नेपाली खस भाषाको सुरुआत भएको स्थान जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी कार्तिक ९ गते सम्पन्न भएको छ ।
लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३ औँ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतीमाथिको खजाना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गरे । यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्त्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिञ्जाको सभ्यता संरक्षणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
सिञ्जामा प्रस्तुत कार्यपत्रमा डा शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मष्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरूको उपस्थिति रहेको थियो । बहससँगै खससभ्यताका सांस्कृतिक कलाहरू प्रस्तुत गरिएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।
लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा भवेश्वर पंगेनी, सल्लाहकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डित, डा कृष्णराज सर्वहारी, डा भक्त राईसहित ३२ जना प्राज्ञिक व्यक्तित्वहरू र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ ।
सिञ्जाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाइँनाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो । रासस
प्रकाशित:
१०७ दिन अगाडि
|
१३ कात्तिक २०८१
१० घण्टा अगाडि
|
१ फागुन २०८१
२० घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९