लक्ष्मण किशोर चौधरी नेपालमा राणाशासन र भारतमा ब्रिटिस् शासन चलेको बेला करीब १५० बर्ष पहिले रानी पद्माकुमारी सिंह(शाह)को जन्म सिंगाही(हाल खिरी,भारत) राजघरानामा भए पनि बिवाह दैलेखी (नेपाली) राजा प्रकाश शाहसंग कान्छी (जेठी चन्द्रकुमारी शाह) रानीको रुपमा भएकोले माइतीबाट भात खानलाई दाइजोस्वरुप कौडियार (कर्णाली नदी) वरिपरिको क्षेत्र चुरे पर्वतदेखि दख्खिन र मोहना नदीको उत्तरी भु-भाग (करीब ७ सय बिगाहा) जग्गा पाएकी थिइन्। जसअनुसार उनीहरुको बसाइ हिँउदमा कलुवापुरको रानीमहल (हाल टिकापुर न.पा.-५)मा र गर्मीमा दुल्लु (दैलेख) मा हुन्थ्यो। र, यो बिचमा सहज बाटो बिश्रामको लागि चुरे माथिको राजकाँडा महलमा (चिसापानी माथि) निवास गर्ने गर्थे। ऊनको समयमा सत्तीस्थित प्राचीन शिवालय (भगवान परशुराम कालीन)लाइ जिर्णोद्धार गरि सुन्दर मन्दिर (हाल पद्मप्रकाशेश्वर महादेव टिकापुर-७) र ठूलो ईनार (कुँवा) को निर्माण गराएका थिए। यी राजमहल,मन्दिर,कुँवा आदि बनाउन सिपालु मिस्त्री र कामदार रानीले आफ्नै माइती सिंगाहीबाटै कलुवारहरु (भारतीय एक जाती समुह) ल्याएकी थिइन्। रानीमहलको आधा किलोमिटर दख्खिन तिनीहरूको बस्ती पनि बसाइन्। जसलाई कलुवापुर गाउँ र राजमहललाई कलुवापुरको दरबार भनियो। यसको दुरदराजमा भने पहिल्यैदेखि कठरिया समुदायको बाक्लो गाउँबस्ती थियो। डंगौराहरु दाङबाट आउन जारी थियो। पछि राजाको मृत्युपश्चात् जेठी रानी चन्द्रकुमारी राजासंगै पदमपुर गाउँको उत्तरस्थित गौढी(गाउँ भरिको गाइवस्तु जम्मा गर्ने ठाउँ) मा सती गइन्। जसअनुसार अहिले त्यो वरिपरिको स्थानलाई सत्ती भनियो । आजभोलि त्यहाँ बाक्लो बस्ती छ। जसलाई सत्ती बजार पनि भनिन्छ। रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । पछि रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । यो बेगारी गरी कुलो खन्ने तत्कालीन थारु रैती किसानहरुमा .मेरो आजा (बराजु) बर्कागुर्वा दुर्गा पर्साद जोगी थारु, रगरगञ्ज (हाल नुक्लिपुर), .टुरु दहिट्वा,रगरगञ्ज (नुक्लिपुर) र .बर्कागुर्वा रामफल थारु (पदमपुर)को नाम मात्रै ज्ञात् छ। वरिपरिका पुराना बृद्ध थारुहरुले यस कुलोलाई कुक्कुर पुज्वा कुल्वा,बर्का कुल्वा र रानी कुल्वा पनि भन्ने गर्दछन्। पछि रानीले महलबाट धनमाल र सेवादारसहित माइती फर्किनलाई कौडियारको खैरीघाट (हालको दौलतपुरघाटदेखि तल) बाट जहाज (पानीमा चल्ने किस्ती,डुङ्गा) लग्दै गर्दा अधिक भार भइ पानीमा जहाज डुबेको थियो।राजपरिवारका सदस्य सहित पानीमा डुबेको यो नै पहिलो नेपाली "टायटानिक" हो। अहिले त्यो ठाउँलाई स्थानीयले जहाजबुर्ला (जहाजडुबुवा) भन्छन्। यी राजारानीका वंशज कृष्णबहादुर शाही (बर्दिया) हाल काठमाडौंमा जिवितै छन्। रानी पद्मकुमारीको पालामा अरु पनि सामाजिक कार्यहरु भएका छन्। बर्दियामा पद्मकुमारी मा.वि.मुख्याजयपुर (राजापुर न.पा.),भैरबनाथ मन्दिर (राजापुर बजार) मा र नैनादेवी मन्दिर, धनगढीमा मुख्य मानिन्छ। यस्तो ऐतिहासिक तथा महत्त्वपूर्ण ब्यक्तित्वको इतिहास अनि निर्माण भएका महत्त्वपूर्ण स्थानलाई संरक्षण, सम्वर्द्धन र ब्यवसायीकरण गर्न धनगढी उ.म.न.पा., टिकापुर न.पा.र राजापुर न.पा.ले सुचिकृतको लागि पहल गर्न अत्यन्तै जरुरी छ। साथै सुप. प्रदेश सरकार,लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारको पनि नजर र दायित्व हुनै पर्दछ। केन्द्र सरकारले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजनामा रानी कुलालाई समावेश गरे ता पनि योसंग जोडिएका अरु ऐतिहासिक दस्तावेजिकरण गरेको पाइन्न।नेपाली इतिहासमा यस रानीमहललाई कलुवापुर दरबार भनेर उल्लेख गरेको बाहेक अरु बेलिबिस्तार कहीँकतै नलेखिएको इतिहासकारहरुले बताउँछन्। आफ्नो दूरदर्शी तत्वज्ञान र अथक भागरथ प्रयासले कैलाश-मानसरोवरको पवित्र गंगाजल (कर्णाली)लाई बस्ती बस्तीसम्म सिंचित गराउने धार्मिक पुन्यात्मा "जलकी देवी महारानी पद्मावती" लाई मेरो हृदयदेखि शत् शत् नमन्। सबै तस्विर सौजन्य लेखकबाट लेखक सु.प. सभा कैलाली १(२) सदस्य हुनुहुन्छ
१२१ दिन अगाडि
|
४ असार २०८२
असार ७ गते सनिच्चरके काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम निम्जल बा । इहे क्रममे राष्ट्रिय थारू कलाकार मञ्च बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमे करल । कार्यक्रमके बर्का पहुना गीतसंगीतमे निरन्तर लागल नाउपाके संरक्षक रेशमलाल चौधरी उद्घाटन कर्ले रहिंट । ओस्टक सफु प्रकाशनके थारु लोकखिस्सामे आधारित बुधनीके अंग्रेजी ओ थारु संस्करणके उपन्यास विमोचन हुइल बा । मूल अंग्रेजीमे प्रवीण अधिकारीके लिखल थारु संस्करणके उल्ठा इन्दु थारु कर्ले बटि । थारु संस्करणके सम्पादन छविलाल कोपिला कर्ले बटाँ । उपन्यासकार, अनुवादक, पोस्टाके कभर बनुइया लभकान्त चौधरी, अभियन्ता उर्मिला चौधरी, प्रणवमान सिंहलगायत पोस्टा विमोचन कर्ले रहिट । काठमाडौमे जो थारु भसा साहित्य केन्द्र अपन रचना वाचन श्रृंखला बसघराके ८३औं भाग निम्जैले बा । ओहोर असार ६ गते बर्दियाके बारबर्दिया नगरपालिका बेलभारमे गोचाली परिवारके आयोजनामे थारु भाषा, साहित्य, संस्कृतिके संरक्षणबारे अन्तक्रिया हुइल बा । कार्यक्रममे साहित्यकार सुशील चौधरी लगायतहे सम्मान कैगिल । पर्यटन डिभिजन कार्यालय बाँकेक् आर्थिक सहयोगमे हुइल कार्यक्रममे थारु भाषा साहित्य, संस्कृति संरक्षणक बिषयमे दुर्गाबहादुर थारु कबिर ओ एकराज चौधरी कार्यपत्र प्रस्तुत कर्ले रहिट, जेम्ने टिप्पणी शेखर दहितके रहिन् । थारु आयोगके निवर्तमान अध्यक्ष बिष्णु चौधरीक् बर्का पौन्हाइमे हुइल कार्यक्रमके घरगोस्या गोचाली परिवारके अध्यक्ष सुदिन अगलपथ कर्ले रहिंट ।
११७ दिन अगाडि
|
८ असार २०८२
१०० दिन अगाडि
|
२५ असार २०८२
१०१ दिन अगाडि
|
२४ असार २०८२
१०२ दिन अगाडि
|
२३ असार २०८२
१०९ दिन अगाडि
|
१६ असार २०८२
११० दिन अगाडि
|
१५ असार २०८२
११७ दिन अगाडि
|
८ असार २०८२
१२१ दिन अगाडि
|
४ असार २०८२
११०२ दिन अगाडि
|
२५ असोज २०७९
११३६ दिन अगाडि
|
२१ भदौ २०७९
११४६ दिन अगाडि
|
१२ भदौ २०७९
११०१ दिन अगाडि
|
२६ असोज २०७९
१०५१ दिन अगाडि
|
१५ मंसिर २०७९
११०७ दिन अगाडि
|
२० असोज २०७९
१०३९ दिन अगाडि
|
२७ मंसिर २०७९
२०१ दिन अगाडि
|
१७ चैत २०८१
कैलालीको लम्कीचुहा नगरपालिकामा “चिरैं” पर्व एकसाथ सँगसँगै मनाइने भएको छ । चैत्र शुक्ल पक्षम...
२०४ दिन अगाडि
|
१४ चैत २०८१
सहिद टिमाइ माझी थारूको जन्म बिसं १९९५ मा भएको थियो ।साविक सिमरिया पंचायत–५, बालकुण्ड सिमरियाका स्...
२१८ दिन अगाडि
|
२९ फागुन २०८१
बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वी क्षेत्र) वैदी कार्यसमिति, बर्दियाको अध्यक्षमा गोविन्द प्रसाद...
१०१ दिन अगाडि
|
२४ असार २०८२
जब म, वाफ बनेर शिखर चुम्छु अनि, वायुसँगै शितल छुन्छु र गर्वले ढकमक्क फुल्दै अक्टोपस झैं विभिन्न आकारमा सयर गर्छु अनन्त आकाश...
१०२ दिन अगाडि
|
२३ असार २०८२
हमरो मन लागैये दोसरके सुन्दर बनाइले हमु चाहै चियै केकरो आवश्यक्ता बनैले अपना उजैरके चाहै चियै हमु दोसरके श्रृङ्गारैले अपना अ...
११० दिन अगाडि
|
१५ असार २०८२
चारूभरा चिरै सब बोलैछै चिरचिर बैठल छै गाछके ठाइरहमे घरके छाइनमे उरैछै अकाशमे धान, गहौम, मरूवा फोइकके खाइले आबैछ...