उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

१९ दिन अगाडि

|

१० वैशाख २०८२

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

२८९ दिन अगाडि

|

१२ साउन २०८१

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ,’ उनले भने। हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।’ हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन्। हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ।  कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ। डा. पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो,  सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ र अर्को अनुगमन। उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताए। ‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिन्छ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भन्नुभयो, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ। कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्। जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।’ उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताए। ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ। शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ। दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ। शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ,’ उनले भने। डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन्। ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ,’ उनले भने। हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ। रासस

युगले बिर्सेको जोधा कालीराम थारू

युगले बिर्सेको जोधा कालीराम थारू

३१७ दिन अगाडि

|

१६ असार २०८१

पोमराज शर्मा पञ्चायती कालमा जन्म भयो । पञ्चायती कालमै सारा बालाजोवन पुर्खाको बिर्तावाल नयाँ मुलुकमा रम्दै रमाउदै यहीकै धुलोमाटोमा साइनो गाँस्दै यौवन अवस्थाका झरिला र भरिला सपनाहरु यसैमाटोमा रोपियो। ती सपनाहरुमध्ये कति उम्रन नपाउदै यसै माटामा विलिन भए, कति उम्रेर पनि फुल्न फल्न नपाउदै अभाव,अनिकाल र अवसरविहिन मौसमले आफैसँग साथैमा लिएर गयो । अवस्था र व्यवस्था अनुकूलको अवसर अनि घरायसी वातावरणले साविकको मगरागाडी गाउँ पञ्चायतको जयनगरमा बसेर आफ्नो भविष्य खोज्ने प्रारम्भिक पढाइ अंशुवर्मा मा.वि.मा सुरुवात गरियो । कुरा वि.सं.२०३७ सालतिरको हो, जति खेर कक्षा १ को अनौपचारिक शिक्षा थालनी गरिएको थियोे । बर्दिया जिल्लामै राजनीतिक रुपले सुपरिचित क्षेत्र भएकाले सानैदेखि खुला तथा प्रतिवन्धित राजनीति नबुझी नबुझी नजिकबाट सुन्ने र देख्ने अवसर घरबाटै प्राप्त भयो । बहुदल निर्दलको जनमत सङ्ग्रह होस् वा ४० सालको वम विस्फोट घुर्मिलो घुर्मिलो आवाज सुनिएको थियोे । विद्यालयको रुग्ण भौतिक अवस्था सुधार गर्न मगरागाडीका तत्कालीन थारु जोधा श्री रामकिसुन थारु र कालीराम थारुले आफ्नो  बलबुताले प्रयास गरेका थिए । पञ्चायती व्यवस्थाका कट्टर समर्थक रामकिसुन थारु अनि बहुदलवादी कालीराम थारुबिच आपसी टकराब बढ्दै गयो । यसैबिच गाउँ पञ्चायतको आवधिक निर्वाचनको समय नजिकियो। त्यस बेलाका अंशुवर्मा मा.वि.का प्रधानाध्यापक बामदेव गौतम,स्व.शिक्षक देव रानालगायत बहुदलवादी नेता गोपाल गिरी, सर्जुप्रसाद राजी लगायतको आन्तरिक सल्लाहबमोजिम विद्यालयका सम्पूर्ण विद्यार्थी ,शिक्षक ,प्रजातन्त्रनावादी तथा वामपन्थी सम्पूर्ण जनसमुदाय कालीराम थारुको पक्षमा लागेर निर्वाचनको प्रचारप्रसार गरेको हिजो जस्तो लाग्छ । त्यसबेला कालीराम थारुलाई सबै मिलेर जिताउने अनि कालीराम थारुले आफ्नै लगानीमा विद्यालय भवन निर्माण गरिदिने आन्तरिक सहमति भए बमोजिम बाल्यकालमै उहाँको निर्वाचन चिन्ह माछा गाउँघरका भित्तामा मेरा कोमल हातले पनि बनाउन हौसिएका थिए । निर्वाचन भयो, थारु प्रजातन्त्रवादी जोधा कालीराम थारुले अत्यधिक मतले विजय हासिल गर्नु भयो र सम्झौता बमोजिम विद्यालय भवन निर्माण कार्य पनि प्रारम्भ भयो । तत्कालीन पञ्चायती शासनको दवाबमा कामलाई बिचैमा अर्धमृत बनाइयो तर कालीराम थारुको निडर स्वभावले कालान्तरमा उक्त भवनले पूर्णता पाइ छाड्यो। थारु जोधा स्व.कालीराम थारु शिक्षा क्षेत्रमा मात्र नभइ तत्कालीन अवस्थामा धधवार,मगरागाडी गाउँपञ्चायतका आम किसानका कृषक नेता पनि थिए । कृषि कर्मका लागि परम्परागत कुलापानी व्यवस्थापनका लागि पनि उहाँको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ। बबई सिचाइ आयोजना लागू नहुदा यस क्षेत्रमा कुलापानीको प्रमुख अर्थात् चौधरी भइ किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे । सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु उहाँको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु  कालीराम थारुको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। तीन चार दिनको रसद पानी लिएर घनघोर जङ्गलमा छाउनी बसाइँ सारा किसान कोर्तेवाहलाई नेतृत्व गर्नु कमता जोखिमपूर्ण थिएन । यस पङ्तिकार पनि वि.सं.४५/४६ सालतिर ३ ओसेरी कालीराम थारुको नेतृत्वमा बबईबाट परम्परागत रुपमा कुलो खनेर पानी ल्याउने महान कर्मको साक्षी हुने अवसर पाउने एक भाग्यमानी हो । पञ्चायतको प्रधानपञ्चको भूमिका मात्र नभइ दुईवटा पञ्चायतका सारा किसानलाई नेतृत्व गर्दै अदम्य सहासका साथ बबईको उर्लदो भेलमा आफू जहाँसम्म गएर नदीको मझधारमा उभिन सक्थे, उक्त स्थानसम्म बबई नदीलाई थुनेर पानी फर्काउनु उहाँको बयान गर्नै नसकिने आँट र सहास थियोे ।बर्दिया राष्ट्रिय निकुञ्जको बिचमा मध्यरातमा नै सारा किसानलाई उठाउनु अनि आफू अघि अघि सरी गाउँले किसानलाई परम्परागत शैलीमा आफ्नो  आवाजका भरमा नेतृत्व गर्दै कल्पनै गर्न नसकिने नदीको बगरलाइ एक हात लामो बेट र एक अगुलको भुत्ते फरुवाले ढुङ्गा खोस्रेर कुलामा पानी चलाउनु निलआर्मस्ट्रङले चन्द्रमा पाइला राख्नु र तेन्जिङले सगरमाथामा पाइला टेक्नु जत्तिकै कठिन अनि अगम्य कार्य थियो । स्व.कालीराम थारुको त्यो आँट अनि त्यो साहास अतुलनीय थियोे। ।                                                                                                                            लेखक पोमराज शर्मा यस क्षेत्रको विकास निर्माणका क्रममा मगरागाडी-तर्कापुर-खुन्तीपुर हुदै जब्दीघाट सम्मको बाटो खनाउदा होस् वा सोनापुर बुढी भवानीको मन्दिरदेखि औंरी कौवाकोरा सम्मको मूलबाटो खनाउदाको साहासिकता र व्यापक जनसहभागिता अविस्मरणीय अतुलनीय ऐतिहासिक थियोे त्यो क्षण। जुन उहाँको राजनीतिक र कुटनीतिक क्षमताको सदा साक्षी युग युगसम्म रहिरहनेछ । बदलिँदो समयको  क्रमसँगै त्यस्ता महान व्यक्तित्व र नेतृत्वलाई बहुदलपछिका नवराजनीति कर्मीले कता कता बिर्से जस्तो लाग्छ। त्यो व्यक्ति जसको एक आवाजमा सारा गाउँ जाग्थ्यो, त्यो व्यक्ति जसको एक हाँकमा सारा समस्याका पहाडहरु फोड्ने अदम्य सहास सारा गाउँवासीमा सिन्चित हुन्थ्यो ।आज त्यी युग पुरुष चिता अग्नीमा जलेर यस धराधामबाट बिदा भएपछि लाग्छ, सबैले उनलाई बिर्सेकै हुन् वा आजका मान्छे कृतघ्न भए । यस्ता महान साहासिक थारु जोधा स्व.कालीराम चौधरीलाई मेरो सत्सत् नमन्: । लेखक बर्दियाको बारबर्दिया–६, जयनगरस्थित अंशुवर्मा माविका प्रधानाध्यापक हुन् ।

थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

३२१ दिन अगाडि

|

१२ असार २०८१

धनगढी । थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।  उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको छ । यसै गरी धनगढी उपमहानगरपालिकाका १४७, गोदावरी नगरपालिकाका ६४, गौरीगङ्गा नगरपालिकाका ५४, घोडाघोडी नगरपालिकाका ३७ जना रहेका अस्पतालका सिकलसेल स्रोतव्यक्ति गौरी जोशीले जानकारी दिनुभयो ।  लम्कीचुहाका २१, टीकापुरका ३३, भजनी नगरपालिकाका ३९ जना, बर्दगोरियाका ४५, जानकीका ४७ र जोशीपुर गाउँपालिकाका ४३ सिकलसेल बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार गराइरहेका जनाइएको छ ।  सरकारले सिकलसेल परीक्षण र उपचार निःशुल्क गरे पनि अलग्गै उपचार कक्षको व्यवस्था हुन नसक्दा बिरामीले समस्या भोग्दै आएको जोशीले बताउनुभयो । यसै गरी कञ्चनपुरमा २६४ जना सिकलसेल एनिमियाका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०, बेलौरीमा ८८, पुनर्बासमा २३, कृष्णपुर नगरपालिकामा ५६ जना र लालझाडी गाउँपालिकामा २४ जना सिकलसेलका बिरामी रहेका छन् । यस्तै बेलडाँडी गाउँपालिकामा २१, शुक्लाफाँटा नगरपालिकामा १४ र वेदकोट नगरपालिकामा १४ जना बिरामी रहेको जनाइएको छ ।  नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था नीतिगत रूपमा गरेको छ । सिकलसेल एनिमिया भएकाले एक लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएका छन् ।  सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सिकलसेल लागेका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, रक्तअल्पता, रिँगटा लाग्ने, शरीर कमजोर हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् ।  सिकलसेल पोजेटिभ दम्पतीबाट जन्मिने ९९ प्रतिशत बच्चालाई सिकलसेल रोग लाग्न सक्ने भएकाले सिकलसेलको जन्मकुण्डली हेरेर मात्रै विवाह हुनुपर्नेमा डा. कमरले जोड दिनुभयो ।   गोरखापत्रबाट ।

जडिबुटी ज्ञान निःशुल्क बाँड्दै रामदिन महतो

जडिबुटी ज्ञान निःशुल्क बाँड्दै रामदिन महतो

३५३ दिन अगाडि

|

११ जेठ २०८१

कारी महतो चितवन, रत्ननगर नगरपालिका–८, बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरुको औषधीय गुणबारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दै हुनुहुन्छ ।  नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४ गतेसम्म आयोजना गरिएको थारु गुरौको विधि तथा जडिबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँ अहिले प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ । उहाँ पेशाले नेचर गाइड भएतापनि हाल जडीबुटी ज्ञानतर्फ आकर्षित हुनुहुन्छ ।  चालिस वर्ष अघि एकदिन वहाँ बिरामी भई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधी खाँदा पनि निको भएन । अन्तमा थारु गुरौको विधि र जडीबुटीबाट ठीक भएको र त्यसैबाट प्रभावित भई थारु गुरौहरुले प्रयोग गर्ने जडीबुटीहरु पहिचान गर्ने र प्रयोग विधि सिक्ने सोंच बनाएको बताउनुहुन्छ । उहाँ नेचर गाइडको रुपमा टाइगर टप्समा काम गर्ने क्रममा बर्दियासम्म पुग्नु भयो । त्यहीबाट उहाँले जडीबुटीहरुको नामहरु संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन सुरु गरेको बताउनु हुन्छ । अहिले उहाँले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपि तयार गर्नुभएको छ ।  उहाँले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरुको व्यवहारिक अनुभवहरुलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरु अहिले यो संसारबाट विदा लिई सकेका छन् । उहाँका अनुसार ती व्यक्तिहरु थारु गुरौ मात्र नभई अन्य आदिवासी जनजाति, बाहुनक्षेत्री, दलित, मधेसी थिए ।  उहाँको अनुभवमा जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो छैन, जस्तै कुनै कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव छ उहाँसंग । जानेको व्यक्तिले सहजै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउनु हुन्छ ।  एकपटक त एउटै जडिबुटीबारे सिक्न एकजनालाई पाँच हजार नगद दिएर सिके तर थारु गुरौहरुले भने निःशुल्क सिकाएको बताउनुहुन्छ । उहाँलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व.परमेश्वर महतो, बस्यौलीका स्व.नवलकिशोर चौधरी, बाघमाराका स्व.सुन्दर भगत (फौदार), सिसुवारका स्व.अजित महतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व.श्रीराम महतो, माडीका स्व.ठागाराम महतो, माडीका किसुन महतो आदि कैयौं गुरौहरुलाई उहाँ स्मरण गर्नुहुन्छ । अहिले कसैलाई कुनै रोग वा समस्या भएमा विनाशुल्क लिई परामर्श दिनुहुन्छ । कुन रोगको लागि कुन कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ लगायत सम्पूर्ण जानकारी निःशुल्क दिनुहुन्छ ।  रामदिन आफूले पहिचान गरेका जडिबुटीहरुलाई अहिलेसम्म व्यावसायिकता दिनु भएको छैन । उहाँका अनुसार धेरैजसो जडीबुटी चितवनको कसराको जंगल र गाउँघरमै पाइने भएतापनि कुनैकुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ ।  विश्वका कतिपय मुलुकहरुले धेरैजसो जडिबुटीहरुको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउनुहुन्छ ।  प्रशिक्षण कार्यक्रम थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ गरिएको हो । जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरीलगायत प्रशिक्षक रहेका छन् । थाकस चितवनका सचिव सन्तकुमार चौधरीले सहजीकरण गरेको कार्यक्रम थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारायण महतोले संयोजन तथा व्यवस्थापन गर्नुभएको हो ।  

कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

३९४ दिन अगाडि

|

१ वैशाख २०८१

२०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । सरकारले यसअघि सार्वजनिक नगरेको प्रतिवेदन ६ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले ०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ । योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गर्नुपर्ने उत्तिकै छन् ।  स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सेन्ट ज्युड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटबीच बालबालिकामा हुने क्यान्सरको औषधि उपलब्ध गराउने सहमति भएको छ । सहमतिअनुसार आउँदो चार वर्षसम्म ३५ प्रकारका औषधि निःशुल्क दिइने भएको छ । नेपालमा हरेक वर्ष करिब ९०० बालबालिकामा क्यान्सर पहिचान हुने गर्छ, जसमध्ये सीमितले मात्र उपचार पाउने गरेका छन् । चिकित्सकका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर बढी हुने गरेको छ ।       सरकारले पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’को दायरा बढाउन नसके पनि यो वर्ष नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा छ । ढिलै भए पनि पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई घटाउन एचपीभी खोप सरकारले यो वर्षदेखि लगाउन थालेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु भयो । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरी खोप दिने योजना ल्याएको थियो । खोप थोरै भएकाले यो वर्ष सात जिल्लामा मात्र दिइएको छ । आउँदो वर्ष देशैभरिका किशोरीलाई खोप दिइने सरकारको योजना छ । जटिल मानिने शल्यक्रियाका रूमा कलेजो प्रत्यारोपण पनि पर्दछ । नेपालमा वि.सं. २०७३ यता नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञहरूकै भरमा शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाइमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । वयस्क मात्र होइन, मानसिक समस्याको भुक्तभोगी किशोरकिशोरी भइरहेका छन् । नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्यको उपचारका लागि सरकारीस्तरमा धेरै सेवा उपलब्ध छैनन् । त्यसमाथि किशोरकिशोरीलक्षित उपचार सेवा एकदम कम छन् । कान्ति बाल अस्पतालबाहेक सरकारी तहमा त्यो सुविधा नभएकाले यही वर्षदेखि मानसिक अस्पताल लगनखेलमा ‘किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ’ सुरु भएको छ । बढ्दो मानसिक समस्यालाई हल गर्न पक्कै यो प्रयास सार्थक हुनेछ । देशकै एक मात्र प्रसूति सेवासम्बन्धी रिफरल अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल कुपन्डोलस्थित नयाँ भवन यो वर्षदेखि सञ्चालनमा आएको छ । बिरामीको बढ्दो चापले सेवा दिन कठिनाइ भएका बेला भवन विस्तारले सहजता पाउने देखिन्छ । पाँचतले भवनमा आईभीएफ सेवा, सुरक्षित गर्भपतन सेवा, पाठेघरको क्यान्सरको जाँचलगायत सुविधा प्रदान गरिने भएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकानुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्ने बताएका छन् । उपचार एकदम खर्चिलो र सबै ठाउँमा उपचार सुविधा नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउनुपरेको छ । सुधार गर्नुपर्ने पाटो  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि बजेट छुट्ट्याउनुपर्छ । तर, हाल बजेटको आकार हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई यो वर्ष ४.८ प्रतिशत मात्र विनियोजन गरिएको छ । स्वास्थ्यका सूचकलाई सुधार गर्ने हो भने बजेटको आकार बढाउनैपर्छ । आधारभूत अस्पताल निर्माणमा ढिलाइ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ मा ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । पहिलो चरणको अस्पताल निर्माण भइसकेका थिएनन् । त्यति नै बेला सरकारले थप २५९ तहमा अस्पताल निर्माणको निर्णय लियो । दुई वर्षभित्र निर्माण कार्य सकाउने सरकारको लक्ष्य भए पनि शिलान्यास गरिएका अधिकांशको काम पूरा भएको छैन । सुधारोन्मुख स्वास्थ्य बिमा     २०७८ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौं उपत्यकाको एउटा स्थानीय तह (बूढानीलकण्ठ नगरपालिका)मा छिट्टै लागु गरिने बिमा बोर्डको योजना छ । स्तरीय स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्‍याउन सुरु गरिएको बिमा कार्यक्रम सुधारोन्मुख छ । यो वर्ष केही नियम परिमार्जन भएका छन् । स्वास्थ्य बिमामा आबद्ध भइ वर्षभरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बिमितले अर्को वर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने नियम छ । नियमावली भए पनि यसको कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी, बिमित सदस्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्न जाँदा २० प्रतिशत सहभुक्तानी (को पेमेन्ट) तिर्नुपर्ने भएको छ । बिमा बोर्डले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सहभुक्तानी गर्ने निर्णय गरेको हो । त्यसैगरी, बिमा बोर्डले बिमाअन्तर्गत रहेका ओपीडी र आकस्मिक शुल्क परिमार्जन गरेको छ । बिमितले ओपीडीमा ५० र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि, ओपीडीमा २०० र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो । बोर्डको तथ्यांकानुसार कुल बिमित परिवार संख्या २३ लाख ९२ हजार ६७६ अर्थात् ३५.८८ छ । बिमित जनसंख्या ७७ लाख ४१ हजार ४८३ छ । नवीकरण नगर्ने बिमित संख्या भने ४८ लाख आठ हजार ७६० छ । खोपमा बालबालिकाको पहुँच बढाउँदै लानुपर्ने  नेपाल जनसांख्यिक सर्वेक्षण–२०२२ का अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । चार प्रतिशत बालबालिकाले शून्य डोज पनि लगाएका छैनन् । सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने सरकारको लक्ष्य थियो । तर, यो वर्ष पनि विभिन्न जिल्लामा दादुराको ‘आउट ब्रेक’ भएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्ट्याउनुपर्ने थियो । तर, यो वर्ष ४.९२ प्रतिशत छुट्ट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ । विगतको तुलनामा मातृ मृत्युमा सुधार हुँदै गइरहेको छ । राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । रासस

थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

३९९ दिन अगाडि

|

२७ चैत २०८०

मोरङको ग्रामथान गाउँपालिकाको ‘हमर ग्रामथान’ नामक् कक्षा १ देखि ५ सम्मको  पूर्वीया थारु भाषाको पाठ्यक्रम तयार भएको छ । पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरीलगायतले चैत २६ गते सोमवार ग्रामथान गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुलाई पाठ्यक्रम हस्तान्तरण गरेको छ ।  पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरी, सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत भीमप्रसाद न्यौपाने थिए । त्यस्तै, सदस्यमा राजेश सरदार, धिरेन्द्र कुमार चौधरी, राम बिश्वास, श्रवणकुमार सुतियारका साथै बिषय विज्ञके रुपमा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य प्राज्ञ डा कृष्णराज सर्वहारी रहेका थिए । सो अवसरमा कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुले पाठ्यक्रम निर्माण समितिले समयमै प्रतिवेदन बुझाएकोमा धन्यवाद दिदै आगामी शैक्षिक सत्रदेखि पुस्तक तयार गराई लागु गराउने वचववद्धता गरिन् । संयोजक रामसागर चौधरीले पाठ्यक्रम बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।  स्मररण रहोस् मलुराम भगत, नन्दलाल चौधरी, हरिनारायण चौधरी, रुद्रनारायण चौधरी, रामसागर चौधरी लगायतको टोलीले थारु भाषाको पाठ्यक्रम विकास खेसरा समितिमार्फत् २०४९ सालमै ‘हमर पोथी’ नामक् कक्षा १ के पाठ्यपुस्तक हौली परिवारको संयोजनमे तयार गरेको थियो । फोटोकपी गरी सो पुस्तक हाल ग्रामथान गाउँपालिकाको देवी मावि तेतरियामा केही वर्ष पठनपाठन गरिएको थियो ।