Above Header
Above News Title

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

कैलालीको लम्कीचुहा नगरपालिकामा “चिरैं” पर्व एकसाथ सँगसँगै मनाइने भएको छ । चैत्र शुक्ल पक्षमा मनाइने “चिरैं” पर्व पालिकाका सबै थारु गाउँमा चैत्र १९ गते मनाउने भनी बरघर भलमन्सा समितिले निर्णय गरिएको बरघर भलमन्सा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् । 

“चिरैं” पर्व एकै दिन सँगै मनाउनुको औचित्यबारे प्रष्ट पार्दै संयोजक अध्यक्ष दशराम थारु भन्छन्, ‘ अहिले किसानहरु काममा व्यस्त छन् । शुक्ल पक्षभरी पर्व मनाउँदा काममा लागेकाहरुलाई डिस्टर्ब हुन्छ । त्यसैगरी अलग अलग दिन पर्व मनाउँदा विद्यार्थीहरुको पढाईमा पनि असर पर्छ । समुदायको एकता एकरुपतामा पनि प्रश्न उठ्छ । त्यसैले एकै दिन सँगै मनाउने निर्णय गरेको हौं ।’ स्मरण रहोस्, लम्कीचुहा नगरपालिकामा गएको बर्ष पनि सबै गाउँले यो पर्व सँगै मनाएको थियो । 

“चिरैं” पर्वलार्ई थारु समुदायमा ‘कन्या स्वतन्त्रताको पर्व’ को रुपमा लिइन्छ । तर पर्वमा सहभागी हुन महिलाहरुलाई कुनै बन्देज छैन । “चिरैं” कन्या स्वतन्त्रताको पर्व भएको हुँदा यस दिन चेलीबेटी, छोरीहरुलाई खुशी राख्नुपर्ने थारु समुदायका हरेक अभिभावक आफ्नो कर्तब्य ठान्दछन् । भोकै नरहून् भनी आमा, बज्यैहरु दिउँसोको नास्ता बोकी चेलीबेटीहरुलाई दिन पनि जान्छन् । 

“चिरैं” पर्वमा केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । खाना खाई गाउँ भन्दा बाहिर बगिया (फलफूलको बगैंचा), बरपिपल वा कुनै रुखबरीख भएको ठाउँमा भेला हुन्छन् । गुरुवाले पुजा गरिसकेपछि केटीहरु आफूलाई मन परेको खेल (तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि) खेल्दछन् । उनीहरु चरा झैं स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वेच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ (बढोत्तरी हुन्छ) भन्ने मान्यता छ । 

यो पर्वमा ७ देवी (दुर्गा, काली, मरी, घोटैली, मैया, डहरचण्डी, बनसप्ती) को पूजा हुन्छ । देवीलाई श्रृङ्गार भाकल गरिएको हुन्छ । त्यसैले चेलीबेटीहरु सजिएर खेल्दा देवी खुशी हुन्छन् र समुदायमा सुख शान्ति बनिरहन्छ भन्ने आम विश्वास छ । 

“चिरैं” पर्व पालिका सबै गाउँ टोलका भलमन्साहरु हर्ष उल्लासका साथ एकै दिन मनाउनका लागि अध्यक्ष थारुले एक जानकारी पत्र लेख्दै सबै भलमन्साहरुलाई यसरी अनुरोध पनि गरेका छन्ः    
    
    

 

प्रकाशित:

४४ दिन अगाडि

|

१७ चैत २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९