देउखुरी घुम्नाका अघारी काशीनाथ चौधरी तथा ककन्डार हल्लुप्रसाद चौधरीलाई टीकामाला लगाइदै ।
माघको अवसरमा छानिने थारु गाउँको अगुवा (बरघर, ककनडार, महटाँवा) मा प्रायः पुरानै अनुहार दोहरिन थालेका छन् ।
यसै क्रममा माघ ५ गते शनिवार दाङदेउखुरी, लमही नगरपालिका–४, बर्का घुम्ना, छुटकी घुम्ना तथा बुटहक्वा संयुक्त ३ गाउँको ककन्डारमा हल्लुप्रसाद चौधरी चुनिएका छन् ।
हल्लुप्रसाद गत वर्ष पनि ककन्डार चुनिएका थिए । त्यस्तै, अघारी काशीनाथ चौधरी, धनहेरवा मुकेश चौधरी तथा कुलोपानीका ठेकदार स्याने चौधरी पनि पुरानै जिम्मेवारीमा दोहरिएका छन् । ३ गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ । स्मरण रहोस्, छुटकी घुम्ना तथा बुटहक्वामा क्रमशः देवराज चौधरी तथा शरद चौधरी यसअघि नै टोल ककन्डार चुनिइसकेका छन् ।
धनहेरवा मुकेश चौधरीले गत वर्ष कृषि बाटो, ह्यूम पाइपलगायतमा २ लाख ५६ हजार ५८१ खर्च भएको तथा खातामा १० लाख ८१ हजार १ सय ९० रुपैया मौजदात रहेको जनाए । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघरले सिँचाई, पूजाआजामा मात्र सीमित नभई शिक्षालगायत अन्य विविध विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले बरघर समिति बनाई महिला, युवाहरुलाई पनि समावेश गर्न आग्रह गरे ।
कार्यक्रममा घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, पूर्व ककन्डार तिलकराम चौधरी, अर्जुन महराज चौधरी, लमही नगरपालिका–४ का वडासदस्य भोजराज चौधरी, स्थानीय रामचन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । बजेटबारे सहभागीले खासै प्रतिक्रिया नजनाई पास गरेका थिए ।
त्यस्तै, खोज्नी बोज्नी कार्यक्रमपछि विभिन्न खेलकुद प्रतियोगिता गराइएको थियो । यस क्रममा महिला फुटबलमा छुटकी घुम्नाको समूहले बर्का घुम्नाको समूहलाई ३–० ले पराजित गरेको थियो ।
उता लमही नगरपालिका–६, लंगडी गाउँमा कान्तु चौधरी पुनः गाउँको अगुवा तथा हरिप्रसाद चौधरी अघारी चुनिएका छन् । ३ लाख ३४ हजारमा सुवास चौधरीले कुलोपानी सिचाईको ठेक्का हात पारेका छन् । खोज्नी बोज्नी कार्यक्रमले कान्तु चौधरीको अगुवाईमा ११ सदस्यीय गाउँ सुधार समिति पनि बनाएको छ । जसमा सहायक अग्वा राधा पोख्रेल, धनहेरवामा सरिता चौधरी, लिखन्डरियामा शिवलाल पन्थी, सहायक लिखन्डरियामा होमनारायण चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा हरिप्रसाद चौधरी, रामबहादुर बस्नेत, जन्जीर बहादुर चौधरी, टुन्नी देवी चौधरी, शान्ति अधिकारी चौधरी, कृष्ण घिमिरे छानिएका छन् ।
गाउँको अगुवा कान्तु चौधरीले आफू लगातार ८ वर्षदेखि अगुवा रहेकोमा उत्तराधिकारीको रुपमा युवा होमनारायण चौधरीलाई अघि सारेका थिए । होमनारायणले यस वर्ष मुड नभएको भनी आनाकानी गरेपछि अगुवा पुरानै छानिएका थिए ।
घुम्ना गाउँ विशुद्ध थारु समुदायको बस्ती हो । खोज्नी बोज्नी कार्यक्रम थारु भाषामै सञ्चालन भए पनि माइन्यूट नेपाली भाषामा लेखिएको छ । लंगडी गाउँ मिश्रित बस्ती रहेकोमा खोज्नी बोज्नी कार्यक्रम थारु तथा नेपाली भाषामा सञ्चालन भएकोमा माइन्यूट नेपाली भाषामा लेखिएको थियो । विशुद्ध थारु समुदायको बस्तीको खोज्नी बोज्नी कार्यक्रमको मात्रै होइन, वर्षैभरि सञ्चालन हुने अन्य बैठकको माइन्यूट पनि नेपाली भाषामै लेखिदै आएको छ ।
प्रकाशित:
२६ दिन अगाडि
|
६ माघ २०८१
९ घण्टा अगाडि
|
१ फागुन २०८१
१८ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९