मोदाहा थारूले फर्काएको माघीको रौनक

मोदाहा थारूले फर्काएको माघीको रौनक

३० दिन अगाडि

|

२ माघ २०८१

राष्ट्रिय एकताको खेती

राष्ट्रिय एकताको खेती

३२ दिन अगाडि

|

२९ पुष २०८१

इतिहासबाट के सिक्ने ? गोर्खाका राजा पृथ्वी नारायण शाह राज्य विस्तार गर्न युद्ध लड्दै गर्दा हाम्रा पूर्खाहरु के राजीखुशी आफ्नो देश बुझाउने गरे ? अहं, यदि त्यसो हुँदो हो त कीर्तिपुरेको नाक कान काटिने थिएन, न त लिम्बुवानका शासकसंग नूनपानी सन्धि नै गर्थे । यी त साँकेतिक परिदृष्य मात्रै हुन् । जब सुगौली सन्धि सन् १८१६ मा गर्न बाध्य भए पञ्जाबका सेनामा जागीर खान गएका थिए गोर्खाली सेनाका कमाण्डरहरु । यसले पनि के दर्शाउँछ त भन्दा पृथ्वी नारायण शाहले जमीन–सेना सम्बन्ध स्थापित गरेर सैनिक कमाण्डरलाई युद्ध जितेवापत जमीन विर्ता पाउने व्यवस्था मिलाए, जसले पहाडका गरीब युवाहरुलाई उत्साहित बनाए युद्ध लड्न । अर्थात् राज्य विस्तारको ध्येय सम्पति थियो, जहाँ श्रोतका लागि जमीन विस्तार गर्नु थियो ।  इतिहासको दुर्घटनाले संसारको मानचित्रमा एउटा देश नेपाल छ । यसलाई स्वीकार गर्न कुनै लाज मान्न जरुरी छैन । देशप्रेम यहाँको वस्तुगत अवस्थाले सिर्जना गर्न सक्नुपर्छ । यहाँका तीन करोड जनता मालिक बनाउने तागत निर्माण गर्ने योजनाले विगतका घाउमा मलम लगाऊँ भन्ने हो । पृथ्वी नारायण शाहले अज्र्याको मुलुकमा यो सम्भव छ भन्ने विश्वास दिलाऊँ । तर, संघीय लोकतान्त्रिक गणतन्त्रमा यो मुलुक पुगेर पनि पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने भाग्यवादी चिन्तन शासक सम्भ्रान्तमा देखिनु पर्ने ? भगवान् भरोसे यो देशलाई छाडिराख्ने ? यस खालको भक्तिभावले सेवक जन्माउँछ । अध्यात्ममा सेवक वा भक्तले मुक्ति पाउँछ भन्छन् तर राजनीतिमा यी गुलामी गर्न अभिशप्त छन् । राजनीतिक इतिहासले यही तथ्य बताउँछ ।  सयौं वर्ष यहाँका जनता गुलामी गर्दै रहे । साथै, देश अंग्रेजको संरक्षण र इशारामा चलिरहेको देखिन्थे । रैती भएर जीवन बाँच्दैगर्दा उनीहरु जहाँनिया शासन फाल्न संघर्ष गरे । वि.सं.२००७ सालसम्म यी संघर्षहरुको लामै फेहरिस्त छ । यस अवधिमा राष्ट्रिय एकताको विषय सन्दर्भहीन थियो, कारण दरबारभित्र लुटतन्त्र थियो । त्यसलाई अझ व्यापकता प्रदान गर्न जंगवहादुरले जारी गरेको मुलुकी ऐन थियो । श्री ३ हरु सर्वेसर्वा थिए, जहाँ ब्राह्मण, गाई र महिला हत्या वर्जित थियो । पुरोहित र भारदारहरुको जमीनदारी देशभरि फैलिएको अवस्था थियो । एक हिसावले जनतासंग कुनै दोश्रो विकल्प नै थिएन । अंग्रेज साम्राज्यको विरुद्ध संसारभरि युद्ध शुरु हुँदा छिमेकी मुलुक भारतमा स्वाधिनताको संग्रामले गाउँ शहर घेरे । अन्ततः अंग्रेज भारत छाडेर गए । नेपालमा त्यसको असर पर्नु स्वाभाविक नै थियो र जहाँनिया राणा शासनविरुद्ध भारतमा अध्ययनरत विद्यार्थीहरुले संघर्ष शुरु गरे । अन्ततः नेपालमा पनि वहुदलीय व्यवस्था स्वीकार गरियो । जनताले ल्याएको शासन व्यवस्थालाई संविधानमार्फते व्यवस्थित गर्न संविधान सभाको गठन गर्ने घोषणा पनि भयो । रैतीबाट मालिक बन्ने पर्खाइमा यहाँ वर्षौं बिते । राजनीतिक दलहरु स्थापना भए तर राज्य र जनता बिचको मजबुत आधार बन्न नसक्दा यहाँ पृथ्वीनारायण शाहको वंशज रहेका महेन्द्र गद्दीसिन भए । उनको नारा राष्ट्रिय एकता कर्णप्रिय लाग्यो । राजाको काम कहिले जाला घाम भनेजस्तै चाकरी गर्दै दिन विते । रैती मालिक हुन सकेनन् । महेन्द्रमाला पढाउने पाठ्यक्रम तयार भयो । श्रीमान् गम्भिर नेपालीबाट स्तुती गान शुरु हुँदै हुर्केका पुस्ता अझै ती भ्रमहरुबाट मुक्त देखिएनन् । औपनिवेशिकताको शिकार भई अंग्रेजबाट पराजित त्यो मानसिकता राष्ट्रिय एकताको रटानले पक्कै समाधान दिने छैन ।  राष्ट्रिय एकता दिवस आवश्यक छ । यसको आवश्यकता अझ वहिष्करण र सिमान्तीकरणमा परेका जनताका लागि छ भन्ने हो । यो मान्यता बोक्दै गर्दा केही भ्रमहरुबाट मुक्त हुनुपर्छ । राज्य विस्तारको क्रममा थुप्रै राजा रजौटाले इतिहासमा यहाँ काम गरे । तथापी, हामी अहिले पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा पहिचान बनाएको नेपाल देशका वासिन्दा हौं । भौगोलिक एकीकरणमा उनको योगदान छ । यस क्रममा संसरमा राज्यविस्तार ताका भएका हत्या, दमन नेपालको इतिहासमा पनि भयो । यति भएर पनि हाल नेपाल देशमा नै हामी आफ्नो भाग्य अज्माउनु परेको छ । त्यस अर्थमा पृथ्वी जयन्ती मनाए हुनेमा कसैको विमति नहोला । पृथ्वीनारायण शाह प्रति हालका पुस्ता त्यसरी नै सम्झन चाहन्छन् । बरु राष्ट्रिय विभूति मान्न तयार छन् । राष्ट्रिय एकता दिवसको अर्थ व्यापक बनाउनु परेको छ । संभवतः संविधान सभाले जारी गरेको संविधानले यसको महत्वलाई सिद्ध गर्न सक्थे । तर, रैतीबाट मालिक बनाउने काममा यो अवसर गुमाए । त्यसको कारण समेत गोर्खाली राज्यसत्ताले निर्माण गरेको अहंकार थियो । एक थान संविधान त राणा शासनको समयमा वि.सं. २००४ सालमै जारी गरे तर त्यसलाई अमान्य ठहर गरियो । राजनीतिक इतिहासका यस्तै घटनाहरुले नेपालमा आठौं संविधान आवश्यक रहेको महसुस गराउँदैछ । साँचिक्कै राष्ट्रिय एकता दिवसको सार पक्रने हो भने आधुनिक राज्यव्यवस्थामा संविधान नै हो, जसमार्फत् राष्ट्रिय एकताको बीऊ रोप्न सकिन्छ ।  संविधान संशोधन गर्न र राजनीतिक स्थायित्व दिन एमाले–काँग्रेस मिलेको भनियो । सवाल संविधान संशोधनको त छ नै तर नीति र नियतको तालमेल मिलेन विगतमा । नीतिगत रुपमा नेपाली जनतालाई मालिक बनाउने भनि जनआन्दोलनमा सबैले सहभागिता जनाए । संविधान सभाको निर्वाचनमा सबैले भाग लिए । उत्साहित र आशा गर्ने ठाउँ बन्यो, संविधान सभा पहिलो । षड्यन्त्रपूर्वक पहिलो संविधान सभा भंग गर्दै विदेशी हस्तक्षेप निम्त्याउने पनि त यिनै शासक सम्भ्रान्त हुन् । प्रष्टै छ, हामी हाम्रा आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार गरिसक्यौं । विदेशी शक्तिको गोटी बनेर मात्र शासन सत्तामा टिकी राख्न सक्ने परिवेश निर्माण गर्यौं, जसले नेपाल भूराजनीतिक दृष्टिले रणनीतिक स्थान पुष्टि भयो । राष्ट्रिय एकता दिवस मनाउने शासक सम्भ्रान्तहरु यति वेला किंकर्तव्यविमुढ किन ? जनतालाई निराश बनाउने सन्देश हाम्रा देशका प्रधानमन्त्रीले दिन मिल्दैन ।  अन्त्यमा, संविधान पुनर्लेखन नै समाधानको उपाय हो । संविधान पुनर्लेखन गर्दा पूर्ववत शर्तहरु लागु हुनुपर्छ । उत्तर–सार्वभौम युगमा जनताको सार्वभौमिकता अभ्यामा जाने गरी राजनीतिक व्यवस्था र शासकीय स्वरुप निर्धारण एक चुनौती होला तर यहाँका प्रथम राष्ट्रका जनता, जो बर्षौं वहिष्करण र सिमान्तीकरणको पीडा सहेर बसे, उनीहरुले स्वीकार गर्ने संविधान आवश्यक छ । त्यसैले, विगतका घाउहरुमा मलम लगाउने र उनीहरुको आत्मनिर्णयको अधिकार सुनिश्चित हुने गरी अबको निकास खोजिनु पर्छ ।  नेपाल प्राकृतिक रुपमै बहुलराष्ट्रिय राज्य हो । भ्रम नहोस्, जनता मालिक बन्ने उपायहरु अनेकौं छन् । नेपालको सन्दर्भमा वहुलराष्ट्रिय राज्यको अवधारणा त्यसैको उपज हो । यसलाई विखण्डनको भाष्य बनाएर गोर्खा अधिराज्यको औपनिवेशिकता छोप्ने दुस्साहस नगर्दा हुन्छ । बरु सहअस्तित्वमा बाँच्ने ढोका खुल्ला राख्न साँस्कृतिक सम्वाद केन्द्रहरु अत्यधिक व्यवस्थापन गर्ने हो, जहाँ इतिहास, संस्कृति, धर्म, राजनीतिक अर्थशा स्त्र, अन्तर्राष्ट्रिय सम्बन्धलगायत जीवन पद्धतिबारे जनजनमा छलफल र वहस गर्ने होस् । उनीहरुको बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्दै राज्य मेरो पनि हो भन्ने अनुभूतिपूर्ण आधार त्यसका लागि बन्नुपर्छ ।  राष्ट्रिय एकता दिवसको सार्थकता यो राज्यसंग जनताको आत्मसातिकरण (soul affinity) संग सम्बन्धित छ । यो दिवस हर्षोल्लासपूर्वक मनाउन सक्नुपर्छ । दुरदराजका जनता पनि यसमा सहभाभी भएर देशप्रेम दर्शाउन सक्ने गरी राज्यको भूमिका हुने विश्वास लिनु अन्यथा हुँदै होइन । जहाँसम्म पूर्वी नेपालमा चल्दै गरेको विभिन्न आन्दोलन तथा थारु, मधेशी जनताले ठाडै इन्कार गरेको नेपालको संविधान २०७२ जसले राष्ट्रिय एकतामा भाँजो हाल्ने काम मात्रै गरे, कथित राष्ट्रिय एकता दिवस यो अवस्थामा पनि मनाइराख्नु । असम्भव, राष्ट्रिय एकताको खेती गर्ने ती शासक सम्भ्रान्तले बुझुन्, गोर्खाली राज्य औपनिवेशिकता विरुद्धको संघर्ष निर्मम भएर टुंगिनेछ एक दिन ।

थरुहट स्वायत्त क्षेत्रः आवश्यकता र औचित्य

थरुहट स्वायत्त क्षेत्रः आवश्यकता र औचित्य

४९ दिन अगाडि

|

१२ पुष २०८१

डा.उमाशंकर प्रसाद चौधरी पृष्ठभूमिः नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको छ। यसमा थारु समुदायको जनसंख्या १८, ०९,४२३ रहेको छ। यो कुल जनसंख्याको ६.४९ प्रतिशत हो। थारु समुदाय नेपालको चौथो ठुलो समुदाय हो भने तराईमा सबभन्दा बढी जनसंख्या भएको समुदाय हो। थारु मातृभाषा बक्ताको संख्या १७,९१,८५७ (६.१५ प्रतिशत) रहेको छ। थारु मातृभाषा चौथो ठुलो भाषा हो। थारु आयोगले थारु समुदायको परिभाषा यस प्रकारले गरेको छ- “थारु समुदाय भन्नाले नेपालको तराई क्षेत्रमा परापुर्वकालदेखि बसोबास गर्दै आएको मुख्य गरि कृषि पेशामा आवद्ध श्रमजीवि, परिश्रमी, धर्तिपुत्रको रुपमा चिनिने तराईको सबभन्दा ठुलो जनसंख्या भएको एक आदिबासी जनजाति समुदाय हो”। थारु समुदायको थर सूचिकरण अनुसार नेपालमा थारु समुदायका ५२३ थरहरु छन भने उपथरहरु ५३१ रहेका छन। नेपालमा थारु सम्बद्ब सम्पदाहरु १८९ वटा सूचिकृत गरिएका छन। आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुसूचि १ मा सरकारी मानवीय विकास सूचांक २०५८ अनुसार सूचिकृत आदिबासी जनजाति बर्गिकरण (प्रोफाईल) गरेअनुसार नेपालमा २० वटा जातिय समुहहरुलाई “सीमान्तीकृत” समुहमा राखिएका छन, ति हुनः (१) सुनुवार (२) थारु (३) तामाङ (४) भुजेल (५) कुमाल (६) राजबंशी (७) गन्गाई (८) धिमाल (९) भोटे (१०) दराई (११) ताजपुरीया (१२)  पहरी (१३) तोक्पेगोला (१४) डोल्पो (१५) फ्रि (१६) मुगाल (१७) लार्के (१८) ल्होपा (१९)  दुरा (२०) वालुङ।                                                                                                                                                        लेखक डा.उमाशंकर प्रसाद चौधरी नेपालको संबिधानको धारा ३०६ को १ को (ड) ले सीमान्तीकृतको परिभाषा यस प्रकार गरेको छः “सीमान्तीकृत” भन्नाले राजनीतिक, आर्थिक र सामाजिक रुपले पछाडी पारिएका, बिभेद र उत्पीडन तथा भौगोलिक बिकटताको कारणले सेवा सुबिधाको उपभोग गर्न नसकेका वा त्यसबाट बञ्चित रहेका संघिय कानुन बमोजिमको मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय सम्झनु पर्छ र सो शब्दले अतिसीमान्तीकृत र लोपोन्मुख समुदाय समेतलाई जनाउछ” भन्ने ब्यवस्था रहेको छ। नेपालको संबिधान तथा कानुनमा सीमान्तीकृत थारु समुदायको हक, अधिकारबारे भएको ब्यवस्थाः संबिधानको धारा १८ मा -समानताको हक अन्तर्गत भएको ब्यवस्थाअनुसार राज्यले सीमान्तीकृत थारु समुदायलगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुनबमोजिम बिशेष ब्यवस्था गर्न सक्ने प्रबन्ध गरेको छ। धारा ३२ मा -भाषा तथा संस्कृतिको हक बमोजिम सिमान्तीकृत थारु समुदाय समेतले आफ्नो भाषा प्रयोग गर्ने, आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने, आफ्नो भाषा, लिपी, संस्कृति सभ्यता र सम्पदाको संम्बर्द्बन र संरक्षण गर्ने हक हुने ग्यारेण्टी गरिएको छ। धारा ४२ मा -सामाजिक न्यायको हक अनुसार थारु समुदाय समेतलाई समानुपातिक समाबेशी सिद्बान्तका आधारमा राज्यका निकायमा सहभागीताको हक सुनिश्चित गरेकोछ। धारा ५१ मा -राज्यका नीतिहरु अन्तर्गत उपधारा (ञ) को (८) मा आदिबासी जनजातिको पहिचान सहित सम्मानपुर्वक बाच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि बिशेष ब्यवस्था गर्दै यस समुदायसंग सरोकार राख्ने निर्णयहरुमा सहभागी गराउने तथा आदिबासी जनजाति र स्थानिय समुदायको परम्परागत ज्ञान, सिप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सम्बर्द्बधन गर्ने ब्यवस्था गरेको छ। धारा ५६ मा -राज्यको संरचना को उपधारा (५) मा संघिय कानुनबमोजिम सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि बिशेष, संरक्षित वा स्वायत क्षेत्र कायम गर्न सकिनेछ भन्ने प्रावधान रहेको छ। धारा २६३ मा -थारु आयोगको ब्यवस्था गरिएको छ। धारा ३०६ को (ठ) मा-थारु आयोग एक संबैधानिक आयोगको रुपमा रहने ब्यवस्था गरिएको छ। धारा २९६ को उपधारा (१) बमोजिम ब्यवस्थापिका -संसदले थारु आयोग ऐन २०७४ बनाएको छ। (क) थारु आयोग ऐन २०७४ को दफा (७) मा आयोगको काम, कर्तब्य र अधिकारको ब्यवस्था गरिएको छ । संबिधानको धारा ५६ मा- राज्यको संरचनाको उपधारा (५) मा भएको ब्यवस्थालाई अनुभूत गराउनका लागि- स्थानीय सरकार संचालन ऐन २०७४, को- दफा ९९ मा- बिशेष, संरक्षित वा स्वायत क्षेत्र कायम गर्न सकिने ब्यवस्था गरिएको पाईन्छः- (१) प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले देहायको कुनै क्षेत्रलाई बिशेष, संरक्षित वा स्वायत क्षेत्र कायम गर्न सक्नेछ भनिएको छः- कुनै एक वा एक भन्दा बढी जिल्ला। कुनै एक वा एक भन्दा बढी गाउपालिका वा नगरपालिका। कुनै गाउपालिका वा नगरपालिकाको कुनै एक वडा वा एक भन्दा बढी वडाहरु। (२) उपदफा १ बमोजिम बिशेष, संरक्षित वा स्वायत क्षेत्र कायम गर्दा देहायका आधार लिनु पर्दछः- (क) बिशेष क्षेत्रको लागि - (१) यातायात तथा पुर्वाधार अभावको कारण भौगोलिक रुपमा दुर्गम रहेको, (२) गरिबीको रेखामुनि रहेको जनसंख्याको प्रतिशत र गरिबीको बिषमता राष्ट्रिय औसत भन्दा बढी रहेको। (३) आर्थिक र सामाजिक रुपले पिछडिएका समुदायको बाहुल्यता रहेको। (४) नेपाल सरकारले उपयुक्त ठानेका अन्य कुनै आधार। (ख) संरक्षित क्षेत्रको लागि - (१) अल्पसंख्यक, सिमान्तीकृत वा लोपोन्मुख समुदायको बसोबास रहेको। (२) उपखण्ड (१) बमोजिमको समुदायको सामाजिक तथा आर्थिक विकास सूचांङ्क राष्ट्रिय औसत भन्दा कम रहेको। (३) नेपाल सरकारले उपयुक्त ठानेको अन्य कुनै आधार। (ग) स्वायत्त क्षेत्रको लागि - (१) एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिती र बाहुल्यता रहेको। (२) उपखण्ड (१) बमोजिमको समुदायको सामाजिक तथा आर्थिक विकास सूचाङ्क राष्ट्रिय औसत भन्दा कम रहेको। (३) नेपाल सरकारले उपयूक्त ठानेको अन्य कुनै आधार। दफा १००, मा बिशेष, संरक्षित वा स्वायत क्षेत्र कायम भएको क्षेत्रको विकासका लागि नेपाल सरकार तथा प्रदेश सरकारले बिशेष कार्यक्रम संचालन गर्न वा त्यसका लागि थप बजेट उपलब्ध गराउनु पर्ने ब्यवस्था छ। अन्तर्राष्ट्रिय अभ्यासमा स्वयत्त क्षेत्रः भारतको आसाम, मेघालय, मेजोरम र त्रिपुरा राज्यले उनीहरुको क्षेत्रमा १० वटा स्वायत्त जिल्ला परिषद र क्षेत्रिय परिषद कायम गरेकाछन।ति स्वायत्त क्षेत्रहरुमा आर्थिक अधिकारको साथै प्रशासनिक र न्यायिक अधिकार समेत जनताले आफै प्रचलन गर्न सक्ने संबैधानिक बन्दोबस्त रहेको छ। थरुहट स्वायत्त क्षेत्र प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले थरुहट स्वायत्त क्षेत्र कायम गर्न सक्ने ब्यवस्था संबिधान र कानुनमा भएता पनि संबिधान जारी भएको दशौं वर्ष लाग्दा समेत यो ब्यवस्था लागु हुन सकेको छैन। नेपालमा दुई वटा प्रदेशमा थरुहट स्वायत्त क्षेत्र लागु गर्न सकिन्छः लुम्बिनी प्रदेशका तराईका थरुहट स्वायत्त क्षेत्र। सुदूरपश्चिम प्रदेशका तराईका थरुहट स्वायत्त क्षेत्र। लुम्बिनी प्रदेशका तराईका थरुहट स्वायत्त क्षेत्रः यसमा ६ वटा जिल्लाहरु रहेका छन। ति यस प्रकार छनः नवलपरासी (ब.स.प.) (२) रुपन्देही (३) कपिलबस्तु (४) दाङ (५) बाँके (६) बर्दिया। संबिधान र कानुनमा उल्लेख भए अनुसार थरुहट स्वायत्त क्षेत्र कायम हुनका लागि देहायका आधारहरु रहेका छनः एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिती र बाहुल्यताः सघन उपस्थिती र बाहुल्यताः यस प्रदेशको ६ वटा जिल्लाहरुमा थारु समुदायको जनसंख्या ७,३०,०४३ रहेको छ।यो कुल जनसंख्याको १९ प्रतिशत हो । थारु समुदाय यहाँको सबभन्दा ठूलो समुदाय हो।यो थरुहट स्वायत्त क्षेत्रमा थारु समुदायको सघन उपस्थिती र बाहुल्यता रहेको छ। भाषाः यो थरुहट स्वायत्त क्षेत्रमा थारु मातृभाषा वक्ताको संख्या ५,६८,३५७ रहेको छ। यो क्षेत्रमा १३.१५ प्रतिशत ब्यक्तिहरुले थारु मातृभाषा प्रयोग गर्दछन।यो नेपाली भाषा पछि दोश्रो रहेकोछ। भाषा आयोगले लुम्बिनी प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न २०७८ भाद्र २१ गते नेपाल सरकार तथा प्रदेश सरकारलाई सिफारिस गरि सकेको छ। संस्कृतिः यो थरुहट स्वायत्त क्षेत्रमा थारु समुदायको आफ्नै संस्कृति, सभ्यता,संस्कार, चालचलन,रितिरिवाज,भेषभूषा तथा ईतिहास परापुर्व कालदेखि नै रहदै आएको छ। समुदाय भित्र आफ्नै प्रथाजनित परम्परामा कानुनी ब्यवस्था रहेकोछ। यसले समाजलाई ब्यवस्थित बनाउन मद्दत गर्दछ।यस प्रथालाई बरघर प्रथा भनिन्छ। यो प्रदेशका केही स्थानीय सरकारहरुले बरघर ऐन नै बनाएर यो प्रथालाई कानुनी हैसियत दिएर कार्य संचालन भई रहेको अवस्था छ । समुदायको सामाजिक तथा आर्थिक विकास सूचाँङ्क राष्ट्रिय औसत भन्दा कम रहेकोः थारु समुदायका मानिसहरु ग्रामिण तथा शहरी ग्रामिण क्षेत्रमा बढी संख्यामा बसोबास गरेको देखिन्छ।जसले गर्दा उद्योग र ब्यपार ब्यवसायमा संलग्नता कमै रहेको पाईन्छ।मुख्यतः परम्परागत निर्वाहमुखी कृषि पेशामा संलग्न रहेको देखिदा यस समुदायमा गरिबीको संख्या अधिक रहेको देख्द सकिन्छ। नेपाल मानव विकास प्रतिबेदन २०२० अनुसार नेपालको मानव विकास सूचाङ्क (HDI) ०.५८७ रहेकोछ।यसै गरि हिमालको ०.५६४ पहाडको ०.६२३ तराईको ०.५६३ शहरी क्षेत्रको ०.६४७ र ग्रामिण क्षेत्रको ०.५६१ रहेकोछ।तराई र ग्रामिण क्षेत्रको मानव विकास सूचाँङ्क (HDI) हिमाल, पहाड, शहरी क्षेत्र र नेपालको समग्र मानव विकास सूचाङ्क (HDI) भन्दा कम रहेको छ। यसबाट तराई र ग्रामिण क्षेत्रमा अधिक बसोबास गर्ने थारु समुदायको मानव विकास सूचाँङ्क (HDI) न्यून छ भन्ने स्पष्ट हुन आउछ। (३) प्रस्तावित थरुहट स्वायत्त क्षेत्रमा आदिम काल देखि थारु समुदायका मानिसहरु बसोबास गर्दै आई रहेको क्षेत्रको रुपमा लिईन्छ।यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायलाई भूमिपुत्रको रुपमा चिनिन्छ। यसै क्षेत्रको रुपन्देही जिल्लाको लुम्विनीमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो। वहाँको जन्म थारु समुदायमा भएको बिभिन्न बिद्बान ईतिहासकारहरुको भनाई रहेको छ। (४) संबैधानिक थारु आयोगले नेपाल सरकारलाई “संबिधानको धारा ५६ को उपधारा (५) बमोजिम थारु समुदायको सामाजिक, सास्कृतिक संरक्षण तथा आर्थिक विकासका लागि थारुवान/थरुहट बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरि कार्यान्वयन गर्न हुन” सिफारिस गरेको छ। सुदूरपश्चिम प्रदेशका तराईका थरुहट स्वायत्त क्षेत्रः यस प्रदेशका तराईका थरुहट स्वायत्त क्षेत्रमा २ वटा जिल्लाहरु रहेका छन। ति हुनः (१) कैलाली (२) कञ्चनपुर संबिधान र कानुनमा उल्लेख भए अनुसार थरुहट स्वायत्त क्षेत्र कायम गर्न देहायका आधारहरु रहेका छनः (१) एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिती र बाहुल्यताः सघन उपस्थिती र बाहुल्यताः यस प्रदेशको २ वटा जिल्लाहरुमा थारु समुदायको जनसंख्या ३,९६,५९८ रहेको छ। यो कुल जनसंख्याको २८ प्रतिशत हुन आउछ। थारु समुदाय यहाँको सब भन्दा ठूलो समुदाय हो। यो थरुहट स्वायत्त क्षेत्रमा थारु समुदायको सघन उपस्थिती र बाहुल्यता रहेको छ। भाषाः थारु मातृभाषा वक्ताको संख्या ४,३४,३०४ रहेको छ। यो क्षेत्रमा १७.०१ प्रतिशत ब्यक्तिहरुले थारु मातृभाषा प्रयोग गर्दछन। नेपाली भाषापछि थारुको मातृभाषा रहेको छ। भाषा आयोगले सुदुरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न २०७८ भाद्र २१ गते नेपाल सरकार तथा प्रदेश सरकारलाई सिफारिस गरिसकेको छ। संस्कृतिः  माथि उल्लेख भईसकेको छ। समुदायको सामाजिक तथा आर्थिक विकास सूचाँङ्क राष्ट्रिय औसत भन्दा कम रहेकोः अवस्थाको बारेमा  माथि उल्लेख भईसकेको छ। नेपाल मानव विकास प्रतिबेदन २०२० को बारेमा माथि उल्लेख भईसकेको छ। संबैधानिक थारु आयोगले नेपाल सरकारलाई “संबिधानको धारा ५६ को उपधारा (५) बमोजिम थारु समुदायको सामाजिक, सांस्कृतिक संरक्षण तथा आर्थिक विकासका लागि थारुवान/थरुहट बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरि कार्यान्वयन गर्न हुन” भनि सिफारिस गरिसकेको छ। अन्त्यमा, संबिधान प्राप्त भएको दशौं वर्षमा संबिधान तथा कानुनको आवश्यक आधारहरु पुरा भई लुम्बिनी थरुहट स्वायत्त क्षेत्र र सुदूरपश्चिम थरुहट स्वायत्त क्षेत्रको घोषणा तथा कार्यान्वयन भएमा संबिधान तथा कानुनको मर्म पुरा हुनुको साथै समुदायका जनताको चाहना र आवश्यकता पुरा भई संबिधानको औचित्यता प्रमाणित हुनेछ। लेखक थारु आयोगको माननीय सदस्य हुनुहुन्छ । email: uschaudhary112@ gmail.com      

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

८६ दिन अगाडि

|

५ मंसिर २०८१

थारू कल्याणकारिणी सभा सामाजिक संस्था हो भन्नेहरु प्रशस्तै छन् । प्रश्न उठ्छः एउटा सामाजिक संस्था आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मानिएको महाधिवेशन एकताको सन्देश बाँड्ने नाममा के कारण होला कि आफ्नो स्वायत्तता गुमाउने अवस्थाबाट गुज्रियो । भैरहवामा यही मंसिर पहिलो साता भएको थाकसको २३औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको बिचबाट निर्णय नभई स्टार होटलका कोठाबाट भएको दिन देख्नु पर्यो ।  स्टार होटलका कोठाबाट भएको निर्णयलाई थारू एकताको सन्देश भन्ने मत स्वीकार गर्ने हो भने तीन सयभन्दा अधिक प्रतिनिधिहरु र २६ जिल्लाका सभापतिहरुले आफ्नो आफ्नो जिल्लाका थारूलाई हामी खुशी बाँड्न आयौं भनेर ढुक्क हुँदै भन्न सक्छन् त ? अहं उहाँहरु सक्नुहुन्न । किनकि उहाँहरु नङ्गा नाच हेरेर फर्किनुभएको छ । बन्धक बनेको पीडा अनि थोपरेका निर्णयको भारी बोकी आगामी तीन वर्ष गुजार्न विवश बनेका छन् ।  परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ? अर्थात् आन्तरिक लोकतन्त्रको अभ्यासलाई बन्ध्याकरण गर्न पछि नपर्ने अगुवाहरु यस संस्थामा आउने राजनीतिक दवाव झेल्नु पर्दा कुन हिम्मतले साथ समर्थन देलान् ? म दावा गर्छु कि तदर्थवादको शिकार थारू कल्याणकारिणी सभा यस पटक पनि भयो ।  परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ? थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन मंसिर ५ गते सम्पन्न भएको घोषणा भयो । सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यो प्रक्रियामा निर्वाचन समिति पनि सहज महसुस गरेको र निर्वाचनका सबै प्रक्रिया पुरा गरी आएको कारण निर्वाचित सबैलाई उत्तरोत्तर प्रगतिको कामनासहित सफल कार्यकालको लागि हार्दिक शुभेच्छा छ । थारू कल्याणकारिणी सभाले करिब आठ दशकभित्र २३ वटा महाधिवेशन सम्पन्न गर्नु परिपक्वताको ठूलो आश गर्नु अनुचित होइन । तर खासमा यो महाधिवेशनको समीक्षा हुने दिन ऐतिहासिक रुपमा सफल भएको घोषणा हुनेछ । देख्नेमें लगता है साला बाँस जैसा मगर अन्दर से है खोख्ला भने जस्तै आवरणमा एकताको सन्देश भट्याए पनि आन्तरिक रुपमा यसले स्वायत्तता गुमाएको छ र प्रतिरोधी क्षमतामा ह्रास आएको देख्न सकिन्छ ।   एकताको सन्देश दिन २३औं महाधिवेशनको आग्रह तय भएको जनाउ उदघाटन सत्रमा पूर्व अध्यक्ष नरेन्द्र चौधरी र विशेष अतिथि विजय गच्छदारको थियो । एकताको सन्देश भनेको उनीहरुको लागि केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित हुनुपर्ने तर्क गरियो । यही आदर्शलाई व्यवहारमा उतार्न उनीहरु ३० घण्टा निरन्तर दवावको भूमिका बनाइ रहे । यसले थाकस सम्बन्धमा उनीहरुको नियत प्रष्ट बुझिन्थ्यो । थारू आन्दोलनलाई उनीहरु करियर निर्माणको साधन बनाउन एकमत थिए र अन्ततः सोही लक्ष्य प्राप्त गर्न महाधिवेशन बन्धक बनेको यो प्रथम पटक पक्कै थिएन । प्रत्यक्ष हस्तक्षेप देख्न २३औं महाधिवेशन प्रयोग भयो र नवनिर्वाचित अध्यक्षलाई समेत चौवन्नी सदस्यता लिन बाध्य बनाइयो । त्यसैले भन्न सक्छौं कि पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका थारू एकै हौं र नीतिगत रुपमा अमुक पार्टीका बधुँवा मजदुर–कमैयाहरु । व्यक्तिगत रुपमा भन्नु पर्दा म यसपटक मिनराज चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्ष निर्वाचित हुनुपर्ने मिसनमा थिएँ । अरु विद्यार्थी कालमा रहेका साथीहरु शैलेन्द्र चौधरी तथा रमेश चौधरीसमेत यो मिसनलाई आत्मसात गर्न थालेका कारण जिल्लावासी उत्साहित थिए । जिल्ला सभापतिहरु पनि विमर्श गर्दै थिए र त्यसमा महत्वपूर्ण भूमिका चितवन तथा वर्दियाका सभापतिहरु खेल्दै हुनुहुन्थ्यो ।  अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला । यसका बावजूद अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला । मंगलबारको दिन थियो र संकट मोचनका लागि विजय दाइले जे निर्णय दिनुहुन्छ मान्छौं पनि  भन्ने अनि मेरो मतमा सहमति चाहिन्छ भन्ने दवाव पनि बढाइ राख्ने कामले असहज परिस्थिति भोग्न बाध्य उनले अन्ततः एउटा निर्णय सुनाए । अध्यक्षका तीन दावेदार देवीप्रसाद चौधरी, प्रेमीलाल चौधरी र मिनराज चौधरीमध्य अध्यक्ष प्रेमीलाल चौधरी, वरिष्ठ उपाध्यक्ष देवीप्रसाद चौधरी तथा महामन्त्री मिनराज चौधरी ।  गच्छदार प्रस्तावको अनुमोदन थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, नेपाली काँगे्रसका नेताहरु उमाकान्त चौधरी, तेजुलाल चौधरी, पद्म नारायण चौधरी, रामजनम चौधरी, डा गोपाल दहित, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, जनकराज चौधरी तथा किशोर सिंह राठौर सम्मले गरेको बुझियो । तर यसको जस अपजस लिन तयार भएका विजय गच्छदार भविष्यमा थारू कल्याणकारिणी सभामा फस्टाएको तदर्थवाद अन्त्यका खातिर जिम्मेवारी बोक्ने कि न बोक्ने ? थारू कल्याणकारिणी सभालाई आफ्नो नेता छान्ने स्वायत्तता उपर धावा बोल्दा ऐयासमेत भन्न नपाएका केन्द्रीय पार्षदहरुको संरक्षण विजय दाइको निर्णय अनुमोदन गर्ने अन्य व्यक्तित्वहरु गर्न तयार हुने कि हुने ? के यी सबका लागि भविष्यमा जयनेपाल दाइ भन्दै उनीहरुका घरदैलोमा चाकरी बजाउनु पर्ने भयो त ? सवाल विचारणीय छ ।  आफूलाई कलाकार, पत्रकार, साहित्यकार, संगीतकार, खेलाडी तथा समाजसेवी भनी चिनारी दिएर रेशम चौधरीले समेत तीन पृष्ठमा उल्लेख भएका ६ बुँदामा समेटिएका पत्र बाँडे । आफ्नो भूमिका देखाउन उनले केही नीतिगत विषय उठाउन जरुरी ठानी त्यो पत्र हात हातमा बाँडेका होलान् । तर, अपेक्षा गरेको प्रतिक्रिया प्राप्त गर्न नसक्दा उनी फर्किए । यो महाधिवेशनमा उपस्थित सहभागीहरु माझ बाँडिएका उनका सन्देश महत्वहीन ठहर भए पनि थाकस राजनीतिक छाँयाबाट टाढा रहनुपर्ने उनका सुझाव धेरैका लागि भजाउने वस्तु हुन पुग्यो । यसलाई सक्नेले भजाउलान् र नसक्नेले चुप बस्लान् अर्को २४औं महाधिवेशन कुर्दै । जवाफदेहिताको कसिमा सबै अयोग्य देखिएपछि आफ्नो कमजोरी ढाक्ने र अरुलाई खुइल्याउने त हो । परिस्थितिले थारू कल्याणकारिणी सभालाई प्रतिस्पर्धात्मक बनाउन रोकी राखे, जसले परिणाम दिने किसिमको योजनाबाट विमुख रह्यो ।  धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन ।  अब विस्तारै थारू सुमदायको माघ मनाउने चटारो देखा पर्ने होला । एकताको सन्देश प्राप्त गर्न माघ कुर्नुपर्ने त होइन होला । तर, धेरै आशावादी नबनौं, कारण यिनीहरुसंग एकताको सन्देश सुनाउने न त शब्द छन्, न हिम्मत । जुन जगमा उनीहरु एकता स्थापित गर्न खोजे, त्यो पाखण्ड ठहर हुँदैछ । धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन ।  तर्क जेसुकै गरुन् तर परिणाम निकाल्न सकिएन भने त्यो तर्क गफाडीको गफ मात्र बुझिन्छ । भनिन्छ “गफाडीके गाईर में गाछ जन्मल त कहैछै हम छहाइरे में चियै ।” अर्थात् एकता सन्देशको नयाँ आधार तय भएन भने नवनिर्वाचित केन्द्रीय कार्यसमिति स्वार्थीहरुको झुण्ड बन्ने खतरा यथावत छ । निर्णयकर्ता तथा त्यसलाई अनुमोदन गर्ने स्वनामधारीहरु गाँठो कसेका हुन् कि फुकाएका हुन् ? जवाफ उहाँहरुसंग मागिने छैन, बरु कार्यसमितिका अध्यक्षलगायत सदस्यहरुको कार्यशैलीमार्फत् प्राप्त गर्न चाहन्छन् । भविष्यमा पुरानै नियती दोहरिने सम्भावना बलियो देख्छु म, कारण एकतापश्चात संघर्षको यात्रा शुरु हुनुपर्ने हो । यहाँ संघर्षसंग भयभित हुने र संघर्षको काउण्टर मोडेल थाहा नपाएका समाजसुधारक संस्थाको नेतृत्व हात पारेपछि पुग्यो त । बाँकी भोट बैंक भएर त बस्ने हुन् ।  भजनमण्डली एकताको गीत गाउनुहोला तर मेरो पक्षधरता कायम रहनेछ । तटस्थ बस्ने मेरो राजनीतिक कर्म होइन । थारू कल्याणकारिणी सभामा राजनीतिको छाँया परेकै ह । यहाँ स्वायत्तता कमजोर बनाएपछि निर्णय प्रक्रिया अब कसरी छिटो छिटो सम्भव छ ? सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी नारामा सीमित रहे हालै देखा परेको अविश्वास थप संकट ल्याउने हुन्छ, जसलाई आत्मआलोचना मार्फत् कम गर्न विजय दाइ लगायतका स्वनामधारीहरुले पहल लिनुपर्ने थियो ।  अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ? यो सत्य हो कि विजय दाइहरुको शक्ति र सम्बन्धको अगाडि हाम्रो केही जोड चलेन । तर फेरि पनि हामी सम्मान खोज्दै हिँड्नेभन्दा पनि परिणाम खोजी गर्ने भएकाले साधन अर्को चयन गर्न सक्छौं । यही थारू कल्याणकारिणी सभा सबै समस्याको हल हिजो पनि मानिएको होइन र भविष्यमा पनि त्यस्तो बुझाई हुनेछैन ।  अन्त्यमा, थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, विजय दादा लगायत सबैको गच्छेअनुसार सम्मान हुनुपर्छ । सम्बन्धित ठाउँमा उहाँहरु सम्मानयोग्य हो र जीवनका उतार चढाव पार गर्दै अनुभव बटुल्नु भएकै छ । ती अनुभव र शक्ति–सम्बन्धलाई उचित प्रयोग गरे थारू कल्याणकारिणी सभालाई कुनै हानी नभएको स्वीकार्न सकिन्छ । यहाँ बन्धक बनाउनैपर्ने अवस्था कसरी र कसले सिर्जना गर्यो ? सवाल यो हो । डिगनिटी र सामाजिक न्यायका खातिर लडेको बताउनेहरु आफ्नो स्वायत्तता गुमाउदै गर्दा किन आवाज दिएनन् भन्ने हो । नङ्गा नाच देखाएर एकताको सन्देश कसरी जन जनमा पुर्याउन सकिन्छ भन्ने नैतिक प्रश्न छ । अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ? यसरी झोले त बनाए बनाए, साथै गुनासो गर्ने ठाउँ पनि बाँकी राखेनन् ।  

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

१२५ दिन अगाडि

|

२६ असोज २०८१

विमला चौधरी पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने चलन छ। थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्। त्यसैले कुलदेवताअनुसार दशैँमा पूजा गर्ने चलन पनि फरकफरक रहेको उनको भनाइ छ। उनले आफ्ना कुलदेवताबारे जानकारी दिँदै भने, ‘‘मेरो थर ‘भगोरिया’ हो। हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ।’’ यो समुदायमा विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउने चलन छ। दशैँका गतिविधि थारू समुदायका मानिसले फूलपातीदेखि पूजा सामग्री जुटाउन थाल्छन्। त्यस दिन घरमूली महिलाले पूजाका लागि परिकार बनाउने र पूजा सामग्री जोहो गर्ने गर्छन्। पूजामा प्रयोग हुने भाँडाकुँडालाई नजिकैको जलाशयमा लगेर सफा गरिन्छ। थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्। उनी भन्छन्, ‘‘हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ तर आफ्नै पुरोहित, 'देशबन्ध्या गुर्बा' र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्छौँ।’’ थारू समुदायको बसोबास भएको गाउँमा स्थापित 'भूइँह्यार थान'का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ। विभिन्न सातथरी फूलसहित 'गुर्बा'ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्। ‘‘दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?’’ एकराजले भने। त्यो धूप फूलपातीका दिन 'घरगुर्बा'कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ। महाअष्टमीलाई थारूहरूले 'ढिक्रह्वा' भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले 'ढिक्रह्वा' भनिएको उनको भनाइ छ। महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ। मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ। अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्। अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं 'गुर्बा' एकराज चौधरीले बताए। थरअनुसार पितृलाई सम्झने तिथि पनि फरक थारूहरूको घरको सबैभन्दा पूर्वउत्तर कोठामा देवताको थान हुन्छ। उक्त कोठालाई थारू समुदायले 'डेउह्रार कोन्टी' भन्छन्। 'डेउह्रार कोन्टी'मा थरअनुसार फरकफरक देउताको प्रतिष्ठा गरिएको हुन्छ। परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नगर्दासम्म 'डेउह्रार कोन्टी'मा लगेर शव राख्ने चलन छ। त्यसलाई 'पाटम बैठिना' भन्ने गरिन्छ। थारू 'गुर्बा' एकराजका अनुसार मृत्यु भएका पितृलाई उक्त समुदायले देवताकै दर्जा दिएर सम्मान र पूजा गर्ने गरेको छ। उनी भन्छन्, ‘‘पाँचदेखि सात पुस्तासम्म र कसैले १२ पुस्तासम्मलाई दशैँमा स्मरण गरेर पूजा गर्ने गरेका छन्।’’ दशैँमा पितृको पूजा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको बिहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्छन्। यसलाई थारू समुदायले ‘पिट्टर डेना’ भन्छन्। थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीको दिन पितृलाई सम्झेर पूजा गर्ने चलन रहेको छ। दशैँमा नै पितृलाई सम्झिनु पर्ने खास कारण नरहे पनि पुर्खाले गर्दै आएको संस्कारलाई हालसम्म अधिकांश थारूले अनुसरण गर्दै आएको उनको भनाइ छ। ‘‘अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन् त्यो हामीलाई थाहा भएन तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ। त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ।’’ पितृलाई कसरी सम्झन्छन्? थारू समुदायले पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने गर्छन्। पितृहरूको सम्मानमा दशैँमा विशेष खालको चोखो मदिरा बनाउने गरिएको एकराज बताउँछन्। नवमीको दिन पितृलाई माछा, मासको दाल, तोरी लगायतका परिकार र भात अर्पण गर्ने चलन रहेको उनले बताए। ‘‘पाँचवटा टपरीमा भात राखिन्छ भने तीन, पाँच वा सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,’’ एकराजले भने। 'पिट्टर' दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। पाँचवटा टपरीको भातमध्ये सबैभन्दा उत्तरतर्फ राखिएको भात खान मिल्दैन। उक्त भात पितृका लागि भएकोले खान नमिल्ने मान्यता छ। त्यसमा सिन्का पनि राखिएको हुन्छ। त्यहाँ देब्रे हातले एकपटक मात्र पस्केर भात राखिन्छ। ‘‘पितृले भोजन गरेपछि दाँत कोट्याउनका लागि सिन्का राखिन्छ,’’ एकराजले भने, ‘‘पिट्टरको भात खाने बेला टपरीको भात यताउति सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यो टपरीमा नै चुठेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।’’ पितृलाई 'पिट्टर' दिएपछि 'डिउह्रार' कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू 'पिट्टर' खान आउँछन् भन्ने धार्मिक मान्यता छ। ‘‘पितृलाई भोजन गर्न सजिलो होस् भन्ने मान्यताका साथ झ्यालढोका बन्द गरेर एकछिन 'डिउह्रार कोन्टी' सुनसान बनाउनु पर्छ,’’ उनले भने। पितृलाई दिएको 'पिट्टर'लाई पछि नजिकको जलाशयमा लगेर विसर्जन गरिन्छ। त्यस बेला घरका महिलाहरू गीत गाउँदै जाने गर्छन् र नुहाएर शुद्ध भई नाचगान गर्दै फर्कन्छन्। कुभिन्डोको बलि थारू समुदायले महानवमीका दिन बिहान आफ्ना कुल देवतालाई कुभिन्डोको बलि दिने गर्छन्। कुभिन्डोलाई भेडाको प्रतीक मानेर बलि दिने चलन छ। गुठी संस्थानका पूर्वअध्यक्ष मीनराज थारूका अनुसार दशैँका बेलामा बेलको हाँगामा ढिक्री राख्ने चलन पनि रहेको बताउँछन्। उनका अनुसार बेलमा फलाएको भनिने उक्त ढिक्रीलाई 'डिउह्रार' कोठामा भएका कुल देवताको नजिकै राखिन्छ। यसलाई थारू भाषामा 'ढिक्री फरैना' भनिन्छ। दशैँमा थारूहरूले आफ्ना कुल देवतालाई नयाँ धानचामल पनि चढाउँछन्। मीनराजले भने, ‘‘कुल देवताको थानमा रहेको 'छिट्नी'मा चामलको भन्डारा भरेर चढाएपछि मात्र खाने परम्परा थारू समुदायमा अहिले पनि छ। दशैँमा देवतालाई चढाउने ढिक्री पनि नयाँ चामलकै बनाउने गरिन्छ।" आफूले खाने र देवतालाई चढाउने ढिक्री फरक हुन्छ। खानका लागि गोलो र लाम्चो ढिक्री बनाइन्छ भने देउतालाई चढाउनका लागि अलि फरक आकारको ढिक्री बनाइन्छ। देउतालाई फरक खालको ढिक्री बनाएर चढाउने गरिएको बाँके राप्ती सोनारीकी सुन्दरकली थारूले बताइन्। घरमूली महिलाले ढिक्री बनाउने गरेको बताउँदै उनले भनिन्, ‘‘बिहानै नुहाइधुवाइ गरेर निराहार व्रत बसेकी महिलाले देउतालाई पूजा गर्ने ढिक्री बनाउने प्रचलन छ।’’ दशैँमा गरिने पूजा आराधनामा विधि पुगेन भने त्यसै वर्ष पुन: गर्नुपर्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ। मृत्युसंस्कारसँग जोडिएको दशैँ थारू संस्कृतिका जानकार छविलाल कोपिलाका अनुसार घटस्थापनाको दिन यो समुदायले जमरा राख्दैन। घटस्थापनालाई ‘मूलक दिन’ अर्थात् पुर्खाहरूले देह त्याग गरेको दिनका रूपमा लिइन्छ। कोपिला भन्छन्, ‘‘घटस्थापनाको भोलिपल्ट जमरा राखेपछि थारूहरूको दशैँ सुरु हुन्छ र महानवमीका दिन समाप्त हुन्छ।’’ घटस्थापनाको दिनदेखि नै कुल देवता तथा पितृलाई पूजा गर्ने व्यक्तिले शोकमा भएका बेलामा जस्तै दशैँ नसकिँदासम्म कपाल र नङ काट्न पाउँदैनन्। घटस्थापनाको दिनलाई जुठो सुरु भएको मानेर कुलदेवतालाई अष्टमीमा पूजा गर्नुअघि नुहाइ दिएर सुनपानीले चोख्याउने चलन रहेको छ। त्यसले गर्दा थारू समुदायले दशैँलाई मृत्यु संस्कारसँग जोडेको मान्न सकिने कोपिलाको कथन छ। उनकाअनुसार काजक्रियामा 'जिता मार्ने' चलनअनुसार थारू समुदायले दशैँमा कुखुरा र सुँगुर पुज्ने चलन पनि छ। "मृतकको आत्माले शान्ति पाओस् र यिनै बकुल्लामा सवार भएर सुखपूर्वक स्वर्ग जाऊन् भनेर दशैँमा कुल देवता स्थापित गरिएको डिउह्रार कोन्टीको पटाहा डेह्रीमा बकुल्लाको छाप बनाउने चलन छ,’’ उनी भन्छन्। "महानवमीको दिन घरको मूल ढोकादेखि देवताको थानसम्म गोबरले लिपेर चामलको पिठोको घेरामा फर्सीको फूल राखेर पितृलाई स्वागत गरेर फेरि बिदाइ गर्ने चलनबाट पनि थारू समुदायले आफ्ना पुर्खाको सम्झनामा वा शोकमा दशैँ मनाउँछन् भन्ने पुष्टि हुन्छ।’’ सेतो टीका टीका लगाउने थारू समुदायको चलन छ। त्यसपछि उनीहरूको दशैँ सकिन्छ। बरघरकहाँ टीका लगाउन जाँदा मादल बजाउँदै र थारू समुदायमा लोकप्रिय महाकाव्य 'बर्किमार'का श्लोकहरू गाउँदै जाने चलन छ। 'बर्किमार'मा महाभारतको कथा रहेको बाँकेको राप्ती सोनारीका थारू समुदायका अगुवा तुलसीराम थारू बताउँछन्। महानवमीमा बरघरसँग टीका लगाउने भएकाले त्यसलाई थारूहरूले 'गवल्या' अर्थात् 'गाउँको टीका' पनि भन्ने गरेको उनले बताए। विजयादशमीलाई थारू समुदायले व्यापक मान्यता दिएको नदेखिएको कतिपय उक्त समुदायका नेताहरू बताउँछन्। यद्यपि त्यसदिन 'देशबन्ध्या गुर्बा'को घरमा गएर टीका थाप्ने चलन छ। विजयादशमीका दिन गाउँलेहरू उनको घरमा मकै, पात, रक्सी, जमरा र बाबरी फूल लिएर गई टीका थाप्ने चलन छ। सख्यानाचको चलन सख्यानाच दशैँमा नाचिने थारू समुदायको प्रमुख नाच हो। थारू महिला तथा किशोरीहरू लहरै लाइन लागेर मादलको तालमा नाच्ने एकखाले नाचलाई सख्यानाच भनिन्छ। यो नाचमा विशेष किसिमको थारूगीत गाइन्छ। यो गीत पनि महाभारतकै कथामा आधारित रहेको जानकारहरू बताउँछन्। वास्तवमा यस्तो गीत गाएर नाच्ने चलन कृष्ण जन्माष्टमीदेखि सुरु हुन्छ र दशैँ वा तिहारमा त्यसलाई अन्त्य गरिन्छ। मादल बजाउनेहरू महिला वा पुरुष हुनसक्ने भए पनि नाच्नेहरू चाहिँ महिला नै हुने गर्छन्। यस्तो नाच हेर्नका लागि गैरथारूहरू पनि उल्लेख्य रूपमा थारूगाउँ पुग्ने गर्छन्। (बीबीसीबाट साभार)

थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

१२६ दिन अगाडि

|

२५ असोज २०८१

शत्रुघन चौधरी थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ। दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ। घर पोतेर टलक्क टल्काइन्छ। वनबाट दाउरा ल्याउनु, पात टिप्नु, डुना टपरी गाँस्नु, धान कुटाउनु, चामलको पिठो पिसाउनु सामान्य कुरा भइहाले, विशेषतः देउतालाई चढाउनका लागि घर–घरमा रक्सी बनाइन्छ। घरको मूल देउताका लागि तौला अर्थात् एकपाने रक्सी अनिवार्य चाहिन्छ। अन्य समुदायमा घटस्थापनकै दिन जमरा राख्ने चलन भए पनि थारूहरूले त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको शुक्लपक्षमा दुतियाको दिन नुहाई धुवाई गरेर जमरा राख्छन्। जमरा राख्दा डेहुरार (थारूहरूको मूल देवता रहेको स्थान)मा मौलिक तरिकाले पूजापाठ गरी जमरा राखिन्छ। थारूहरूले मकैको जमरा राख्ने चलन छ। त्यस्तै दसैंमा पूजाका लागि पहेँलो जमरा र बेबरी (बाबरी)को आवश्यकता पर्छ। हरेक घरको आँगनमा बेबरी अनिवार्य रोपिएको हुन्छ। दसैंको पूजामा थारू समुदायमा मात्र बेबरीको प्रयोग हुँदै आएको देखिन्छ। पञ्चमीको दिन दहित थरका थारूहरू श्राद्ध दिने गर्छन्। श्राद्धका लागि दहितहरूलाई गाउँलेहरूको करेसाबारीबाट तरकारी चोरी ल्याउने प्रचलन छ। यसलाई एउटा परम्पराको रूपमा लिएकाले गाउँलेहरू त्यो दिन तरकारी चोरी गर्ने कार्यलाई सामान्यरूपमा लिने गर्छन्। थारू समुदायमा देउतालाई चढाउनका लागि वानधुप बनाउने गरिन्छ। वानधुप विशेष प्रकारको धुप हो। धानले जिब्रोमा कोरेर निकालेको रगत र त्यसमा धानको फुला साथै सातवटा वस्तुको समिश्रण गरेर बनाइएको विशेष प्रकारको पूजा सामग्री हो। सप्तमीको दिन दसैंमा पकाउने विशेष प्रकारको ढिक्रीका लागि ढकिया सरसफाइ गरिन्छ, यसलाई पैनस टोपी धुने भनिन्छ। पैनस टोपी धुने दिन अन्य सामग्रीहरू पनि सरसफाइ गरिन्छ। ढिक्रहवा अष्टमीको दिनलाई थारूहरूले ढिक्रहवा भन्ने गर्छन्। यो दिन दिउँसो गुरुवालाई वरैनहरू भुखौरी खुवाउने प्रचलन छ। गुरुवाबाट सेवा लिएवापत सम्मानस्वरुप गाउँलेहरूले फलफूल, अम्बा, केरा, उखुँ र एक बोटल रक्सी र दक्षिणा स्वरुप पैसा दिएर भुखौरी खुवाउने गरिन्छ। उक्त दिन बेलुकी विशेष पूजा हुन्छ। घरमुली वा जेठो छोराबाट पूजा गर्ने प्रचलन छ। पूजामा महिला–पुरुषको समान सहभागिता रहने गर्छ। पुरुषलाई पुजेरुवा र महिलालाई पुजिहिन्या भनिन्छ। यो दिन दुवै जना ब्रत बसेका हुन्छन्। डेहुरारको मुख्य देउतासहित घरका विभिन्न देउताको स्थानमा बत्ती बाली गोलो आकारको ढिक्री, जमरा, बेबरी, रक्सी (तौला र बजारी) र पानी चढाएर पूजा गरिन्छ। पूजामा दहितको घरबाट ल्याइएको वानधुप चढाउँछन्। यसरी पूजा गर्दा घरमा बैबर्कट आउने, रोगव्याधी नाश हुने, घरमा कुनै दुःखकष्ट नहुने विश्वास रहँदै आएको छ। पूजा गर्ने बेला मादल अनिवार्य बजाउनुपर्छ। मादलको विशेष ताल त्रासन ठोक्ने गरिन्छ। त्रासनको ताल (झवाङ्ग झवाङ्गनक झवाङ्ग झवाङ्गनक) मा बजाउने गरिन्छ। यो तालले एक किसिमको झन्झनाहट उत्पन्न हुने गर्छ। यसरी त्रासन ठोकेर देउता जगाउने काम गरिन्छ।  भेँडाको प्रतीकको रूपमा डेहुरार पूजाकोठामा चार वटा खुट्टा बनाएर कुभिन्डो राखिएको हुन्छ। यो दिन विशेष गरेर थारूहरूको देउता अखरिया, खेख्रीमैयाँ, धमराज, धुरखम्बा, मैसासुर, कोल्हुमसानको पूजा गरिन्छ। थारूहरूको थरअनुसार अन्य नामले पनि पुजिन्छ। उक्त दिन रातभरि देउता जगाउने गरिन्छ, जसलाई डिया जगैना भनिन्छ। परम्परागत सख्या नाच, झुमरा नाच, लाठी नाचमा रम्ने गरिन्छ। पूजा गरेर बर्की मार गीत पनि गाइन्छ। त्यसरात गाउँमा सबैभन्दा बढी रौनकता छाउँछ। गाउँभरि विभिन्न समूहमा परम्परागत नाच नाचिन्छ। बर्दिवाको बगाल, घसकटुवाको बगाल, गरढुरिया बगाल, त्यस्तै झलारी बगालको झुमरा नाच, महिलाहरूको संख्या नाच, युवाहरूको लाठी नाचले गाउँ नै गुन्जायमान हुन्छ। सबै समूह घरघर गएर नाच गर्छन्। रातभरि नाचेपछि विहान सबेरै सबै समूह गाउँको चौराहामा भेला हुन्छन्। घरबाट देउतालाई चढाइएको रक्सी करैमा बोकेर ल्याउँछन्। अनि, सबैले प्रसादको रूपमा खान्छन्। यसलाई भेरुवाक डारु पनि भनिन्छ। पित्रहवा नवमीको दिन एक बिहानै पुजेरुवा हसिया र लोटा लिएर नदी तथा जलासयमा नुहाउन जान्छन्। नुहाइधुवाई गरी खेतमा गएर चुर्कीको बढ्नी अर्थात् काँसको कुचो काटेर ल्याउँन्। हरेक वर्ष पूजाकोठामा नयाँ बढनी फेर्ने प्रचलन हुन्छ। अघिल्लो दिनजस्तै पुजिहिन्याद्वारा घरमा सबै देउताको स्थानमा बत्ती बाल्ने र पूजाको सामग्री तयार गर्ने काम गरिन्छ। पुजेरुवा परम्परागत विधिअनुसार अघिल्लो दिनजस्तै डौना बेबरी फूल, जमरा, धुप, अक्षता चढाइ अगरबत्ती बाली पूजापाठ गर्छन्। उक्त दिन पूजा गर्दा मादल बजाइँदैन। यस दिन अघिल्लो दिन तयार गरिएको कुभिन्डो काटेर देउतालाई चढाइन्छ। कुनै ठाउँमा ल्वांग पनि चढाउने प्रचलन छ।  दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। देउताअनुसार भाले, बंगुरको पाठा काट्ने प्रचलन पनि छ। पूजा गरेर सेतो टीका लगाउने प्रचलन छ। दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। पूजा सकेपछि दिउँसो प्रत्येक घरबाट पूजा गरेको सामग्रीहरू ढकियामा उठाएर पुजिहन्यिाहरू मौलिक पहिरनमा सजिएर लाम लागेर टाउकोमा ढकिया र ढकियामा पित्तर राखी नजिकको खोलामा पित्तर सेलाउन जान्छन्, जसलाई पित्तर अस्रइना भनिन्छ। पित्तर अस्राइसकेपछि नुहाइ धुवाई गरी महिलाहरू घरतिर फर्किन्छन्। यसरी महिलाहरू घर फर्किँदा हार्षोल्लासका साथ नाचगान गरिन्छ। टीका दशमीको दिन गाउँमा साझा टीका लगाउने प्रचलन छ। यसलाई राज टीका पनि भनिन्छ। गाउँको महटाँवा ककन्डार, वरघरको घरमा वा भुँइहार थानमा पहिले टीका लगाइन्छ। गाउँलेहरू एक ठाँउमा जम्मा भई अगुवा मान्यजनको हातबाट टीका लगाउने प्रचलन छ। टीकामा सेतो टीका जमरा, डौना, बेबरीसमेत हुने गर्छ। साँझ टीका लगाइसकेपछि घरघरमा आ–आफ्नो मान्यजनको हातबाट टीका र आशिर्वाद लिने गरिन्छ। टीकाको दिन बरैनहरू एक बोटल रक्सी, जमरा, बेबरी लिई गुरुवाको घरमा टीका लगाउन जाने चलन छ। गुरुवालाई पनि थारू समुदायले सम्मानित स्थान दिएको हुन्छ।  गुरुवाको घरमा गएर बरैनहरू गुरुवाको हातबाट टीका थाप्ने र आशिष लिन्छन्। यहाँ पनि अक्सर सेतो टीका नै लगाइन्छ। सेतो टीका शान्तिको प्रतीक मानिन्छ। सेतो टीकाले सबैतिर शान्तिको कामना गरिएको बुझिन्छ। थारूहरूमा सेतो टीका लगाउने प्रचलन रहे पनि पछिल्लो समय रातो टीका लगाउन थालिएको छ। टीका लगाइसकेपछि बेलुकी महटाँवा, बरघरको घरमा सख्या नाच नाचिन्छ। थारू युवा युवती (ठँरिया, बठिनिया) मिलेर सामूहिकरूपमा नाचिने नाच उक्त दिन विशेष हुन्छ। उसो त दसैंभरि नै विशेष हुन्छ। त्यसदिन युवतीहरू मौलिक पहिरन, लहँगा, कुरथाँ, चोलिया, गोन्या, गरगहनासहित नव दुलहीजस्तै सिंगारिएर नाच गर्न आएका हुन्छन्। त्यस्तै युवाहरू मादल बजाउँछन्, उनीहरू पनि मौलिक भेषभुषामा सजिएका हुन्छन्। पुरुषहरू कुर्ता, धोती, सर्त, अगुच्छा, लगाएर घाँटीमा डौना बेबरीको माला लगाएर सिंगारिएको मादलसहित उपस्थित हुन्छन्। महटाँवाको आँगनमा रौनक छाउँछ। अघि–अघि मन्डरिया पछि–पछि नचनियाहरूको लाम हुन्छ। यसमा आवश्यकताअनुसार दुई लाइन, चार लाइन गरी नाच्ने गरिन्छ। लाइनमा पैयाँ लाग्ने र पछि घेरा बनाएर नाच्ने र सख्या गीत गाउने प्रचलन छ। सख्या गीत गाउन एक जना मोरह्निया हुन्छन्, जसले गीत उठाउँछिन र अरु पछि–पछि गाउँछन्, नृत्य पनि गर्छन्। मादलको तालमा जिउ डाल चलाउने, मन्जिरा बजाउने कलात्मक शैली अत्यन्त मनमोहक देखिन्छ। अन्त्यमा परम्परागत दसैंमा आदिवासी ज्ञान, संस्कार संस्कृतिका विभिन्न कुराहरू जोडिएका छन्। यसले आदिवासी थारूहरूको संस्कृतिको जगेर्ना गर्न र पुस्तान्तरण गर्न सघाउ पुर्‍याउँछ। समय परिवर्तनसँगै अहिले थारू समुदाय पनि आधुनिकीकरण, सामेलीकरणसँग अछुतो छैन। विश्व भुमण्डलीकरण, आधुनिकीकरणको प्रभाव थारू समुदायमा पनि पर्दै गएको छ। जसका कारण पुराना मौलिक संस्कृति विस्तारै लोप हुँदै गएका छन्। आजकल थारू समुदायमा यी सबै विधि प्रक्रिया निकै कम देख्न पाइन्छ। साभारः अन्नपूर्ण पोष्ट ।  

जितिया : एक संकल्पको पर्व

जितिया : एक संकल्पको पर्व

१४२ दिन अगाडि

|

९ असोज २०८१

परिचय : आश्विन कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा वर्षेणी जीतिया पर्व थारु लगायत मैथिल तथा कोच राजवंशी महिलाहरुले ब्रतबसी मनाइने गरिआएका छन् । सनातन धर्मको निरन्तरता मानव समुदायले संसारभरि त्यस भूगोलको प्रकृति र संस्कृतिको अभ्यास हजारौं वर्षदेखि गर्दैछन् । पूर्व वैदिककालमा सूर्य देवताको रुपमा पुज्य मानिआएको परम्परालाई जीतिया ब्रत कथामा अत्यधिक महत्व दिनेगर्छन् । त्यसैले हिन्दु धर्माबलम्बी वाहेक अन्य पनि यसमा सरिक हुने गरेको छ । भनिन्छ “जीतिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे अपना ख्या भोइर थारी” तर यस भनाईले कतिपय सन्दर्भमा महिलाहरुप्रति नकारात्मक संदेश दिने गरेको हुन्छ । यथार्थमा जीतिया ब्रत आफ्ना लालाबालाको दीर्घायु, सुख तथा समृद्धिको लागि गरिने गर्छन् । यसलाई पवित्रताका साथ पकाएका परिकार ग्रहणगर्दा जसलाई स्थानीय भाषामा ओटघन भनिन्छ , पहिला जीतमहान देवतालाई चढाए पश्चात मात्र आफ्नो भोजनका लागि प्रयोग गर्ने हो । ब्रत बस्ने ब्रतालु ओटघन राती चराहरु चीरविर गर्नुअघि नै सकाउनुपर्छ । यो प्रक्रिया वहुत शान्तपूर्वक सम्पन्न गर्नुपर्छ ।  जीतिया मनाउने महिलाहरु दशगज्जा पारी धेरै छन् । मिथिला पात्रोमा यसबारे उल्लेख हुने गरेको छ । साथै नेपालमा नवलपुर देखि झापासम्म परम्परा देखि जीतिया ब्रत लिने गरेको छ । यसरी  नेपालको एक चौथाई जनसंख्या जीतियामा सहभागिता जनाउने गर्छन् । संघीय शासन प्रणालीमा यसलाई क्षेत्रीय पर्वको रुपमा बुझाउने गर्दैआए । नवलपुर तथा चितवन जिल्लामा बसोबास गर्दैआएका थारु वर्षेणी विदा नपाएको गुनासाहरु अभिव्यक्त गरिरहन्छ । ऐतिहासिक पृष्ठभूमि :      जीतिया पर्व थारुको भएको भएको दावी गर्नेहरु छन् । यसलाई कहिलेदेखि थारुले मनाउँदै आएको यकिनका साथ भन्न सकिंदैन् । पूर्वि नेपालमा मिथिला ज्ञानको श्रोतमा धनि मानिन्छ भने वंगाल तन्त्र र संस्कृतिमा सम्पन्न । यी दुई भूक्षेत्रको अन्तरघुलनबाट साझासंस्कृतिको विकास भएको बुझाउने गर्छ तर जीतियाको ब्रतकथा सुन्दा भाष्य अलग अलग निर्माण हुनपुग्छ ।  आश्विन कृष्ण सप्तमी तिथीमा ब्रतालु महिलाहरु पोखरी, तलाऊ, नदीमा स्थान गरी पूजा गर्ने कामलाई लहाई भन्ने गरीन्छ । विहान स्थान गरी पूजा सम्पन्न गरी सकेर उनीहरु ओटघनका लागि सामान व्यवस्थापनमा लाग्छन् ।  यसमा फलफूल, माछा, भात, तरकारी, च्युरा जे रुचिकर लाग्छ राती तयारी गर्न जुट्छन् । त्यसैले यो पर्वमा ओटघनका लागि माछ–मरुवा(कोदो जस्तै अन्न) व्यवस्था गरिन्छ । त्यसपछि उपवास वस्ने हो र उपवासमा यतिसम्म कि आफ्नो थुक निल्न समेत वर्जित मानिन्छ । नवमी तिथिमा विहान स्थान गरी जीतमहानको पूजा सकेर आँगनमा पाँच दाना बौटरा भिजाएको एक साथ निल्नु पर्ने हुन्छ । त्यसपछि पारन दही च्युरा खाई ब्रत तोडिन्छ । उपवासको दिन जीतिया ब्रतकथा श्रवण गरेर मनोवल उच्च बनाउनुपर्छ ।  सियार र चिल्हको दौतरी कथा समेत यसमा जोडिने गर्छ । कथा अनुसार मानिसहरु नदी किनार अथवा तलाउमा स्नान गरी आश्विन कृष्ण सप्तमी तिथिमा घेराको पातमा तोरीको पीना, माटो, जीतियाको फूल आदिले पूजा गरेको देखेर उनीहरुले आपसमा नै जीतियाको महत्व बारे केही बुझाई निर्माण गरी जीतिया ब्रत लिने अठोट लिन्छन् । तर विधी मिलाई सियार र चिल्ह जीतिय ब्रतको तयारी संगै जब ओटघन खाएर उपवास बस्छन् उनीहरुलाई राती कसरी कटाउने होला भनेर चिन्ताले सताउन थाल्छ । चिल्ही रुखको माथि र सियार फेंदमा रात विताउँदै गरेको हुन्छ । चिल्ही भोक प्यासले आजित हुँदा समेत यो कठोर ब्रत आफ्नो सन्तानको दीर्घायु, खुसियालीका लागि संकल्पका साथ पुरा गर्न तिर लागे । सियार भने भोकले हैरान भएर राती सबै सुतिसक्दा अलि पर गाडिएको सिनो खान पुगे । यसरी ब्रतको विधी भंग गरे सियारले । त्यसपछि जब उनीहरुको बच्चा जन्मिने क्रममा चिल्हीको बच्चा स्वस्थ्य थिए भने सियारले मृत बच्चा पाए । जीतिया ब्रतको प्रभाव यसखाले कथाबाट पुष्टी गर्न खोजेका हुन ।  यस धरतिमा एक राज्य शैव्या पटनी थिए जहाँ प्रतापी राजा सरी वाहन राज गर्दथे । धेरै समय पश्चात राज दरवारमा एक राजकुमारी जन्मे । नाम मासवासी राखियो । समय वित्दै जाँदा मसवासी यौवना र एक सुन्दर नारी भइन । राजा सरी वाहन छोरीको विहे गराइदिन चाहे तर उनी विहे नगर्ने निर्णय सुनाइन । राजा चकित परे साथै छोरी जिद्दी समक्ष उनको डेग चलेन । राजा आफ्नी छोरीको लागि अलगै घर बगैंचामा बनाइदिइन । केही सुसारे पनि व्यवस्था गरिदिए । मसवासी एक विहानै उठी स्नान गरेर पूजा गरिरहे । उनको संकल्प थियो कि सूर्यको दर्शन वर्जित हुनुपर्छ । यसरी नै दिनहरु वित्दै थिए ।  सूर्य देवता एक दिन छल गरे । जति वेला स्नान गरी पूजाको लागि मसवासी वाहिर निस्के, समय अगावै सूर्य क्षितिज बाहिर देखिए । मसवासी सूर्यको दर्शन नचाहेर पनि हुनपुग्यो । त्यसको प्रभावले मसवासी गर्भवति बने । राजा आश्चर्य चकित भई यसबारे थप जानकारी लिन थाले । मसवासीलाई अपहेलित हुनुपर्यो । तथापी कोखमा ९ महिना पोषण पालन गरी बच्चा जन्म दिए । नाम राखे जीतमहान । सबैले जीवमहानलाई बिना बाउको छोरा भनि हेप्थे ।  एक दिन बालक जीतमहान साथीहरुसंग खेल्न जंगल छेऊ पुगे । त्यहाँ खेलको नियम बनाउँदा साथीहरु चलाखी गरे । उनीहरुलाई थाहा थियो कि जीतुवाको बाउ को हो थाहा छैन । त्यसैले खेलमा आमाको नाम लिई खाल्टोमा पस्ने र निस्किंदा बाऊको नाम लिएर निस्किने भनियो । अब सबै साथीहरु सो नियम पालना गरी पस्ने र निस्किने खेल खेलेर रमाउँदै थिए । पालो जीतुवाको आयो । यो खेल भन्दा अगाडि खेलिने सबै खेलहरु जित्ने गरेको जीतुवा यस पटक मासवासीको नाम लिएर खाल्टोमा त पसे तर बाऊको नाम थाहा नहुँदा निस्किन सक्ने भएन ।  साथीहरु थप उपहासको पात्र बनाए । जब जीतुवाको आमाले यसबारे थाहा पाइन, त्यसपछि त्यहाँ पुगेर जीतमहानलाई सत्य तथ्य बनाए । जीतमहान वाहिर निस्के तर उनलाई चित बुझेको थिएन । अन्ततः उनी आफ्नो बाऊ खोज्न हिडे । आमाको लागि थप पिडादायी बन्यो । निकै पर पुग्दा थकित जीतमहान दृढ संकल्पित थिए लक्ष्य चुम्न । त्यसैले उनको लक्ष्य तिरको यात्रा जारी रह्यो । त्यसबाट निकै कष्ट भोग्न थालेका जीतमहानलाई सूर्य देव मनुष्य रुप धारण गरेर अगाडि देखा परे । तिम्रो वाउ  मै हुँ भनि सूर्य देवले सम्झाउन खोजे । जीतमहानले कसरी पत्याउने मैले भनि जवाफ मागे । सूर्य देवलाई अब आपत आइलागे । यसलाई सुल्झाउन उनले जीतमहानलाई फर्केर घर जान मनाए । बदलामा उनले यो पनि सम्झाए कि मत्र्यलोकमा महिलाहरु आफ्नो बालबच्चा लगायत सबैको कल्याण होस् भनि यदि आश्विन महिनाको कृष्ण सप्तमी शनिवारको दिन स्थान गरी पूजा गर्ने, अष्ठमी आइतवारको दिन उपवास बस्ने तथा नवमी सोमबारको दिन पारन गरी ब्रत सम्पन्न  गर्ने हो भने तिम्रो शक्तिको प्रभावले ब्रतालुहरु अपेक्षित फल प्राप्त गर्नेछन् । यसबारे आफ्नो गाउँ ठाउँमा परम्परा बसाल्न लगाइयो । त्यसरी ब्रत उठान गर्दा फल प्राप्तिको अनुभव गर्दा यसको विस्तार भएर गयो । त्यसैले उपरोक्त विधी पुरयाएर गरिने जीतिया खरजीतिया भन्ने चलन छ । शुरुमा जीतिया यसरी उठान गरेर पछि सप्तमी, अष्ठमी र नवमी तिथि जुनै दिन परे फरक पर्दैन । जीवनमा निरन्तर जीतिया ब्रत लिने गरे अकसर छोरी अथवा वुहारीले जीतिया उठाए पश्चात ब्रत अन्त्य गर्दा पनि हुन्छ । यस अर्थमा जीतिया अन्य क्षेत्रमा मनाईने तीज भन्दा मुल्यमान्यताको हिसावले नै अलग हुन् । जीतियाको दार्शनिक पक्ष :  जीतिया कथामा जीतियाको दार्शनिक पक्ष बारे उल्लेख गरिएको छ । यसलाई साँख्य दर्शनसंग तुलना गर्न सकिन्छ । सृष्टी सम्बन्धि ज्ञानलाई जसरी साँख्य दर्शनमा प्रकृति र पुरुष सापेक्षित सत्यको रुपमा बुझाउने गरिन्छ, सोही बमोजिम जीतिया ब्रतकथामा अन्धा–अन्धिको विवेचना छ । अन्धालाई अन्धिले प्रश्न गर्छ कि हे प्रीय कुन चराको आवाज हो र कुन चाही दिशामा बोलेको हो ? अन्धाले यी प्रश्नको जवाफ दिन चाहेको थिएन तर अन्धिले जिद्दी लिएपछि अन्धाले यसमा मेरो मृत्युको कारण लुकेको बताए । त्यसपछि अन्धाले ईश्वर रुपी कदभोरका चरा पूर्व दिसामा बोलेको बताएपछि अन्धा मारिए । कथा अनुसार अन्धाको पाउ हात उखेलेर चार दिसा पूर्व, पश्चिम, उत्तर र दक्षिणमा फालिए । त्यसैगरी पेट आकाश र पिठ्यु पाताल बन्यो । रगत समुद्री जल बन्यो । दुई आँखा मध्ये एक चन्द्रमा र अर्को सूर्य बन्यो । यसरी ब्रह्माण्डको सिर्जना भएको वर्णन गरिन्छ । अन्धि आफ्नो पति वियोगमा कदभोरका चरालाई पछयाउँदै लखेटे । भगवानको रुपधारण गरेर कदभोरका चरा भागे तर कहीं आश्रय मिल्ने सम्भावना नदेखे पछि अन्धिसंग माफी माग्दै यो ब्रह्माण्डमा जीव विकास गर्ने कुरामा विश्वास दिलाए । त्यसबखत पुरै जलमग्न रहेको परिवेशमा पतालबाट माटो ल्याउने जिम्मा गोरा माछालाई दिएको तर त्यो असफल भएपश्चात नायर माछालाई सो जिम्मा दिई पठाए । नायर माछा केही माटो ल्याउँदा माटोको जोरन राखी धरती बनाउन सफल भएको र जीव विकासमा सफलता प्राप्त भयो । यहाँ वनस्पतिमा सर्वप्रथम कुशको उत्पति भएको विषय उठान गरेको र यी कथाको सार हेर्दा प्रकृति र पुरुषको विम्बको रुपमा अन्धि र अन्धा लिन सकिन्छ । साँख्य दर्शन अनुसार चौविस   तत्वहरु गन्ती गरिन्छ जहाँ पुरुष निष्काम अर्थात् गतिहिन रहेको बुझाउँछ । त्यस्तै प्रकृति परा र अपराप्रकृति गरी वर्गीकरण गरिएको छ ।  प्रकृति चञ्चल र सत्य रहने परिभाषा सापेक्षित छ तर अन्धी चञ्चल देखिए पनि अन्धाको मृत्यु तर्कसंगत विषय पुरुषको सन्दर्भमा मान्न कठिन भयो ।  परम्परा र संस्कृति ः     जीतिया विभिन्न स्थानमा फरक फरक तरिका तथा विधी अपनाई मनाइने गरेको छ । तथापी जीतिया  थारुको मौलिक संस्कृति भित्र पर्छ । यसबाट थारुको सृष्टी सम्बन्धि अलग दृष्टीकोण छ भन्ने पुष्टी गर्न सकिन्छ । थारु प्रकृति पूजक हुन र प्रत्येक घटनालाई शक्तिव्यूह मार्फत विवेचना गर्न सक्नुपर्छ भनि विश्वास प्रणालीको निर्माण गर्छ । यहि परम्परालाई थारु अरुभन्दा आदिकालको अस्तित्व दावी गर्ने भएका छन् ।  संस्कृतिको रुपमा यहाँ मैले केही मनोवैज्ञानिक पहेली उजागर गर्न खोजें । त्यो के भने  जीतिया सफलताको लागि आशिष दिने पर्व हो । सामाजिक–साँस्कृतिक अभियानको रुपमा यसलाई निरन्तर चलाउने जिम्मेवारी त हो नै तर ज्ञानको तहमा जीतिया ब्रतकथाले छुवाछुछलाई कतै ठाउँ दिएको पाईदैन । त्यसो त नेपालमा कानुनी हिसाबले नै छुवाछुत सो सरह अर्थात् मासिन्या मतवालीको समाजिक दर्जा दिएकै हो(मुलुकी ऐन, १९१०) । लामो समयसम्म थारु यो राज्य संरचनामा औपनिवेशिकता भोग्दै आए । भारतमा समेत चमार जात भनेर थारुलाई छुवाछुत गरेकै हुन । तसर्थ, थारु छुवाछुत अंगालेको निकै पछि मात्र हो । यदि थारुले जीतिया मार्फत छुवाछुत विरुद्धको अभियान चलाउने काम गरे नेपालमा सामाजिक क्रान्ति कम समयमा पूरा गर्न सकिन्छ । थारु आफ्नो विगत र राज्य उत्पीडनबाट औपनिवेशिकता भोग्दै आएकोले थारुको आवाज यसका लागि विगुल फुके सरह हो । थारुलाई यो अभियान मार्फत तीन तहमा फाइदा प्रत्यक्ष रुपमा हुनेछ ।  (क) थारुका विवेकी पूर्खाहरुले निर्माण गरेको ज्ञान प्रणाली साझा गर्न मद्दत मिल्छ । त्यसको आधारमा थारु बाँकी पहिचान भन्दा अलग रहेको पूष्टी गर्न सघाउँछ । साथै थारु समाधानकर्ता हुन भनेर दावीलाई ठोस बनाउँछ ।  (ख) राजनीतिक तहमा थारु नेतृत्व गर्न सक्षम रहेको बुझाई सार्थक बनाउँछ । अभियानले शक्ति संचय गर्दा संघर्षका लागि थप आँट बढेर जान्छ । राजनीतिक कर्मको रुपमा संघर्षका लागि अधिक संख्यामा रहेका थारुलाई समाहित हुने अनि राजनीतिक पाराडाइममा आएको परिवर्तनले बनेको स्पेस कब्जा गर्न विद्रोहको तयारी गर्न सघाउँछ ।  (ग) आर्थिक तहमा एकिकृत योजना लागू गर्न सघाउँछ । शिल्पी समूह हाल छुवाछुत भोग्न विवश  देखिएको कारण उनीहरु निश्चित घेराभित्र कैद जस्तै छ । जब उनीहरु छुवाछुतको जंगीरबाट मुक्त  भई सीपको सहज प्रयोग गर्छन, विकास प्रक्रियामा सहभागी हुनेछन् । उत्पादन सम्बन्ध नयाँ ढंगले विकास भएर जानेछ । उत्पादन शक्तिको उचित व्यवस्थापन भई असलमा प्रतिस्पर्धा उत्पादनका लागि तब मात्र सम्भव बन्छ ।  अन्त्यमा, जीतियाको मुल्य मान्यता थप उन्नत बनाउन परम्परादेखि चलिआएको ज्ञान प्रणाली विकसित बनाउँदै जानुपर्छ । त्यसो त जीतियामा कृषीसंग सम्बन्धित थारु लगायत अन्यको आर्थिक अवस्था नाजुक छ र उनीहरु माइत आएका आफ्ना चेलीहरुलाई घर पठाउँदा चिन्तित हुनुपरेको छ, तथापी कर्मयोगी जीतिया फलदायी बनाउन शिक्षित ब्रतालु दिदीवहिनीहरु विवेक प्रयोग गरेर नेतृत्व लिन सक्नैपर्छ । कमजोर थारु राष्ट्रियताको जगमा निरन्तरताको क्रमभंगता गर्न असर्थ जस्तै बन्नु अब स्वभाविक होइन । सारमा थारु आफ्नो साँस्कृतिक भ«मीको संरक्षणकर्ता भएर आउन जीतिया जस्तो माहोललाई सही तवरले उपयोग गर्ने हो ।  जीतिया ब्रत लिएर एक संकल्पको तयारीमा रहेका सम्पूर्ण ब्रताल« दीदिवहिनीहरुमा सफलताको कामना सहित अपेक्षा गरिएका फल प्राप्त होस् भनि हार्दिक मंगलमय शुभकामना ।