लाल केरनिको गन्तव्य

लाल केरनिको गन्तव्य

८३८ दिन अगाडि

|

१२ माघ २०७९

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

८४५ दिन अगाडि

|

५ माघ २०७९

केशव झा २००८ साल देखि २०७९ सालसम्म मधेशी समुदायले लगातार कुनै न कुनै रुपमा संघर्ष गरिरहेको छ। तर उपलब्धि खासै देखिदैन। अहिलेसम्म आ-आफ्नो क्षमताले भ्याए सम्म योगदान गरेका सवैलाई धन्यवाद दिनुपर्छ । आफ्नो जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई सत् सत् नमन। राजनीतिमा ढिलो कहिल्यै हुदैन हिन्दीमा एउटा उखान छ, " जब जागा तब सबेरा" त्यस कारण सबै कुरालाई विर्सेर तराई मधेशको भुमीबाट उदाएका  सवै पार्टीको मोर्चावन्दी गरि मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य, महिला ,दलित लगायत सवै उत्पीडित जातजाति र समुदायको हकहितको लागि समर्पित भै अधिकार समपन्न गराउन तर्फ दृढ संकल्पित भएर लाग्नुको विकल्प छैन। सवभन्दा पहिला आ-आफ्नो पार्टीलाई ठिक गरौं,पार्टी भित्रको तानाशाहीको अन्त्य गरौं, पार्टीलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट चलाउं, पार्टीको संरचनालाई चुस्त दुरुस्त पारौं र शक्तिको विकेन्द्रीकरण गरि संघीय संरचनाबाट पार्टीहरुलाई अगाडि बढाउं, नेतृत्वलाई  उमेर हदको व्यवस्था गरौं र दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्ने व्यवस्थाको अन्त्य गरौं, पार्टीमा नियमित प्रशिक्षणको व्यवस्था गरौं, पार्टीमा रहेका एउटा साधारण सदस्यसमेतलाई अपनत्व महसुस हुने व्यवस्था अपनाऔं । राजनीतिमा लागेका कुनै पनि व्यक्ति बढी उमेर भएर बढी जान्ने अथवा कम उमेर भएर कम जान्ने हुदैन । एक अर्कालाई सम्मान गर्ने र स्वीकार्ने परिपाटी बसालौं। राजनीति सत्ता र शक्तिको खेल भएको हुनाले राज्य सत्तामा पकड बनाउन पहिला ज्ञान सत्तामा पकड बनाऔं। तसर्थ राजनीति गर्न चाहने सबैले राजनीति शास्त्र, समाजशास्त्र र  दर्शन शास्त्रको अध्यन गरि मात्रै पाइला अगाडी सारौं । पार्टीमा लागेका सवै सदस्यहरुको कार्य मुल्यांकन प्रणाली लागु गरौं। हाम्रो देशमा आजसम्म कुनै पनि परिवर्तन सदनबाट भएको छैन ।यस्को अर्थ भनेको के हो भने मुलुकमा लोकतन्त्र आएकै छैन । लोकतान्त्रिक मुलुकमा यदि एकजना नागरिकले पनि आफ्नो हक अधिकारको कुरा गर्छ भने तत्काल सम्बोधन हुन्छ तर हाम्रो देशमा यस्तो परिणामको कल्पना समेत गर्न सकिदैन । तसर्थ तल उल्लेखित राजनीतिक एजेन्डाहरु सम्बोधन गराउन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठी मोर्चा गठन गरौं र संवाद तथा  संघर्षको बाटो रोजौं। १. संविधानको पुर्णताको निम्ति तत्काल संशोधन गराऔं। २.अधिकार र पहिचानको निम्ति गरिएका संघर्षमा मुद्दा लगाई जेलमा राखिएका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई यथासिघ्र रिहा गराऔं। ३.लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगाऔं। ४.नागरिकता सम्बन्धि समस्या सदाको लागि अन्त्य गराऔं। ५.अधिकार र पहिचानको लागि सहादत प्राप्त गरेका परिवारलाई क्षतिपूर्ति स्वरुप ५०/५० लाख रुपैया र अहिलेसम्म रोजगार नपाएकाको परिवारलाई रोजगारको व्यवस्था मधेश  प्रदेश सरकारबाट गर्न लगाउने। ७.अहिलेको शासकीय स्वरुपबाट देश अगाडि बढ्न नसक्ने प्रस्ट भैसकेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था लागू गराउने। ८.समान जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गराउन पुर्ण समानुपातिक निर्वाचन पद्धति अवलम्बन गर्ने। ९. पहिचानको पाँच र सामर्थ्यको चार आधारमा राज्यको पुनर्संरचना गराउने।कम्तिमा पहिलो संविधानसभामा आयोगद्वारा बहुमतले पेश गरिएको १०+१ प्रदेशको अवधारणा अघि बढाउने। १०. संघीयताको मर्म अनुरुप प्रदेशलाई बलियो र केन्द्रलाई समन्वयकारी भुमिकामा राख्ने। अर्थात स्वशासनको व्यवस्थालाई अगाडि बढाउने र संविधानमा नभएका सिडिओ लगायतका  जिल्ला तहका अन्य सवै संरचनाहरु  हटाउने । ११.रास्ट्रपति , न्यायाधीश , सेनापती लगायत  उच्च पदस्थ व्यक्तिहरूलाई समेत छानबिन गर्न सक्ने खालको एउटा बलियो जनलोकपालको व्यवस्था गर्ने। १२. सांसदहरूलाई मन्त्री बन्न रोक्ने र कानुन निर्माण कार्यमा मात्रै लगाउने। १२.कुनै पनि व्यक्ती २ पटक मात्रै  प्रधानमन्त्री ,उपप्रधानमन्त्री ,मन्त्री ,राज्य मन्त्री ,सहायक मन्त्री , मुख्य मन्त्री ,सभामुख, प्रदेश प्रमुख,संघीय सांसद , प्रदेश विधायक , मेयर, अध्यक्ष  पदमा निर्वाचित वा मनोनित हुन पाउने व्यवस्था गर्ने। १३.स्वदेशी उत्पादन बढाउने र निर्यात घटाउने व्यवस्था लागू गरौं। १४. उद्योग कलकारखाना स्थापना मैत्री कानुन निर्माण गरि वैदेशिक लगानी भित्र्याउं। १५. कृषि , जलस्रोत , पर्यटन व्यव्सायलाई प्राथमिकतामा राखी कुनै प्रकारको अवरोध नहुने प्रणालीको विकास गरौं। १६. बैंकको ब्याजदर एकहोरो मध्य विन्दुमा झारौं। १७. निर्यात गर्ने बस्तु उत्पादन गर्ने व्यवसायीलाई कच्चापदार्थमा भन्सार छुटको व्यवस्था गरौं। १८. शिक्षा ,स्वास्थलाई नि:शुल्क गरौं। १९. भौतिक पुर्वाधार , सडक , बिकास निर्माणको लागि अवरोध रहित फास्ट ट्र्याक नीति अवलम्बन गरौं। २०.सिचाइको सुविधा सवै किसानले पाउने कानुन बनाऔं। २१. किसानहरूले उत्पादन गर्ने वस्तुहरुको मुल्य किसानहरुले नै तोक्ने व्यवस्था लागू गरौं। २२.प्रत्येक घर कम्तीमा  एक रोजगारीको व्यवस्था गरौं। २३. विदेशमा रहेका मतदाताहरुलाई भोट खसाल्ने व्यवस्था तत्काल लागू गरौं। २४. समानुपातिक प्रणाली तहत पार्टीहरुलाई अनावश्यक थ्रेसहोल्ड कायम गरि प्रतिनिधित्व घटाउने षड्यन्त्र बन्द गरौं। २५. कृषि योग्य जमिनलाई घडेरी बनाउने भुमाफियाको खेल बन्द गरि एकीकृत अपार्टमेन्ट वस्तिको अवधारणालाई अगाडि बढाऔं।  २६. देशको आमूल परिवर्तनको जग बसाली एक समृध र शक्तिशाली रास्ट्र निर्माणमा सवै स्वदेशी देशभक्तहरु एकजुट भै लागौं। लेखक लोसपाका नेता हुन्

लुगा चोरलाई चिठी

लुगा चोरलाई चिठी

८४५ दिन अगाडि

|

५ माघ २०७९

राजु स्याङ्तान  प्रिय चोरजी, रात्रीकालीन सम्झना ।  माघ महिनाको यो ठिहीमा म यतिबेला चोरिएको लुगा सम्झिरहेछु । तिमी त्यही लुगा लगाएर जसोतसो आजको रात काट्ने ध्याउन्नमा छौ होला । तिम्रो बाध्यता थियो, लुगा चोर्नु । मेरो बाध्यता थियो, घरबेटीको कार छेउमा लुगा सुकाउनु ।  तिमीले सम्झियौ होला, यत्रो घरवाला मान्छेको एउटा लुगा चोर्दा के होला र ? तर मेरो बाध्यता थियो, ग्राउन्ड फ्लोरमा बसेर बाहिर लुगा सुकाउनु । किनकि मलाई घरबेटीको छतमा जाने अनुमति छैन । तिम्रो बाध्यता थियो, लुगा चोरेरै यो वर्षको जाडो कटाउनु । किनकि तिमीलाई आगो ताप्न समेत सहरमा अनुमति छैन । प्रिय चोरजी  अहिले रातको ११ बजिसक्यो । यो रातको चिसो ठिहीमा भर्खरै म पनि कारखानाबाट डेरामा आइपुगेँ । बाटोभरि मेरो चोरिएको लुगा लगाएको तिमी भेटिन्छु कि भन्दै यता उति हेरेँ । कतै भेटिनँ । चिसो सडक पेटीमा कुकुरसँगै डल्लो परिरहेको तिमी हो कि भनि हेरेँ, होइन रहेछ । पुलमुनि लुगलुग काम्दै सुतिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ ।  एउटा मान्छेलाई कुकुरले लखेट्दै सडकको पल्लो छेउ पुर्यायो । उसको साथबाट केही खानेकुरा सडकमा खस्यो । त्यो खानेकुरा उसले खान पाएन, कुकुरले खायो । कुकुरले आफ्नो भाग खोसेको हेरिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ । एकजना मान्छे मिनरल वाटरका खाली बोतलहरु बोकेर बन्द भएको कवाडीखाना नजिक उभिरहेको देखेँ । तिमी हौ कि भनि हेरेँ, होइन रहेछ ।  प्रिय चोरजी, तिमी यो राती कहाँ सुतिरहेका छौ होला । तिम्रो ठेगाना कहाँ होला ? म केही जान्दिनँ । ठेगाना हराएको यो सहर आफै आफूलाई खोज्दै दिनभर भौतारिन्छ । यो सहर आफ्नै ठेगाना नपाएर आफैसँग छुटेको शताव्दीऔं भइसक्यो ।  थाहा छ चोरजी, उहिले उहिले सहर यस्तो निठुरी थिएन रे । उहिले त मान्छेको सेवा गर्न सहर बजार जन्मिएको रे । बजारमा मान्छे होइन, मान्छेमा बजार पुग्थ्यो रे । तर चोरजी समय कहाँ उस्तै रह्यो र ? जसरी सहरमा घरका तलाहरु थपिए, त्यसैगरि विभेद र वर्गका तहहरु पनि थपिए । सबैभन्दा थोरै काम गर्ने सबैभन्दा माथिल्लो तलामा, सबैभन्दा धेरै काम गर्ने सडक किनारमा । प्रिय चोरजी रातको मध्यान्नमा यतिबेला बाहिर सुनसान छ । यो जून लाग्ने रात हो कि होइन, मलाई थाहा छैन । बाहिर किरा भट्याङ्ग्रा, चराचुरुंगी केही कराएको सुनिन्न । पानी कलकल बगिरहेको, हावा सिरसिर चलिरहेको त झन् कहाँ सुन्न पाउनु । मलाई थाहा छ, यी सबैका आवाज सुन्न मैले यहाँबाट बिहानभरी हिँडेर पर पर पुग्नु पर्छ ।  बरु बेलाबेला सुनिन्छ, धर्ती छाड्दै उडेका हवाइजहाजको चर्चो आवाज । अनि सुनिन्छ, रात्रीकालीन मनोरञ्जनपछि घर फर्किरहेका सहरवासीका कल्याङ मल्याङ । मैले यो सबै तिमीलाई किन सुनाएँ भनेँ, मेरो लुगा जुन तिमीले चोरी गर्यौ, त्यो त्यति न्यानो छैन । भृकुटीमण्डपको बजारबाट १८ सयमा किनेको हुँ । त्यो लुगाको १२ सय जतिको न्यानो त मैले नै लगाइसकेँ हुँला । नयाँ देखेर तिमी त्यसैमा भर परौला, त्यसो नगर चोर जी ।  माथि भनिहाँले नि, सहरमा केहीको पनि आवाज सुनिन्न । सुनसान सडकको ल्यामपोस्ट मुनि जाडोले लुगलुग काम्दै तिम्रो च्यापु हल्लिएको यो सहरले देख्दैन, सुन्दैन । भोको पेट कुँइ कुँइ कराएको यो सहरले सुन्दैन । यो सहर त भर्खरै बजारमा आइपुगेको होइन, अराइभल भएको ब्राण्डेड लुगा ओडेर मस्त निदाइरहेको छ । प्रिय चोरजी,  भोलि तिमी र म भेटौं न । म तिमीलाई मेरो ७८ लटको बाइकमा राखेर दिनभर सहर घुमाउँछु । अनि देखाउँछु, यो सहरमा कहाँ कहाँबाट चोर्न मिल्छ कपडा ।  सबैभन्दा पहिला लैजान्छु तिमीलाई काठमाडौंका ब्यापारिक मलहरुमा, जहाँ कपडा मान्छेले होइन, प्लास्टिकले लगाएका छन् धेरै । त्यसपछि लैजान्छु, कपडा सिलाइरहेका मजदुरहरुको कारखानामा, जहाँका मजदुरहरु आफ्नै छालाका एक एक भाग उप्काउँदै जुग जुगदेखि सिलाइरहेछन् ब्यापारीका लागि कपडा ।  अनि हामी जानेछौं, यो देशका राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीस र सांसदहरुको पोसाक सिलाउने ठाउँमा, जहाँ लाज जत्ति जम्मै धागोमा उनिएर बसेका छन् र मान्छेजस्ता आकृति मात्रै संसदमा चटक देखाइरहेका छन् । र, हामी जानेछौं चोक चोकमा, जहाँ नक्कली ट्राफिकले समेत सक्कली लुगा लगाएर उभिएका छन् । प्रिय चोरजी,  तिम्रो चोरी पटक्कै पुगेन । सहरभरिका, गाउँभरिका र संसारै भरिका भोका नाङ्गाहरु जम्मा गरेर चोर्न जाउँ । त्यसबेला म पनि उभिएको हुनेछु तिमीसँगै । जब हजारौंले, लाखौंले, करोडौंले एकाध दर्जनको घरमा चोर्न पुग्छन् नि त्यो चोरी हुँदैन, चोरेको हुँदैन, खोसेको हुन्छ, विद्रोह गरेको हुन्छ ।  उही तिम्रो ज्यानमा भएको लुगा लगाउने अघिल्लो मान्छे राजु स्याङ्तान  २०७९ माघ ४  काठमाडौं

ऐतिहासिक माघ २, मधेश विद्रोह र उपेन्द्र यादव

ऐतिहासिक माघ २, मधेश विद्रोह र उपेन्द्र यादव

८४७ दिन अगाडि

|

२ माघ २०७९

अमरेन्द्र यादव त्यो कस्तो संयोग थियो ! जतिखेर मधेशी राजनीतिका संस्थापक वेदानन्द झा आफूले जन्माएको तराई कांग्रेस पार्टी र श्रद्धेय रामजनम तिवारीहरुलाई अलपत्र पार्दै निरंकुश राजा महेन्द्रको निर्दलीय पंचायती व्यवस्थामा समाहित भएका थिए । ठिक त्यही सेरोफेरोमा सप्तरी जिल्लाको एउटा सानो गाउँको निम्नमध्यम वर्गीय परिवारमा उपेन्द्र यादव नामक बालक जन्मिएका थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर तत्कालीन राजा विरेन्द्र र उनका टिके प्रधानमन्त्रीहरुले पञ्चायती व्यवस्थालाई युग युगान्तरसम्म टिकाइराख्न अनेक हिंस्रक/अहिंस्रक षड्यन्त्र रच्दै थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव भन्ने जुझारु युवा नेपाल र भारतका कम्युनिस्ट संगठन र प्रशिक्षण शिविरहरुमा माक्र्स र लेलिनलाई पढ्दै मुलुकमा गणतन्त्र स्थापना गर्ने योजना बुन्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर गजेन्द्रनारायण सिंह र हृदयेश त्रिपाठीहरुले ३ देखि ६ संसदीय सिट जित्दैमा मन्त्री पद खानका लागि दौरा सुरुवाल सिलाउँदै थिए र मन्त्रीपदको छिनाझप्टीमा सद्भावना पार्टी फुटाउँदै थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक एकजना असन्तुष्ट नेताले राजतन्त्र स्वीकार गरेको नक्कली कम्युनिस्ट पार्टीलाई परित्याग गरी मधेश जनअधिकार फोरम नामक राजनीतिक संगठनलाई गोडमेल गर्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर महन्थ ठाकुर पटकपटकको मन्त्री पद प्राप्तिपछि पनि गिरिजाको किचेन क्याबिनेटमा सदाबहार मन्त्री पदमा विराजमान थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक क्रान्ति पुरुष त्यो विभेदकारी अन्तरिम संविधान जलाउन आफ्ना सदयोद्धा क्रान्तिवीरहरुसँग आन्तरिक तयारी गर्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर कांग्रेसका कोषविहीन कोषाध्यक्ष ठाकुर अन्तरिम संविधानको घोषणामा मौन समर्थन जनाउँदै थिए, भित्ताभित्तामा ‘गर्वसे कहु हम मधेशी छी...’ लेख्ने मातृका यादव आफूभित्रै दिग्भ्रमित थिए, कुनै एक सद्भावना पार्टीका नेता राजेन्द्र महतो संघीयताविहीन संविधानको घोषणामै सन्तुष्ट थिए । ठिक त्यही बेला उपेन्द्र यादव आफ्ना २८ जना सहयोद्धाहरुसँग एकात्मक नेपालको केन्द्रीकृत राजधानीमा त्यो विभेदकारी संविधानका पानाहरुमा आगो झोँस्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर एउटा मधेशी नेताले मधेश विद्रोहलाई पानीको फोका भन्दै थिए, कुनै अर्को मधेशी नेताले त्यो विद्रोह एक दुई दिनमै आफैँ बिलाएर जान्छ भन्दै थिए । ठिक त्यही बेला उपेन्द्र यादव काठमाडौंदेखि मधेशसम्मका सडकहरुमा धक्कामुक्का खाँदै अभूतपूर्व मधेश विद्रोहलाई नेतृत्व प्रदान गर्दै थिए । मधेश विद्रोहको १६ वर्षपछि पनि दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रहार झेल्दै त्यही उपेन्द्र यादव नेपालको ‘हार्डकोर’ राजनीतिमा आज पनि सक्रिय छन् । कम्युनिस्ट आन्दोलन र मधेश/पहिचानको राजनीति हुँदै पछिल्लो विभेदकारी संविधानको घोषणापछि उनी अहिले पहिचानसहितको समाजवादी राजनीतिक धार निर्माणमा तल्लीन छन् । उनमा भएको भौतिक उर्जा, वैचारिक सामर्थ्य र भविष्यमुखी राजनीतिक चेतले उनी केही दशक अझै सडकदेखि सरकारसम्मको राजनीति गर्ने निश्चित छ । त्यसैले उनी आज पनि इतिहासको निर्मम कठघारामा उभिएका छन् । उनको समग्र राजनीतिक जीवन र योगदानलाई भविष्यले फैसला गर्ने नै छ । तर एउटा कुरा के ऐतिहासिक रुपमै प्रमाणित भइसकेको छ भने उपेन्द्र यादव मधेश विद्रोहको सर्वोच्च नेता एवं नेपालमा संघीयताको मुख्य प्रवर्तकको रुपमा स्थापित भइसकेका छन् ।  

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

८९८ दिन अगाडि

|

१० मंसिर २०७९

सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीबाट दाङ–१ बाट प्रतिनिधि सभाको सांसदको उम्मृदवार थिए । उनी ८ हजार १९ मत ल्याइ तेस्रो स्थानमा रहे । सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्ने क्रममा उनले दिएको सन्देश जस्ताको तस्तैः भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अभियानमा रात दिन खटिनु भएका सबै नेता, अभियन्ता, दाजु भाइ दिदी बहिनी एबम् मलाई अमुल्य मत दिनु हुने सबै मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।  निर्वाचन सम्पन्न भए स्ँगै  समाजका हरेक तह तप्कालाई हामी हाम्रो र राष्ट्रको बारेमा अर्को अध्यायमा कस्तो भूमिका चाहन्छौं भन्ने कुरामा केन्द्रित भएर दुइ कदम अघि भएर समिक्षा र आत्मसात गर्न अनुरोध गर्दछौ ।  निर्वाचनमा होमिदा हामी आ(आफ्ना पार्ट्रीको एजेन्डा लिएर नागरिकको घर दैलोमा पुगेका थियौं। निर्वाचनको बेला दलहरुको मुद्दा र एजेन्डामा समाज बिभाजित हुन पुग्छ । तसर्थ निर्वाचन पछिको अवसरलाई हामीले आगामी दिनमा एक ढिक्का भएर हाम्रो सबल र दुर्बल पक्षलाई आत्मसात गर्दै हाम्रो लक्ष्य केन्द्रीत भएर चिन्तन गर्न हार्दिक अनुरोध गर्दछौ । साथै एक अर्का लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुन सकौं ।  सम्पूर्ण नागरिकहलाई देशले मागेको , खोजेको सामाजिक र राजनीतिक रुपान्तरणको लागि हरेक तह तप्कामा भूमिका खेल्न  आह्वान समेत गर्दछु ।  निर्वाचनमा मतको स्ंख्याले हारजित हुनु एउटा कुरा हो, तर वास्तबिक जित त्यतिबेला मात्रै हुन्छ, जतिबेला हामी आगामी ५ वर्षको कार्यकालमा जनतासंग बाचा गरेका प्रतिवद्धताप्रति हामी हाम्रो कामले प्रमाणित गर्न सक्छौं । तसर्थ, जितेर जानेहरुको पनि वास्तबिक परीक्षाको घडी निर्वाचन परिणामको घोषणा संगै सुरु भएको छ । सम्पूर्ण बिजेता मित्रहरुलाई परीक्षाको घडी सजिलै पास गर्न सफलता मिलोस् भन्ने कामना समेत गर्दछु ।  देशभरीबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । केही पुराना केही नयाँ अनुहारहरुको प्रवेश संसदमा हुने स्ंकेतले आशा र निराशा युक्त   सन्देश दिएको अवस्थामा हाम्रो समाजको राजनीतिक  दृष्टिकोण के हो ? यसै भन्न सक्ने अवस्था छैन ।  तर एउटा कुरा भने स्पष्ट छ, त्यो भनेको हाम्रो युवा पुस्ता अहिलेको परिणामबाट उनीहरुको भबिष्य, परिवारको भबिष्य, देशको भबिष्य के हुन्छ भन्ने कुराले चिन्तित तुल्याएको छ ।  त्यसको एउटै कारण भनेको बिगत ३० वर्षदेखि देश र पार्टीमा हालिमुहाली गरेका नेताहरु पुनः निर्वाचित भएका छन् । केही सकारात्मक पक्ष र सन्देश पनि अहिलेको निर्वाचन परिणामले दिएको छ, त्यो भनेको नयाँ दलहरु र नयाँ अनुहारहरुको संसदमा हुने प्रबेश ।  नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ । हामी सबै उम्मेद्वारले मनन गर्नै पर्ने कुरा भनेको हामी सबैले हाम्रा एजेन्डा र धारणालाई निर्वाचनमा लिएर जाँदा, समाज पक्ष र बिपक्षमा बाँडिन पुग्छ । ती बिभाजनलाई जोड्ने जिम्मा पनि हामी उम्मेद्वारहरुकै हो । हाम्रा फरक फरक बिचार र धारणाको बावजुद हामीलाई आउने दिन हरुमा असल छिमेकी, असल साथी , असल सहकर्मीको रूपमा बस्नुपर्ने वास्तबिकतालाई सबैले मनन गर्नैपर्छ।  अन्तमा फरक फरक बिचार बोक्ने पार्टी हामी सबैले नागरिकको आकाँक्षा पुरा गर्न हाम्रो सहकार्यको साझा धरातललाई पहिचान गर्न सक्नु पर्छ । त्यो साझा धरातल भनेको समतामूलक समाज निर्माण, समाबेशी सहभागितामुलक लोकतन्त्र, समातामुलक समृद्धि र सामाजिक न्यायको सवालहरु नै हुन् भन्ने कुरा हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रतिबद्ध छ ।  अन्तमा, निर्वाचनमा सहयोग गर्नु हुने सबै शुभ चिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

९०८ दिन अगाडि

|

१ मंसिर २०७९

छविलाल कोपिला  यसपाली सबै उम्मेदवारहरुको भाषण सुन्न पाइएन । दाङ क्षेत्र नं. १ का केही उम्मेदवारहरुको भाषण सुन्न मौका मिल्यो । यस पटकका भाषणमा अधिकांशमा व्यक्तिगत गाली, लान्छना काम सुनियो । १. शान्ता चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार नेकपा एमालेकी सचेतक एवम् पूर्व सभाषद् शान्ता चौधरी सबैभन्दा बढी व्यक्ति गाली, गलौज, लान्छना लगाउनेमा देखिनु भयो । उहाँले मेटमणिदेखि रेशमसम्म गाली गर्न भ्याउनु भयो । मेटमणिलाई त झन घुमाइ फिराइ सत्तोसराप गर्नु भयो । २. सुरेन्द्र चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले अन्य दलको सामान्य टिकाटिप्पणी गर्नु भयो र मेटमणि चौधरीले गाउँका केही प्रलोभनका सामाग्री वितरण गरिरहेको जानकारीमा आएको कुरा सुनाउँदै यस्तो कार्य गरेको पाइएमा कडा प्रतिवाद गर्ने पनि बताउनु भयो । ३. योगेन्द्र चौधरी, प्रतिनिधिसभा समानुपातिक  उम्मेदवार नेपाली कांग्रेसका लोकप्रिय नेता योगेन्द्र चौधरीले रेशम चौधरीप्रति सहानुभूति प्रकट गर्दै ढकियाले केही स्थानमा विजय हुँदैमा रेशम चौधरीलाई जेलबाट छुटाउन नसकिने बताउँदै यसको लागि सबै एक जुट भएर नीति परिवर्तन गरेर मात्रै सम्भव हुने कुरा जोड दिनुभयो । उहाँले एमालेको पटक पटक संसद विघटन, ७० वर्षपछि जनताले प्राप्त गरेका संविधान भङ्ग र सरकार बाहिर रहेसम्म लगातार संसद अबरुद्ध गरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भयो । व्यक्तिगत आरोप सुनिएन । ४. मेटमणि चौधरी नेकपा एकिकृत समाजवादीका नेता एवम् शहरी विकास मन्त्री मेटमणि चौधरीले योगेन्द्र चौधरीको मन्तव्य माथि सहमति जनाउँदै आफ्ना चुनावी योजना बारे कुरा राख्नु भयो । उहाँको मन्तवयमा व्यक्तिगत रुपमा कसैप्रति टिकाटिप्पणी सुनिएन । ५. अनुराग खड्का, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले आफ्नो बुबा खुमबहादुर खड्काको साख जोगाउन राजनीतिक क्षेत्रमा लागेको बताउँदै आफू युवा भएकोले सबैको साथ सहयोगको अपेक्षा सहित आफू जिम्मेवारी पूर्वक विकास गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नु भयो । व्यक्तिगत रुपमा टिकमाटिप्पणी गर्नु भएन । ६. कुलबहादुर के.सी, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार नेकपा एमाले नेता एवम् निवर्तमान लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी.ले शालीन तारिकाले आफ्नो बिश्लेषणात्मक योजनाहरु राख्नु भयो । सामान्य दलगत टिकाटिप्पणी बाहेक व्यक्तिगत आरोप सुनिएन ।

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

९०९ दिन अगाडि

|

३० कात्तिक २०७९

डा सावित्री मल्ल कक्षपति भर्खरै हिन्दी सिनेमा ‘उचाइ’ सिनेमा हेरेर फर्किएँ । संस्कृतिविद् तेजेश्वर बाबू ग्वँगले नेपालीले लगाउने नेपाली टोपीलाई भावनात्मक रूपमा सगरमाथा (माउन्ट एभरेष्ट)को उचाइसँग तुलना गर्नुभएको छ । हुन पनि हामी नेपालीको सांस्कृतिक पहिरनको खाँटी र बिम्बात्मक अभिव्यक्ति हो यो ।  सिरको यही उचाइलाई बोकेर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनीले यो टोपी लगाएर सिनेमाको प्रस्थान विन्दु तय गरेको छ र कथा माउन्ट एभरेष्ट बेस क्याम्पतिर अगाडि बढेको छ । सिनेमामा अधिकांश रूपमा नेपालको प्राकृतिक सुन्दरताले स्थान पाएको छ । यसबाट सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुन पुगेको छ । विश्व परिवेशमा पूर्वीय लोक विश्वासमा विशेष गरी हिमाली क्षेत्रका समुदायले हिमाललाई भगवान् वा देवी मानेर उनको चरण स्पर्श गर्ने गर्दछन् । घटनाको कार्यव्यापारले विभिन्न पात्रका विभिन्न जीवनभोगाइका विभिन्न तहको अन्तर्विकास गर्दै मृतक साथीको खरानीलाई बेसक्याम्पमा पुर्‍याएर समर्पण गर्नुले यसलाई पुष्टि गरेको छ ।  कथा,पटकथा, सिनेमाटाग्राफी र निर्देशन राम्रो छ । कथाको विकासको केन्द्रमा माउन्ट एभरेष्ट चढ्ने कार्य आएको छ । तर एभरेष्ट चढ्न हिँडेका र कथ्यको मूलधारमा आएका हरेक पात्रलाई आआफ्नो जीवनभोगाइ अभिव्यक्त गर्ने  स्थान दिएर प्रस्तुतिले न्याय गरेको छ । विभिन्न जीवनका विविध भोगाइलाई कतै दृश्य र कतै सूच्य प्रस्तुति दिएर निर्देशकले आफ्नो सिर्जनशील परिकल्पनाको उचाइलाई स्थापित गर्न सफल भएका छन् । ठाउँ ठाउँमा हाँसो छ, तर त्यो हाँसो जवर्जस्ती स्थापित भएको छैन, चरित्रको स्वाभाविक स्वभावसँग घुलेर आएको छ , चियासँग चिनी मिसिएजस्तै ।  मूलकथा जेष्ठ नागरिकले बोके पनि पछिल्लो युवापुस्ताको जीवनभोगाइ पनि सम्बोधन भएको छ । त्यही सम्बोधनले बेसक्याम्प पुग्न अवरोध भइरहेको बाटो खुलेर कथाको उद्देश्य पूरा भएको छ । नेपालमा भारतीय सिनेमा सुटिङका लागि सहयोग गर्नका लागि नेपाली जनशक्ति तयार भएकोमा खुसी लागेको छ । सुटिङका लागि लद्दाख छान्दै गर्दा नेपालमा सुटिङ गर्नुपर्छ भनेर यसलाई नेपाल भित्र्याएकोमा सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । यसरी त हुने हो पर्यटन प्रवर्द्धन । युवाले त गर्दैछन् । यस्तो कामलाई नीति निर्माताले सहजीकरण गर्नुपर्छ ।  नेपालको हिमाल र प्रकृति सिनेमाको माध्यमबाट विश्ववबजारमा पुग्नु यसको विशेषता हो । नेपालका र भारतका सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।