Above News Title

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

थारु समुदायको परम्परागत प्रथा बरघर प्रणालीलाई अझ चलायमान बनाउन महिला र युवाहरुको सहभागिता बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

दाङदेउखुरी, लमही–५ स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानद्वारा मंसिर १४ गते शुक्रवार लमहीमा आयोजित ‘बरघर समावेशी मापन कचहरी’ विषयक् कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

लमही नगरस्तरीय बरघरहरुको उक्त भेला कार्यक्रमको प्रमुख अतिथि गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्नु दुःखद भएको धारणा राखिन् । संविधानले महिलाहरुको अधिकार सुनिश्चित गरेकाले बरघर प्रणालीमा पनि महिलाको नेतृत्व आउन जरुरी रहेको बताउँदै बरघरको पुस्ता हस्तान्तरणका लागि युवाहरुको सहभागिता पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो । 
पछिल्लो समयमा स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिन  थालेसंगै गढवा गाउँपालिकाले पनि बरघर ऐन पारित गरिसकेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् । उनले छिटै कार्यविधिसमेत बनाई बरघरहरुलाई अधिकार दिलाउन लागीपरेको बताइन् । उनले पालिकाको सहयोगमा थारु गुरुवा ढकेहेरहरुको बृत्तचित्र बनाइरहेको जानकारी दिदै बरघर प्रणालीसंगै जोडिएको गुरुवाहरुको संरक्षणमा समेत जोड दिन आग्रह गरिन् ।

 

थारु साहित्य संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति दयनीय भएको तथ्यांक प्रस्तुत गरे । बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता बढाउन युएसआइडीको सहयोत तथा द एसिया फाण्डेशनको सहकार्यमा प्रतिष्ठानबाट दाङको लमही, बाँकेको राप्ती सोनारी र बर्दियाको बारबर्दिया नगरपालिकाकामा नौ महिने परियोजना शुरु गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक सर्वहारीले उक्त परियोजनाको प्रारम्भिक सर्वेक्षणमा लमही नगरपालिकामा ६० जना बरघर भए पनि एक जना महिला, राप्ती सोनारी गाउँपलिकामा ७८ जना बरघरमध्ये तीनजना तथा बारबर्दिया नगरपालिकामा १०४ जनामध्ये ६ जना महिला मात्र बरघर रहेको जानकारी दिए । यस्तै स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिए पनि कार्यविधि बनाउन आलटाल गर्नाले कार्यान्वयनमा अझै पनि समस्या रहेको उनको भनाइ थियो । 

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीका सभापति प्रकाश चौधरीले बरघरलाई कुनै सेवा सुविधा नभएकाले महिला र युवाहरुको यसमा चासो नरहेको धारणा राखे । उनले अर्को प्रसंगमा गुरुवाहरुले खानपीनमा चरित्र सुधार गर्न सके आस्था बढ्दै जाने बताए । 

लमही नगरपालिकाअन्तर्गत एकमात्र मूल बरघर रहेकी धनपुरुवा गाउँकी सीता चौधरीले भनिन्,‘म चिट्ठा हालेर गत वर्ष बरघरको जिम्मेवारीमा आएकी हुँ । तर, एक वर्ष कामको अनुभवले गाउँलेले अर्को वर्ष जिम्मेवारी दिए सहर्ष स्वीकार्न तयार छु ।’ 

लमही नगरपालिकाअन्तर्गत सोनपुर गाउँमा ३ वटा टोलको टोल बरघर तीनैजना महिला रहेको जानकारी उक्त गाउँका बरघर अमितकुमार चौधरीले जानकारी दिए । उनले भने,‘सोनपुर गाउँजस्तै अरु गाउँ पनि महिलालाई गाउँको नेतृत्व दिन उदार हुनुपर्छ ।’

बनकट्टा गाउँका बरघर नुमलाल आचार्यले आफूजस्ता गैरथारुहरु पनि बरघरको जिम्मेवारीमा आए बरघर प्रणालीलाई थप टेवा सक्ने बताए । थारु समुदायको कुनै पूजापाठ नछुटाएको उनले जानकारी दिए । लंगडी गाउँका बरघर कान्तु चौधरीले महिलालाई नेतृत्वमा अघि बढाउन पुरुष उदार हुनुपर्ने धारणा राखे । 

प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, अनुसन्धानकर्ता उदय आले, प्रतिष्ठानका फिल्ड अधिकृत विमला चौधरी, सदस्य यम चौधरी लगायतले धारणा राखेका थिए । एक वर्ष सिक्दा सिक्दै समय जाने भएकाले बरघरको पदावधि २ वर्षदेखि ५ वर्षसम्म गराउनुपर्ने, बरघरको पारिश्रमिक तोकिनुपर्ने लमही नगरपालिकाले यथाशिघ्र बरघरबारे कार्यविधि पारित गर्नुपर्ने लगायत आवाज कार्यक्रमका सहभागी बरघरहरुले उठाएका थिए । 


 

प्रकाशित:

७५ दिन अगाडि

|

१६ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९