Above Header

अगुवाहरू सक्किने कि सच्चिने ?

अगुवाहरू सक्किने कि सच्चिने ?

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा सक्किने कि सच्चिने भन्ने प्रश्न पहिचान आन्दोलसंग जोडिएर आएको बुझ्नुपर्छ । आधुनिक राज्यहरुको सिमारेखा कोरिए पश्चात संसारभरि नै पहिचान आन्दोलन संगठीत रुपमा शुरु भए । हालपर्यन्त विभिन्न भूक्षेत्रमा यसैको लागि संघर्ष चलिरहेको हामी पाउँदछौं । नेपाल यसबाट अछुतो छैन भनी बुझाउन पृथ्वीनारायण शाहको गोर्खा अधिराज्य विस्तार हुँदाको बखत चलेका विभिन्न युद्ध मध्ये लिम्बुवानका दश सरदारको विद्रोह एक महत्वपूर्ण तथ्य ठहर्छ । सो विद्रोह पश्चात पटक पटक संघर्षका पाइलाहरु चालिंदै आए तर परीणाम निकाल्न असफल रहीआएका छन् । अस्तित्व रक्षाको लागि साँस्कृतिक भूमी तथा जल र जंगल उपरको स्वामित्व समेत कायम राख्न सक्ने स्थिति बनेन । अर्थात् ऐतिहासिक पृष्ठभूमीको आधार जोगाउन सम्बन्धित समुदायलाई कठीन भयो र अन्ततः राज्य सम्भ्रान्तवर्गले परिभाषित गरेको नेपाली एकल राष्ट्रियता भित्र समाहित बन्दै एक थान नागरिकता प्रमाण पत्र बोक्न विवश बन्यौं । 
छलकपटपूर्ण तवरले गोर्खा अधिराज्यको विस्तार गरिए । पृथ्वी नारायण शाहका सेना शुरवीर थिए नै साथै त्यस बखतको चलाख तथा रणनीतिक सेना पनि हो । नेपाल उपर विजयी गरे पश्चात गोर्खाबाट हनुमानढोकामा  फूलपाति भित्र्याउने चलन चलाएको हो । त्यसबाट संदेश दिन सफल भए कि गोर्खाको हिन्दु संस्कृति यहाँको पनि हुन् । साथै दशैं अब विजया दश्मी (बडा दशैं) को रुपमा मनाउन घरघरमा शक्तिको पूजा गर्न सकौं । दुर्गा भवानीले हामी सबैको कल्याण गरुण । 
सीपको पूजा गर्ने स्थानमा अब शक्तिको पूजा हुन थाले पश्चात छलकपट तथा चाकरी   एक संस्कृति बन्यो । शासकवर्गमा निरन्तर कायम रहेको यो संस्कृति क्रमशः रैतिमा समेत देखिन थाले । उनीहरु पनि हैसियत अनुसार स्थानको खोजी गर्न लागे । अर्थात् विभिन्न हिन्दु जात समूह आफ्नो लेगेसी क्षत्रिय कुलसंग जोड्ने भए । पहिचानलाई शक्तिको श्रोतको रुपमा अंगिकार गर्ने तथा शक्ति प्राप्त गर्न संघर्ष गर्ने भए । दक्षिण एसियामा यी ठाडो वर्गिकरण शासन व्यवस्थाको विधान सावित हुँदै आए । राजनैतिक हिसावले शासक सम्भ्रान्त तथा रैती प्रजाको दर्जा मिलान गरे ।
विस्तारित नेपालमा राना थारु पछि मात्र थपिएका हुन । उनीहरुको भूगोल लखिमपुर÷खिरी तथा गोण्डा लगायतका कैलाली र कञ्चनपुर भारतमा रहेको थियो । लखनउ विद्रोह पश्चात नयाँ मुलुकको रुपमा बाँके, वर्दिया, कैलाली र  कञ्चनपुर विर्ताको रुपमा जंगवहादुर राणाले प्राप्त गर्दा राना थारु नेपालको सरहद भित्र परे । राजनीतिक शक्तिको आडमा यहाँ जंगवहादुर राणा महाराणा प्रतापका वंशज कहलिए । उनीहरु चितौडका राजवंश नेपाल भूमीसम्म फैलाए तर राना थारु जो आफूलाई इतिहासमा चितौडबाट लखेटिएको महाराणा प्रतापको सन्तान दावी गर्दा समेत नेपाल र भारतमा जनजातिको कोटा प्राप्त गर्न पहिचान खोजी गर्दैछ । यहि सत्य शासकवर्ग र शासित विच भिन्न हुने भएको छ । शक्तिले सत्ता प्राप्त गर्न सघाउने गर्छ । सायद माक्र्सले भनेको सत्ता वाहेक सबै चिज भ्रम रहेछ भन्ने तथ्य यथार्थमा बदलिएको भन्न सकिन्छ । 
खासगरी राष्ट्रिय मुक्ति क्रान्तिमा लामबन्द हुन प्रतिवद्ध पहिचान दावी गर्ने समूहको विवेकसंग सम्बन्धित छ यी सवाल । तसर्थ, स्पष्टसंग भन्नुपर्छ कि किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्व राष्ट्रिय मुक्ति क्रान्तिको जग हो । अभियान, संघर्ष तथा विद्रोहको कार्यदिशामा निरन्तर अगाडि बढ्ने राष्ट्रिय मुक्ति क्रान्ति उपरोक्त जगमा टिक्ने र विशेषतः अग्रदास्ताले नेतृत्व गर्ने भएकोले बल प्रयोगको सिद्धान्तलाई नकार्न सकिन्छ वा सकिन्न त्यो परिस्थितिले जन्माउने विषय हो । यहाँ हामी शान्तिपूर्ण विद्रोहको जग निर्माण गर्न विकल्प सहितको विद्रोह भन्दैआएका छौं ।  
हामी उठान गरेको आन्दोलन एकिकृत तथा सशक्त बनाउनुपर्छ । गोर्खाली राज्यसत्ताको जग हलाउन समेत यीसब गर्न जरुरी छ । तर समस्या किटान गरे मात्र सही उपाय निक्र्यौल गर्न सकिने भएकोले राष्ट्रिय उत्पीडनको कारण पता लगाउने काम अनिवार्य रुपले सक्नुपर्छ । अर्थात् औपनिवेशिक चरित्रको राज्यप्रणालीको राजनीतिक खेलको नियम बदल्न सके मात्र राष्ट्रिय उत्पीडनको सवाल हल गर्न सकिनेछ । 
तसर्थ, राष्ट्रिय मुक्ति क्रान्ति यथार्थमा औपनिवेशिकता विरुद्धको संघर्ष पनि हो । यसखाले संघर्ष वहिष्करण र सीमान्तकृत राष्ट्रियताहरुले संसारभरि नै छेडेका छन् । नेपालको विशिष्टतामा यसखाले संघर्ष वहुआयामिक हुने विषय प्रवेश पाएको छ र यो नयाँ विचार साझा विचार, नयाँ योजना साझा योजना तथा नयाँ नेतृत्व साझा नेतृत्व मार्फत निर्देषित हुन जरुरी छ । त्यसको लागि पुरानो कार्यशैलीमा परिवर्तन आउनुपर्छ । साथै पुरानो मोडेलको संघर्ष समेत बदलिन जरुरी छ ।  
राज्यको संरचना तथा लोकतन्त्रको पुनर्गठन सम्बन्धि व्यापक वहस चाहिएको छ । साँस्कृतिक सापेक्षतावादको जगमा एक ऐतिहासिक कन्भर्जेन्सको खोजी अबको लोकतन्त्र प्रतिको प्रतिबद्धता दर्साउँछ । त्यसैले वहुलराष्ट्रिय लोकतन्त्रले कन्भर्जेन्स  नयाँ मोडेलमा सघाउँछ । यहि बुझाईलाई सार्थक बनाउन प्रकृति र संस्कृतिको कन्भर्जेन्स खोजी गर्दै स्वदेशवादको प्रबद्र्धन गर्न सकिन्छ । साथै मानवकेन्द्रवाद ईन्कार गरी अलग ज्ञान प्रणाली सेट गर्न मद्दत पुग्छ । विशिष्ट समुदायको स्वपहिचान यिनै अलग अलग ज्ञान प्रणाली मार्फत अभिव्यक्त भएको हुन्छ भनी सत्य स्थापित गर्दा शक्ति उत्सर्जन हुनजान्छ र त्यही शक्तिको आडमा सत्ता दावी गर्न सकिन्छ । 
पहिचान आन्दोलनमा प्रतिबद्ध जनताहरु अब सच्चिने कसरी त ? पहिलो कुरो संरचनागत विभेदको एजेन्डामा पटक पटक संघर्ष गर्यौं । राज्यका अंग तथा तहहरुमा हाम्रा न्युन सहभागिताको कुरो उठायौं भने स्वायत्तता र आत्मनिर्णयको अधिकार पाउनुपर्छ भनी राजयसंग सम्झौता समेत गर्यौं । यीसब शासक सम्भ्रान्तका लागि सहमति निर्माणको विषय बने । त्यसंैले उनीहरु आन्दोलनकारीलाई स्वार्थ समूहको हैसियतमा व्यवहार गर्दै आए । हामीलाई के शक्ति केन्द्रहरु विश्वस गरे त ? जवाफमा हामी भन्न सक्छौं राजनीति गरेको पत्यार दिलाउन सकेनछौं । बरु ईल फिटेड डीलका लागि आन्दोलनकारीका नेतृत्व तयार भएको बुझाई बन्यो । त्यसले आन्दोलन शिथिल तथा विकेन्द्रित बन्यो । दोश्रो एजेन्सी निर्माणमा हाम्रो लगानी शुन्य रह्यो । त्यसको आभावमा विशाल समाभिरुपता (ग्रेटर कन्भर्जेन्स) योजनाबद्ध रुपमा अग्रसर बन्न सकेन । अन्ततः शासक सम्भ्रान्तकै वर्चश्व स्वीकार गर्नुपर्ने भएको भाष्य स्थापित गर्दै २०७२ साल पश्चात नेपालमा राजनीतिक समस्या समाधान भइसकेको र अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने जोड दिन थाले । यी भाष्यहरुको काउन्टर भाष्य आन्दोलनकारीसंग अब हुनैपर्छ ।
सवाल सच्चिनेसंग सम्बन्धित छ । विगतका अनुभवहरु हामीसंग प्रशस्तै छन् र हाम्रा समस्याहरु फगत कुनै नेतृत्वको अवसरवादी चरित्र अथवा प्रवृतिसंग मात्र सम्बन्धित नरही दार्शनीकिसंग सम्बन्धित छ भन्ने बुझाईमा स्पष्ट हुनुपर्छ । त्यसैले हरेक संघर्षको दर्शन हुनेहुँदा राष्ट्रिय मुक्ति क्रान्तिको दार्शनीकि बारे करिब १५ वर्ष देखि नेपालमा चिन्तन हुँदै आयो । हाल आधारभूत तहमा राष्ट्रिय मुक्ति क्रान्तिको दार्शनीकिलाई स्वदेशवाद मार्फत बुझाउने कोशिश हुँदैछ । थप विवेचना क्रमशः हुँदैजाने विश्वास गर्न सकिन्छ । यसलाई विस्तृत कार्ययोजना मार्फत कार्यान्वयनमा लग्नुपर्ने हो । यी विषयहरु आत्मसात गर्नसके अबको आन्दोलनमा सच्चिने विकल्पहरु छन् । आन्दोलनरत पक्ष यसका लागि तयार हुनुपर्छ । तसर्थ वहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न हामी माझ सच्चिनु पर्ने परिवेश वाध्यकारी छ । 
प्रश्न उठ्छ पहिला को सच्चिनुपर्ने ? अगुवा कि समर्थक ? अवश्यमेव सच्चिनुपर्ने विषय अगुवासंग सम्बन्धित छ । यदि कथित अगुवाहरु सच्चिएर आएन भने उनीहरु राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाउन असमर्थ हुनेछन् । अझ तिनीहरु आफैंले स्वयम्लाई भ्रममा राख्ने काम गरेको हुनेछ । भनिन्छ संसय में न राम मिला न रहिम । त्यस बखत समर्थकहरु साथ छोड्दा अन्ततः सक्किने पक्का छ । तसर्थ, अबको नेतृत्वको केन्द्रिकरण व्यक्तिको स्वेच्छाले नभएर जिम्मेवारी बोधले सम्भव बनाउनुपर्छ । तब मात्र सच्चिने विषयले प्राथमिकता पाउँछ । साथ साथ सक्किने विषयले चुनौती दिइरहने परिवेशको अन्त्य हुनेछ ।
(लेखक समान, नेपालका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिसंग आबद्ध हुनुहुन्छ । )

प्रकाशित:

३१ दिन अगाडि

|

२९ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६७२ दिन अगाडि

|

२७ मंसिर २०७९