बरल टीकापुर

बरल टीकापुर

५ दिन अगाडि

|

२४ वैशाख २०८२

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

१० दिन अगाडि

|

२० वैशाख २०८२

सन्तोष खनाल घोराही । नक्कल गर्ने प्रबृत्तिले नेपालमा भाषा संस्कृतिको महत्व घट्दै गएको र लोप हुने अवस्थामा पुगेको भन्दै साहित्यकारहरुले चिन्ता व्यक्त गरेका छन् । भाषा संस्कृतिको संरक्षण र विकासमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल हुनुपर्नेमा उनीहरुले जोड दिए । परिषद्को २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनको अवसरमा पुरस्कार वितरण तथा लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी कार्यक्रममा भाषा र संस्कृतिको संरक्षणमा सरोकारवालाको भूमिकाका बारेमा चर्चा गरिएको थियो । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपालको भाषा संस्कृति आयातित संस्कृतिको मारमा परेको उल्लेख गर्दै लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो । ‘मोबाइलमार्फत् बाहिरबाट आएका कुराले मौलिक संस्कृति लोप हुँदै जान थाले,  विकृति भित्रिदैछ’– उहाँले भन्नुभयो– ‘मातृभाषा मात्रै होइन नेपाली भाषाकै भविष्य के भन्ने बेला आयो ।’ भाषा संस्कृति संरक्षणमा विशेष ध्यान दिने बेला आएको बताउँदै उहाँले भाषा संस्कृति कला साहित्यको संरक्षण र विकास गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकार बाँडफाँडमा भाषा संस्कृतिको संरक्षणमा अहं भूमिका दिएको र त्यसमा पनि स्थानीय सरकारलाई थप अधिकार रहेकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस क्षेत्रमा राज्यले लगानी थप गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवं राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले लामो लडाईंले प्राप्त गरेको शान्ति परिवर्तनको रक्षाका लागि साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक परिवर्तन छिटो भए पनि सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन विस्तारै हुन्छ, यसमा साहित्यकारको तथा कलमजीवीको भूमिका रहन्छ’– शर्माले भन्नुभयो– ‘साहित्यकारको लेखनशैली शुभकामना शैली मात्रै भयो । पहिले परिवर्तनका लागि लडेका साहित्यकारको जस्तो जोश अहिले देखिएन नत्र धेरै परिवर्तन भइसक्थ्यो ।’ उहाँले मानवमा मानवता जगाउन र शान्ति समृद्धिका लागि पनि साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउदँै सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सुशासन र भ्रष्टाचारले नेपाल विश्वमै बदनाम हुने अवस्थामा पुगेको भन्दै साहित्यकारले सुधार ल्याउने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र राप्ती साहित्य परिषदको संयुक्त आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठीमा लुम्बिनी प्रदेशको भाषिक अवस्थाको बारेमा डा. कृष्णराज सर्वाहारी र लुम्बिनी प्रदेशको सांस्कृतिक अवस्थाको बारेमा प्राडा. गितु गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा. प्रेम योगी र प्राडा शिवकुमार सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य प्राडा गोविन्द पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, साहित्यकारहरु भुपेन्द्र मल्ल, कर्णबहादुर बुढा, प्राडा बाबुराम आचार्य, डा. कपिलमणि लामिछाने, परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, जिल्ला शाखाको तर्फबाट रुकुम पश्चिमका अध्यक्ष मनलाल वली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, दाङ साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष डिल्लीराज श्रीधर, परिषद्का सल्लाहकार एवं पुरस्कार छनोट समितिका संयोजक पुरुषोत्तम खनाललगायतले परिवर्तनमा साहित्यकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । सोही अवसरमा प्राडा गोविन्द पौडेलले आफ्नो बुवा आमाको सम्झनामा ईश्वरी बिना राष्ट्रिय वाङ्मय पुरस्कारको लागि पाँच लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नुभएको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा अक्षयकोष स्थापना कर्ता थप बढ्ने आयोजकले जनाएको छ । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गर्नुभएको थियो । शनिबार परिषद्को साधारण सभा तथा अधिवेशन हुँदैछ । २४ बढी स्रष्टा पुरस्कृत राप्ती साहित्य परिषद्ले २०८१ सालको राप्ती साहित्य पुरस्कार दाङका प्राध्यापक डा. बाबुराम आचार्यलाई प्रदान गरेको छ । २०८० सालमा प्रकाशित १८ थुङगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार प्रदान गरिएको हो । यस्तै नन्दहरि साहित्य पुरस्कार दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कार दाङका शशिधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कार रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी देवीचन्द्र साहित्य पुरस्कार बाँकेका डा. हरिप्रसाद तिमिल्सिनालाई, अपामुकुन्द प्रज्ञा पुरस्कार प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरिराज खनाललाई प्रदान गरिएको छ । यसैगरी दाङका अभि क्षेत्री समर्पणलाई पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार, बुटबलका प्रा. डा. कपिल लामिछानेलाई तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार, दाङका कपिलकिशोर घिमिरेलाई चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार, प्युठानका सुमन सुवेदीलाई नित्यानन्द प्रज्ञा पुरस्कार, दाङ देउखुरीका यादवनाथ योगीलाई चन्द्रमधु गीत संगीत पुरस्कार, रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार र रोल्पाका अमर अधिकारीलाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई श्रीबहादुर दीलमाया साहित्य पुरस्कार, बाँकेका महानन्द ढकाललाई टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार, सल्यानका हिरालाल केसीलाई जीवनचक्र साहित्य पुरस्कार दिइएको छ भने पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान सल्यानकी बिनु बुढाथोकीलाई दिइएको छ । यस्तै पश्चिम रुकुमका खेमराज खड्कालाई ऋषि लक्ष्मी साहित्य पुरस्कार, दाङकी दीपा बुढालाई गोमादेवी स्मृति कला पुरस्कार र विष्णुनुमा साहित्य पुरस्कार दाङका मनिषा गिरी ‘ऋतु’लाई दिइएको छ । यसैगरी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, साहित्यकार मधुसूदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको छ । नयाँ युगबोधबाट

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

१९ दिन अगाडि

|

१० वैशाख २०८२

जित ट्रासन  उनीहरू यस युगका पनि  चाणक्य हुन्  अझै चन्द्रगुप्त जन्माउन सक्छन्  आन्दोलनको आँधी ल्याएर  सरकारलाई पनि ढलाउन सक्छन्  उनीहरू त्यसै काठमाडौँ आएका होइनन्।  @@@ आदरणीय अभिभावकहरू ! उनीहरू नयाँ ज्ञानको दैलो उघारेर  उनीहरू पञ्चायती ऐन फालेर  शैक्षिक क्रान्तिको निम्ति  काठमाडौँ आएका हुन्  थोरै समय दिनुहोस्।  @@@ प्रिय विद्यार्थीहरू !  उनीहरू शिक्षाको बिहानी ल्याएर  थोत्रो नीतिमा परिवर्तन गरेर  तिम्रो सुन्दर भविष्यको निम्ति  उनीहरू काठमाडौँ आएका हुन्  केही समय पर्खनुस् ।  @@@ उनीहरू त्यसै काठमाडौँ आएका होइनन्  शब्दको बारुद भरेर  कलमलाई बन्दुक बनाएर  घोर निद्रामा सुतेको  सरकारलाई जगाउनका निम्ति  उनीहरू काठमाडौँ आएका हुन् । @@@ उनीहरू त्यसै काठमाडौँ आएका होइनन्  शिरमा कफन बाँधेर  विद्रोहको राँको बालेर  देशभित्रै हराएको  सरकारलाई खोज्नका लागि  यो मुलुकको मुहार फेर्नका लागि  यो माटोको कसम खाएर  उनीहरू काठमाडौँ आएका हुन् । @@@ हालः धनगढी, कैलाली २०८२ । ०१ । १०

१५ बुँदे घोषणा–पत्र  जारी गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न

१५ बुँदे घोषणा–पत्र जारी गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न

२३ दिन अगाडि

|

७ वैशाख २०८२

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा वैशाख ५ गते शुक्रवार १५ बुँदे घोषणा–पत्र पारित गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न भएको छ ।   घोषणा–पत्रमा उल्लेख छः  १. सरकारी निकायबाट सिर्जना  गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्तिकारहरूले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आह्वानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्न पहल गर्ने ।  २. मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चापदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थाका साथै स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र स्थानीय कच्चापदार्थ सङ्कलन र ढुवानीमा कुनै कर दस्तुर नलाग्ने कानुनी व्यवस्था हुनुपर्ने ।  ३. मूर्तिकला सिर्जना गर्दा आधुनिक प्रविधिमैत्री तथा वातावरणमैत्री बनाउन आवश्यक सामग्री आयात गरी  व्यवस्थापन गर्न र मूर्तिकलाको सिर्जना गर्नसमेत सरकारी स्तरबाट उपयुक्त स्थान उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने ।  ४. आजकल छिटो पैसा कमाउने मनसायले व्यापारी प्रयोजनका लागि शास्त्रीय विधान र कलाको सिर्जनशीलता र मर्म नै मर्ने गरी जथाभावी रूपमा मूर्ति सिर्जना गर्ने कार्य भइरहेको अवस्था हुँदा मूर्ति सिर्जना गर्दा  शास्त्रीय विधान र कलाको मर्म विपरीत नहुने गरी सिर्जना गर्न आवश्यक पहल गर्ने ।  ५. मूर्तिकला निर्माण, प्रदर्शनी र त्यसको  प्रवर्धन गर्न मूर्तिकला ग्राम तुरुन्त बनाउन पहल गर्ने ।  ६. देशका लागि विदेशी मुद्रा भित्र्याउने स्रोतमध्ये महŒवपूर्ण स्रोतका रूपमा रहेको नेपाली ललितकला  निर्यात गर्दा लाग्ने भन्सार र कर छुट हुने व्यवस्थाका साथै निर्यात गर्दा हुने प्रशासनिक झन्झट निराकरण गरी सहज  हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।  ७. सरकारी स्तरबाट मूर्तिकलाको मूल्याङ्कन गर्दा  भौतिक साधनको मात्र मूल्याङ्कन नगरी कला सिर्जनाको मूल्यका आधारमा गरिने व्यवस्था हुनुपर्ने ।  ८. मूर्तिकारको स्वास्थ्य बिमा र मूर्तिकार स्वास्थ्य कोष स्थापनाका लागि आवश्यक पहल गर्ने ।  ९. मूर्तिकलाको प्रतिलिपि अधिकारको सुनिश्चितता  गर्न पहल गर्ने ।  १०. विद्यालय स्तरको पाठ्यक्रममा मूर्तिकला समावेश गर्न, मूर्तिकला विषयलाई विभिन्न विश्वविद्यालका पाठ्यक्रममा समावेश गर्न र  सबै विश्वविद्यालयमा मूर्तिकला विषयसहितको ललितकला विभाग खोल्न तथा विशेष गरी मूर्तिकला  विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।  ११. समूहगत रुपमा मूर्ति बनाउँदा कार्य विभाजनका आधारमा पहिचान उल्लेख गरी मूर्तिकारको आत्मसम्मानको कदर गर्ने ।  १२. मूर्तिकलाको अध्ययन, अनुसन्धान, मूर्तिकला र कलाकारको अभिलेखीकरणका साथै प्रदर्शनी, कार्यशाला, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कला र कलाकारको पहुँच अभिवृद्धि गर्न पहल गर्ने ।  १३. हाल बनेका सरकारी भवनहरूमा नेपाली कलाकृति/ मूर्तिकलासमेत राख्ने व्यवस्थाका लागि सरकारले बजेटको व्यवस्था गर्ने, अब बन्ने सरकारी भवनमा भवन निर्माणको इस्टमेट गर्दा नै बजेटको निश्चित प्रतिशत रकम ललितकलाबाट सजावट गर्नका लागि तोक्ने नीतिगत व्यवस्था गर्ने र आगामी दिनमा सर्वसाधरणले बनाउने घरको नक्सा स्वीकृत गर्दाकै अवस्थामा भवनको निश्चित स्थानमा ललितकलाले सजावट गर्नुपर्ने प्रावधान राखी नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्ने ।  १४. ललितकलाका विभिन्न विधामध्ये  मूर्तिकला विधा अध्ययन गर्न निकै खर्चिलो हुनका साथै शारीरिक परिश्रम पनि बढी पर्ने र अन्य कारणले गर्दा ज्यादै कम विद्यार्थीले मात्र अध्ययन गर्ने हुँदा यस विधाको अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिलगायत अन्य सुविधाको व्यवस्था हुन आवश्यक पहल गर्ने ।  १५. नेपाली कलाकृति खरिदमा प्राथमिकता दिन पहल गर्ने ।  नाफा हाल, नक्सालमा भएको ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’  प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली एवं प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कुलपति हार्तम्छालीले यस सम्मेलनबाट उठेका कुराले अगामी बाटो तय गर्ने हुनाले कलाकारहरूले सूक्ष्म ढङ्गले राखेका विचार तथा धारणा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले कलाकारकै भावनालाई समेटेर आगामी रणनीति तय गरिने बताउनुभयो ।   प्रतिष्ठानका पूर्व उपकुलपति एवं अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनालीले प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्र/संस्थासँग समन्वय गरी विभिन्न अन्तर्राष्ट्रिय कार्यशाला तथा कार्यक्रमहरू गरी कला र कलाकारलाई प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालमा मूर्तिकलाको अवस्था विषयमा पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत विविध पक्षको चर्चा गर्नुभएको थियो । उहाँले यस क्षेत्रको संरक्षण, प्रवर्धन तथा विकासका लागि आगामी दिनमा स्थानीय/प्रदेश/सङ्घीय सरकार, प्रतिष्ठान, शैक्षिक संस्था, कलाकारले गर्नुपर्ने कार्य तथा पहल र कानुनी विषयमा विस्तृतमा व्याख्या गर्नुभएको थियो  ।  प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सम्मेलनले नेपालको मूर्तिकला क्षेत्रका नीतिगत र कलाकारका समस्या तथा यस क्षेत्रको प्रवर्धनका लागि प्रतिष्ठानले गर्ने अन्य विविध कार्यका बारेमा समेत निचोड निकाल्ने बताउनुभयो । सम्मेलनमा प्राज्ञ नरेन्द्र भण्डारी, प्राज्ञ प्रदीप शाक्य, प्राज्ञ भुवन थापा, प्राज्ञ तारा ओझा, अग्रज मूर्तिकार शान्तकुमार शाक्य, कलाकार राकेश शाक्य, आरम्भ समूहका अध्यक्ष कलाकार सुदर्शन विक्रम राणा, आरम्भ समूहका सचिव इन्द्र खत्री, कलाकार पूर्णकाजी शााक्य, कलाकार विष्णु श्रेष्ठ,कलाकार माधव पौडेल, सुनिता राणा, कलाकार लक्ष्मण भुजेलसँगै मूर्तिकला क्षेत्रलाई प्रतिनिधित्व गर्ने सातै प्रदेशका कलाकार प्रतिनिधिसहित ८० भन्दा बढी कलाकारहरूको उपस्थिति रहेको थियो । 

लवका वरिस, जुरशीतल आ बरका मेला

लवका वरिस, जुरशीतल आ बरका मेला

२९ दिन अगाडि

|

१ वैशाख २०८२

मुना चौधरी लवका वरिसमे चैतके निन्हलाहा वैशाख १ गतेअर्थात् लवका वरिसके दिन खाइछै । चैतके अन्तिम दिन बरी, कचरी, पकौरी, बैगनी, चप, पियाजी बनाइछै । या फोफी फुलाइछै । सजुवाइन, अलहु, परोरके तरूवा तरैछै तेलपौर रोटी, दाइल बला रोटी, खिर, पुरी,  ठकुवा या जिलेबि बनाइछै । साझतकमे मर मेजवानसब झरैले लागैछै ।  लवका वरिसमे आफन्त सब एक दोसरके घर मेजवानी जाइछै  । मर मेजवानसब आबैछै तेकरवाद मर मरमेजवान या घरवैसा मिलके खाना खाइछै या पुरनका सालके बिदाह करैछै। बिहानके के परोसिया या आफन्तसब  येक दोसरसे  लवका वरिसके शुभकामना आदानप्रदान करैछै । तेकरबाद जलखैमे चैतके निन्हलाहा तरूवा बगहरूवा या तेलपौर रोटी खाइछै । येकरे कहैछै चैतके निन्हलाहा वैशाखमे खेनाइ । बिहाने घरघरमे छगरा, खसी काटैछै । भातमे बास्मती चौरके भात, खसीके मौस, रहाइरके दाइल, अलहुके सनुवा या तरू वावगहरूवा, बरी कचरी खाइछै  । मर मेजवान या घरवैसासब मिलके मासु भात ख्याके सिरहा जिल्लाके लहान भोटियाटोलके सलहेश फुलवाइर मेला देखैले जाइछै । आइ मेलाके फुलवारी मेला सोहो कहैछै। सलहेश फुलवाइरके गहवर अगारीके गाछमे चैत मैहनाके अन्तिम दिन फुलके कोपिला टुसाइछै या वैशाख १ गते फुल फुलैछै । यहया जादुमय फुल या मेला  देखैले नेपालभितरके या भारतीय दर्शनार्थीसब आबैछै । यी मेला दुई दिन लागैछै । चैत मैहनाके अन्तिम दिन लागैवला मेलाके कनकि मेला कहैछै । वैशाख १ गते लागैवला मेलाके बरका मेला कहै छै । यहै दिन मणिक दह, पताइर पोखैर, सिरहा बजार, कमल दहमे या गाम गाममे मेला लागै छै । मेला देखके आबैछै तेकरबाद । गाममे राइतभोइर नाच हैछै । गामके सबकोइ राइतभोइर जाग्राम रैहके नाच देखके लवका वरिस मनाइछै । बिहानके घरके बुज्रुक सब आपन शाखा सन्तानके मुरीमे जुर पाइन द्याके सैब दिन शान्त या शीलत रहे कैहके आशिर्वाद दैछै । बुज्रुकसबके टाङमे जुर पाइन द्याके गोर लागैत शाखा सन्तान सब बुज्रुकसबसे आशिर्वाद थापै छै । येकरे कहै छै जुरशीतल । वैशाख २ गते  लहान न. पा.  मे  पकडियागढ मेला लागैछै । लवका वरिसके दोसर दिन सक कोइ पकडियागढ मेला देखैले जाइछै  । तेकरवाद वैशाख मैहनाभोइर सप्तरी जिल्लामे शम्भुनाथ मेला लागै छै । मैहना भोइर मेला देखके  या आफन्त सबके भेटके तराईबासीसब लवका वरिस मनाइछै । यहाँ सब लवका वरिस कनङ्खे मनाइचियै ? प्रतिक्रियामे कहु ।

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

३० दिन अगाडि

|

३० चैत २०८१

आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह ‘लौटल मनिया’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । चैत ३० गते शनिवार कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेण्टमा ठुम्रार साहित्यिक बखेरीको १०३औं भागको श्रृंखलामा उक्त पुस्तकको परिचर्चा गरियो ।  पुस्तकबारे साहित्यकार डा कृष्णराज सर्वहारीले आख्यानकार वर्तमानका प्रायः सबै कथाको लेखनी आत्मपरक शैलीमा एकै धर्रामा आएकाले लेखनशैलीमा विविधता आउनु पर्ने बताए । उनले कथाको दृष्य, वातावरण पनि आख्यानकारको बर्दिया, ठाकुरद्वारा, गोब्रैला गाउँको वर्णनमा सीमित रहेकोमा यसको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे । उनले कथा संग्रहमा समग्रमा बाबु छोराको कथामार्फत् द्वन्द्वकाल, थारु समुदायको अन्धविश्वासको चिरफार गर्न सफल भएको बताए ।  आख्यानकार मानबहादुर पन्नाले थारु कृतिको समालोचना हुन नसकेकोमा यस्ता कार्यक्रम गरी नवप्रतिभाहरुलाई हौसला दिनुपर्ने राय व्यक्त गरे । शत्रुघन चौधरीले कथामा केही नेपाली तथा अंगे्रजी शब्द पनि परेकोमा मौलिकता दिन औंल्याए । कथाकार गणेश वर्तमानले ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुस्तक विमोचन गर्नैपर्ने दवावका कारण केही कथा हतारमा लेखिएकाले आफैलाई चित्त नबुझेको बताएका थिए । उनले आउँदो कृति प्रकाशन गर्न हतार नगर्ने जनाए ।  कार्यक्रममा भूमिका थारु, शत्रुघन चौधरी, मानबहादुर पन्ना, गणेश वर्तमान, रामधनी चौधरी, नन्दुराज चौधरी, इन्द्र चौधरी, जगत वाशिष्ठलगायतले रचना सुनाएका थिए । त्यसैगरी, थारु विद्यार्थी समाजको हालै नवलपरासीमा सम्पन्न महाधिवेशनबाट विजयी नवनिर्वाचित अध्यक्ष विमल चौधरी, वरिष्ठ उपाध्यक्ष दिनेश दहित, उपमहासचिव अर्नव चौधरीलगायत पदाधिकारीहरुलाई ठुम्रार साहित्यिक बखेरीका संयोजक डा सर्वहारीले खादा ओह्राई सम्मान गरेका थिए ।  त्यस्तै, कार्यक्रममा द भ्वाइस अफ नेपालको सिजन ६ को उत्कृष्ट ३ मा परेका बर्दियाका दृष्टिविहीन गायक विकास थारुले आपूmलाई भोट माग्दै थारु र नेपाली गीत सुनाएका थिए । हेर्नुहोस् गीतको लिंकः  https://www.youtube.com/watch?v=lDiN7mhQxx4

मदहा गाउँ

मदहा गाउँ

३४ दिन अगाडि

|

२६ चैत २०८१

                                                                                                                                                                                स्केचः देव कोइमी चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुुडेको गाडीले कोहलपुुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुुग्यो। बाँसगढी बजारस्थित रेडियो गुुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुुष्पा चौधरी आइपुुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुुष्पाले भनिन्, ‘यहाँबाट दुुई किमी पूर्व दक्षिण हाउपुुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुुनाउँछुु भनेर खबर पठाएका थिए तर बेफुुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुुभएको छ। पहिला त्यतै जाने कि ? ’ पुुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुुर भएको रहेछ। विद्युुत् प्राधिकरणमा काम गर्ने परशुु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुुढ्यौली पाखुुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’ उनले जवाफ दिए, ‘को लौवा ? ’ परशुुले हामीलाई कथा सुुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’ हामीले उनको नाम गलत भनेकोमा तुुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुुदायमा नवजात शिशुुलाई चामलमाथि सुुताउँछन् तर चामल नहुुँदा दाइलाई जौमाथि सुुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ। जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुुनाए। ‘पशुुसँग हुुर्कने राजकुुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुुनाउँदा हुुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुुग्यो होला। अरूसँग पनि लिनुुहुुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुुरा गर्नमै कल्याण ठानेँ। पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुुलसम्म मात्र जौवाको ६७ वर्षे घुुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुुली पानी)को कुुरा गरेर, मेरो मनकै कुुरा छिन्नुु भो। ल ल हजुुरलाई जुुन दिन पनि मेरो घरमा स्वागत छ।’ महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्‍यो। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो। गाउँको चोकमा एक हूल युुवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुुसट्टा तिनीहरूले हाम्रो घर र आउनुु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युुवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युुवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुुवै तहले शीतल भयौं। हामी ओत लाग्न पुुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्‍यो र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुुरिया (घरमूली) बैठकमा अनिवार्य जानुुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे। दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युुवा जो ६÷७ महिनादेखि भगवान्को रूपमा पुुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुुर्ती किन्न आउने एक युुवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुुन्नुुभन्दा पनि लोककथा सुुन्नुु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुुस्, पहिलो मोडमा नयाँ कुुटी बनेको छ, त्यहाँ एक साधुु बस्छन्। तिनले हजुुरहरूको इच्छा पूरा गर्नेछन्।’ पानी परेर दाइँ गरेको गहुुँ ठाँटबाँट लगाएर आएका साधुु भिजेको मुुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुुनाउन थाले। तर, तिनले सुुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुुनिसकेको कथा थियो। थारू लोककथा सुुन्न आतुुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुुनेँ। सहकर्मी भाइले गाउँका एक अन्धा युुवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युुवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुुःखैदुुःखको भुुमरीमा परेका यी युुवाको नाम भने सुुखराम चौधरी रहेछ। यिनले रेडियो गुुर्वावामा प्रत्येक बुुधबार साँझ थारू भाषामा फुुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुुनाएका कथा सम्झिएर पस्किरहेको छुु। अब त बा कथा सुुनाउनुुस् भन्दा पनि लाज लाग्छ।’ हामीले कथा सुुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुुभएको छ, भन्दे न त एउटा कथा’, सुुखरामका बाबा रतानुुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुुनाए। उनको कथा सुुन्दासुुन्दै झमक्कै साँझ पर्‍यो। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुुनै कथावाचकको घर रात बस्ने साइत जुुराउन सकिएन, होइन भने धेरै लोककथा बटुुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुुपर्‍यो। २०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुुुुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुुनै दिन लोककथाझैं महत्व बोक्ने हुुन सक्छन् कि ? साभारः अन्नपूर्ण, फुर्सद, जेठ १९, २०७५ । शीर्षक परिवर्तन गरिएको ।