धनगढी । थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।
उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको छ । यसै गरी धनगढी उपमहानगरपालिकाका १४७, गोदावरी नगरपालिकाका ६४, गौरीगङ्गा नगरपालिकाका ५४, घोडाघोडी नगरपालिकाका ३७ जना रहेका अस्पतालका सिकलसेल स्रोतव्यक्ति गौरी जोशीले जानकारी दिनुभयो ।
लम्कीचुहाका २१, टीकापुरका ३३, भजनी नगरपालिकाका ३९ जना, बर्दगोरियाका ४५, जानकीका ४७ र जोशीपुर गाउँपालिकाका ४३ सिकलसेल बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार गराइरहेका जनाइएको छ ।
सरकारले सिकलसेल परीक्षण र उपचार निःशुल्क गरे पनि अलग्गै उपचार कक्षको व्यवस्था हुन नसक्दा बिरामीले समस्या भोग्दै आएको जोशीले बताउनुभयो । यसै गरी कञ्चनपुरमा २६४ जना सिकलसेल एनिमियाका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०, बेलौरीमा ८८, पुनर्बासमा २३, कृष्णपुर नगरपालिकामा ५६ जना र लालझाडी गाउँपालिकामा २४ जना सिकलसेलका बिरामी रहेका छन् । यस्तै बेलडाँडी गाउँपालिकामा २१, शुक्लाफाँटा नगरपालिकामा १४ र वेदकोट नगरपालिकामा १४ जना बिरामी रहेको जनाइएको छ ।
नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था नीतिगत रूपमा गरेको छ । सिकलसेल एनिमिया भएकाले एक लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएका छन् ।
सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सिकलसेल लागेका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, रक्तअल्पता, रिँगटा लाग्ने, शरीर कमजोर हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् ।
सिकलसेल पोजेटिभ दम्पतीबाट जन्मिने ९९ प्रतिशत बच्चालाई सिकलसेल रोग लाग्न सक्ने भएकाले सिकलसेलको जन्मकुण्डली हेरेर मात्रै विवाह हुनुपर्नेमा डा. कमरले जोड दिनुभयो । गोरखापत्रबाट ।
प्रकाशित:
२६८ दिन अगाडि
|
१२ असार २०८१
२१ मिनेट अगाडि
|
७ चैत २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
११ दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९