विशेषतः कार्तिक २ गतेपछि नेपालमा सबैभन्दा बढी लिइने नाम रवि लामिछानेको भएको छ । रवि लामिछानेको नाम कोही माया, स्नेहले, कोही ब्यक्तिगत रिसिबीले, कोही राजनीतिक दाउपेचका कारणले लिइरहेका छन् ।
यस्तो लाग्छ, उनको चर्चा नगर्ने व्यक्ति अहिले देशमा शायद कोही छैन । सहकारी पीडितहरु उनलाई सहकारी ठगका रुपमा लिइरहेका छन्, उता कोही उनलाई भ्रष्टाचार नगरेका बेदाग ब्यक्तिका रुपमा लिइरहेका छन् । उनको राष्ट्रिय स्वतन्त्र पार्टी उनको पक्षमा नउभिने कुरै भएन । उनका नेता, कार्यकर्ताहरु रवि सहकारी ठग नभएको, उनलाई फँसाउन खोजिएको कुरा दरो गरी राखिरहेका छन् । यसले आम नेपालीहरु भ्रमित भैरहेका छन् ।
देशमा जसरी राज्यको मूलधारमा रहेका जातजाति र राज्यको मूलधार बाहिर रहेका जातजातिहरुबिच अप्रत्यक्ष तर निरन्तर मतभेद र संघर्ष जारी छ, त्यसरी नै राज्यको मूलधारमा पकड जमाइसकेका र राज्यको मूलधार बाहिर रहेका तर मूलधारमा पकड जमाउन कोशिश गरिरहेका पार्टीहरु बिचमा पनि संघर्ष जारी छ । रास्वपा र सरकारमा रहेका दलहरु बिचको किचलो पनि अप्रत्यक्ष रुपमा मूलधारमा रहेका र मूलधार बाहिर रहेका बिचको संघर्ष नै हो ।
लामिछाने, देउवा, ओली, दाहाल को राम्रो भन्दा राज्यका मूलधार बाहिर रहेका जातिहरुलाई बोल्न अलि गाह्रो छ । बोल्नै पर्यो भने बचतकर्ताहरुको रकम बचतकर्ताहरुलाई फिर्ता हुनुपर्दछ भन्नु न्यायोचित हुनेछ । कम उचित भन्नु पर्दा २०४७ देखि अहिलेसम्म (३५ वर्ष) शासन सत्तामा रही काम गरिसकेका तर देशमा सुधार गर्न नसकेका ब्यक्ति भन्दा रवि ठिक छन् भन्नुपर्ने हुन्छ । यो भन्दा बढी बोल्नु न्यायोचित होला जस्तो लाग्दैन ।
राज्यको मूलधार बाहिर रहेका उत्पीडित जातिहरुलाई थाहा हुनुपर्ने हो, प्रदेश नामकरणको लडाई लडिरहँदा एकातिर उत्पीडित जाति अर्कोतिर पुरै राज्य, काँग्रेस, एमाले, माओवादी थिए । त्यसमा होस्टेमा हैंसे गर्ने तात्कालीन मिडियाकर्मी रवि थिए । त्यसैले थरुहट, किरात, ताम्सालिङको सवालमा त रवि, ओली, देउबा, दाहालको मत अहिले पनि एउटै हुन सक्छ । तर देश बनाउने सवालमा, विकासको सवालमा शिक्षा, स्वास्थ्य, रोजगारीको सवालमा रवि र उनका युवा साथीहरु ओली, देउवा, दाहालभन्दा प्रगतिशील छन् भन्ने कुरा उनीहरुको अभिब्यक्तिबाटै थाहा हुन्छ । रवि गृहमन्त्री, सुमना शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य मन्त्री हुँदा गरिएको केही फरकपनको आधारमा पनि भन्न सकिन्छ कि रास्वपा पुराना भन्दा केही नयाँ हो र नयाँपन ल्याउन चाहन्छ, सक्छ । तर अरुको सवालमा भन्न गाह्रो छ । किनकि उनीहरु आलोपालो गरी ३५ वर्षसम्म शासन गरिसकेका छन् ।
रवि गृहमन्त्री, सुमना शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य मन्त्री हुँदा गरिएको केही फरकपनको आधारमा पनि भन्न सकिन्छ कि रास्वपा पुराना भन्दा केही नयाँ हो र नयाँपन ल्याउन चाहन्छ, सक्छ । तर अरुको सवालमा भन्न गाह्रो छ ।
अर्को कुरा गएको चुनाव (२०७९) मा नै देशमा ‘नो नट अगेन’ अभियानले सामाजिक सञ्जाल तातिसकेको थियो । यो अभियान चलाउनु पर्दछ भनी शुरुवात गर्ने को को हुन् ? जानकारी भएन । तर गहिरिएर हेर्दा अप्रत्यक्ष रुपमा अहिले त्यही ‘नो नट अगेन’ र ‘अगेन एण्ड अगेन’ आमने सामने हुँदैछन् कि जस्तो लागिरहेको छ । समाचार पढ्दा, सुन्दा पनि मूलधारमा रहेका बढी रेडियो, टिभी रविको विपक्षमा लेखिरहेका छन्, बोलिरहेका छन् भने युट्यूब समाचार, सामाजिक सञ्जालहरु बढी रविको पक्षमा लेखिरहेका छन्, बोलिरहेका छन् । यसरी आम नागरिकलाई को सहि को गलत छुट्याउन कठिन भइरहेको छ ।
धेरै रेडियो, टिभी, पत्रिका रवि दोषी हो भनिरहेका छन् । जिबी राई कहाँ थिए ? के गरिरहेका थिए ? रवि कति सालमा गोर्खा मिडिया प्रालि ज्वाइन गरे ? गोर्खा मिडिया प्रालिमा रकम ल्याउने जिबी राई हुन् वा रवि हुन् ? रवि गोर्खा मिडिया प्रालिमा कति बर्ष बसे, गोर्खा मिडिया प्रालिमा बस्दा कहाँबाट कति रकम भित्रिएको थियो ? नागरिक यस्ता गहिरो जानकारी पाउनबाट बञ्चित छन् र भ्रमित भइरहेका छन् ।
धनराज गुरुङ, ऋषिकेश पोखरेलको नाम सहकारी काण्डमा किन जोडियो ? किन उनीहरु वा उनीहरुका परिवारलाई समातिएन ? आम जिज्ञासा छ तर मिडियामा आइरहेको छैन । के रवि मात्रै नेपालको समस्याको मूल जड हुन् ? यति, ओम्नी, ललिता निवास, गिरविन्धु टी स्टेट सबै रविका अगाडी केही होइनन् भन्ने मिडियाबाजी भइरहेको देखिंदैछ । अढाई वर्षको अवधिमै रवि कसरी राज्य, सरकारको मोस्ट वान्टेड सूचीमा परे ? यही अवधिमै उनले कसरी देशलाई डुबाए ? सोचनीय बिषय बनेको छ ।
कहिले बालेन र बालुवाटार, कहिले कुलमान र बालुवाटार आमने सामने भैरहेको अवस्था देखिन्छ भने कहिले हर्क साम्पाङको बिरुद्धमा दलहरुको मोर्चाबन्दी देखिन्छ । यसरी गहिरिएर विचार गर्ने हो भने सतहमा रवि र संघीय सरकार, बालेन र बालुवाटार, कुलमान र सरकार, हर्क साम्पाङ र दलीय मोर्चाबन्दी देखिए पनि सार रुपमा अहिले नयाँ र पुराना सोंच बिचमा संघर्ष चलिरहेको छ ।
स्वतन्त्र भनेका बिना पिंढका लोटा हुन्, हावामा लट्किएका बेलुन हुन् भन्ने बुद्धिजीबीहरुको भाष्यलाई बालेन, हर्क साम्पाङ र गोपी हमालको निर्वाचन परिणामले गलत साबित गरिदिएको छ । यिनीहरुलाई पंगु नबनाउने हो भने काठमाडांै, धरान र धनगढीमा देखिएको विकासले नागरिकमा राम्रो प्रभाव पर्ने र भोलिका दिनमा हुने स्थानीय तहहरुमा अझ बढी स्वतन्त्र ब्यक्तिहरु छनौट हुन सक्ने भय पुराना दलहरुमा ब्याप्त छ । यही कारणले पनि जनतालाई भ्रमित पार्ने विचार प्रवाहित भइरहेका छन् जस्तो लाग्छ ।
पार्टीको अध्यक्ष संसदीय दलको नेता हुने, संसदीय दलका नेता प्रधानमन्त्री हुने संबैधानिक ब्यवस्थाका कारण आम नागरिकले चाहेको ब्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्था छैन । कार्यकारी प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा चुन्न नपाउने ब्यवस्थाका कारण पनि दलहरुमा, सरकारमा, ब्युरोक्रेसीमा भ्रष्टाचार र निरंकुशता हावी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा पनि पार्टीको चुनाव चिन्ह लिई निर्वाचनमा लड्नुपर्ने कानुनी ब्यवस्थाले पनि नागरिकले चाहेका राम्रा ब्यक्तिलाई पालिका प्रमुखको रुपमा ल्याउन गाह्रो छ । मलाई लाग्छ, नागरिक सर्वोच्चताका कुरा गर्ने दलहरु यी बिषयमा गम्भीर हुन र कानुन संशोधन गर्न जरुरी छ ।
रवि गिरफ्तार हुनु ठूलो कुरा होइन, ठूलो कुरो हो नयाँ पुस्ता र नयाँ नेतृत्वलाई जनताका बिचमा कसरी ल्याउने ? सरकार, सारा मिडिया, सारा विचार प्रवाहकहरु पहिचानको आधारमा प्रदेश निर्माण गर्नु गलत हो भनेजस्तै रवि मात्रै दोषी हुन्, अरु सबै सहकारी ठगहरु निर्दोष हुन् भनी बोलिदियो, लेखिदियो भने अवस्था के होला ?
त्यसैले, रवि गिरफ्तार हुनु ठूलो कुरा होइन, ठूलो कुरो हो नयाँ पुस्ता र नयाँ नेतृत्वलाई जनताका बिचमा कसरी ल्याउने ? सरकार, सारा मिडिया, सारा विचार प्रवाहकहरु पहिचानको आधारमा प्रदेश निर्माण गर्नु गलत हो भनेजस्तै रवि मात्रै दोषी हुन्, अरु सबै सहकारी ठगहरु निर्दोष हुन् भनी बोलिदियो, लेखिदियो भने अवस्था के होला ?
थरुहट प्रदेशको मागको बिरुद्धमा जसरी तीन ठूला दल, सरकार, मिडिया सबै एक भएका थिए, आज रास्वपा र रविको बिरुद्धमा पनि एक भैरहेको अवस्था देखिंदैछ । तर थरुहटविरुद्ध जसरी सबै एक भएका थिए, रास्वपाको विरुद्धमा एक हुन गाह्रो पर्ला । यो काण्डले रविलाई चुनावमा उठ्नै नपाउने अभियोग सावित गरी जेल कोच्न सके र सबै सहकारी पीडितहरुका बचत, बचतकर्ताहरुलाई फिर्ता गर्न सके पुराना दलहरुलाई फाइदा पुग्ने देखिन्छ । उनीहरु शायद यही प्रयासमा छन् । यद्यपि, रवि गिरफ्तारीको सनसनीखेज खबरले अहिले रास्वपा देशको कुना कन्दरामा पुगिरहेको छ, एक हिसाबले उसको राम्रो प्रचारप्रसार भैरहेको छ । अब हेर्दै जाउँ, नयाँ र पुराना सोंच बिचको यो लडाईमा कसको पल्ला भारी हुन्छ ?
प्रकाशित:
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
५ दिन अगाडि
|
२१ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१९ दिन अगाडि
|
७ कात्तिक २०८१
२१ दिन अगाडि
|
५ कात्तिक २०८१
७६२ दिन अगाडि
|
२५ असोज २०७९
७९६ दिन अगाडि
|
२१ भदौ २०७९
८०६ दिन अगाडि
|
१२ भदौ २०७९
७६१ दिन अगाडि
|
२६ असोज २०७९
७११ दिन अगाडि
|
१५ मंसिर २०७९
७६७ दिन अगाडि
|
२० असोज २०७९
६९९ दिन अगाडि
|
२७ मंसिर २०७९