Above Header
Above News Title

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

बारबर्दिया नगरपालिकाका थारु गाउँका अगुवा बरघरहरुले पालिकाले पहिलो पटक बरघर ऐन पारित गरेको तर विधेयक नबनाउँदा बरघर सञ्जालमार्फत् कुनै काम गर्न नसकेको पीडा पोखेका छन् ।

लमही–५, दाङस्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा पुस ८ गते सोमवार बर्दियाको बारबर्दिया नगरसभा हल,जयनगरमा बरघरहरुको  समावेशी मापन भेलामा उक्त पीडा पोखिएको हो । 

करिब एक सय जना बरघरहरुको उपस्थिति रहेको सो कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम चौधरीले बरघर विधेयक पारित नहुँदा बरघर सञ्जालको नाममा छुट्टै खाता खोल्न नसकिएको, पालिकामै पनि कुनै प्रोपोजल दिन नसकिएको बताए । 

उता, बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागीले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज उठाए । उनले अब बरघरहरु भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्न सक्ने बताए । 

नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरुले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राखे । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक पारित गर्ने तर यसबारे पर्याप्त गृहकार्य हुन नसकेको बताए । नगर बरघर सञ्जालका पदाधिकारीहरु सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सघाउन उनको आग्रह थियो । साथै, मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँका बरघरहरु नै असली बरघर भएकाले विधेयकमा मरुवाको प्रसंग थपिने उनको भनाई थियो । उनले बरघरहरु पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुस गर्न नहुने धारणा राखे । 

बारबर्दिया–७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरुको तुलनामा गाउँलेहरुले महिला बरघरलाई नटेरेको गुनासो गरिन् । तर यसो भन्दैमा महिलाहरु नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरु महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उनको भनाई थियो ।

२ नं वडाका वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरुसंग सल्लाह लिने गरेकोमा बरघरहरुसंग सहकार्य गरेर जनप्रतिनिधिहरु सदैव अघि बढ्न तयार रहेको बताए । उनले ६० प्रतिशत बरघरहरु टोल विकास समितिमा पनि रहेकाले विकासको काममा वाधा नरहेको जिकिर गरे । 

थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए । 

प्रकाशित:

१३९ दिन अगाडि

|

९ पुष २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९