काठमाडौं उपत्यकामा यस वर्ष पनि अस्टिम्की पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बानेश्वर, बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटको हलमा आगामी भदौ १० गते सोमबारका दिन अस्टिम्की मनाइने भएको हो ।
भकृटीमण्डपको प्रांगणमा शनिबार भदौ १ गते बसेको बैठकले अस्टिम्की कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा तयारी मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरेको छ ।
कार्यक्रमको उपसंयोजकमा न्यौछार समूहकी रिता चौधरी तथा सदस्य सचिवमा अन्जु चौधरी रहेकी छिन् । त्यस्तै, राष्ट्रिय थारु कलाकार मञ्चको संयोजनमा सांस्कृतिक समिति, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरीको संयोजनमा प्रचारप्रसार समिति, अग्रासन महिला समुहको संयोजनमा पूजा तथा मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, फोहर व्यवस्थापन समिति, किरण चौधरीको संयोजनमा आर्थिक व्यवस्थापन समिति लगायत समिति गठन गरिएको छ ।
तयारी समितिको सल्लाहकारमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, डा कृष्णराज सर्वहारी, बलराम चौधरी, डा रामबहादुर चौधरी रहेका छन् । डा रामबहादुर चौधरीले अस्टिम्की विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
मुल आयोजक समितिका अन्य पदाधिकारीमा गुरही तयारी समितिकै संस्थाका सदस्यहरु रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका छन् ।
चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा २०७२ सालदेखि काठमाडौमा अस्टिम्की मनाउन थालिएको हो ।
प्रकाशित:
२१४ दिन अगाडि
|
२ भदौ २०८१
१८ मिनेट अगाडि
|
७ चैत २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
११ दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९