Above News Title

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

६ साउन २०१७ मा गुमरा थारू शहीद भए । घटनामा किसान रत्नु, कालु, मुख्यलाल, बुझौना गम्भीर घाइते भएका थिए । 
सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

२००७ साल पछाडि गाउँ गाउँमा सामन्त जमिन्दार वर्गका विरुद्धमा दाङ्गमा किसान विद्रोहहरु भए । वेलुवा बंजारीे किसान विद्रोह दाङ्गको पहिलो संगठित सशस्त्र किसान विद्रोह हो । उपरोक्त क्षेत्रमा जमिन्दार वर्गको शोषण थियो । वेगारी जानु पथ्र्यो । किसानहरु वर्ष दिनमा ९ महिनाभन्दा बढी समय जमिन्दारको काम गरेर विताउन बाध्य हुन्थे ।

शारीरिक श्रमका साथसाथै किसानका छोरी बुहारीहरुलाई खुलेआम बलात्कार गरिन्थ्यो । यसरी पैदा हुने बच्चालाई भग्वान डिहल (भगवानले दिएको) भन्न लगाईन्थ्यो । किसानहरु काममा ढिलाइ गरे पशुवत व्यवहार  गरिन्थ्यो । यसका साथै ऋण लिदा ५० मा शून्य थपी ५०० बनाइन्थ्यो । यसरी किसानको तीन पुस्ताले सम्म काम गर्दा पनि असुल हुँदैनथ्यो । कुनै किसान मरेपछि हत्तपत्त किर्ते तमसुक लेखी धुवामा रङ्गाई पुरानो वनाइन्थ्यो । 

आन्दोलनको प्रारम्भ 

किसानहरुले पुस्तौदेखि कमाई खाई आएको जग्गाजमिन जमिन्दार वर्गले बिभिन्न खालका त्रास धम्की एवं अमानवीय व्यवहार गरी घर खेती र जिरायत निमित्त खोस्न थाल्दा तथा दिनदिनै असहनीय वेठवेगारी चरम सिमामा पुग्दा र खाई आएको शर्त बदल्न थाल्दा किसानहरुमा वर्ग द्वेषको भावना तिखारिदै आयो । कम्युनिष्ट पार्टीको झण्डामुनि यस क्षेत्रका किसानहरु वर्ग सचेत भएर “किसान किसान एक हौ” भन्दै एकजुट भए । उनीहरुले एउटा किसान अर्को किसानलाई र एउटा गाउँको किसानले अर्को गाउँको किसानलाई सहयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझिसकेका थिए र साथै व्यवहारमा पनि लागु गरिसकेको थिए ।

जमिन्दारले विभिन्न डर, त्रास, धम्की दिदा पनि किसान वर्गले आफूले कमाई खाई आएको जग्गा छाडनन् । तर वेठबेगारी गरेनन् । जमिन्दारले किसानलाई हतोत्साहित गर्न तोरी काण्ड लगायत हरेक किसिमका पडयन्त्र रचे ।

तोरीकाण्ड 

१७ माघ २०१६ मा राती वेलुवा वंजारीका खलिहानमा दाँइ भएको तोरी जमिन्दारहरु लुट्न आए । तर किसानहरुको वीचवाट तोरी लुट्न सकेनन्, किसानहरुले जमिन्दारहरुलाई नियन्त्रणमा लिई प्रशासनमा बुझाए । तर तिनलाई कुनै कानुनी कार्वाही नगरी तुरुन्तै छाडियो । यसैले किसानहरुले पनि उक्त तोरी एकलौटी खाए । 

तोरी दाँई गरी आफै एकलौटी खाएको भनी मुख्य मुख्य किसानहरुलाई लुटपाट डकैती मुद्दा दिइयो  । किसानहरु कानुनी, गैरकानुनी सबै खालका संघर्षमा डटेका थिए । यसैले उनीहरुले पनि प्रतिउत्तर लगाए ।

जमिन्दार वर्गले शान्ति सुरक्षाको निहुँले केही प्रहरी र ४÷५ सय लठैत जम्मा गरी ४ साउन २०१६ मा खनजोत गरिरहेका किसानहरुमाथि एकाएक हमला गरे । तर मौरीको गोलाझैं छिनघडीमै किसानहरु भेला भए । जमिन्दारहरु गाउँ छाड्न बाध्य भए । केही जमिन्दारलाई वरगदवा गाउँवाट पक्रेर ल्याई सबै किसानहरुको गोडामा सेवाढोग लाग्न पठाएर मात्र छाडे । त्यतिखेर किसानहरुले जमिन्दारलाई साँच्चै कागजका वाघ सम्झेका थिए । 

गोली काण्ड

जमिन्दार वर्गले हार खाईसरकारसँग गुहार माग्न पुगे । त्यसबेला काँग्रेसको सरकार थियो । एकातिर आफ्ना माग पेश गर भनि मुख्य मुख्य किसानहरुलाई ६ साउन २०१७ मा बोलाइयो । अर्कोतिर  सर्वसाधारण किसानहरु एकशूरे भई काममा लागेको मौका छोपी दक्षिणतिरवाट बंजारीे गाउँमा हमला गरे । उनीहरुको संख्या करिव ५÷६ सय थियो । सबै किसानहरु खनजोतमा लागेका र गाउँ घरमा बुढापाका केटाकेटी र स्वानीमान्छेहरु मात्र थिए । यसले किसानका घर घरमा पस्दै बुढापाका र केटाकेटीलाई कुट्ने र किसानका  छोरी बुहारीहरुको सतित्व लुट्ने  काम गरे । यसका अतिरिक्त सुन, चाँदी, रुपिया, पैसा आदि हडप्ने काम पनि गरे । यसवाट बंजारीेका कुनै घर वचेनन् । यतिकैमा कामकाज गरिरहेका एकजना किसान बहादुर चौधरीले थाहा पाए र बेलुवा गई खबर दिए । 

पटक पटक आक्रमणले गर्दा यस क्षेत्रका किसान परिवारहरु सजग थिए । क्षणघडीमै घरेलु हतियार लिई स्वास्नी मान्छे लगायत सबै किसानहरु भेला भई बंजारी गाउँतर्फ दौडे । लुटपाट गर्नेहरु पनि बंजारीबाट वेलुवातर्फ लागेका थिए । दुबै पक्षको डावरमा (बंजारीे र वेलुवा बीचको) भेट भयो र घमासान लडाई भयो । किसान गुमरा थारूले एसपीलाई पक्री हातको औला छिनाइदिए । उनलाई गोली हानियो । उनले अन्तिम सासमा भनेका थिए– ‘म मरेको छैन, शोषण दोहनको विरुद्धमा लड्ने वर्ग सचेत क्रान्तिकारी किसानहरुलाई सहयोग गर्नमा हमेशा रणक्षेत्रमा नै हुनेछु ।’ यसरी ६ साउन २०१७ मा उनी शहीद भए । घटनामा किसान रत्नु, कालु, मुख्यलाल, बुझौना गम्भीर घाइते भएका थिए । 

प्रशासनको धरपकडले वेलुृवा बंजारीे गाउँमा केवल बुढापाका, केटाकेटी र स्वास्नी मान्छेहरु मात्र थिए । कारण वेलुवा, बंजारीेका किसानहरुले भाला, वर्छीसहित सशस्त्र भई अशान्ति गरे भनी कैयौलाई पक्राउ गरियो । पक्राउ पर्नेहरु मानवहादुर, फूलपाती, कुलमान, उनकी पत्नी लहनी, ठाकुरप्रसाद, भरथरी, बुढीया, पीठु, धनीराम, क्रिमलाल, भुवन, भवानी, लवरा, चुके, एवं वहादुर थिए । पक्राउ परेका किसानहरुमाथि पशुवत व्यवहार गरियो । कोर्राले  असहनीय गरेर कुटियो । 
स्रोतः गोचाली (२०३१) 
 

प्रकाशित:

२०७ दिन अगाडि

|

७ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९