ईलाका प्रहरी टीकापुरले सुरक्षाकर्मी कुटिएको भन्दै जानकी गाउँपालिका–३ का तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरी रहेका छन् । उनीहरुलाई बिहीबार राती घरबाटै पक्राउ गरिएको हो ।
जानकि गाउँपालिका–३ को लायकपुर शिविरको ३ सय मिटर नजिकै केही व्यक्ति एकापसमा झगडा भएको विषयलाई लिएर साँस्कृतिक कार्यक्रममा सम्वद्व व्यक्तिलाई घरबाटै लिएर गएको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार प्रहरीलाई कता कसले कुट्यो थाहा छैन । तर, दसैंको कार्यक्रम रातीसम्म गरेर प्रहरी कुटेको भन्दै तीन जनालाई पक्राउ गरिएको छ ।
लायकपुर शिविरमा दसैँ सम्वन्धि कार्यक्रम थियो, त्यहाँ कुनै झैंझगडा भएन । तर कार्यक्रम सञ्चालक लक्ष्मण चौधरी सहितका आयोजकलाई पक्राउ गरिएको गाउँलेको भनाइ छ ।
टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले भने प्रहरी अनुसन्धान गरिरहेकोले कोही निर्दोष भए छुट्ने बताए ।
प्रनाउ शाहीका अनुसार टीकापुर सहितको वरपरको क्षेत्र संवेदनशील भएकोले दसैँका कार्यक्रम गर्दा अनुमति लिनुपर्छ । लायकपुरको कार्यक्रम पनि अनुमति विना नै गरिएको उनको आरोप छ ।
जबकि प्रहरीको अनुमति विना टीकापुरका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम अबेर रातिसम्म भैरहेका छन् । स्थानीय चुनावपछि टीकापुरको माहोल सद्भावपूर्ण रहेको छ । यसमा प्रहरीले किन संवेदनशील भनिरहेको बुझ्न सकिएको छैन ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी ढकियाखबरसँग भन्छन्, ‘टीकापुरका डिएसपी शाहीले थारूहरुलाई देखि सहेनन् । तीजमा रातभरि नाच हुँदा कुनै फरक नपर्ने, अहिले थारुहरुले दसैँमा नाच गर्दा सुरक्षा खतरा ?’
प्रकाशित:
९४९ दिन अगाडि
|
२० असोज २०७९
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९