Above Header
Above News Title

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ ।

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८१ को मूल निर्णायक समूहका संयोजक साहित्यकार समालोचक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू साहित्यकार डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।

यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक  हुनुहुन्छ  ।

त्यस्तै मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहनुभएको छ ।

यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८१’ यही मंसिर १६ गते काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणका लागि गत भदौ ३१ गते कथा आह्वान गरिएकोमा देश÷विदेशबाट ९३७ कथा प्राप्त भएका थिए । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५२ वटा कथा छनोट गरी प्रा।डा। पाण्डेको संयोजकत्वमा गठित मूल निर्णायक समूहलाई उत्कृष्ट २५ चयनका लागि उपलब्ध गराएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

 

प्रकाशित:

१६६ दिन अगाडि

|

१३ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९