के विरुवा पनि रुन्छ ?

के विरुवा पनि रुन्छ ?

५६१ दिन अगाडि

|

२० चैत २०७९

कथाः बाँके शम्शेरगञ्जको

कथाः बाँके शम्शेरगञ्जको

५८४ दिन अगाडि

|

२७ फागुन २०७९

                                                                                                               शम्शेरगन्जमा लेखक डिल्ली ओली  डिल्ली ओली बाँकेको  शम्शेरगन्जको नामकरण फलाबाङ राज्यका राजा शम्शेर बहादुर शाह (१९१९-२०००) को नामबाट रहेको हो।उनी वीर शम्शेरका ज्वाइँ थिए।उनको राज्य पश्चिममा हाल बाकेको पूर्बी क्षेत्र सुनार ( राजहाट ) सम्म फैलिएको थियो। यो भावर क्षेत्र हो।इतिहासमा यो ठाउमा सल्ल्यानी राजाहरु र लखनउका नवाबहरुले सम्युक्त रूपमा हिउँदमा हरेक साल सिकार खेल्थे , सल्ल्यानीको निम्तोमा।यही सम्बन्धलाई आधार बनाएर भीमसेन थापाले सल्ल्यान उपर बक्र दृस्टी राखिरहे र अन्ततः सल्ल्यानलाई नेपालमा गाभेका थिए। सल्ल्यानी र अवध बीचको सम्बन्धका कारणले सल्ल्यानीले अवधबाट बोली व्यबहार , खानपान आदि धेरैकुरा सिकेका थिए।फलाबाङ छुट्टै बाइसे राज्य हो।सुरुमा यहाँ सिंह बंशको शासन थियो।सल्ल्यानमा समालहरुको राज्य ब्यबस्था थियो।१८६४ मा सल्ल्यान नेपालमा विलय भयो। सिंहहरुलाई  समालहरुले फलाबाङबाट पहिलेनै लखेटि सकेका थिए।पछि पूर्व सल्ल्यानी राजखलकका तेज बहादुर शाहलाई राजा र फलाबाङ राज्य भनेर नेपाल सरकारले नै मान्यता दिएर नयाँ राज्यको हैसियत  दिएको थियो।शम्शेर बहादुर त्यही समाल बंशका सल्ल्यानी कुलका थिए।यिनले धेरै काम गरेका थिए। ती मध्ये १९६० को दशकमा फलाबाङीहरुलाई ल्याएर अहिलेको शम्शेरगन्जमा बस्ती बसाएका थिए। उनैको नामबाट यो ठाउको नाम शम्शेरगन्ज रहेको हो।सुगौली  सन्धि देखि पश्चिम नेपालका महत्त्वपूर्ण तराईका जिल्लाहरू बाके ,बर्दिया ,कैलाली र कंचनपुर कम्पनी सरकार मातहत गएका थिए।सन १८५७ मा भारतमा भएको गदरलाई दबाउन कम्पनी सरकारको अनुरोधमा श्री ३ जङ्गको नेतृत्वमा ठुलो संख्यामा घोडचढी सैनिक जत्था लखनउ गएर गदर दबाउन सफल भएको थियो।त्यही नेपाली सैनिकले गरेको लुट्पाटलाई इतिहासमा लखनउ लूट भनिन्छ । गदर दबाउन नेपालले सहयोग गरेकोले कम्पनी सरकारले सुगौली सन्धिमा गुमेका मद्धे माथि उल्लेखित जिल्लाहरु नेपालले फिर्ता पाएको थियोे १९१६ को जेठ असारमा।ती ठाउलाई नयाँ मुलुक भनिन्छ ।त्यस लगत्तै राणाहरुले पहाडतर्फका आफना नातेदार , छोरी लियो छोरी दियोहरुलाई नयाँ मुलुकका जग्गाजमिन बिर्ताको रूपमा प्रशस्त मात्रामा बितरण गरे। शमशेरगन्ज बिर्ता अन्तरगतको क्षेत्र होइन।   यो ठाउलाई शमशेर  बहादुरले आफ्नै बलबुताले आफ्नो मातहत पारेका थिए।श्री ३ बीरको ज्वाइँ र फलाबाङी राजा भएकोले उनलाई यो सहज भएको थियो।उनको मृत्यु २००० सालमा भएको थियो।उनी पछि उनका छोरा गेहेन्द्र बहादुर ( श्री३ जुद्धका ज्वाइँ) फलाबाङका राजा भए।उनको राज्याभिषेक २००२ मा दाङको तुल्सिपुर दरबारमा भएको थियो। दाङ जाने क्रममा उनी आफ्नो राज्य अन्तरगतको शमशेरगन्जमा पाँच दिन बसेर सिकार खेलेका थिए। उनले यहाँ धेरै जनावरको सिकार गरे।सिकारको क्रममा उनले एउटा जरायो पनि मारेका थिए।त्यति ठुलो र अजङ्गको जरायो नेपालमा कसैले पनि नमारेको मैले कतै पढेको छु।४२ इन्च लामो उक्त सिङ गेहेन्द्र बहादुरका काहिंलो छोरा बीरेन्द्र बहादुर शाह ( लबराजा) ले बागबजार स्थित सल्यान हाउसको बैठक कोठामा मलाई देखाएका  थिए। हालै  शम्शेरगञ्ज भ्रमणको क्रममा यति कुरा फुरे । 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नजिकबाट नियाल्दा... 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नजिकबाट नियाल्दा... 

५८५ दिन अगाडि

|

२५ फागुन २०७९

नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विहीवार निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । प्रस्तुत छ, त्रिभुवनचन्द्र वाग्लेको शब्दमा उनको वैयक्तिक विवरणः जन्मः २००१ असोज २९ गते, शनिबार  माताः ऋषिमाया पौडेल पिताः दुर्गाप्रसाद  पौडेल श्रीमतीः सविता पौडेल छोराछोरीः चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा),          एक छोरा चिन्तन पौडेल जन्मस्थानः तनहुँ जिल्ला मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८  पारिवारिक स्थितिः मध्यमवर्गीय किसान परिवार स्थायी बसोबासः व्यास नपा–८, बेलथुम्की, तनहुँ  हालको ठेगानाः कामनपा – १६ बोहोराटार, बालाजु  शिक्षा ः  शास्त्रीः संस्कृत साहित्य, २०२४ स्नातकोत्तरः नेपाली साहित्य २०२७ राजनीतिक संलग्नता नन्दीरात्रि माविबाट विद्यालय शिक्षा प्राप्त । नन्दीरात्रि मावि विद्यार्थी संघ अध्यक्ष । रानीपोखरी मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष । ९२०१५ सालदेखि २०२४ को अवधिमा०  – नन्दीरात्रि मावि विद्यार्थी संघ र संस्कृत मावि रानीपोखरी विद्यार्थी संघको नेतृत्व गरी जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।   – जननिर्वाचित संसद भङ्ग गरी २०१७ पुस १ गते सरकार प्रमुख प्रधानमन्त्री बीपी कोइरालालगायत नेताहरूलाई जेलमा राखेको दुःखद् घटनाविरुद्ध १५ वर्षकै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन पे्ररणा प्राप्त ।  हिमालयन छात्र संघ स्थापना, पोखरा, २०१६ नेपाल संस्कृत विद्यार्थी संघको महासचिवको हैसियतमा विद्यार्थी युनियनको अभियानमा संलग्न भई काठमाडौँ सम्मेलनमा सहभागी २०१७ गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३  स्वतन्त्र विद्यार्थी युनियन सरस्वती कलेजमा सदस्य निर्वाचित, २०२३ प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४ नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ ९संघको स्थापनामा मुख्य भूमिका निर्वाह० नेपाली काँग्रेस तनहुँको सदस्य २०३४ र जिल्ला उपसभापति २०३६ जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक र कार्यकारी सदस्य तनहुँ, २०३७ नेपाली काँगे्रस केन्दीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४० नेपाली काँगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३ नेपाली काँगेस केन्द्रीय महामन्त्री, २०६२ – २०६४ नेपाली काँगेस केन्द्रीय उपसभापति, २०६४ – २०७२ नेपाली काँग्रेस संसदीय दलको नेता, २०६४ –२०७० नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२ नेपाली काँगेस  केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति ९२०७२० भई केन्द्रीय नेतृत्वमा सक्रिय । कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह । नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर ।  जेल जीवन – भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा  विसं। २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।  – विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१ – नेपाल प्रहरीका तत्कालीन डिआईजी निष्काशनको विरोधका क्रममा हिरासत, २०२३ – प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा संलग्न भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४, पोखरामा ९ महिना र काठमाडौमा ६ महिना – प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२६ – नेपाल विद्यार्थी संघको स्थापनामा नेतृत्व गरी संघको उद्घाटन गरेको आरोपमा काठमाडामा ३ महिना हिरासत, २०२७ – रमाइलो झोडा काण्डको विरोध गरी कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा गिरफ्तार गरी २०२८ बाट २०३२ सम्म निरन्तर ४ वर्ष जेल बन्दी जीवनमा राखिएको ।  – नेपाली काँग्रेसको पटना सम्मेलन सन् १९७७ मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत, । यसै सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनसर््थापनाका लागि सत्याग्रह गर्ने निर्णय पारित गरेको थियो ।  – जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार र ६ महिना हिरासत ।  – पञ्चायती व्यवस्था अन्तगर्त २०३८ सालमा भएका राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र गाउँ÷नगर पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार वहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ र ६ महिना हिरासत ।  – पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनसर््थापनाका लागि नेपाली काँग्रेसले गरेको दोस्रो सत्याग्रह २०४२ सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार, ९ महिना हिरासत, २०४२  – नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासतमा, २०४५ – बहुदलीय व्यवस्थाको पुनस्र्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन  विस्तार गरेको आरोपमा  गिरफ्तार गरी बागलुङ् जेलमा ५ महिना हिरासत, २०४६ – शाही कदम २०५९ पछि करिव एक वर्ष नजरबन्द र हिरासत, २०५९ – दोस्रो जनआन्दोलन २०६२÷२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको – यी लयागत छोटा समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको ।  योगदान र उपलब्धि  – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८ – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१ – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६ – संविधानसभा सदस्य निर्वाचित, २०६४ – संविधानसभा सदस्य निर्वाचित, २०७० – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९ – पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१ – कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१ – प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते देखि २०५६ सम्म – उपप्रधान तथा सूचना÷सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६ – उपप्रधान तथा गृहमन्त्री २०५६÷२०५८ – शान्ति समितिको संयोजक ९२०६१÷२०६२० – शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३÷२०६४ – नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता  २०६४÷२०७० पुरस्कार÷सम्मान  मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार महेन्द्र विक्रम शाह पुरस्कार ९महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र काँग्रेसका संस्थापक हुन्०  जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान ९२०२० सन्० प्रकाशित पुस्तक – नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास  – प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७ – नेपाली काँग्रेस र नेपालको आधुनिकीकरण – नेपाली काँग्रेस के भन्छ रु – आस्थाको यात्रा ९राजनीतिक विश्लेषण० २०५५ – नेपाली काँग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५  – कृषि क्रान्ति र समाजवाद – राजनीतिको राजमार्ग, २०७९ – नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र – नयाँ सन्दर्भमा समाजवाद – अभिशप्त इतिहास, माघ १९ को काण्डपछि  लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा अनलाईनहरूमा समसाययिक लेखरचना प्रकाशित   – जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।  भ्रमणः  नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत  स्मरणीय क्षण  – २०२५ सालमा बीपी कोइराला सुन्दरी जेलबाट रिहा हुनुभएपछि विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानुभई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिनुभएको । त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट । त्यस बखरतमा बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेट्नु भएको ।   विशेष पहिचान – समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी  । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।  – नेपाली काँगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताकारुपमा परिचित । तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह । – द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति र सहकार्यका पक्षपाती ।  – राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन । ९ ‘रामचन्द्रका १४ वर्ष वनबास’० भनेर नेपाली राजनीतिमा चर्चित भनाइ स्थापित छ ।  अन्य – ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधार ।

को हुन् आदिवासी, जनजाति ?

को हुन् आदिवासी, जनजाति ?

५९० दिन अगाडि

|

२१ फागुन २०७९

                                                                                                                                                 तस्विरः बुनु थारु प्राडा महिनारायण चौधरी संसारका विभिन्न मुलुकमा आदिवासी र जनजाति आफ्ना हक अधिकारका लागि संघर्ष गरिरहेका छन्। नेपालमा आदिवासी र जनजातिको पर्यायवाची रूपमा प्रयोग  गरिए पनि ती दुवैमा स्पष्ट भिन्नता छ। १. आदिवासी : आदिवासी भन्नाले आदिमकाल देखि बसोवास गर्दै आएका जाति वा मूल निवासी भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुसार आदिवासी भन्नाले विद्यमान शासकसमूहद्वारा पहिले आएका र आफ्नो परम्परा, रितिरिवाज, संस्कार लगायत सामाजिक, संस्कृतिक र आर्थिक रूपमा राज्यको मूल प्रवाह भन्दा बेग्लै भएका तर शासित भएर रहनु परेकालाई जनाउँछ। नेपाल जनजाति महासंघ अनुसार आदिवासी भन्नाले नेपालको कुनै एक खास भूभागमा आवादी गर्ने वा आफूलाई पहिलो वा पहिलो मध्येको वा मूल वासिन्दाका रूपमा स्थापित गर्ने वा आदिअनादि कालदेखि बसोवास गर्दै आएका भिन्न उत्पति, जाति, भाषा, संस्कृति भएको, राज्य र शासनसत्तामा निर्णायक भूमिका खेल्नबाट वञ्चित तथा आफ्नो पुर्ख्यौली भूमिलाई भौतिक अभौतिक विकासको स्रोत मान्ने तर वर्तमान राज्यको निर्माण हुँदा उत्पिडित तथा विस्थापित गरिएका जो आफ्नो पहिचान र सांस्कृतिक सम्पदालाई आफ्नो भावी पुस्तामा सुरक्षित रुपमा हस्तान्तरण गर्न चाहने तथा आफूलाई आदिवासी भएको भन्ने समुदायलाई जनाउँछ। २. जनजाति : नेपाल जनजाति उत्थान प्रतिष्ठान अनुसार जनजाति भन्नाले आफ्नै मातृभाषा र परम्परागत रितिरिवाज भएको तर हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजातिभित्र पर्छन्। यसरी जनजातिको आफ्नो छुट्टै सामुहिक सांस्कृतिक पहिचान, भाषा, धर्म, रितिरिवाज र संस्कृति, परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास भएको, देशको राजनीति र राज्यसंचालनमा भूमिका नभएको, आर्थिक तथा सामाजिक रूपबाट पिछडिएका समुदायलाई जनजाति भनी बुझिन्छ। ३. थारु : आदिवासीको सम्बन्ध इतिहासको लामो कालखण्डसित जोडिएको हुन्छ भने जनजातिको सम्बन्ध सामुदायिक आर्थिक र सामाजिक पछौटेपनसित गाँसिएको हुन्छ। सबै आदिवासी जनजाति हुन्छन् भने सबै जनजाति आदिवासी नहुन सक्छन्। यो अर्थमा नेपालका थारु आदिवासी र जनजाति दुवै हुन्। ४.भिन्नताको विषय : नेपालमा आदिवासी र जनजातिबीच फरक नछुट्याईदा पर्यायवाची रूपमा प्रयोग हुने भएकाले र ६० बढी प्रकारका जनजातिमध्ये आदिवासी र जनजाति कुन कुन हुन् भन्ने नछुट्याई सम्पुर्ण अनुसूचित जातिहरू लाई केवल जनजाति भनिएको छ। केही विद्वानले भूमिमा प्रथम बसोवास गर्नेहरूलाई भूमिपुत्र वा मूलवासी वा आदिवासीका रुपमा लिनुपर्ने विचार व्यक्त गर्छन्। ५. तराई-मधेस : राष्ट्रिय जनजाति विकास समिति विसं. २०५४ को अनुसुची १ अनुसार ६० थरी जनजातिमा तराई-मधेसी समुह भित्र जनजाति अन्तर्गत किसान, कुशवाडिया, गन्गाई, झाँगड, ताजपुरिया, थारु, दनुवार, धानुक, धिमाल,मेचे (बोडो), राजवंशी (कोचे) र सतार (सन्थाल) मात्र पर्छन्।                      

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

५९९ दिन अगाडि

|

११ फागुन २०७९

आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले बहराइन सरकारबाट १२ करोड पुरस्कार पाएको समाचार सेलाउन नपाउदै अर्का नेपाली युवा वैज्ञानिकले २१ करोडको अनुदान पाएका छन् । जर्मनीको पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका वरिष्ठ नेपाली वैज्ञानिक डाक्टर प्रजल प्रधानले युरोपबाट १५ लाख युरोको अनुदान पाएका छन् । नेपाली रुपैयाँ २१ करोड बढीको अनुदान प्रधानलाई युरोपियन रिसर्च काउन्सिलले प्रदान गरेकाे हाे । प्रधानले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका तरिका बारेमा नेपालमा खोज गर्न साे अनुदान पाएका हुन् । ‘गत वर्षको जनवरीमा मैले ग्रान्टको लागि प्रस्ताव गरेको थिएँ’,  प्रधानले भने, ‘अहिले ग्रान्ट प्राप्त भएको जानकारी पाएँ । धेरै खुशी लागेको छ ।’ विद्यावारिधि गरेको सात वर्षभित्र उक्त ग्रान्ट प्राप्तिको योग्यता पुग्ने प्रधानले बताए । धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट कृषि इन्जिनियरिङ गरेका प्रधानले वातावरणीय व्यवस्थापनमा उच्च तहको अध्ययन गरेका हुन् । विभिन्न खोज अनुसन्धानमा अनुभवी प्रधान दिगो विकास लक्ष्यका विश्वस्तरीय जानकार हुन् ।  

के हो अरनिकोको खास नाम ?

के हो अरनिकोको खास नाम ?

६४७ दिन अगाडि

|

२३ पुष २०७९

शिखर मोहन नेपालका राष्ट्रिय विभूति हुन् कलाकार अरनिको । आजभन्दा करिब ७७७ वर्ष पहिले काठमाडौँ उपत्यका वरपर जन्मिएका भनिएका अरनिकोबारे प्रमाणिक अभिलेख नेपालमा अझै भेटिएको छैैन ।   नेपालको कलाकृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी नेपाल र नेपालीको गौरव बढाएको भनेर विसं २०२४ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । राष्ट्रिय विभूतिका रूपमा मान्यता पाउने उनी एक मात्र कालिगढ हुन् ।  राष्ट्रिय विभूति घोषणा भएपछि नेपाल सरकारले २०२९ वैशाख १ गते उनको चित्रअङ्कित हुलाक टिकट प्रकाशित गरेको थियो । उक्त हुलाक टिकटमा अरनिकोले चीनमा निर्माण गरेको विशाल श्वैत स्तूप पृष्ठभूमिमा राखिएको छ ।  यति मात्र होइन, चीन र नेपाललाई जोड्ने राजमार्गलाई पनि उनको नामबाट अरनिको राजमार्ग नामकरण गरिएको छ । अरनिको चीन जाँदा यही मार्ग भएर गएका थिए । चीनमा गएर नेपाललाई चिनाउने महत्त्वपूर्ण कार्य गरेकाले उनको सम्मानमा यो राजमार्गको नामकरण गरिएको हो ।  अरनिकोका बारेमा गहन अध्ययन अनुसन्धान गरी पुस्तक नै प्रकाशन गर्ने कार्य सबैभन्दा पहिले इतिहासविद् सत्यमोहन जोशीले गरेका हुन् । उनले ‘कलाकार अरनिको’ पुस्तकमार्फत् चीनमा अरनिकोले गरेका कार्य प्रस्तुत गरेका छन् । जोशी नेपाल भाषा एकेडेमी चान्सलर हुँदा अरनिकोको ग्यालरी नै स्थापना गरी परिसरमा अरनिकोको पूर्ण कदको प्रतिमासमेत बनाउन लगाएका छन् । ललितपुर महानगरपालिकाले कार्यालय परिसरमा अरनिकोको पूर्ण कदको सालिक २०७५ सालमा निर्माण गरेको छ ।  बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भवनको दोस्रो तलामा अरनिकोले बनाएको कुब्ला खाँ र उनकी धर्मपत्नीको चित्र राखिएको छ । तर यी सबै पछिल्लो समय स्थापना गरिएका सामग्री मात्र हुन् । अरनिकोको बारेमा नेपालमा अहिलेसम्म कुनै ऐतिहासिक अभिलेख भने प्राप्त भएको देखिँदैन ।  चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ । यसर्थ अरनिकोको बारेमा चीनको इतिहासमा मात्र यत्रतत्र खुलेको पाइन्छ । अरनिकोको बारेमा चिनियाँ इतिहासको पुस्तक चिनियाँ युआन राजवंशको इतिहास खण्ड २०३ मा चर्चा गरिएको सुविज्ञसुन्दर श्रेष्ठले ‘अरनिको’ भिडियो डकुमेन्ट्रीमा समेटेका छन् ।  उनको जन्म सन् १२४५ मा काठमाडौँ उपत्यकामा राजा अभय मल्लका पालामा भएको थियो । उक्त इतिहासमा अरनिकोको बुबाको नाम लाकेना (अर्थात् लक्ष्मण) र आमाको नाम सुमा केताई भन्ने उल्लेख छ । उनका बुबा लाकेना स्थापित मूर्तिकला र डिजाइन चिनिने कारिगरी जातिबाट आएको देखिन्छ भने हजुरबा र हजुरआमाको नाम मितिरा (मित्र) र कुनदला (कुन्दलक्ष्मी) भनेर दिइएको छ । अरनिकोको नाम अझै अस्पष्ट अरनिको नेपालमै जन्मिएर १७ वर्षको उमेरमा चीनको तिब्बत गएको कुरा चीनकै इतिहास हेरेर धेरैले भन्ने गरेका छन् ।  चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ । ‘कलाकार अरनिको’ पुस्तकमा सत्यमोहन जोशीले उल्लेख गरेका छन्– “कलाकार अरनिकोको खास नेपाली नाम के हो, यसको आजसम्म कुनै पत्तो लगाउन सकिएको छैन । अरनिको भन्ने त चिनियाँ नाम हो । एक त चिनियाँ भाषामा विदेशीलाई अरनिको भन्ने भाव आउँछ ।”  यसरी अरनिकोको नामका सम्बन्धमा धेरै विद्वानहरूले फरक फरक नामकरण गरे पनि नेपाल आउने चिनियाँ एक भिक्षुले अरनिकोको खास नाम ‘पराबाबु’ हो भनेका छन् भने कसैले उनलाई पलपाउ पनि भनेका छन् । तर, यही पलपाउ शब्दका आधारमा चीनका भित्री मङ्गालियाका निवासीहरूले आफ्नो अद्वितीय कलाकारलाई ‘पालवा’ भन्ने चलन रहेको जोशीले उल्लेख गरेका छन् ।  प्राडा माधवप्रसाद पोखरेल पनि अरनिको वास्तविक नामबारे अझै थाहा नभएको बताउँछन् । उनी केही समय पहिले चाइना रेडियो इन्टरनेसनलमा नेपाली भाषा विशेषज्ञ भएर गएको बेला अरनिकोले बनाएको श्वैत चैत्य भ्रमण गरेका थिए । त्यहाँ नजिकै अरनिकोको सङ्ग्रहालयभित्र उनको वंशावली पनि पोखरेलले अवलोकन गरेका थिए ।  आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो । “हामी जसलाई अरनिको भन्छौँ, चिनियाँ भाषामा त्यसको उच्चारण आनिक हुँदो रहेछ ।” पोखरेल भन्छन्, “आनिक भनेको चिनियाँ अर्थ चाहिँ आ– हाम्रो; नि– नेपाल; क– दाजु भन्ने हुँदो रहेछ ।” यसरी आनिक भनेको हाम्रो नेपाली दाजु भन्ने हुँदो रहेछ । तर, अरनिकोको नाम चाहिँ के हो भन्ने खुल्दैन ।  “हामी जसलाई अरनिको भन्छौँ, चिनियाँ भाषामा त्यसको उच्चारण आनिक हुँदो रहेछ ।” पोखरेल भन्छन्, “आनिक भनेको चिनियाँ अर्थ चाहिँ आ– हाम्रो; नि– नेपाल; क– दाजु भन्ने हुँदो रहेछ ।” यसरी आनिक भनेको हाम्रो नेपाली दाजु भन्ने हुँदो रहेछ । तर, अरनिकोको नाम चाहिँ के हो भन्ने खुल्दैन ।  अरनिकोका बारेमा इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको माध्यमिक कालको इतिहास’ पुस्तकमा केही जानकारी दिएका छन् । त्यसमा उनले आनिक भनेर अरनिकोको नाम र उनको योगदानका बारेमा चर्चा गरेका छन् । ज्ञानमणिले चीनको युवान वृत्तान्त र उनै (आनिको) को चिहानका अभिलेख र श्वेतचैत्यको मूर्तिकला शिल्पले उनीबारे केही जान्ने अवसर पाएको कुरा उल्लेख गरेका छन् । चीनको इतिहास अध्ययन गरी आनिकोलाई नेपालको इतिहासमा प्रकाशमा ल्याइदिने काम सिल्भाँ लेबीले गरेका थिए भन्छन् उनी ।  आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो । “त्यो अशुद्ध थियो । उनको खास नाम आनिको पाइएकाले कसैले अनङ्गबाट आएको माने,” उनी भन्छन् । अनेकबाट अनेकौँ हुँदा आनिक भन्ने नामकरण नै उचित देखिनेमा विश्वस्त छन् ज्ञानमणि नेपाल ।  चीन जानुअघि आनिकोले नेपालमै विवाह गरेका थिए । चीन गएर पनि उनले धेरैवटा विवाह गरेका थिए । उनका आठ पत्नीमध्ये प्रथम पत्नी नेपाली थिइन् । उनको अभिलेखमा तिनको नाम च य त लक्मी, बाबुबाजेको नाम ल क ओ न, मि ति हे देखिएकाले यी नाम संस्कृत मूलकै चिनियाँ उच्चारण हुँदा यिनलाई जयत लक्ष्मी लक्ष्मण मैत्रेयबाट बनेको भनेर व्युत्पत्ति गर्न सकिन्छ भन्छन् ज्ञानमणि ।  अरनिकोको चीन आगमन नेपाल र चीनको सम्बन्ध स्वयम्भू पुराणमा नै भेटिन्छ । मञ्जुश्रीको नेपाल आगमनले नेपाल–चीन सम्बन्ध प्राचीन हो भन्ने आधार भेटिन्छ । नेपालकी छोरी भृकुटीको बिहे भोटका राजा स्रोनचोङ गम्पोसँग भएको इतिहास पनि छ ।  तिनै भृकुटी र शीलमञ्जुको सतत प्रयत्नमा बुद्ध धर्मले भोटमा राज्यबाट संरक्षण पनि पाएकाले नेपालबाट गएको धर्म, कला र संस्कृतिले पूर्ण अधिकार जमाइसकेको थियो ।  तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।  सन् १२६० मा चीनका बादशाह कुब्ला खाँका गुरु भोटका शाक्य मठका महन्त पाहसपा थिए । कुब्ला खाँले आफ्ना धर्मगुरु पाहसपालाई तिब्बतमा सुनौलो स्तूप बनाउन आग्रह गरेका थिए । धर्मगुरु पाहसपा नेपाली कलात्मक कालिगढबारे परिचित थिए र उनले नेपालका राजा भीम मल्ललाई १०० जना कलाकार चीन पठाइदिन आग्रह गरेका थिए ।  “राजा अभय मल्लकै पालामा भोटले एक विशाल स्तूप बनाउनका लागि १०० जना नेपाली कलाकार मागी पठायो,” जोशी लेख्छन्, “यसमा ७० जना नेपाली भोटमा जान मञ्जुर भए ।” ७० जना कलाकारलाई नेतृत्व गर्ने टोली नेताको आवश्यक थियो । त्यसमध्ये सबैभन्दा सिपालु र तीक्ष्ण बुद्धि भएका १७ वर्षका जवान आनिक थिए । उनकै नेतृत्वमा टोली भोट गएको थियो ।  अरनिकोको कला  तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।  सहासी र तीक्ष्ण बुद्धिका कलाकार अरनिको चीनका बादशाहका दरबारमा गई आफ्नो कालिगढी कौसल देखाए । उनले एक वर्षमै सुनौलो स्तूप तयार गरे । “उनले शाक्य विहारमा बनाएको सुवर्ण चैत्यको सौन्दर्य अनुपम सिद्ध भयो,” जोशी लेख्छन्, “सबले एक मुखले अरनिकोको कलागुण र दक्षताको प्रसंशा गरेका थिए ।”  अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे । अरनिकोले धर्मगुरु पाहसपालाई एक वर्षमै (सन् १२६१ मा) प्रभावित गरे । पाहसपाले अरनिको असाधारण कलात्मक सीप भएको व्यक्तित्व भन्ने चाल पाई प्रशासनिक क्षमताको कदर गर्दै निर्माणको सुपरिवेक्षण गर्ने जिम्मा दिए । उनले शाक्य मठको मुख्य हलभित्र स्तुपा निर्माण गर्ने जिम्मा दिएका थिए, त्यो पनि दुई वर्षमा पूरा गरे । अनि नेपाल फर्किन अनुरोध गर्दा पाहसपाले चीनमै बस्ने व्यवस्था गरिदिए ।  सन् १२६० मा निपार (नेपाल) का कलाकारहरूले तिब्बत आई बौद्ध चैत्य बनाउने काममा मद्दत गरे, त्यसमध्ये आनिक पनि भएको कुरा युआन वंशको इतिहासमा उल्लेख छ ।  “युआन वंशका राजगुरु पाहसपासँगै आनिक पेकिङ आइपुगे, युआन वंशमा ३० वर्ष भन्दा बढी काम गरे,” जोशीले उल्लेख गरेका छन्, “त्यहाँ आनिक निर्माण कार्य, चित्रकला र मूर्तिकलाको विषयमा सिपालु थिए ।”  अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे । अरनिकोले चीनमा सुनको जलप भएका अनेकौँ रङ्गले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काम कुशलतापूर्वक सम्पन्न गरेका थिए ।  बेइजिङको मियायेयिङको सेतो स्तूप बनाउन अरनिकोलाई १० वर्ष लागेको थियो । यो श्वेत चैत्य चीनमा महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा हेरिन्छ । यो चैत्यलाई अझै पनि नेपाल र चीन बीचको पवित्र मित्रताको प्रतीकका रूपमा लिइन्छ ।  त्यो समयमा अरनिकोले हजारौँ चिनियाँ युवालाई तालिमसमेत दिएका थिए । ४५ वर्ष चीनमा रहँदा उनले सर्वोच्च शाही पद र धेरै सम्मान कमाएका थिए । चीनमा उनलाई ‘क्वान्ह्यु नाइफ’ र ‘नासथु’ जस्ता उपाधि दिइएको थियो । चीनमा बादशाहले उनलाई ‘साङ्नुु (काजी ?) दर्जा’ पनि दिएका थिए । अरनिकोको निधन  सन् ११ मार्च १३०६ मा अरनिकोको निधन भयो । उनको देहान्तमा चीनका सम्राटले आफ्ना हजुरबा कुब्ला खाँको चीनलाई बौद्ध राज्यमा बदल्न मद्दत गर्ने नेपाली कालिगढको सम्मानका रूपमा श्रद्धाञ्जली गरे । सम्राटले दरबारलाई परिवारको हेरचाह, संरक्षणका लागि आदेश र परिवारलाई २५ हजार चाँदीका सिक्का प्रदान गर्न आदेश दिएका थिए । अरनिकोले निर्माण गरेका चीनका स्तूपाहरूमा रञ्जना लिपिमा लेखिएका छन्, यो उनको प्रभाव थियो । अरनिको सन् १२४५ मा जन्मिएको, १२६० मा तिब्बत गएको र १३०६ मा ६३ वर्षको उमेरमा बेइजिङमा निधन भएको थियो । रातोपाटीबाट

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

६७६ दिन अगाडि

|

२३ मंसिर २०७९

संगीता गिरी धरानको व्यस्त बजारमा एउटा पुरानो पुस्तकालय छ- विमल स्मृति पुस्तकालय। उक्त पुस्तकालयमा जीवनको आठ दशक पार गरिसकेका सेनाका पूर्व कप्तान पूर्णबहादुर गुरूङको दैनिकी मात्र होइन, जीवन नै बितिरहेको छ। २८ वर्ष भयो, उनी बिहान ४ बजे पुस्तकालय पुगिरहेका छन्। कति रात पनि उनले पुस्तकालयमै बिताएका छन्। यो पुस्तकालयको नाम उनको छोरा विमलको सम्झनामा राखिएको हो। विमलको बस दुर्घटनामा मृत्यु भएको थियो। पूर्णबहादुरले छोरालाई समर्पित गर्दै पुस्तकालय खोलेका हुन्। उनी हरेक दिन आफ्नो छोराको धमिलो याद ताजा बनाउन कसरत गरिरहेका हुन्छन्। पूर्णबहादुरले छोराको सम्झनालाई किन पुस्तकालयसँगै जोडे त? विमललाई सानैदेखि साहित्यमा रूचि थियो। कविता लेख्न खुबै रूचाउँथे। पूर्णबहादुरले आफ्नो छोरालाई चिनेको पनि यत्ति नै हो भन्दा फरक पर्दैन। उनी छोराछोरी साना हुँदा पल्टनमा जागिरे थिए।  छोराछोरीको भविष्य राम्रो बनाउन पल्टन गएका उनले विमललाई होस्टल राखेर पढाएका थिए। यसले पनि उनलाई आफ्ना सन्तानको आनीबानी चिन्न बाधा भयो। राम्ररी बुझ्न र चिन्न नपाउँदै बुबा पूर्णबहादुरले छोरा विमललाई गुमाए। विमलले जीवनको दुई दशक पनि देख्न नपाउँदै उनको निधन भएको थियो। उनको दुर्घटना हुँदा पूर्णबहादुर ब्रुनाइमा थिए। केही समयपछि नेपाल फर्किए। छोरा गुमाउनु र परिवारसँग समय बिताउन नपाएको पीडाले उनलाई थिच्दै गयो। विमलले आफ्नो रूचिअनुसार केही किताब जोरजाम गरेका रहेछन्। त्यसैमार्फत् पूर्णबहादुरले छोराको सम्झना जिउँदो राख्ने विचार गरेका हुन्। अचेल उनी हरेक वर्ष ५० हजार रूपैयाँ छुट्याएर किताब किन्छन् र पुस्तकालयमा थप्छन्। तर डिजिटल माध्यमको चलन र लोकप्रियता बढेसँगै पुस्तकालयमा पाठक कम हुँदै गएको उनको अनुभव छ। पूर्णबहादुरको यो कथा दृश्यमा पनि हेर्न पाइन्छ- २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा देखाइने फिल्म 'उर्मि' मार्फत्। उर्मिको कथा पूर्णबहादुरकै जीवन वरिपरि घुम्छ। उर्मिको अर्थ शोक हो। फिल्मका पात्र पूर्णबहादुरको जीवनमा पनि शोकको लहर छ। उनले बुढेसकालको लाठी त झन्डै तीस वर्षअघि गुमाइसके, चार वर्षअघि जीवनसाथी पनि गुमाए। उनकी श्रीमतीको क्यान्सरका कारण मृत्यु भयो। पूर्णबहादुरकी श्रीमती छोराको वियोगमा तड्पिएरै मृत्युको मुखमा पुगेको 'उर्मि' का निर्देशक प्रणय लिम्बूलाई लाग्छ। प्रणयलाई यो कथा हिमाल खबर पत्रिकाका सम्पादक रविन गिरीले जुराइदिएका हुन्। रविनले उनलाई पाँच मिनेटको भिडिओ अभिलेख मात्रै भए पनि राख्न प्रस्ताव राखेका थिए। 'केको बारेमा रहेछ भनेर बुझ्दा छोराको सम्झनामा पुस्तकालय खोलेर बसेको मान्छे हुनुहुँदो रहेछ। गहिराइमा कथा खोतल्दै जाँदा यो डकुमेन्ट्री मात्र नभई राम्रो फिल्म बन्छ भन्ने लाग्यो,' निर्देशक प्रणयले सेतोपाटीसँग भने। त्यति बेला उनी 'नगरपिता' भनेर चिनिने धरानका पहिलो मेयर ध्यानबहादुर राईको फिल्म बनाउँदै थिए। उक्त कथा थाँति राख्दै उनले पूर्णबहादुरको कथा भन्ने निर्णय गरे। किनकी पूर्णबहादुर त्यो बेलै ८० वर्ष पुगिसकेका थिए। 'ढल्किँदो उमेरका मान्छेको कथा भन्न गाह्रो छ। मसँग नमिठा याद पनि छन्। केही वर्षअगाडि कलाकार बिएस राणाको कथा भन्न मैले दुई वर्ष साक्षात्कार गरेको थिएँ। तीन दिन छायांकन पनि भएको थियो। तर उहाँको निधन भयो,' उनले भने, 'बिएस राणाको फिल्म अधुरै रह्यो। यस्तै घटना नदोहोरियोस् भनेर मैले पूर्णबहादुरको कथा भन्न हतार गरेँ।'  सबै कुरा सोचेजस्तो सजिलो त कहाँ हुन्छ र! ८० वर्षे वृद्धलाई पर्दामा उतार्न उनलाई निकै चुनौती थियो।  'उहाँ कलाकार होइन। कलाकारलाई लियो भने जे भन्यो त्यही गर्छन्। आम मान्छेलाई गाह्रो भइहाल्छ। उहाँ पनि सुरूमा क्यामराअगाडि डराउनुभयो। बिस्तारै कुरा गर्दै जाँदा सहज वातावरण बन्दै गयो,' उनले भने। फिल्म रोचक बनाउन आफूले सक्दो प्रयास गरेको उनले बताए। भने, 'कुनै कथालाई दीर्घकालीन रूपमा जीवन्त बनाइराख्न कलात्मक तरिकाले नै भन्नु पर्छ। उहाँको कथा जीवन्त बनाउन हामीले केही पात्र पुनर्निर्माण पनि गरेका छौं।' पूर्णबहादुरको पुस्तकालय यस्तो ठाउँमा छ जहाँ व्यवसायीहरूको नजर परिरहन्छ। त्यो ठाउँबाट पुस्तकालय हटाएर होटल बनाउने प्रस्ताव आइरहन्छ। तर व्यवसायीहरूले यो कुरा क्यामरामा भन्दैनन्। त्यसैले पूर्णबहादुरको कथा पूर्ण बनाउन केही पात्र निर्माण गर्नु परेको प्रणयले बताए। प्रणय हरेक फिल्म बनाउँदा सम्बन्ध निर्माणमा पनि समय लिन्छन्। पूर्णबहादुरको कथा भन्न पनि उनले दुई वर्ष समय दिएका थिए। उनका सहकर्मीले यसलाई सामान्य मान्छन्। बाहिरी साथीहरूले भने एउटै फिल्मलाई किन यति धेरै समय दिएको भन्दै प्रश्न गर्छन्। उनका सहकर्मी हुन् चन्दन दत्त र दीपक बज्रचार्य। दीपकले छायांकन गरेको फिल्म चन्दनले सम्पादन गर्छन्। अधिकांश फिल्ममा यी तीन जनाको सहकार्य छ। उर्मिलाई दुई वर्ष समय दिए पनि छायांकन भने ९ दिनमै सकिएको हो।  पूर्णबहादुरको कथा भन्न पाउँदा प्रणय आफूलाई भाग्यमानी ठान्छन्। 'पूर्णबहादुरको कथा कसै न कसैले भन्नुपर्थ्यो, त्यो अवसर मैले पाएँ। यस्ता कथा बाहिर आउनु पर्छ किनकी आउँदो पुस्तालाई यस्तो पनि हुन्थ्यो भन्ने ज्ञान हुन्छ,' उनले भने। प्रणय विगत २२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छन्। उनी अमेरिकामा फिल्ममेकिङ पढेर आएका हुन्। आख्यान र गैरआख्यान दुवै फिल्म बनाउन रूचाउँछन्। सन् २००७ मा उनको 'फरगिभ, फरगेट नट' ले किम्फमा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो। माओवादी द्वन्द्वकालमा माओवादीनिकट भएको भन्दै भाइकाजी घिमिरेलाई बेपत्ता बनाइएको थियो। करिब डेढ वर्षपछि उनी फर्किएका थिए। तर उनले यातना दिने सेनाको अनुहार कहिल्यै देखेनन्। 'भाइकाजीले उनलाई यातना दिने सेनाको अनुहार कहिल्यै देखेनन् रे। हामीले उनको अनुभव पर्दामा उतार्न क्यामरामा पट्टी बाँधेर खिचेका थियौं। यो प्रयोगात्मक थियो, त्यसैले पहिलो पुरस्कार पाएको होला,' उनले भने। त्यसपछि सन् २०१७ मा 'गाउँ गाउँबाट उठ' का गायक रामेशको कथा लिएर प्रणय किम्फमा पुगेका थिए। 'उर्मि' किम्फमा देखाइने उनको तेस्रो फिल्म हो। यो फिल्म साउथ एसियन फिल्म फेस्टिभलमा पनि देखाइएको थियो। फिल्म बाहिरिएसँगै यसै वर्ष भदौ १५ गते पूर्णबहादुरलाई नेपाल सरकारले 'उत्कृष्ट पुस्तकालय प्रेमी' का रूपमा सम्मान गरेको थियो। उक्त सम्मान कार्यक्रममा फिल्मको ट्रेलर पनि सार्वजनिक गरियो। ट्रेलर सार्वजनिक भएपछि पूर्णबहादुरले भनेका थिए, 'यही हो फिल्म!' विभिन्न फेस्टिभलमा देखाइए पनि पूर्णबहादुरले अझै आफ्नो फिल्म हेर्न पाएका छैनन्। केही समयपछि धरानमै च्यारिटी-शो गर्दै उनलाई फिल्म देखाउने योजना रहेको निर्देशक प्रणयले बताए। प्रणयले थुप्रै फिल्म बनाइसकेका छन्। तर फिल्मको प्रतिक्रियाले आफ्नो कामको मापन गर्न नसक्ने उनको भनाइ छ। 'म फिल्म बनाउनुअघि शतप्रतिशत दिन्छु। फिल्म बनेपछि धेरै कुरा सोच्दिनँ। कला भनेको कहिल्यै यही हो भन्ने हुँदैन। त्यही कुरा कतिलाई मन परिरहेको हुन्छ, कतिलाई मन पर्दैन। यसलाई फिल्मकर्मीले सफाइ दिइरहन आवश्यक लाग्दैन,' उनले भने, 'तर लामो समय फिल्म क्षेत्रमै आबद्ध भएपछि फिल्मकर्मीको दायित्व हुने रहेछ। कथामा जीवन हुँदो रहेछ। कतिपय कुरालाई सतही रूपमा प्रस्तुत गर्न नहुने रहेछ। कुनै कथाको गहिराइमा गएर कसरी कलात्मक रूपमा प्रस्तुत गर्ने भन्ने फिल्मकर्मीको दायित्व हुँदो रहेछ।' सेतोपाटीबाट