थारु समुदायको माघ पर्व नजिकिएसंगै थारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमा पुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् ।
यूएसएड, नागरिक सञ्चार ऋक्ः को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा बरघरहरुले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा धनपुरुवा गाउँकी बरघर सीता चौधरीले देश हाँकिरहेका महिलाहरुले अवसर पाए गाउँको नेतृत्व गर्न नसक्नै प्रश्नै नरहेको धारणा राखिन् । उनले गाउँलेले चाहे आगामी वर्ष पनि गाउँको बरघरको नेतृत्व लिन तयार रहेको बताइन् । उनले कारण खुलाइन्, ‘गाउँलेहरुले पुरुषभन्दा पनि राम्रो तरिकाले तिमीले गाउँको अगुवाइ गर्यो, हराउँदै गएको संस्कृति पुनर्जागरण गर्यो, अर्को वर्ष पनि तिमी नै ककनडार (बरघर) बन्नुपर्छ भनेका छन् । त्यसैले पुनः गाउँ हाँक्ने मन बनाएकी छु ।’
सोनपुर गाउँकी टोल बरघर शर्मिला चौधरीले आफू ८ वर्षदेखि टोल बरघर चलाएको अनुभवले आगामी माघमा गाउँको मूल बरघरमा दावी रहने बताइन् । महिलाहरुलाई नेतृत्व दिने सवालमा पुरुष अनिच्छुक देखिएको, यसका लागि महिला आफै अग्रसर हुनुपर्ने उनको जिकिर थियो ।
कमानपुर युवा क्लवकी सचिव सृष्टि चौधरीले आफूहरुले गाउँको विकासकै लागि क्लव खोलेकोमा बरघर बन्न आग्रह आए पछि नपर्ने बताइन् । उता ससुरा विरामी परेर निकै वर्ष कार्यबाहक बरघर रहेकी उचानिम्बु गाउँकी देवी चौधरीले गाउँको विकासको लागि महिला, पुरुष दुबैको भूमिका बरोबर रहेको धारणा राखिन् ।
बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु विभिन्न सभा, बैठकमा पाकाहरु भन्दा बढी सक्रिय रहेको प्रसंग उठ्यो । जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान तथा उत्तर मजगाउँका बरघर छुनिलाल चौधरीले भने,‘सामूहिक कामको लागि नकुदेको दिनै हुन्न । म ४० भन्दा तल छु । उमेर छिप्पिएको भए कहाँ दौडधुप गर्न सक्दो हुँ ।’
भुरीपुर गाउँका बरघर मंगल चौधरी गाउँमा रहेको युवाहरु बरालिएर हिँड्नुभन्दा कुनै पदीय जिम्मेवारीमा बसे अनुशासित रहने तर्क गरे । थारु कल्याणकारिणी सभा (थाकस), लमही इकाइका अध्यक्ष शिवप्रसाद चौधरीले बरघरहरुलाई एकजुट गराउन थाकस दिलोज्यान दिएर लागेको बताए ।
बरघर प्रणालीलाई चलायमान गराउन के छ उपाय भन्ने सेसनमा थाकस क्षेत्रीय समिति तथा लमही नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता हल्लुप्रसाद चौधरीले बरघर विधयेक समयमा नबन्दा बरघरहरुले हीनताबोध महसुस गरेको बताए । उनले बरघर प्रणालीलाई चलायमान गराउन यसको विधेयक अपरिहार्य रहेको बताउँदै यसका लागि अझ दवाव बढाउनुपर्ने जिकिर गरे ।
लमही नगर बरघर समितिका अध्यक्ष पुनाराम चौधरीले गाउँमा मिश्रित समाजको बसोबास बढ्दै गएकाले गैरथारुहरुको पनि विश्वास जितेर काम गर्नुपर्ने अवस्था आएको बताए । ८ वर्षदेखि बरघर हाँकिरहेका लंगडी गाउँका बरघर कान्तुप्रसाद चौधरीले बरघर बन्न तँछाड मछाड हुनुपर्नेमा नयाँ पुस्ताको अरुचि निकै खट्किएको महसुस गरेको बताए । उता, पूर्व गाउँपालिका अध्यक्ष रोहित चौधरी बरघरको बैठक माइन्यूट नेपाली भाषामा लेखिएकोमा भाषा संरक्षणका लागि आफ्नै मातृभाषा थारु प्रयोग गर्न आग्रह गरे । संस्कृतिसंगै भाषा संरक्षणमा पनि बरघरहरु लाग्नु पर्नेमा उनको जोड थियो ।
आयोजक थारु साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले माघमा छनोट हुने बरघरबारे पुसमै छलफल हुनसके सवल नेतृत्व आउने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले बरघरहरु गाउँको सानो दायरामा सीमित नभई बरघरको अनुभव अन्य क्षेत्रमा पनि लगाउन आग्रह गरे ।
प्रकाशित:
४६ दिन अगाडि
|
१४ पुष २०८१
८ घण्टा अगाडि
|
१ फागुन २०८१
१८ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९