Above Header
Above News Title

मदहा गाउँ

मदहा गाउँ

                                                                                                                                                                                स्केचः देव कोइमी

चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुुडेको गाडीले कोहलपुुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुुग्यो।

बाँसगढी बजारस्थित रेडियो गुुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुुष्पा चौधरी आइपुुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुुष्पाले भनिन्, ‘यहाँबाट दुुई किमी पूर्व दक्षिण हाउपुुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुुनाउँछुु भनेर खबर पठाएका थिए तर बेफुुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुुभएको छ। पहिला त्यतै जाने कि ? ’

पुुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुुर भएको रहेछ। विद्युुत् प्राधिकरणमा काम गर्ने परशुु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुुढ्यौली पाखुुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’

उनले जवाफ दिए, ‘को लौवा ? ’

परशुुले हामीलाई कथा सुुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’

हामीले उनको नाम गलत भनेकोमा तुुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुुदायमा नवजात शिशुुलाई चामलमाथि सुुताउँछन् तर चामल नहुुँदा दाइलाई जौमाथि सुुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ।

जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुुनाए। ‘पशुुसँग हुुर्कने राजकुुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुुनाउँदा हुुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुुग्यो होला। अरूसँग पनि लिनुुहुुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुुरा गर्नमै कल्याण ठानेँ।

पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुुलसम्म मात्र जौवाको ६७ वर्षे घुुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुुली पानी)को कुुरा गरेर, मेरो मनकै कुुरा छिन्नुु भो। ल ल हजुुरलाई जुुन दिन पनि मेरो घरमा स्वागत छ।’

महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्‍यो। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो।

गाउँको चोकमा एक हूल युुवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुुसट्टा तिनीहरूले हाम्रो घर र आउनुु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युुवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युुवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुुवै तहले शीतल भयौं।

हामी ओत लाग्न पुुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्‍यो र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुुरिया (घरमूली) बैठकमा अनिवार्य जानुुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे।

दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युुवा जो ६÷७ महिनादेखि भगवान्को रूपमा पुुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुुर्ती किन्न आउने एक युुवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुुन्नुुभन्दा पनि लोककथा सुुन्नुु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुुस्, पहिलो मोडमा नयाँ कुुटी बनेको छ, त्यहाँ एक साधुु बस्छन्। तिनले हजुुरहरूको इच्छा पूरा गर्नेछन्।’

पानी परेर दाइँ गरेको गहुुँ ठाँटबाँट लगाएर आएका साधुु भिजेको मुुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुुनाउन थाले। तर, तिनले सुुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुुनिसकेको कथा थियो। थारू लोककथा सुुन्न आतुुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुुनेँ।

सहकर्मी भाइले गाउँका एक अन्धा युुवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युुवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुुःखैदुुःखको भुुमरीमा परेका यी युुवाको नाम भने सुुखराम चौधरी रहेछ। यिनले रेडियो गुुर्वावामा प्रत्येक बुुधबार साँझ थारू भाषामा फुुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुुनाएका कथा सम्झिएर पस्किरहेको छुु। अब त बा कथा सुुनाउनुुस् भन्दा पनि लाज लाग्छ।’

हामीले कथा सुुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुुभएको छ, भन्दे न त एउटा कथा’, सुुखरामका बाबा रतानुुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुुनाए। उनको कथा सुुन्दासुुन्दै झमक्कै साँझ पर्‍यो। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुुनै कथावाचकको घर रात बस्ने साइत जुुराउन सकिएन, होइन भने धेरै लोककथा बटुुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुुपर्‍यो।

२०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुुुुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुुनै दिन लोककथाझैं महत्व बोक्ने हुुन सक्छन् कि ?

साभारः अन्नपूर्ण, फुर्सद, जेठ १९, २०७५ । शीर्षक परिवर्तन गरिएको ।

प्रकाशित:

३४ दिन अगाडि

|

२६ चैत २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९