ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

७४४ दिन अगाडि

|

२४ फागुन २०७९

को हुन् आदिवासी, जनजाति ?

को हुन् आदिवासी, जनजाति ?

७४७ दिन अगाडि

|

२१ फागुन २०७९

                                                                                                                                                 तस्विरः बुनु थारु प्राडा महिनारायण चौधरी संसारका विभिन्न मुलुकमा आदिवासी र जनजाति आफ्ना हक अधिकारका लागि संघर्ष गरिरहेका छन्। नेपालमा आदिवासी र जनजातिको पर्यायवाची रूपमा प्रयोग  गरिए पनि ती दुवैमा स्पष्ट भिन्नता छ। १. आदिवासी : आदिवासी भन्नाले आदिमकाल देखि बसोवास गर्दै आएका जाति वा मूल निवासी भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुसार आदिवासी भन्नाले विद्यमान शासकसमूहद्वारा पहिले आएका र आफ्नो परम्परा, रितिरिवाज, संस्कार लगायत सामाजिक, संस्कृतिक र आर्थिक रूपमा राज्यको मूल प्रवाह भन्दा बेग्लै भएका तर शासित भएर रहनु परेकालाई जनाउँछ। नेपाल जनजाति महासंघ अनुसार आदिवासी भन्नाले नेपालको कुनै एक खास भूभागमा आवादी गर्ने वा आफूलाई पहिलो वा पहिलो मध्येको वा मूल वासिन्दाका रूपमा स्थापित गर्ने वा आदिअनादि कालदेखि बसोवास गर्दै आएका भिन्न उत्पति, जाति, भाषा, संस्कृति भएको, राज्य र शासनसत्तामा निर्णायक भूमिका खेल्नबाट वञ्चित तथा आफ्नो पुर्ख्यौली भूमिलाई भौतिक अभौतिक विकासको स्रोत मान्ने तर वर्तमान राज्यको निर्माण हुँदा उत्पिडित तथा विस्थापित गरिएका जो आफ्नो पहिचान र सांस्कृतिक सम्पदालाई आफ्नो भावी पुस्तामा सुरक्षित रुपमा हस्तान्तरण गर्न चाहने तथा आफूलाई आदिवासी भएको भन्ने समुदायलाई जनाउँछ। २. जनजाति : नेपाल जनजाति उत्थान प्रतिष्ठान अनुसार जनजाति भन्नाले आफ्नै मातृभाषा र परम्परागत रितिरिवाज भएको तर हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजातिभित्र पर्छन्। यसरी जनजातिको आफ्नो छुट्टै सामुहिक सांस्कृतिक पहिचान, भाषा, धर्म, रितिरिवाज र संस्कृति, परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास भएको, देशको राजनीति र राज्यसंचालनमा भूमिका नभएको, आर्थिक तथा सामाजिक रूपबाट पिछडिएका समुदायलाई जनजाति भनी बुझिन्छ। ३. थारु : आदिवासीको सम्बन्ध इतिहासको लामो कालखण्डसित जोडिएको हुन्छ भने जनजातिको सम्बन्ध सामुदायिक आर्थिक र सामाजिक पछौटेपनसित गाँसिएको हुन्छ। सबै आदिवासी जनजाति हुन्छन् भने सबै जनजाति आदिवासी नहुन सक्छन्। यो अर्थमा नेपालका थारु आदिवासी र जनजाति दुवै हुन्। ४.भिन्नताको विषय : नेपालमा आदिवासी र जनजातिबीच फरक नछुट्याईदा पर्यायवाची रूपमा प्रयोग हुने भएकाले र ६० बढी प्रकारका जनजातिमध्ये आदिवासी र जनजाति कुन कुन हुन् भन्ने नछुट्याई सम्पुर्ण अनुसूचित जातिहरू लाई केवल जनजाति भनिएको छ। केही विद्वानले भूमिमा प्रथम बसोवास गर्नेहरूलाई भूमिपुत्र वा मूलवासी वा आदिवासीका रुपमा लिनुपर्ने विचार व्यक्त गर्छन्। ५. तराई-मधेस : राष्ट्रिय जनजाति विकास समिति विसं. २०५४ को अनुसुची १ अनुसार ६० थरी जनजातिमा तराई-मधेसी समुह भित्र जनजाति अन्तर्गत किसान, कुशवाडिया, गन्गाई, झाँगड, ताजपुरिया, थारु, दनुवार, धानुक, धिमाल,मेचे (बोडो), राजवंशी (कोचे) र सतार (सन्थाल) मात्र पर्छन्।                      

पूर्व कमलरी विष्णुको ती विवश दिन...

पूर्व कमलरी विष्णुको ती विवश दिन...

७५४ दिन अगाडि

|

१३ फागुन २०७९

म पूर्व कमलरी विष्णु थारु ।  तर अहिले विष्णी थारु भनेर चिनिन्छु । म कमैया महिला जागरण समाजकी अध्यक्ष । मेरो बुवा लक्ष्मण थारु कमैया थिए । कमैया भनेको जमिनदारको घरबारीमा अर्धदासको रूपमा काम गर्ने व्यक्ति । कमैयाले मालिकको खेतबारीमा काम गरेबापत चौकुरबटैया (कुल उब्जनीबाट चार भागको एक भाग) पाउँथे । एउटै मालिकले थुप्रै कमैया राखेका हुन्थे, ती सबैले त्यही एक भागलाई बाँड्नुपथ्र्यो, त्यसले एक महिना खान पुग्दैनथ्यो ।  कमैया मुक्त हुनुअघि (२०५७ साउन २)सम्म कमैयाका स्वास्नी बुकरही हुन्थे । कमैयाकी स्वास्नी भएकै नाताले ऊ आफ्नो लोग्नेले काम गर्ने मालिकको घरमा अर्धदास हुन पुग्थी । गोठ, भान्सा, जुठोभाँडो, लिपपोत, बढारकुँडारदेखि खेतबारीको काम भ्याउनुपथ्र्यो । तर बुकरहीलाई कुनै ज्याला वा अन्नको भाग आउँदैनथ्यो ।  बा कमैया भएपछि मेरी आमा मनबुझाउनी थारु सिधै बुकरही भइगइन् । नामै मनबुझाउनी हजुर । यस नामको अर्थ ? मलाई नै थाहा छैन, उसो त मलाई मेरो नामको अर्थ पनि थाहा छैन– विषनी थारु । के अर्थ होला र ? उसै पनि कमैयाका लोग्नेस्वास्नी र छोराछोरीको यो राज्य र समाजमा के मूल्य छ र ! हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! बाआमाका नौ सन्तानमध्ये माहिली म । २०३५ सालको जन्म हो, यतिखेर जीवनका ४४औँ वसन्तमा हिँड्दै छु ।  मेरै अगाडि देशमा दुईवटा व्यवस्था फेरिए । अरुलाई बहुदल आउँदा म कमलरी थिएँ । १६ वर्षको उमेरमा कमैयासँग विवाह भयो र बुकरही भएँ । बहुदल आएपछि कमैयालाई मुक्त गरियो, म बुकरही रहिनँ, पुनः कमलरी हुन पुगेँ । अरु गणतन्त्र ल्याउन लडिरहँदा हामी कमलरी मुक्तिका लागि लडिरहेका थियौँ । कमलरी भनेको ? यति छिटै बिर्सिसक्नु भयो र ! हुन त, मुक्त घोषणा गरेकै आठ वर्ष नाघ्यो क्यारे । अँ, कमैयाका श्रीमती बुकरही भएजस्तै कमैयाका सन्तान सिधै कमलर र कमलरी भइहाल्थे । कमैयाको श्रमको कुनै मूल्य थिएन । मालिकले दिएका फाटेका कपडा र दुई छाक खानामा खटिनुपथ्र्यो । खाना पनि आफ्नो भाग पाउने हो र ? मालिकको भान्सामा हामीले सबै तयार गरेर चुलोमा बसालिदिएपछि छुन पाइँदैनथ्यो । मालिकका जहान–परिवारले खाइसकेपछि उभ्रियो भने मात्रै खाने हो । त्यसपछि भान्सा, भाँडाकुँडाको सरसफाइ गर्दा रातको १२–१ बज्थ्यो ।  हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! गणतन्त्रले कमलरीलाई मुक्त गर्‍यो । ०५७ सालमै कमैयालाई मुक्त गर्दा पुरुषको टाउको गनेर पुनर्स्थापना गर्ने भनिएको थियो । हामी बुकरही बिनाज्याला मालिकको दास भएको क्षतिपूर्ति के ?  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  मेरी आमा बिहानै उठेर जमिनदारको घरमा काम गर्न पुग्थिन् । घरमा सानी बहिनी भोकाएर रुन्थी । आमाको दूध चुसाउन बहिनीलाई बोकेर म मालिकको घरमा जान्थेँ । आमाले बहिनीलाई दूध चुसाउँदासम्म मैले आमाको काम गरिदिन्थेँ । यसरी काम सिक्दै थिएँ, जब ठूली भएँ, मलाई मालिकले कमलरी राखे ।  १६ वर्षको उमेरमा अर्का कमैयासँग मेरो बिहे भयो, अनि म बुकरही भएँ । बुकरहीको अर्थ ? कमैयाहरू मालिकको घरछेउ मालिककै जग्गामा बनाइएको बुकुरो (झुपडी)मा बस्थे । बुकुरोमा बस्नेलाई नै बुकरही भनिने हो ।  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  कमैया, भूदास हुनुको कथा लामो छ हजुर । मुखिया, राजा, राज्यको जन्म हुँदै भूदासहरूको जन्म भएको भन्छन् । हामी कमैया हुनुको कथा त त्यति पर पुग्दैन केरे । औलोको कथा बिर्सनुभएकै होला ! तराई क्षेत्रमा औलोका कारण टिक्न सक्ने अवस्था थिएन । सन् १९६० मा औलो उन्मूलन भएपछि पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया)मा पहाडबाट बसाइ सर्नेहरू बढ्न थाले । औलो समाप्त भएपछि ती क्षेत्रमा ठूलो मात्रामा उर्वर जमिन खाली भयो, त्यसकै लोभमा टाठाबाठाको बसाइँ सर्ने होड चलेको थियो । यस क्षेत्रमा परिस्थितिसँग मुकाबिला गर्दै पहिलेदेखि बसिआएका थारुहरू सोझा थिए । उनीहरूको मेहनतले उर्वर बनाएको जग्गा अनेक प्रपञ्च गरेर बसाइँ सरेर आएका टाठाबाठाले फुत्काए । सोझा र मेहनती थारुलाई त्यसको पत्तै भएन । उनीहरूलाई कानुन, कर, जग्गानापी आदि थाहा भएन । कति थारुहरूले कुरो बुझे र जमिन जोगाए, सोझाहरू ठगिए । बिस्तारै जमिन सकिएसँगै भूमिहीन बनेका थारुहरूले खान र बाँच्नकै लागि जमिनदारसँग ऋण लिन बाध्य भए । ऋण तिर्ने कुनै माध्यम थिएन । ऋण लिएबापत जमिनदारकहाँ नै काम गरिदिन उनीहरू बाध्य भए । यस्तो ऋणलाई सौकी भनिन्थ्यो । यसरी हामी कमैया हुन पुग्यौँ ।  म भन्दै थिएँ, विवाहपछि म बुकरही भएँ भनेर । ठीक त्यही बेला कमैयाको मुक्ति घोषणा गरियो । सरकारले २०५८ सालमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन’ ल्यायो । यसको केहीपछि मेरा बुढाले सरकारबाट १९ धुर जग्गाको लालपुर्जा पाए– मालिककै जग्गाको होइन, राजापुर– २, चैनपुरस्थित ऐलानी जग्गामा । त्यहाँ हामीजस्ता केही कमैयाले पुर्जासहितको जग्गा पाएका थियौँ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । त्यहीँ सानो झुपडी बनाएर मेरा बूढा भारततिर लागे, नोकरी खोज्दै । भारतमा तीन वर्षजति मजदुरी गरेर कमाएको पैसाले झुपडीमा टिन हालियो । त्यही झुपडीमा दुई छोरी र एक छोरा हुर्किए । जेठी छोरीले गाउँमै स्नातक गर्दैगर्दा भर्खरै बिहे गरी, अहिले पनि उसको अध्ययन निरन्तर छ । छोराले अहिले स्नातक पढ्दै छ । बीचमा पढाइ छाडेकी कान्छी छोरी अहिले कक्षा ९ मा भर्ना भएकी छ । बाबुआमा मुक्त भएपछि छोराछोरीको जीवनमा आएको फेरबदल यही हो । अब छोराछोरीले राम्रो जागिर वा अवसर पाए हुने ! मुक्त भएपछि १९ धुर मात्रै जग्गा पाउँदा मेरा छोराछोरीले केही पढ्न पाएका छन् । अक्षर चिन्ने र देशको शासन–प्रशासन बुझ्ने हो भने यहाँ हामीजस्तो मान्छे ठगिनुपर्दैन नि हजुर । यहाँ त सरकारी कर्मचारीले पनि अनुहार, लवाइखवाइ, वर्ग, जात हेरेर व्यवहार गर्छन् । हामी त हिजोका कमैया । आज सरकारी मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै बेग्लै छ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । स्रेस्ता कायम गर्न जाँदा कर्मचारीबाट हामीलाई सहयोग हुँदैन हजुर– अनेक दुःख दिन्छन्, कतिले त पैसा खोज्छन् ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । म भन्दै थिएँ, लोग्ने भारत गएपछि म फेरि कमैया हुनुपर्‍यो– खानका लागि, बाँच्नका लागि । १९ धुर जग्गाले मात्रै खान पुग्ने होइन । लोग्ने गएपछि कमलरी बसेबापत मैले वार्षिक एक क्विन्टल धान (सय किलो) पाउन थालेँ, त्यतिबेला कमैया श्रम निषेध ऐन आइसकेको थियो । बडो दुःखले छोराछोरीलाई हुर्काइयो, पढाइयो । आफूले पनि अक्षर चिन्न प्रौढ शिक्षा पढियो ।  दुःख ? अहो, कमलरीहरूको दुःख यहाँले कल्पना गर्न सक्नुहुन्न । कमैया मुक्तिको घोषणा अघिसम्म थुप्रै कुमारी आमा भए । मालिकको कुकृत्यबाट जोगिएकाले आज म यहाँ यसरी बोल्न सक्ने भएकी छु भनौँ न । कमलरीको काम मालिक र मालिक्नीलाई मालिस गरिदिनेसम्मको हुन्थ्यो । भनेको काम नमाने गालीगलौज र कुटपिट गरिन्थ्यो । मालिक र उसका छोराले कतिपयलाई यौनदुव्र्यवहार गर्थे । मुक्त घोषणा गर्नु अघिसम्म कुमारी आमा भएका घटना धेरै छन् । मालिकबाट बलात्कृत भई गर्भवती भएका कमलरीलाई मालिकले नै अर्को कमैया खोजेर जबर्जस्ती विवाह समेत गरिदिन्थे । कमैया पुरुषले विवाह गर्न मानेन भने उसलाई पनि कुटपिट हुन्थ्यो, अनेक धम्की दिइन्थ्यो । पुलिस–प्रशासन सबै मिलेका थिए नि हजुर ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । कसैले भर्खर बिहे गरेर बेहुली ल्याएको छ र ऊ राम्री छ भने, त्यो रात जमिनदारले ती नयाँ बेहुलीलाई सुत्न बोलाउँथे ।  कमैया, बुकरही र कमलरीले कहिलेकाहीँ माघीका बेला मालिक फेर्नुपथ्र्यो । घरमा धेरै कमैया छन् र सस्तोमा अर्को कमैया पाएपछि मालिकले भएका कमैयालाई निकाल्थे । त्यसैले हरेक वर्ष माघीमा निकालिएका कमैयाहरू अरु मालिकको घरघर हात जोर्दै जान्थे– मलाई राख्नुस्, म काम गर्छु । कुनै जमिनदारले राख्छु भनेपछि उनीहरूले आफ्ना भाँडाकुँडा, कपडा लगायत सामान बोकेर अर्को मालिकको बुकरीमा बस्न जान्थे ।  जमिनदार खोज्दै आफँै दास हुन किन गएको त भन्नुहोला ? देशकै सहरबजार, अन्य गाउँ वा भारत लगायत ठाउँमा ज्याला–मजदुरी गर्न सक्दैनथ्यौ भन्ने प्रश्न पनि सरकारको दिमागमा आउला । आफैँ भन्नुस् त ? परिवार कहाँ राखेर हिँड्ने ? समाजै छाडेर जाने कहाँ, बस्ने कहाँ ? मालिकको दास वा अर्धदास हुन पुग्नुको व्यथा नै अलग छ सरकार ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । लाउन, खान, नुनतेल, स्वास्थ्योपचार, सामाजिक कार्य आदिमा ऋण लिनुपथ्र्यो । दुई–चार सय रुपैयाँ ऋण दिएर दुई–चार हजार बनाइदिन्थे । हामीलाई त आफ्नै आवश्यकताले थप दास बनाउँथ्यो सरकार । कमैया आन्दोलन कसरी सुरु भयो भन्नु’भा ? बिर्सनु भो र ! कैलालीका शिवराज पन्थको घरमा १९ जना कमैया थिए । श्रमशोषण भयो भनेर उनीहरूले त्यतिबेला गाविस र जिल्ला प्रशासनमा निवेदन हाले । यहीँबाट सुरु भएको आन्दोलन चर्कंदै गएको हो । राजापुरकै एक जमिनदारले धेरै कमैया राखेका थिए । उनको ज्यादती र शोषण चरम थियो । उनलाई जनयुद्धकालको सुरुवातमै माओवादीले कुटपिट गरेर घाइते बनाएका थिए । उनलाई विद्यार्थीले पनि कालोमोसो दलेर, चप्पलको माला लगाएर डुलाएका थिए ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । त्यतिबेला माओवादीले कतिपय जमिनदारको जग्गा कब्जा गरेर कमैयालाई दिएको पनि थियो । जमिन पाइन्छ कि भनेर हामीले माओवादीलाई भित्रभित्रै सहयोग गर्‍यौँ तर जनयुद्धमा लागेनौँ । किनभने, हाम्रो घर जमिनदारकै जमिनमा थियो । सबै केटाकेटी र बूढाबूढीलाई लिएर हिँड्ने कुरा भएन ! मुक्त कमैया घोषणा भएको आज २२ वर्ष भइसक्यो । कमैया मुक्तिको घोषणापछि पाँच जिल्लामा मुक्त कमैया समाज गठन गरियो । सरकारले मुक्त घोषणा गरेपछि कतिपयलाई लालपुर्जा त दियो, तर जग्गा कहाँ छ भन्ने कतिपयलाई थाहै थिएन । आफूहरूको पुनर्स्थापना नभएपछि पाँचवटै जिल्लाका कमैयाले ०६१ सालमा सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गर्न थाले ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । बर्दियाका कमैयाले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । पछि सरकारले मुक्त कमैयालाई त्यहीँको जग्गामा लालपुर्जा दिएको छ । राजापुरको सरकारी वनमा ठूलाठूला रूख जमिनदारले तस्करी गरिसकेका थिए । त्यस्ता वनमा पनि कमैयाले कब्जा गर्न थाले । मेरो परिवार त त्यही १९ धुर जग्गामै छ हजुर, सरकारले त बढीमा पाँच कट्ठासम्म दिने भनी कानुन बनाइसकेको छ क्यारे ।  तँ कसरी कमैया महिला जागरण समाजको अध्यक्ष भइस् भन्नुहोला ? कमैयालाई मुक्त घोषणा गरेपछि सरकारले घरमूली पुरुषको पहिचान त गर्‍यो, तर उसकी श्रीमती बुकरहीको पहिचान भएन । बुकरहीले पनि मालिककहाँ दासीकै जीवन बिताउनुपरेको थियो । सरकारले हाम्रो पहिचान नगरेपछि मुक्त कमैया समाजकै अगुवाइमा २०६४ जेठ ३१ मा राष्ट्रिय सम्मेलन गरेर ‘कमैया महिला जागरण समाज’ बनाइयो । २०६७ सालमा विधिपूर्वक सञ्चालनमा आएको यस संस्थामा सुरुको अध्यक्ष कृष्णी थारु हुनुहुन्थ्यो, म सदस्य थिएँ । उहाँ (कृष्णी) २०७४ मा लुम्बिनी प्रदेशको उपसभामुखमा निर्वाचित हुनुभयो, अनि म अध्यक्ष भएँ ।  सरकारलाई अचेल रोगै लागेको छ, समाजमा अलिकति आवाज उठाउने महिलालाई कुनै ‘उप’ पदमा लगेर थन्काइदिन्छ, कार्यकारी अधिकार दिँदैन । ‘उप’ नै होस्, चित्त बुझाउँदै छौँ, यही पनि क्रमशः खोसिने लक्षण देखिएका बेला ।   मुक्त कमैया समाजले २०६३ मा काठमाडौंको तीनकुने घेरेको थियो । मुक्त कमैया समाज र जागरण समाजले कमलरी मुक्तिका लागि संघर्ष गर्‍यो । राजापुरबाट दुई दिन एक रात हिँडेर हामी सदरमुकाम गुलरिया पुग्थ्यौँ, सरकारी कार्यालय घेरेर आन्दोलन गर्न । खानका लागि चामल, बास बस्नका लागि कटेरो बनाउने बाँस, ओढ्ने–ओछ्याउने आदि बोकेका हुन्थ्यौँ ।  अहिले हामी हाम्रै हक–अधिकारका लागि संघर्षरत छौँ । सरकारले पाँचवटै जिल्लामा ३२ हजार ५०९ जना कमैयाको तथ्यांक संकलन गरेको छ । कमैयाका श्रीमती नै बुकरही भएकाले सरकारले अर्को तथ्यांक संकलन नगरी पहिलेकै आधारमा बुकरहीलाई अधिकार दिन सक्छ ।  बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । पहिले हामीलाई परिचयपत्र दिनुपर्‍यो । सरकारले विभिन्न कार्यक्रम लक्षित वर्गका लागि भन्छ, तर कार्यक्रम हुनेखाने पहुँचवाला वर्गले मात्रै पाउँछन् । बुकरहीको परिचयपत्र हुन्छ भने सरकारले लक्षित वर्ग खोज्दै हिँड्नुपर्दैन ।  परिचयपत्रसँगै हाम्रा केही माग छन्– सीप नहुनेलाई सीप वा तालिम दिइनुपर्छ, तालिमअनुरूप रोजगारी वा स्वरोजगारीको व्यवस्था हुनुपर्छ, सीप भएकाहरू अर्थात् जो कृषिमा अभ्यस्त हुँदै आएका छन्, उनीहरूलाई कृषि उत्पादनमै जोड्न पहल गर्नुपर्छ, कतिपयले घर बनाउने लगायत मजदुरी गर्दै आएका छन्, उनीहरूको सोसम्बन्धी सीप प्रवद्र्धन गरिनुपर्छ, उचित र समान ज्याला हुनुपर्छ । सरकारले हामीलाई भाडामा जग्गा उपलब्ध गराएर पनि उत्पादनसँग जोड्न सक्छ । सरकारले कतिपयलाई पाँच कट्ठा वा सोभन्दा कम जमिन दिएको छ, त्यसको उब्जनीले त खान पुग्दैन ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । सरकारले स्वास्थ्य बिमाको कुरा गरेको छ । बिमाका लागि ३५ सय रुपैयाँ तिर्नुपर्छ । दिनभरि मजदुरी गरेर साँझ खाने मुक्त कमैयाले कसरी त्यत्रो पैसा तिरेर बिमा गर्ने ? सरकारले हामीलाई निःशुल्क उपचारको सुविधा दिनुपर्छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली– २०६७ ले मुक्त कमैयाको चार प्रकारले वर्गीकरण गरेको छ । आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई ‘क’ वर्ग, सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो वा आफ्नो परिवारको नाममा नाममा दुई कट्ठासम्म जग्गा र घर भएकोलाई ‘ग’ वर्ग र आफ्नो वा आफ्नो परिवारको नाममा दुई कट्ठाभन्दा बढी जग्गा र घर भएकोलाई ‘घ’ वर्ग । यी वर्गलाई क्रमशः रातो, नीलो, पहेँलो र सेतो रंगको परिचयपत्र दिने व्यवस्था नियमावलीमा छ ।  तर सरकारले ‘ग’ र ‘घ’ वर्गलाई कुनै सेवा–सुविधा दिएको छैन । बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । संविधानमा उल्लिखित ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ले भन्छ– मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने ।’ सरकार, मौलिक हकअन्तर्गत पनि थुप्रै हक छन् । राज्यले कम्तीमा संविधानको पालना गरे पुग्थ्यो  । प्रस्तुतिः ध्रुवसत्य परियार    

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

७५९ दिन अगाडि

|

९ फागुन २०७९

बाबुराम भण्डारी हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।  सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।  बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्विकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तराष्ट्रिय भाषा वर्ष रुपमा मनाईएको थियो । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो । २०६८ को गणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएका छन् । नेपाली भाषालाई दोश्रो भाषाका रुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्विकार गरेका छन् ।  त्यसै गरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ ।  यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढी बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ ।नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सवै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ । नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंगै विकास भएको प्रमुख भाषा हो । बाँकी अधिकांश भाषाहरु भारोपेली तथा चिनियाँरतिब्बती भाषा परिवारका हुन् । ती मध्ये धेरैजसो भाषाहरु लोपोन्मुख भाषाको सूचिमा छन् । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिंदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ । मातृभाषा दिवसका अवसरमा नेपालमा विविध कार्यक्रमहरु गरिंदैछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज भाषा तथा संस्कृति संरक्षण सम्बन्धि कार्यक्रमहरु गर्दैछन् । मातृभाषा संरक्षणका लागि सचेतना जगाउने उदेश्यले साँस्कृतिक पहिरनहरु सहित र्याली तथा झाँकीहरु प्रदर्शन गरिंदैछ । त्यसैगरी मातृभाषामा विभिन्न साहित्यिक गतिविधी र साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको छ । नेपालमा विभिन्न जाति तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको संरक्षण र सम्वर्द्धनका लागि जुट्न थालेका छन् । भाषाहरुको संरक्षणका लागि भाषिक सम्मेलनहरु पनि आयोजना हुन थालेका छन् । नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वर्द्धनको मुख्य उदेश्य लिएर यस्ता कार्यक्रमहरु आयोजना गरिन्छन् । कुनै पनि मातृभाषा लोप भएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै नकारात्मक असर पर्दछ । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिंदैन । मातृभाषाले देशको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई एकाकार गराउँदछ । मातृभाषा अल्पसंख्यक समुदायहरुको आत्माको आवाज हो ।   

क्रान्तिले ल्याएको त्यो समानता...

क्रान्तिले ल्याएको त्यो समानता...

७६६ दिन अगाडि

|

१ फागुन २०७९

                                                                                                                  आफ्नो खेतबारीमा लेखक बन्धु हर्दिउला बन्धु हर्दिउला लगभग २०४२/०४३ साल तिरको कुरो हो ! भर्खर मेरो जन्म भएको थियो ! त्यसबेला मेरा बाजे खोजराम डगौराले आफ्ना सन्ततीका लागि २० बिघा नम्बरी जमिन खैलाड गाउँमा बनाइसकेका थिए ! समय जमिनदारी प्रथाको थियो ! त्यसबेला खैलाड गाउँमा बैजनाथ महतौंले, धनौरामा मल्लले र कुँडी गाउँमा खेमराज सिंहले  जमिनदारी गर्थे ! त्यसमध्ये सबभन्दा बढी तानाशाह, गुण्डागर्डी, शोषण, अत्याचार खेमराजले गर्थे ! गाउँमा डुल्नु पर्यो भने कि उनी नाङ्गो जीपमा कि घोडामा मात्र हिड्थे र उनको हातमा सँधै टुटु या बाराबोर बन्दुक लिएकै हुन्थे । दैनिक रुपमा सिकार खेल्नु उनको दिनचर्या थियो ।   त्यसबेला भर्खर खेतिपातिको विकास हुँदै थियो ! खास गरि सिजनमा एकबालीको मात्र विशेष ध्यान दिइन्थ्यो त्यो पनि धानको मात्र । धानलाई रोप्ने चलन थिएन बुवारो विधिबाट खेती गरिन्थ्यो । जम्मै धान बुवारो छरेर सकाउँथे र २० बिघा जमिन घरमा २० जनामात्र सदस्य तर भोकमरी हुन्थ्यो त्योबेला अधुनिक खेती गर्न नजानेर ! त्यसबेला भोकमरी ताल्ने एउटा मात्र उपाय थियो जंगलमा सिकार गर्नु या अर्काको घरमा कमैया भएर कमाउनु ! तर मेरो घर परिवारले शिकारको बाटो रोज्यो त्यो बेला घरघर बन्दुक, बमगोला, इन्डियाको खुल्ला सिमाना, कुनै छेकबार सोधपुछ नहुने ।  समयले कोल्टे फेरेसंगै हाम्रो घर वरिपरि बगैँचा तयार हुँदै गयो । बगैचाका रुखहरु बिस्तारै विशालकाय भए । त्यसबेला खैलाड, धनौरा र कुँडी गाउँ मध्ये सबै भन्दा राम्रो र ठूलो बगैँचा हाम्रै थियो रे ! अनि त्यस बगैचामा अत्याचारी खेमराजको नजर पर्यो ! त्यसबेला हाम्रो घरको घरमूली मेरा बुवाआमा भोजलाल डगौरा/गंगीया थरुनी हुनुहुन्थ्यो । एकदिनको कुरो हो, जमिनदार खेमराज एकाबिहानै घोडा सवार गरि बाराबोरका  साथ हाम्रो घर पुग्यो र बुवालाई भन्यो, " रे भोजलाल ! मोर महल बन्वैना बा रे ! ५०/६० हजार इटा पकाइक लग टोर बगियक कठुवा किल पुगि रे ! कै पैंसा लेबे रे !" बुवाले तुरुन्त जवाफ फर्काउनु भो, " नै बेंचम मलिकवा !" अनि खेमराज घोडामाथि चढ्यो र चढ्नेबेला २०० रुपैयाँ भुँइमा खसाल्यो र भन्यो, " रे भोजलल्वा ! मोर पैंसा गिर गिल रे ! पुगा ते !"  हतार हतारमा बुवाले पैसा समात्नु भो र त्यहीबेला फेरि खेमराजले भन्यो, "ले अब यिहे हो टोर बगियक मोल! अब आगे बोल्बे ते यी बाराबोर  डेखटे ।" भनेर घोडा कुदाउँदै आफ्नो बाटो लाग्यो! बुवाको मुखमा बुजो लाग्यो! अर्को दिन उनका सारा कमैया, भत्तावाला सबेरैबाट बगैँचा काट्न सुरु गरिहाले । जस्को सम्पत्ती उ चुँइक बोल्न नि पाएन, सबै बगैँचा सखाप भयो । उसताका नेपालमा कम्युनिष्ट आन्दोलन चर्किदै थियो । २०४६ सालको जनमत संग्रह पछि संविधान निर्माणमा असंतुष्ट भएपछी प्रचण्ड र बाबुरामले २०५१ साला फागुन १ गतेको दिनबाट औपचारिक रुपमा जनयुद्ध लडने घोषणासहित संसद भवन त्याग गरे । समयको चक्रसंगै म पनि हुर्कदै गएँ र जनयुद्धको आँधीबेरी मच्चियो तानाशाह बिरुद्ध, शोषक बिरुद्ध, अत्याचारी बिरुद्ध, जमिनदार बिरुद्ध, सामन्त बिरुद्ध, जातियताका बिरुद्ध, हामीजस्ता सर्वहारा निमुखाका लागि अनि म पनि बिस्तारै ब्रेक लगाउँदै कक्षा ८ पुगें । त्यहीबेला एकरात माओबादीहरुको एउटा ठूलो जत्थाले खेमराजको घरमा छापा मार्यो । उसलाई भौतिक कार्वाही गर्यो, घरका सारा खजाना कब्जा गर्यो । तत पश्चात उपचारको क्रममा एक शोषक, एक गुण्डा, एक अत्याचारी जमिनदारको मृत्यु भयो । त्यसपछि बाँकी शोषकहरु रातारात शहरतिर भागे । गाउँ फर्किदा "रे फलाना" शब्दको सत्तामा "हो फलाना" तँ को तिमी, तिमीको ठाउँमा तपाईं जस्ता शब्दको प्रयोग गर्न बाध्य भए सबै सामन्तहरु । माओबादीको जनअदालतले सामाजिक राज चलाउने क्रम चल्यो! आन्दोलनले एक सामान्य अनपढ व्यक्ति पनि निडर भयो । सामाजिक सोचको रुपान्तरणमा कायापलट परिवर्तन त्यसबेला जनयुद्धले ल्यायो!  त्यसकारण, भले हामी आर्थिक, धार्मिक, भौगोलिक, सांस्कृतिक  र भाषिक रुपले एक समान समृद्ध नहुउँला तर बोली र सामाजिक व्यवहारका दृष्टिले समानताको मध्यमार्गी बाटोमा ल्याइ छोडेको अनुभूत १० बर्षे शसस्त्र जनयुद्धले गरेको हुनाले आजको दिन "जनयुद्ध दिवस" मेरो लागि सम्झिन लायकको दिन हो । लेखक शिक्षण पेशामा आवद्ध छन् ।

लाल केरनिको गन्तव्य

लाल केरनिको गन्तव्य

७८५ दिन अगाडि

|

१२ माघ २०७९

अंकर अन्जान सहयात्री लेखक, पत्रकार तथा साहित्यकार आदरणीय दाई कृष्णराज सर्बहारी द्धारा लिखित सामाजिक उपन्यास 'लाल केरनि' ११ घण्टा भित्र पढेर सक्काइयो । यो उपन्यास सुरु देखि अन्त्य सम्म पढि रहँदा आँखाबाट आँसुहरु छचल्किएको पत्तो नै पाएन, पढ्दा-पढ्दै बोली बन्द भयो, मन भावुक भएर आयो, समग्रमा अति नै मार्मिक र यथार्थ लाग्यो । यो उपन्यास, १३५ पेज भित्र रहेको यो उपन्यास एउटा सामाजिक उपन्यास हो, एक्काइस भागमा बाँडिएको यो उपन्यासभित्र कमैया, कम्लहरीहरुको पिडा, खेती-किसानीको कुरा, शोषक-सामन्तिहरुका कुरा, शिक्षा-अशिक्षाका कुरा, समग्रमा थारु रहन-सहन, कला-संस्कृतिका कुरा समेटिएको छ । उपन्यासकारले हाम्रो जनजिवनमा आधारित, समाजमा हुँदै गरेको सत्य-तथ्य घटनालाई काल्पनिकताको संग्या दिंदै घर र समाजभित्रको सत्य कथा लेखेका छन। तसर्थ यो उपन्यासले कमैया, कम्लहरीहरुको यथार्थ चित्रण गरेको छ । भाइ-भाइ बिचको मनमुटाब, सासु-ससुराबिचको कलह, छोरीलाई सानै उमेरमा कम्लहरी पठाउँदाको आमा-बुवाको पिडा, भर्खरै बिवाह गरेर पनि श्रीमानसंग राम्रोसंग बस्न नपाएको एउटा नव दम्पतीको पिडा, काठमाण्डौमा कामको लागि तारिख बोक्दाको पिडा, जमिन्दारले कमैया-कम्लहरिहरु माथि गरेको सास्ती, यावध कुराहरु यस उपन्यासभित्र समेटिएको छ । उपन्यासकारले बडो मार्मिक ढंङ्गले यस उपन्यासको इतिश्री र अन्त्य गरेका छन। थालनीमा यो उपन्यास वियोगान्तमा टुङ्ग्याए पनि समय परिस्थितिले गर्दा पुन: सम्पादनको क्रममा संयोगान्तमा लगेर टुङ्ग्याइएको कुरा उपन्यासकारले १३७ पेजमा रहेको 'कुछ टे कहहि परल' शीर्षकमा उल्लेख गरेका छन। उपन्यासकार थारु भएकै कारणले होला यस उपन्यासको भाषाशैली आफ्नै मातृभाषामा शिष्ट र सभ्य शैलीमा लेखेका छन, तर यसो भनि रहंदा कही कतै उन्नाइस-बीस भएको पनि पाइन्छ। उसो त उपन्यासकारको यस भन्दा अघि २०५५ सालमा थारु भाषाको पहिलो उपन्यास 'फुटल करम' र २०५९ सालमा नेपाली भाषाको उपन्यास 'गन्तव्य' प्रकाशित भैसकेको छ। 'लाल केरनि' उहाँको तेस्रो थारु भाषाको उपन्यास हो। उपन्यासकार लेख्छन् "अबका दिनमा पोस्टाको संख्या बढाउनु भन्दा बालबालिकाहरुको लागि बालरचना र आख्यान विधामा कलम चलाउनतर्फ अग्रसर हुन्छु।" तसर्थ यो प्रतिबद्धता पनि उहाँले छिट्टै नै पुरा गरुन, उहाँको कलम कहिल्यै नरोकियोस, सदैव सत्य-तथ्य उहाँको कलमले लेखि रहुन मेरो यही आशा र भरोसा सहित ढिलै भए पनि उहाँलाई ''लाल केरनि'को धेरै-धेरै शुभकामना छ।  

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

७९२ दिन अगाडि

|

५ माघ २०७९

केशव झा २००८ साल देखि २०७९ सालसम्म मधेशी समुदायले लगातार कुनै न कुनै रुपमा संघर्ष गरिरहेको छ। तर उपलब्धि खासै देखिदैन। अहिलेसम्म आ-आफ्नो क्षमताले भ्याए सम्म योगदान गरेका सवैलाई धन्यवाद दिनुपर्छ । आफ्नो जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई सत् सत् नमन। राजनीतिमा ढिलो कहिल्यै हुदैन हिन्दीमा एउटा उखान छ, " जब जागा तब सबेरा" त्यस कारण सबै कुरालाई विर्सेर तराई मधेशको भुमीबाट उदाएका  सवै पार्टीको मोर्चावन्दी गरि मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य, महिला ,दलित लगायत सवै उत्पीडित जातजाति र समुदायको हकहितको लागि समर्पित भै अधिकार समपन्न गराउन तर्फ दृढ संकल्पित भएर लाग्नुको विकल्प छैन। सवभन्दा पहिला आ-आफ्नो पार्टीलाई ठिक गरौं,पार्टी भित्रको तानाशाहीको अन्त्य गरौं, पार्टीलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट चलाउं, पार्टीको संरचनालाई चुस्त दुरुस्त पारौं र शक्तिको विकेन्द्रीकरण गरि संघीय संरचनाबाट पार्टीहरुलाई अगाडि बढाउं, नेतृत्वलाई  उमेर हदको व्यवस्था गरौं र दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्ने व्यवस्थाको अन्त्य गरौं, पार्टीमा नियमित प्रशिक्षणको व्यवस्था गरौं, पार्टीमा रहेका एउटा साधारण सदस्यसमेतलाई अपनत्व महसुस हुने व्यवस्था अपनाऔं । राजनीतिमा लागेका कुनै पनि व्यक्ति बढी उमेर भएर बढी जान्ने अथवा कम उमेर भएर कम जान्ने हुदैन । एक अर्कालाई सम्मान गर्ने र स्वीकार्ने परिपाटी बसालौं। राजनीति सत्ता र शक्तिको खेल भएको हुनाले राज्य सत्तामा पकड बनाउन पहिला ज्ञान सत्तामा पकड बनाऔं। तसर्थ राजनीति गर्न चाहने सबैले राजनीति शास्त्र, समाजशास्त्र र  दर्शन शास्त्रको अध्यन गरि मात्रै पाइला अगाडी सारौं । पार्टीमा लागेका सवै सदस्यहरुको कार्य मुल्यांकन प्रणाली लागु गरौं। हाम्रो देशमा आजसम्म कुनै पनि परिवर्तन सदनबाट भएको छैन ।यस्को अर्थ भनेको के हो भने मुलुकमा लोकतन्त्र आएकै छैन । लोकतान्त्रिक मुलुकमा यदि एकजना नागरिकले पनि आफ्नो हक अधिकारको कुरा गर्छ भने तत्काल सम्बोधन हुन्छ तर हाम्रो देशमा यस्तो परिणामको कल्पना समेत गर्न सकिदैन । तसर्थ तल उल्लेखित राजनीतिक एजेन्डाहरु सम्बोधन गराउन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठी मोर्चा गठन गरौं र संवाद तथा  संघर्षको बाटो रोजौं। १. संविधानको पुर्णताको निम्ति तत्काल संशोधन गराऔं। २.अधिकार र पहिचानको निम्ति गरिएका संघर्षमा मुद्दा लगाई जेलमा राखिएका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई यथासिघ्र रिहा गराऔं। ३.लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगाऔं। ४.नागरिकता सम्बन्धि समस्या सदाको लागि अन्त्य गराऔं। ५.अधिकार र पहिचानको लागि सहादत प्राप्त गरेका परिवारलाई क्षतिपूर्ति स्वरुप ५०/५० लाख रुपैया र अहिलेसम्म रोजगार नपाएकाको परिवारलाई रोजगारको व्यवस्था मधेश  प्रदेश सरकारबाट गर्न लगाउने। ७.अहिलेको शासकीय स्वरुपबाट देश अगाडि बढ्न नसक्ने प्रस्ट भैसकेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था लागू गराउने। ८.समान जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गराउन पुर्ण समानुपातिक निर्वाचन पद्धति अवलम्बन गर्ने। ९. पहिचानको पाँच र सामर्थ्यको चार आधारमा राज्यको पुनर्संरचना गराउने।कम्तिमा पहिलो संविधानसभामा आयोगद्वारा बहुमतले पेश गरिएको १०+१ प्रदेशको अवधारणा अघि बढाउने। १०. संघीयताको मर्म अनुरुप प्रदेशलाई बलियो र केन्द्रलाई समन्वयकारी भुमिकामा राख्ने। अर्थात स्वशासनको व्यवस्थालाई अगाडि बढाउने र संविधानमा नभएका सिडिओ लगायतका  जिल्ला तहका अन्य सवै संरचनाहरु  हटाउने । ११.रास्ट्रपति , न्यायाधीश , सेनापती लगायत  उच्च पदस्थ व्यक्तिहरूलाई समेत छानबिन गर्न सक्ने खालको एउटा बलियो जनलोकपालको व्यवस्था गर्ने। १२. सांसदहरूलाई मन्त्री बन्न रोक्ने र कानुन निर्माण कार्यमा मात्रै लगाउने। १२.कुनै पनि व्यक्ती २ पटक मात्रै  प्रधानमन्त्री ,उपप्रधानमन्त्री ,मन्त्री ,राज्य मन्त्री ,सहायक मन्त्री , मुख्य मन्त्री ,सभामुख, प्रदेश प्रमुख,संघीय सांसद , प्रदेश विधायक , मेयर, अध्यक्ष  पदमा निर्वाचित वा मनोनित हुन पाउने व्यवस्था गर्ने। १३.स्वदेशी उत्पादन बढाउने र निर्यात घटाउने व्यवस्था लागू गरौं। १४. उद्योग कलकारखाना स्थापना मैत्री कानुन निर्माण गरि वैदेशिक लगानी भित्र्याउं। १५. कृषि , जलस्रोत , पर्यटन व्यव्सायलाई प्राथमिकतामा राखी कुनै प्रकारको अवरोध नहुने प्रणालीको विकास गरौं। १६. बैंकको ब्याजदर एकहोरो मध्य विन्दुमा झारौं। १७. निर्यात गर्ने बस्तु उत्पादन गर्ने व्यवसायीलाई कच्चापदार्थमा भन्सार छुटको व्यवस्था गरौं। १८. शिक्षा ,स्वास्थलाई नि:शुल्क गरौं। १९. भौतिक पुर्वाधार , सडक , बिकास निर्माणको लागि अवरोध रहित फास्ट ट्र्याक नीति अवलम्बन गरौं। २०.सिचाइको सुविधा सवै किसानले पाउने कानुन बनाऔं। २१. किसानहरूले उत्पादन गर्ने वस्तुहरुको मुल्य किसानहरुले नै तोक्ने व्यवस्था लागू गरौं। २२.प्रत्येक घर कम्तीमा  एक रोजगारीको व्यवस्था गरौं। २३. विदेशमा रहेका मतदाताहरुलाई भोट खसाल्ने व्यवस्था तत्काल लागू गरौं। २४. समानुपातिक प्रणाली तहत पार्टीहरुलाई अनावश्यक थ्रेसहोल्ड कायम गरि प्रतिनिधित्व घटाउने षड्यन्त्र बन्द गरौं। २५. कृषि योग्य जमिनलाई घडेरी बनाउने भुमाफियाको खेल बन्द गरि एकीकृत अपार्टमेन्ट वस्तिको अवधारणालाई अगाडि बढाऔं।  २६. देशको आमूल परिवर्तनको जग बसाली एक समृध र शक्तिशाली रास्ट्र निर्माणमा सवै स्वदेशी देशभक्तहरु एकजुट भै लागौं। लेखक लोसपाका नेता हुन्