२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारूहरुले विद्रोह गर्दा काँग्रेस, एमालेको सरकारलाई विद्रोह निवारणको एउटा मात्र उपाय सुझ्यो, थारू नेताहरुलाई झुठ्ठा मुद्दा लगाउने र जेल कोच्ने ।
२०७२ भदौ ७ देखि असोज ३ सम्ममा र त्यसदेखि अहिलेसम्म सरकार क–कसको बन्यो ? अहिले क–कसको छ ? जनतालाई थाहा छ । प्रधानमन्त्री, गृहमन्त्री को को भए ? को को छन् ? त्यसको सबै हिसाबकिताब छ ।
काँग्रेस, एमाले, माओवादीले आन्दोलन, विद्रोह, युद्ध गर्दा जवाफदेही हुन नपर्ने, मिनाहा, आममाफी हुने, जेल जान नपर्ने अनि उत्पीडित जाति, समुदाय, वर्ग अधिकार माग्दा, आन्दोलन विद्रोह गर्दा झुठ्ठा मुद्दा खेप्नुपर्ने, जेल जानुपर्ने ? अब काँग्रेस, एमाले, माओवादीको नीतिबारे पनि जनता स्पष्ट हुँदैछन् ।
दलहरुमा पुरानै साँगुरो सोंच, चिन्तन भएका नेताहरुका कारण जनतामा फुट आएको, उनीहरुकै कारण एक जाति, समुदाय, वर्गले अर्को जाति, समुदाय, वर्गको लागि बोल्न नसकिरहेको, राष्ट्रिय एकता मजबुत हुन नसकिरहेको कुराबारे पनि स्पष्ट हुँदैछन् । तुलनात्मक रुपमा युवा भन्दा धेरै बूढा नेताहरु अहिले पनि संकीर्ण सोंच र निरंकुश मानसिकताले ग्रस्त भएका कारण पनि यो अवस्था आएको छ ।
मतको आन्दोलनमा जनता
नेताहरुमा रहेको विकृत र साँगुरो सोचका कारण जनतामा फुट हुन्छ, राष्ट्रिय एकता कमजोर हुन्छ । फुटको सुविधा सोझै देशको स्थायी र अस्थायी सत्तामा पकड जमाइ सकेकाहरुलाई जान्छ । देशको स्थायी र अस्थायी सत्तामा कुनै निश्चित जातजाति, समुदाय, वर्गको एकलौटी लामो पकड भयो भने अन्य जातजाति, समुदाय, वर्ग दुःख पाउँछन् । त्यसैले राज्यमा सबैको पहुँच जरुरी हुन्छ । समतामूलक समाजको कल्पना त्यसै भएको होइन । तर हाम्रो देशको हकमा अहिलेसम्म त्यस्तो देखिएको छैन । यो देश हाँक्ने अगुवाहरुमा विभेदरहित सोच कहिल्यै पलाएन ।
नेताहरुमा त्यस्तो सोच नपलाए पनि जनता पहिले भन्दा केही सचेत देखिन्छन् । सचेत भएकै कारण अहिले काठमाडौं, धनगढी, धरानमा आफूलाई मन परेको स्वतन्त्र उम्मेदवारलाई जिताउन सफल भएका छन् । एक्लै जित्छु भनी हुँकार गर्ने एमाले र गठबन्धनको अगाडि कोही टिक्दैन भनी गर्जन गर्ने काँग्रेस, माओवादी, जसपा, नेकपा एसका उम्मेदवारलाई पनि जनताले घुँडा टेकाएका छन् ।
यो मतान्दोलनको चरण भएकोले दलहरुको ह्वीप, गर्जन, हुँकार जनताको अगाडि काम गरेन । उनीहरु देशको जानामाना महानगरपालिका, उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई मात्रै जिताएनन्, कैलालीमा स्थानीय निर्वाचन भन्दा ३ महिना अगाडि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीलाई २ नगरपालिका, २ गाउँपालिकामा जिताएर देखाएका छन् ।
फलस्वरुप १५ वर्ष लगातार सांसद र मन्त्री बनेका रामजनम चौधरी, मन्त्री बनिसकेका जनकराज चौधरी, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, सांसद बनिसकेका बुद्धिसागर चौधरी, गाविस अध्यक्ष भैसकेका विरु महतो, टीकाराम महतो, जिल्ला नेता बीरबहादुर हमाल जस्ता नेपाली काँग्रेसका पुराना जानामाना र सक्रिय नेताहरु रहेको जोशीपुर गाउँपालिकाको स्थानीय सरकारको कुञ्जी समेत काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई सुम्पनु पर्यो । यस्तो किन भयो ? प्रष्ट छ, जनता शान्तिपूर्ण मतान्दोलनमा छन् ।
नेपाली काँग्रेसका पुराना जानामाना र सक्रिय नेताहरु रहेको जोशीपुर गाउँपालिकाको स्थानीय सरकारको कुञ्जी समेत काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई सुम्पनु पर्यो । यस्तो किन भयो ? प्रष्ट छ, जनता शान्तिपूर्ण मतान्दोलनमा छन् ।
सत्तामा पुग्ने युवा अभियानको प्रारम्भ
जनतामा अहिले पनि उकुसमुकुस र असन्तुष्टी छ । तर असन्तुष्टी जाहेरको भरपर्दो माध्यम पहिलेको जस्तो बन्द, हडताल मात्रै होइन, मतदान पनि हो भन्ने कुरा २०७९ को स्थानीय निर्वाचनमा देखियो । मतदान गरेर असन्तुष्टी जाहेर गर्दा महानगरपालिका, नगरपालिकामा मै हुँ भन्नेहरुको सरकार ढल्यो । फलस्वरुप सभ्य, शान्त र धेरै असरदार मतान्दोलन युवाहरुको रोजाईमा पर्यो । उनीहरुको मतान्दोलन सफल हुन्छ, हुँदैन, पछिको कुरा भयो । तर उनीहरु ‘युवा जिताऊ अभियान’ सुरु गरिसकेका छन् ।
पुराना एवं संकीर्ण सोच भएका बुढा नेताहरुले २०४८ सालदेखि २०७९ सालसम्मको यो ३१ वर्षसम्म प्रतिबद्धता, घोषणाअनुरुप काम गर्न नसकेकाले पनि उनीहरु हौसिएका छन् र उनीहरुलाई धेरै बुद्धिजीविहरुको साथ समर्थन पनि देखिएको छ । समर्थन गर्ने ती धेरैमध्ये धेरैले चिनेजानेको एक ब्यक्ति प्राडा कृष्ण खनाल पनि एक हुन् ।
बैकल्पिक शक्तिको सम्भावना
स्थानीय निर्वाचनको परिणामलाई नियाल्ने हो भने जनता परिवर्तन र न्याय चाहेका छन् भन्ने देखाउँछ । काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ्ग, धनगढी मा गोपी हमाल मेयरसहित देशभरमा ३८५ जना स्वतन्त्र उम्मेदवारको जीत भएको छ । त्यस्तै, स्थानीय निर्वाचन भन्दा ३ महिना अगाडि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको कैलालीमा ४ पालिकामा भएको जीतलाई हेर्दा देशमा बैकल्पिक शक्तिको सम्भावना पनि छ भन्ने कुरालाई नकार्न मिल्दैन ।
यो भनेको दलहरुको २०४८ देखि २०७९ सम्मको ३१ बर्षे कथनी र करणीको बेमेलको परिणाम हो भन्दा फरक नपर्ला । घोषणा गर्ने, कार्यान्वयन गर्न नसक्ने, त्यसको समीक्षा पनि नगर्ने, बोल्न लेख्नसम्म छुट दिने तर जनतालाई समान अधिकार दिन नचाहने, अधिकारको आवाजलाई दमन गर्ने दलहरुको निरंकुश शैलीका कारण वाक्क दिक्क भएर जनताले त्यो परिणाम दिएका हुन् ।
देशभरीमा ३८५ जना स्वतन्त्र उम्मेदवार जित्नु खास गरी जनताले दलहरुलाई दिएको झापड हो भने नागरिक उन्मुक्ति पार्टीलाई जिताउनु भनेको जनताले थारूहरु निर्दोष छन् भनी गरेको पुष्टी हो, थारूहरुमाथि भएको अन्याय र अत्याचारविरुद्धको हुँकार हो । निर्दोष थारूहरुमाथि लगाइएको झुठ्ठा मुद्दा, पाएको जेलनेलको सजायवापत जनताले आफ्नो तर्फबाट दिएको क्षतिपूर्ति हो ।
अहिले धेरै युवाहरु स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दैछन्, धेरै युवाहरुले ६८ बर्ष नाघेका बुढापाका नेताहरुको बिदाई गर्ने, युवाहरु सत्तामा पुग्नुपर्ने अभियान चलाएका छन् । यो अभियान सफल होला, नहोला हेर्न बाँकी छ । तर यसले दलका तमाम नेताहरुको रक्तचाप चाहिं बढाएको छ । उनीहरु नचाहेर पनि बहसमा तानिएका छन् ।
उता तराईका जिल्लाहरुमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीको चर्चा भैरहेको छ । जिल्लाका धेरै पालिकाहरुमा उसले निरन्तर पार्टी प्रवेश र संगठन बिस्तार गरिरहेको छ । निरन्तरको कार्यक्रमले अन्य दलका नेताहरुमा बहसले प्रवेश पाएको छ ।
काँग्रेस, एमालेले थारूहरुलाई थरुहट प्रदेश दिन नचाहनु, माओवादीले काँग्रेस एमालेको अगाडि घुँडा टेक्न पुग्नु, थरुहट थारूवान लेख्ने क्रममै २०७२ भदौ ७ गते टीकापुर घटना घट्नु, ३ वटै दलको मिलीभगतको सरकारले थारूहरुमाथि दमन गर्नु, उनीहरुका अगुवाहरुमाथि झुठ्ठा मुद्दा लगाउनु, जेल कोच्नु र थारूहरुका घरमा आगो लगाउनेहरुको संरक्षण गर्नुले थारूहरु केही हदसम्म ठूला दलदेखि बिच्किएको देखिन्छ ।
साथै थरुहट तराई पार्टी नेपाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा विलय हुनु र फोरम लोकतान्त्रिकलाई विजय गच्छदारले काँग्रेसमा विलय गराउँदाको त्यो दुःख, पल थारूहरु बिर्सन सकेका थिएनन् । उनीहरु सशक्त संगठनको खोजीमा थिए, मौकाको ताकमा थिए ।
उता भानुराम थारू नेपाल लोकतान्त्रिक पार्टीलाई पुनर्जीवित त गरे, तर अगुवाई गर्ने धेरैजना काँग्रेसमा गइसकेका कारण जनता भानु एक्लैको विश्वासमा रहन सकेनन् । त्यही मौका छोपे रेशमले । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको गठनले अलपत्र धेरै थारूजनमा आशाको किरण पलायो । आश्वासन बाँड्ने, आलोपालो सरकारमा जाने तर समान हक अधिकार दिन नचाहने दलको विकल्पमा उनीहरु नागरिक उन्मुक्ति पार्टीलाई देखे, चुनावमा अहोरात्र खटिए । ४ पालिकामा विजय हासिल गरे ।
अन्य दलले तयार गरेको चुनावी गीत भन्दा नागरिक उन्मुक्ति पार्टीको चुनावी गीत पनि फरक थियो । ठूला दलका चुनावी गीतले मनोरञ्जन त दियो, तर पीडित समुदायको मन, मुटुसम्म पुग्न सकेन । उन्मुक्ति पार्टीको ‘बाबा टोहार छावा जेलम परल बा’ भन्ने गीतले चुनावमा धेरैलाई रुन बाध्य पा¥यो । गीतले २०७२ सालको घट्नालाई पुनः सम्झाइदियो । कफर््युको समय घरभित्रै बस्नु परेको पीडा, भागी भागी, लुकीलुकी हिँड्नु परेको पीडा, विदेशिएको पीडा, यातनाको पीडा भुल्न सकेनन् । उन्मुक्ति पार्टीको कार्यक्रम नै भावविह्वल हुन पुग्थ्यो । त्यो सबै सहानुभूति उन्मुक्ति पार्टीलाई गयो ।
अहिले पनि नढाँटी भन्ने हो भने ३ ठूला दलले आलोपालो बनाएको सरकारले थारूहरुलाई प्रदेश दिनुको साटो जेल कोच्नुको कारणले धेरै थारू बुद्धिजीविहरु नागरिक उन्मुक्ति पार्टीको समर्थनमा देखिएका छन् । उसलाई एउटा वैकल्पिक शक्तिको रुपमा देख्न चाहिरहेका छन् । लहरमा उभार देखिएको छ ।
नढाँटी भन्ने हो भने ३ ठूला दलले आलोपालो बनाएको सरकारले थारूहरुलाई प्रदेश दिनुको साटो जेल कोच्नुको कारणले धेरै थारू बुद्धिजीविहरु नागरिक उन्मुक्ति पार्टीको समर्थनमा देखिएका छन् । उसलाई एउटा वैकल्पिक शक्तिको रुपमा देख्न चाहिरहेका छन् ।
तराईका जिल्लामा गठबन्धन र एमाले पार्टीलाई यदि टक्कर दिने तेश्रो संगठन कोही हुन्छ भने त्यो नागरिक उन्मुक्ति पार्टी हुन्छ । किन ? भन्दा सामान्य नागरिक काँग्रेस, एमाले, माओवादीको कारण थारूहरु दुःख पाइरहेको बुझ्दछन् भने सचेत नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनुलाई थरुहट थारूवान आन्दोलन गरेको बुझ्दछन् । त्यसैले जसले जति प्रयास गरे पनि २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टीको लहरलाई रोक्न सक्छन् जस्तो लाग्दैन । गठबन्धन र एमालेले जति जोडबल गरेपनि उसले केही न केही सीट त पड्काउँछ पड्काउँछ ।
अबको चुनौती
स्थानीय निर्वाचनको परिणामले स्वतन्त्र उम्मेदवार र नयाँ दलप्रति जनविश्वास बढेको देखाएको छ । तर जनविश्वास घट्ने र बढ्ने कुरा उम्मेदवारी दिने ब्यक्ति र संगठनमा भर पर्दछ ।
त्यसै गरी सम्बन्धित ठाउँको नेताहरुको कथनी र करणीको कुरामा, भोगेको दुःखपीडा र बुझाईमा पनि भर पर्दछ । रविन्द्र मिश्रको असफलता पनि हामी सामु छ भने दुई तिहाई बहुमत ल्याएका दलहरुको अवस्थाको दृश्य पनि हामी सामु छ ।
नागरिक उन्मुक्ति पार्टीप्रति अहिले जुन आकर्षण देखिएको छ, त्यो पछिसम्म रही रहला भन्न सकिन्न । अहिलेको लहर, हुलहालमा कस्ता ब्यक्तिहरु गइरहेका छन् ? कतै हुलहालमा विकृत मानसिकताका ब्यक्तिहरुको प्रवेश, त भैरहेको छैन ? त्यो मापन गर्न सकिएन भने उन्मुक्ति पार्टी पछि अवसानको बाटोतिर नलाग्ला भन्न सकिन्न । अन्य दलजस्तै बढी आकांक्षीहरुको चाहनालाई ब्यवस्थापन गर्न नसकिए उसलाई समस्यातिर डो¥याउँछ ।
अन्त्यमा के भन्न सकिन्छ भने स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार र नयाँ दलले पाएको सफलता विगतमा ठूला दल र तिनका उम्मेदवारले गरेको गल्तीको परिणाम हो । सफलता, असफलता निरन्तर चलिरहने प्रक्रिया हो । फेरि पनि गल्ती जानी जानी गर्नु र नजानेर गर्नुमा फरक हुन्छ । कानुनी भाषामा जान र अन्जानमा गरेको सबै गल्ती अपराध ठहरिन्छ र समुदायको कसीमा अन्जानमा गरिएका गल्ती माफी हुन्छन् ।
अहिलेको राज्य पुनर्संरचनाको गल्ती काँग्रेस, एमाले र माओवादीले गरेको जानी जानीको गल्ती हो, भदौ ७ गतेको घटनामा थारूहरुलाई जेल कोच्नु र ८ गतेको घटनालाई अनसुना गर्नु जानी जानी गरिएको गल्ती हो । कोतपर्व, भण्डारखाल पर्वजस्तै अविस्मरणीय खलनायकी इतिहास हो । यो असर अहिले नै सकिएला वा पछिसम्म रहला, अहिले नै भन्न गाह्रो छ ।
अबका दिनमा यस्ता गल्ती कसैबाट पनि नहोस्, भएका गल्ती कमी कमजोरी पनि सच्चिऊन्, उम्मेदवारहरु, दलहरुबिचमा स्वच्छ प्रतिस्पर्धा होस् । निर्वाचन स्वच्छ र निष्पक्ष होस्, मतदानमा सबैले भाग लिऊन्, लोकतन्त्र बलियो होस् । राष्ट्रिय एकता बलियो होस्, सबैले यही कामना गरौं । सबैको जय होस् ।
प्रकाशित:
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
१७ घण्टा अगाडि
|
३ असोज २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९