फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस मनाइएको छ ।
यस वर्ष कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको कार्यक्रमको ब्यानरमा नवौ टीकापुर विद्रोह दिवस २०८१ लेखिएको छ ।
७ भदौ २०७२ मा थरुहट प्रदेशको लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको मृत्युवरण भएको थियो । टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा हुन्छ ।
अर्को दिन ८ भदौमा कर्फयुको समयमा पनि थारू समुदायको व्यक्तिको घर छानी–छानी प्रशासनको जोडबलमा आगजनी गरिएको थियो । उक्त दिनलाई कालो दिवस भनेर मनाइनु पर्ने हो । यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो थाकसले । कुन विद्रोहको दिन, कुन कालो दिन निक्र्यौल गर्न नसक्ने नेतृत्व समग्र आन्दोलनको नेतृत्व गर्न अलमलमै छ ।
कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको नवौ टीकापुर विद्रोह दिवस २०८१ कार्यक्रममा सहभागी जनसमुदाय ।
भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कालो दिवस मनाउने सर्कुलर प्रष्ट शब्दमा जारी गरिनुपर्ने देखिन्छ अरु वर्ष । नभएर यस वर्ष विभिन्न स्थानमा विभिन्न नामबाट दिवस मनाउने क्रम अरु वर्ष पनि यथावत रहने देखिन्छ ।
जस्तो कि यस वर्ष काठमाडौंको माइतीघर मण्डलामा गरिएको कार्यक्रममा टीकापुर विद्रोह सभा उल्लेख छ । सो कार्यक्रममा सहभागी रामस्वागत चौधरीले भने तस्विर शेयर गर्दै कालो दिन भनेर उल्लेख गरेका छन् ।
उता चितवनमा गरिएको कार्यक्रममा थारु विद्रोह दिवस भनिएको छ ।
त्यसैगरी, दाङको लमहीमा गरिएको कार्यक्रममा दुइटा व्यानरमा एउटामा विद्रोह दिवस, अर्कोमा कालो दिन उल्लेख छ । यी सबै कार्यक्रम थाकसकै व्यानरमा भएको थियो ।
प्रकाशित:
२०९ दिन अगाडि
|
८ भदौ २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
११ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९