्माकल्चर भनेको नै हाम्रो संस्कृति र प्रकृतिको आधाररेखा हो ।
जहाँ कृषिका अनेकौं अवयवहरूसँग संस्कृति जोडिएको हुन्छ । संस्कृतिका अनेकौं रुपरेखाहरूसँग प्रकृति रमाएको हुन्छ । र त जीवनका आरोहअवारोहको डुङ्गामा मौसम, समय, ऋतु, हावापानी, जातजाति र पशुपन्छीहरूको पातपतकर, आखेटोपहार तथा अङ्गप्रत्याङ्गहरूसँग जोडिने भएकाले नै यो जीवन जगत्को आधार हो । पर्माकल्चर कृषि दर्शनको अवधारणाको विकास वि.सं. २०३१ सालमा प्रतिपादीत भएको हो । यो दर्शनले मुलतः प्राकृतिक प्रणाली, स्थायीत्व, विविधता, सर्वशुलभता, एकता, अनेकता र समन्ववाद जस्ता ढाँचायुक्त कुराहरूको अध्ययन, अनुसन्धान, निरिक्षण र मूल्याङ्कनका आधारमा मानव तथा पृथ्वीका सम्पूर्ण जीवहरूको दिगोपनको सुरक्षा गर्ने ढाँचायुक्त गतिविधिहरूमा सहयोग गर्ने काम गर्छ । यो कृषि दर्शन नै पर्माकल्चर हो ।
छर्ने गरौं झोल मल, रोग पापी भागला
पसिनाको मलबाट, फल मीठो लागला
माथिको देउडा गीतले परम्परागत कुराहरूलाई समय सुहाउँदो परिवर्तन गर्न आवश्यक भएकोले उद्गार गरेको छ । हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोयिबा, झिनीगीन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमुखी भ्रमको भुमँरीमा झुमेको छ, रमाएको छ र काम भएर पनि बेकामको नाममा समय गुमाएका छन् । वनमा आगो लगाएर बहादुर नाममा घुमेका छन् । यसबाट माथि उठ्न पर्माकल्चर कृषि जस्तै व्यावहारिक कृषि शिक्षाको माध्यमबाट खेर गएका वस्तुहरूको समुचित प्रयोग गरी राम्रो आम्दानी लिई आत्मनिर्भर र व्यावसायिक बन्ने काममा लाग्ने आवश्यक भएको छ । यो जिल्लालाई नै नेपालको एक अनुपम जैविक क्षेत्र भएको जिल्लाको रुपमा पहिचान गर्न गराउन सक्छौं ।
वैधानिक रुपमा पर्माकल्चर, दिगो कृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् । मनग्य आम्दानी गरेका छन् ।
यस जिल्लाका जैविक नमुना गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी, तम्मु अनेकौं गाउँहरू छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको पेशाको रुपमा अँगालेका छन् । तर वैधानिक रुपमा भने पर्माकल्चर, दिगोकृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् । यही पेशामा रमाएका छन् । मनग्य आम्दानी गरेका छन् । कृषि पर्यटनको लागि हातेमालो गर्न प्रचारप्रसार लागि यहाँका अगुवाहरू छिरिङ लामाहरू र कार्साङ्गमा लामाहरू लागेका छन् । त्यसैले पर्माकल्चरले सीप र आम्दानीलाई बढाउँछ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिनका लागि पृष्ठपोषण गरेको हुन्छ । प्रस्तुत कवितांसले हुम्ला र हुम्लीको वर्तमान अवस्थाको बारेमा प्रकास गरेको छ ।
पीएचको फ्लोराइडयुक्त दाँतले
ङिच्च हाँस्छ हुम्ला
चामलको बारेमा चुलिएको विकास
वस्तुविनियम गरेर
पर्माकल्चर कृषि दर्शन प्रयोग गर्ने ४९औं जिल्ला हुम्ला हो । यसको प्रयोगबाट ग्रामीण समुदायका लागि कम श्रम, कम मूल्य कम जग्गा र एकै स्थानमा एकीकृत प्रणालीबाट कृषिजन्य उत्पादनहरू प्राप्त गर्न गराउन सकिन्छ । यो एक एकीकृत ढाँचायुक्त प्रणाली भएकोले गरीवीको अभावले दुःख दिने हिमाली जिल्ला हुम्लाको विविधतापूर्ण भूगोल र पेशाको उत्तम कृषि प्रविधि हो । यो कृषि प्रणालीले मौसमी र बेमौसमी कृषि उत्पादनमा नयाँ नयाँ र विभिन्न प्रकारका सीप, प्रविधि, विधि विधानहरू प्रयोग गर्न सकिने मान्यता र ढाँचा हो । हाल हुम्लामा पनि यो विधि प्रयोग गरिन थालको छ । चाहे हिउँको खालमा होस् कि पानीको आहाल होस् । जैविक खेतीको उपयोग हुन थालेको छ । यसबाट स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालको छन् । यो पर्माकल्चर कृषि दर्शनको एक उपलब्धी हो । यी क्रियाकलापहरूले लैङ्गिक समानता, सामूहिक भावना र कृषि सहकारीताको भावना जगाएको छ । दुई वर्षदेखि पाँच फिट हिउँभित्र पनि हरियो सागको उत्पादन गरेर उपयुक्त प्रविधिको राम्रो नमुना प्रस्तुत भएका छन् । ग्रीनहाउसको माध्यमबाट मौसमी र बेमौसमी तरकारी खेतीको प्रयोग गर्ने सीप प्रत्येकका घरदैलोमा पु–याई गृहस्थी बलियो बनाउनमा प्रयासरत छन् – हिमाली पर्माकल्चर केन्द लगायत केही गैससहरु । यसबाट अवश्य पनि केही मात्रामा दिगो र जैविक कृषि सूचकका सकारात्मक परिर्वतनका देखिन थालेका छन् । यसैले तलको कवितांसले हुम्लाको प्राकृतिक छटाको मनोदशा जग जाहेर गरेको छ ।
च्या छहरा चलमल चल्मलाउँदै
जिस्की मस्की मुस्कुराउँदै
दूरदृष्टिको दूरबीनमा
बल्छिन् हर्दम धप धप धप !
— च्याछहरा/काजी रोसन
हुम्लीहरूले पर्माकल्चरको सीप र प्रविधिबाट हिउँदे मौसममा पनि वनेलु र घेरेलु तरकारीहरूको उत्पादन गरी प्रयोग गर्न थालेका छन् । यसले गर्दा नजानिंदो रुपमा स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालेका छन् । प्रत्येक घरका मान्छेहरू विभिन्न गैसस र जिल्ला कृषि विकास कार्यालयमा गएर तरकारीका बिउ बीजन र फलफूलका बिरुवाहरूको माग गर्न थालेका छन् । यसले केही वर्ष यता कृषिका बारेमा चेतना छाएको छ । बिउ बीजनका बारेमा छलफल हुन थालको छ । हिउँद र वर्षाको समयमा प्रत्येक हुम्लीहरूको घरका अगाडी प्लाष्टिक टनेल, तातो नर्सरी, आकासे नर्सरी, फलफूल नर्सरी, करेसाबारी र ग्रीन हाउसको आकर्षण बढेको छ । यो कृषि कामले एकातिर स्वास्थ्यमा सुधार र अर्कातिर आयमा टेवा पुगेको छ ।
पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो ।
हुम्लाका गाउँघर वरपर छरिएर रहेका साधनहरूको प्रयोगबाट हरियो मल, झोल मल, गोठे मल, गीतिमल, घुरेनमल, जुडेल्नोमल जस्ता जैविक स्रोतबाट माटो सुधार भई उत्पादन बढ्ेर राम्रो आम्दानी गर्नसक्छौं । करेसाबारी, एयरलेरीङ, तातो नर्सरी, आकासे नर्सरी, घरेलु नर्सरी, एफ्रेम, हरियोबार फार्म फरेष्ट्री जस्ता विविध प्रविधिहरूको प्रयोगबाट विभिन्न जातका वनस्पतिको घरेलुकरण र व्यावसायिकरण गर्न सकिने सम्भावना रहेको छ । विभिन्न प्रकारका ग्राफ्टीङबाट विभिन्न प्रकारका फलफुलहरूलाई विकसित गर्न सकिने देखिन्छ । उदाहरणको लागि ग्रीनहाउस, फलफुल नर्सरी, बधुवा पशुपालन र पशु आहरामा समेत सुधार हुँदै छ । यो पर्माकल्चरको व्यावहारिक प्रयोग हो । लैङ्गिक असमानता, पैतृक अधिनायक, एकल सोच, जीविकोपार्जन खेती, अत्याधिक वन विनास, अत्यधिक मात्रामा अप्रमाणित र हाईब्रीड बीउ र प्लान्ट क्वारेन्टाइन नगरीएका बोटविरुवाहरूको आयात, क्षणिक कार्यक्रममुखी सोचलाई हटाएर लैगी¨क समानता र समुदायवादी, प्रमाणिकरण भएको बीउ विजनको प्रयोग, विषादी र रसायनिक मलमा न्यूनिकरण र कटौती गरी जैविक तथा प्राङ्गरिक मलको प्रयोग गरेर पर्माकल्चरमा आवद्ध समुदाय तथा आत्मनिर्भर कृषि शिक्षा भएकोले यो माटो, हावापानी, भूगोल, व्यक्ति, समाज र समय सुहाउँदो छ ।
मान्छे बगाई जग्गा भत्काई बिगारी दिस् घट्ट
बाँझा गणा बुका खेतको को ल्याइदेला कट्टठ
— उठ ! अब हुम्ला कर्नाली / सुझाव ढकाल
पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो । प्रकृतिको विविधतालाई अनेकतामा र अनेकतालाई विविधतामा बदल्ने कृषि दर्शन हो । संस्कृति, प्रकति र वैज्ञानिक तौरतरीकालाई समायोजन गर्ने एक नवीन कृषि दर्शन हो । यसलाई कुनै गैससको नाम, काम र दाम कमाउने प्रतीक रुपमा नभै २० बर्षे दिर्घकालीन कृषि विकास कार्यक्रम, राष्ट्रिय योजना तथा कृषि नीति नियमहरूको लागि मुख्य सवाल बन्नुपर्छ । तब मात्र राष्ट्रिय लक्ष्य र योजनाको कृषि नीति नियमको सफल गतिविधि बन्ने छ । यसलाई व्यापक बनाउन सबै क्षेत्रबाट आवश्यक सहयोग र सञ्जाल बढाउनु पर्छ ।
विश्व जैविक खेती प्रणाली र नीतिमा फर्केको मौकामा पर्माकल्चर कृषि शिक्षा गतिलो सवालको मार्ग बन्ने छ । यसको प्रतिनिधित्व गर्ने राष्ट्रिय सञ्जाल नेपाल पर्माकल्चर समुह हो । यसमा नेपालभरी पर्माकल्चर कृषि दर्शन अपनाउने व्यक्ति, समुह र संस्थाहरूको वार्षिक भेलामा अनुभव आदान प्रदान गर्ने मञ्च समेत हो । यसले पर्माकल्चर कृषकका अनुभव साँटफेर गर्दै क्षमता अभिवृद्धि र स्तरीकरणका लागि पहल गर्छ, गराउँछ । साथै पर्माकल्चर डिजाइन कोर्सको लागि प्रशिक्षण सममेत दिने काम गर्छ । यस्ता कामहरूले हिमाली भेगका उच्च भूभागीय धरातलको बाह्रै महिना प्रयोग गर्ने काममा सहयोग गर्ने देखिन्छ । माटोलाई पनि जस्वन्त बनाउन पहल गर्छ । वातावरणको संरणका लागि उर्जा थप्छ । हुम्ला जस्ता विविधतायुक्त तर पिछडिएको समाजको उठानमा यो व्यावहारिक कृषि प्रणाली उपयोगी बन्न सक्छ । जय गृहस्थी !
उठ उठ ! किसान दाजुभाइ, खेतीपाती गर्न
आयो पर्माकल्चर कृषि शिक्षा, उज्यालो छर्न
Karnarokaya994@gmail.com
प्रकाशित:
४२ दिन अगाडि
|
२५ साउन २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९