नारायण गाउँले
विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् ।
रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ । हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !
व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ?
जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि ।
जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ?
औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन । फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन ।
हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ । फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने ।
प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।
तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला । हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् । मनाउने जतिलाई तीजको हार्दिक शुभकामना ।
प्रकाशित:
३९ दिन अगाडि
|
२१ भदौ २०८१
३ दिन अगाडि
|
२६ असोज २०८१
४ दिन अगाडि
|
२५ असोज २०८१
४ दिन अगाडि
|
२४ असोज २०८१
७ दिन अगाडि
|
२२ असोज २०८१
८ दिन अगाडि
|
२१ असोज २०८१
९ दिन अगाडि
|
२० असोज २०८१
१० दिन अगाडि
|
१९ असोज २०८१
७३५ दिन अगाडि
|
२५ असोज २०७९
७६९ दिन अगाडि
|
२१ भदौ २०७९
७७९ दिन अगाडि
|
१२ भदौ २०७९
७३४ दिन अगाडि
|
२६ असोज २०७९
६८३ दिन अगाडि
|
१५ मंसिर २०७९
७३९ दिन अगाडि
|
२० असोज २०७९
६७२ दिन अगाडि
|
२७ मंसिर २०७९