"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

"चल रे सगरवा ! आज फुट्की खोजे बनवा जाई"

३११ दिन अगाडि

|

२२ असार २०८१

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

हाम्रो परिवार दाङबाट किन सर्यो बुह्रान ?

४१७ दिन अगाडि

|

९ चैत २०८०

मेवाराम चौधरी नेपालको पूर्वी झापादेखि सुदूरपश्चिमको कंचनपुरसम्म तराईमा बसोबास गर्ने थारूहरूले आफ्नो उद्गम थलो दाङदेउखुरी जिल्लालाई मान्दछन्। देशभरमै सबैभन्दा सुन्दर दाङ उपत्यकालाई मानिन्छ। बस्ती विकासको शुरूवातमा दाङमा थारूहरूको निकै सघन बस्ती थियो भनेर थारू पूर्खाहरूले दाबी गरेको पाइन्छ। मानव बस्तीको विकासक्रम, चेतना र विस्तार संगै हरेक व्यक्ति, परिवार तथा जाति समुदायहरू आफ्नो गुजारा, आत्मसम्मान र स्वाभिमानका खातिर अनेकन् प्रयास, मेहनत र संघर्ष गर्नु परेको इतिहास सबैसँग छ। फरक यतिमात्र होला, कुनै विस्थापित हुनबाट जोगिए भने कुनै परिवार र समुदाय आफू बसिरहेको ठाँटथलो छोड्न बाध्य भए अथवा बनाइए। इतिहास खोतल्ने क्रममा हरेक परिवार र जाति समुदाय यस्तै यस्तै घटनाक्रमबाट कुनै न कुनै रूपमा जोडिएको इतिहास छ। हाम्रो परिवारको छारा कथा झट्ट सुन्दा दन्त्य कथा जस्तो लाग्ने, कतै मिथ्या त होइन जस्तो पनि लाग्ने। तर यी सबै वास्तविकतामा आधारित हाम्रो पारिवारिक इतिहास हो। यहाँ एउटा विचारणीय कुरो के छ भने अन्य जाति समुदायको भन्दा थारू समुदायको इतिहास अलि पृथक नै देखिन्छ। उनीहरू माथि जुनसुकै शासन प्रणालीमा राज्यबाट वर्गीय भेदभावका वावजूद धेरथोर जातीय भेदभाव पनि गरेको पाइन्छ। मेरा बाजेको साथ लागेर १०, ११ वर्षका मेरो बाबा जो अहिले ८७ वर्षको हुनुहुन्छ, दाङ छाडेर २००५ सालमा बसाई सर्ने क्रममा ७ दिनको पैदल यात्रा गरेर कैलालीको धनगढी आउनु भएको बताउनुहुन्छ। त्यस्तै म ७,८ बर्षको हुँदा बाबाको साथ लागेर कैलालीबाट २०२६ सालमा कञ्चनपुरको बेलौरी बसाइँ सरेका थियौं। दाङबाट कैलालीको धनगढी (२००५) हाम्रा पूर्वजहरू कहिले, कहाँबाट  र कसरी दाङ आउनुभयो, यसबारे हाम्रो लागि खोजीको विषय छँदै हो। मेरा बाजेहरूको बसाइँ दाङको साविक डुरूवा गाउँ विकास समिति वडा नम्बर– ९ अन्तर्गत तथा हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १४ ड्वाँङपुरमा रहेको थियो। हाम्रै परिवार मध्येका त्यहाँबाट बसाइँ सराई नगरेका कैयौँ परिवार अझै पनि दाङको त्यही गाउँमा हुनुहुन्छ।  परिवार संख्या बढ्दै जाने क्रममा अहिले आएर धेरै घरधुरी हुनु स्वभाविक हो। पहिलो पटक २०५३ सालमा म दाङ जाँदा ३६ घरधुरी रहेको पाएको थिएँ । त्यसको केही वर्षपछि मेरो बाबा आमाहरू जाँदा करिब ५५, ६० घरधुरी पुगेका रहेछन्। २०५३ सालमा गएको बेला हाम्रा गोट्यार (आफ्नै सहोदर गोत्र) त्यहाँ भेटिएकामध्ये अलि टाठाबाठा र उमेरका बूढापाकाहरूसंग बसेर हाम्रो परिवारको दाङ बसाइँ र वितेका कैयौँ विविध विषयहरूबारे जानकारी लिएको थिएँ। आजपनि बेलामौकामा मेरो बाबासंग पारिवारिक विगतबारे सोधपुछ चलिरहन्छ, छलफल हुन्छ।                                                                                                                                                                           लेखक मेवाराम चौधरी कैलालीबाट कञ्चनपुरको बेलौरी (२०२६) धनगढीबाट बसाइँ सरेर आउँदै गर्दाको परिदृश्य सम्झेर ल्याउँदा मेरो मानसपटलमा अझैपनि फिल्मको पर्दामा तस्वीरहरू नाचे झैँ झल्झली सम्झना आउँछ। कैलालीको बंगरा गाउँबाट हाम्रो घरायसी प्रयोजनका विभिन्न सामग्रीहरू बोकेर केही गाउँलेहरू काठे गाडामा हामीलाई बेलौरीसम्म  पुर्याउन आउनु भएको थियो। त्यसबेला कञ्चनपुरमा पुनर्वास बस्ती बसेको थिएन। धनगढीबाट बेलौरीसम्म आइपुग्न ठूला सालका रूखले भरिएका दुईओटा घना जंगल लालझाडी र खोप्री (यदाकदा रानीवन पनि भन्ने गरेको सुनिन्थ्यो) थियो। धनगढीदेखि बेलौरीसम्म पुग्ने कुनै सडक थिएन। काठेगाडा हिँड्ने सांगुरो कच्ची लिक मात्रै थियो।  कैलाली र कञ्चनपुरको बीचमा सिमानाको रूपमा बग्ने मोहना नदी पार गर्ने बित्तिकै कञ्चनपुरको ठूलो लालझाडी जंगलमा हिँड्नु पर्थ्यो। लालझाडी जंगल पार गर्ने बित्तिकै रानाथारूहरूको मात्रै बसोबास रहेको जंगल किनार खल्लामा अवस्थित पच्कडिया गाउँमा पुगिन्थ्यो। त्यतिबेला पनि पच्कडियामा वन कार्यालय थियो। हाम्रो बाजे दाङबाट बसाइँ सरेर आउनुको पछाडि सबैभन्दा ठूलो कारण त्यसबेलाको राणाकालीन सामन्ती प्रथा तथा जमिन्दारी प्रथा नै थियो। ड्वाँङपुरमा हाम्रो संयुक्त परिवारमा ८४ विगाहा दर्ता जग्गा थियो। तर तत्कालीन सामन्ती प्रथा अनुसार शासकले हाम्रो ड्वाँङपुर गाउँतिर तेघ्राको काजी मातहत जिम्मा लगाएको रहेछ। त्यस उसले बेलामौकामा काजीले हाम्रो गाउँमा आएर आफ्नो हैकम जमाउने गर्थ्यो। हाम्रो हजुरबुबाले तारन्तार काजीको थिचोमिचो सहेर बस्नु भन्दा आफ्नो भागको जग्गाको लोभ नगरी बुह्रान बसाइँ सर्ने निधो गर्नु भएको रहेछ। क्रमशः

ज्यूँका त्यूँ  छन्   थारूका माग र मुद्दाहरू

ज्यूँका त्यूँ छन् थारूका माग र मुद्दाहरू

४३३ दिन अगाडि

|

२३ फागुन २०८०

कारी महतो थारू विद्यार्थी समाज चितवनकाे नेतृत्व सम्हालेर म आफैं प्रत्यक्ष सहभागी भएकाे थरूहट आन्दाेलनमा आफ्नै आँखा अगाडि शहिद भएका वीर याेद्धाहरू भाईहरू कमल चाैधरी र विपिन खड्कालाई आज स्मरण गर्न चाहन्छु । २०६५ फागुन २२ गते चितवनकाे साैराहा चाेकमा राती गाेली लागेर ढलेका कमल चाैधरी र विपिन खड्काकाे आजकै दिन अर्थात् फागुन २३ गते बिहान मृत घाेषित गरिएकाे थियाे । २०६५ फागुन १६ गतेकाे कान्तिपुर दैनिकमा थारू समुदायलाई मधेशी समुदायमा सूचिकृत गरेकाे विराेधमा उठेकाे त्याे आन्दाेलनमा हाम्राे एउटै आवाज थियाे- "हामी मधेशी हाेइनाैं, हामी थारू हाैं ।" याे आवाज साम्प्रदायिक थिएन । याे राष्ट्रवादी आवाज थियाे । किनकि हाम्राे त्याे आवाजले विखण्डनवादी नारा "समग्र मधेश, एक प्रदेश" काे मुद्दालाई काउन्टर दिएकाे थियाे । लगातार १९ दिनसम्म चलेकाे त्याे आन्दाेलन तत्कालीन सरकार र आन्दाेलनरत पक्ष बीच ६ बुँदे सहमतिपछि स्थगन गरिएकाे थियाे । म स्मरण गर्न चाहन्छु कि तत्कालिन प्रधानमन्त्री प्रचण्ड नै वर्तमान प्रधानमन्त्री छन् । तर पनि थारूका माग र मुद्दाहरू ज्यूँका त्यूँ छन् । थारूकाे माग मुद्दाहरू आँशिक सम्बाेधन भएता पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएकाे छैन । प्रधानमन्त्री र सरकारबाटबाट हुनुपर्ने काम अदालतबाट गराउनुपर्ने अवस्था छ । संविधानमा संबाेधन भएकाे बुँदाहरू ऐन र नियमावलीमा संशाेधन गरिएकाे छैन । फलस्वरूप थारू कल्याणकारिणी सभाले अदालतमा पचासाैं मुद्दा दायर गरेकाे छ । थारूका माग, मुद्दा र सवाल पूरा गराउनु नै शहिदहरूकाे सपना हाे । अन्तमा, वीर शहिदहरूकाे सपना पूरा भएकाे दिन नै शहिदप्रति सच्चा सम्मान हुनेछ । वीर सहिद अमर रहुन्

थारु समुदाय र दिगो विकासका लक्ष्यहरु

थारु समुदाय र दिगो विकासका लक्ष्यहरु

४६४ दिन अगाडि

|

२१ माघ २०८०

रामसागर चौधरी बिश्वमा गरिव र धनी देशहरू, विकसित र अविकसित देशहरुको बिचको खाडलको दुरीलाई कम गर्न संयुक्त राष्ट्र संघ प्रयासमा स्थापनाकालदेखि प्रयासरत छन। प्रथम र दोश्रो बिश्व युध्दमा भएको मानवको नरसंहारले बिश्वमा शान्तिको स्थापना खाँचो आवश्यकता भएकोले संयुक्त राष्ट्र संघको जन्म भएको हो। त्यस बखत बिश्व युध्दमा होमिएर नरसंहार भइरहेको थियो भने अर्को तर्फ हैजा, औलो, बिफर, प्लेग जस्ता महामारीले मानवको अस्तित्व संकटमा थियो। यिनै बिश्व समस्याको समाधान खोजने प्रयासमा संयुक्त राष्ट्र संघ लागेका थिए। संयुक्त राष्ट्र संघको सदस्यता लिएर सम्मेलनमा सहभागी भएर छलफल गरेर घोषणा-पत्र तयार गरि सामुहिक रूपाम आआफनो देशमा लागु गर्ने र पालना गर्ने प्रतिबध्दता जनाउद छन र यो अन्तरराष्ट्रिय साझा कानुन सरह मान्यता पाएको छ। मानव अधिकार, बाल अधिकार, महिला अधिकार, श्रम अधिकार, आदिबासी अधिकार, विकास र शान्तिका अधिकार, द्वन्द्व र शान्ति समझौता आदि बिबिध अधिकार र बिकासका साझा सहमति र समझौताले बिश्वमा शान्ति र बिकाशको बाटोमा अग्रसर छन। तथापी कतिपय देशहरु अझै पनि आन्तरिक र बाह्य द्वन्द्व  र लडाईमा होमिए पनि बिश्व युध्दमा होमिएको छैन। यसरी देश भित्र वा बाहिर लडाइले बिश्वलाई प्रभावित र दीर्घकालिन असर प्रत्यक्ष वा परोक्ष रुपमा पारेकै छन। तथापी संयुक्त राष्ट्र संघले बिश्व शान्ति कायम गर्न सदस्य देशहरुको भेलाले लक्ष्य निर्धारण गर्दछन र आआफनो देशले आआफनो क्षमता अनुसार नागरिकको हितको लागि लक्ष्यहरु निर्धारण गरि योजनाहरू बनाउदछन र सोही अनुसार बिकसित राष्ट्रहरुले अनुदान वा सस्तो ऋण अनुदान प्राप्त गर्दछन। बिश्व बिकासको सूचाङकमा नेपाल गरिब र कम बिकसित मुलुकमा पर्दछ र त्यही अनुरूप अनुदान र ऋण सहयोग प्राप्त गर्दछ । यसरी प्राप्त भएको अनुदान वा सन्धी समझौता अनुसार सहि सदुपयोग भएको छ कि छैन भनेर प्रगति प्रतिवेदन सरकारको तर्फबाट संयुक्त राष्ट्र संघमा पठाउने गर्दछन। त्यसरी नै संयुक्त राष्ट्र संघ आबध्द नियोग र आयोगले पनि प्रतिवेदन पठाउछन। यसै संग सम्बन्ध भएर काम गर्ने गैरसरकारी संघ संस्थाहरुको संजालले पनि प्रतिवेदन पठाउने गरेको पाईन्छ। यसले सरकारको प्रतिवेदनको पुष्टी हुने र संयुक्त राष्ट्र संघमा सरकारी प्रतिवेदनमा प्रशन चिन्ह पनि आउने गरेका छन। यसरी समुक्त राष्ट्र संघले चेक एण्ड ब्यालेन्स ( निगरानि र नियमन) गरिरहेको पाइन्छ। त्यसैले गैरसरकारी संघसंस्थामाथि सरकारले कडा निगरानी र प्रतिबन्ध लगाउने गरेको पाईन्छ। बिश्व २१सौं सदिमा प्रवेस गर्दा बिश्वको समानुपातिक बिकास बारेमा धेरै जोडदार बहस चलेको थियो। एकातिर बिकसित मुलुकहरू द्रुतगतिमा आर्थिक र सामाजिक बिकास हुने र अर्को तर्फ कमबिकसित देशहरु गरिबी र सामाजिक बिकासमा पछि पर्दा बिश्व बिकासमा मानव सम्बन्ध खलबलिने र पुन: बिश्व द्वन्द्वमा फसने लक्षणहरु देखिन थालेको थियो। मानव मनोबिज्ञान पनि हामी २१औं सदाब्दीको मानिस हौं, १८औं सदाब्दीको पुरातन पन्थी होइनौ भनेर जागरण आएकोले बिश्वमा आन्तरिक र बाहिर संघर्श चलिरहेको थियो। संयुक्त राष्ट्र संघको दिर्घकालिन १५ बर्षे (सन २०८५ – २०००) बिकास लक्ष्यको अन्तिम अवस्था भएकोले यस अबधीमा भएका आर्थिक र समाजिक बिकास लाई अझै दरो बनाउन २१औं सदाब्दीमा प्रवेस गर्दा शिक्षा, स्वस्थ्य, गरिबी निवारण जस्ता मानविय बिकासका सहस्रशदाब्दि बिकाश १५ बर्षे यजनाहरु (सन २०००- २०१५) बिश्व सामु ल्याएको थियो । यस अबधीमा जे जति विकासहरु भए ती विकासका गतिविधिहरूलाई स्थायीत्व दिन बिस्वलाई चुनौती नै छ। त्यसैले ति विकास भएका स्थायित्व दिन चुनौती भएकोले दिगो बिकासको १५ बर्षे लक्ष्यहरु (सन २०२५-२०३०) बिश्व सामु लिएर आएको छ र यहि योजना अनुसार नेपालले पनि लक्ष्य निधारण गरेर योजना बनाई काम गरिरहेका छन। अहिले सन २०२४ भएकोले बिश्वले २१औं सदाब्दिको एक चौथाई समय बिताई सकेको छ। नेपाल पनि यहि रफतारमा छ र नेपाल भित्रका आदिबासीहरु २१औं शदब्दिको बिकास सुचाङकमा पुगेको छ कि छैन मुल्याङकनको बिषय हो। संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका ( sustainable Development aim) १७ वटा लक्ष्यहरु अनुसार योजनाबध्द विकासमा आदिबासी थारु समुदायको अवस्था के कस्तो छ ? बिश्लेषण र बिमर्श गर्ने बेला भएको छ। दिगो विकासका लक्षयहरु र योजनाहरु बारेमा थारु समुदायको चेतनाको स्तर के छ ? दिगो विकासमा सहभागिता कतिको छ ? यसका प्रतिफलबाट के कति लाभान्वित भएका छन ? आर्थिक, शैक्षिक, सामाजिक अवस्थामा के कति प्रगति र सुधार र विकास भएको छ ? सरकारमा सहभागिता, समावेसी र अवसर के कति पाएका छन ? यी सबै प्रश्नको उतर र समाधान खोज्न थारू बिज्ञहरु जिम्मेवार भएर एकजुट हुनुपर्ने बेला भएको छ। संयुक्त राष्ट्र संघले पारित गरेका दिगो विकासका १७ वटा लक्ष्यहरु (सन २०१५-२०३०) यस प्रकार रहेको छ। १. सबै स्थान र सबै गरिब स्वरुपको अन्त। २. भोकमरी नियन्त्रण, खाध्य सुरक्षा र पोषण स्तर सुधार एनम् कृषीको दिगो उत्पादन । ३. सबैको लागि स्वस्थ्य जीवनको सुनिश्चितता। ४. सबैका लागि समावेसी, समन्यायीक र स्तरिय शिक्षको सुनिश्चितता। ५. लैंङगिक समानता र महिला तथा बालबालिका सशक्तिकरण । ६. सबैका लागि खानेपानी तथा सरसफाईको दिगो उपलब्धताको सुनिश्चितता । ७. सबैको लागि भरपर्दो र धानिन सकने आधुनिक उर्जाको पहुंचको सुबिस्चितता। ८. भरपर्दो, समावेसी र दिगो आर्थिक बृध्दि एवम् सबैकालसगि मर्यादित र उत्पादनसिल रिजगारी। ९. सवल पुर्वाधार, दिगो र समावेसी औधोगिकिकरण र नव प्रवर्तन र प्रवर्धन । १०.देश भित्र र देशहरू बिच रहेको असमानताको न्यूनिकरण । ११. स्वस्थ्य एवम् सुरक्षित सहर तथा मानव बसोबास। १२. दिगो उत्पादन र उपभोगको सुनिश्चितता । १३. जलवायू परिवर्तनका असर न्युनिकरणका लागि ततकाल कार्य । १४. समुद्र, समुद्र किनार र समुद्र श्रोतको संरक्षण एव, दिगो उपयोग। १५. दिगो बिकाशका लागि जैविक विबिधता संरक्षण, वन व्यवस्थापन । १६. शान्त र समावेसी समाज, न्यायमा समान पहुंच र प्रभावकारी जबाबदेही संस्था। १७. दिगो बिकाशका लागि कार्यान्वयन संयन्त्रको सवलीकरण र विश्व साझेदारी। इटहरी-१२, खनार, सुनसरी, Email : rs14richaudhary@gmail.com

सम्झनामा परशुनारायण

सम्झनामा परशुनारायण

५२२ दिन अगाडि

|

२१ मंसिर २०८०

छविलाल गिरी  थारू कल्याणकारिणी सभाको सांगठनिक बिकासलाई उचाईमा पुर्याउन प्रमुख भुमिका खेल्ने, काठमाण्डौंको टुडिखेलमा सर्वप्रथम माघी महोत्सव मनाउन सुरुवात गर्ने तात्कालीन राजपरिषद स्थायी समितिका सभापति,  नेपाली इतिहासका एक अविस्मरणीय व्यक्तित्व स्वर्गिय परशुनारायण चौधरी आज मंसिर २१ गते ११ औं पुण्य तिथी हो । दाङदेउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले।  तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"।  अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"।  २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा तात्कालीन  राजा ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए। २०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा चौधरीको देहान्त भयो। आज ११ औं पुण्य तिथिको अवसरमा राष्ट्रवादी राजनेता स्व. परशुनारायण चौधरीमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।   

शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

५२३ दिन अगाडि

|

२१ मंसिर २०८०

जनक रसिक शिक्षक सेवा आयोग परिक्षा उत्तिर्ण भएर नेपाल सरकारको स्थायी शिक्षकको नियुक्ति लिएको आज ठीक एक वर्ष पुरा भयो । उक्त अवसरमा तमाम शुभचिन्तकले व्यक्त गरेका शुवेच्छा, शुभकामनाहरु हर्दिक रुपमा सम्झिरहेको छु । तर मेरो मन भने स्थीर थियो । अस्थायी रुपमा शिक्षण गरेकै दशक नाघिसकेको र नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण पेसाका धेरै आयामहरु ज्ञात भैसकेकोले स्थायी नियुक्ति मेरा लागि खास नयाँ उत्साहको विषय थिएन । आज एक वर्षको समिक्षा गर्दा शिक्षण पेसाप्रति उत्साह हैन, बरु झनै नैरास्यता थपिएको छ । मेरा दिनहरु निकै कष्ठकर रुपमा बितिरहेका छन् । भविष्य के हो, कुनै पूर्वानुमान छैन । सबल पेसागत योजना बनाउनका लागि राज्यका ठोस नीति नियमहरु छैनन् । तर पेसालाई सम्मानित पेसा बनाउन खोज्ने, अलिअलि सृजनशीलता भएको, काम गरेरै धेरथोर पहिचान बनाउन खोज्ने र विद्यार्थी तथा समुदायमाझ अलिअलि लोकप्रियता हासिल गर्ने प्रलोभन पालेको, हात हालेको र जिम्मेवारी पाएको ठाउँमा जसरी भए पनि केही न केही त सुधार गर्नैपर्छ भन्ने जिद्दी स्वभाव भएको, पाइला पाइलामा आत्मसम्मान र स्वाभिमानप्रति अति सजग र पेसाबाटै आफ्नो वैयक्तिक, पारिवारिक जीवन पनि व्यवस्थित बनाउन खोज्ने मजस्ता व्यक्तिहरुका लागि भने यो पेसा ठीक पेसा होइन । हामीजस्तालाई यहाँ न कुनै आकर्षण छ, न त जोखिम मोलेर काम गर्न सकिने वातावरण नै छ । पठनपाठन कसरी उत्कृष्ठ बनाउने भन्ने विषयभन्दा यावत अन्य विषयहरुको चिन्ताले घेरिसकेको हुन्छ । केही आकस्मिक प्रतिकुल घटनाहरुका कारण पनि यो समय मैले सोचेजस्तो काम गर्न सकेन । तर यो सीमित समयको कुरा मात्र भयो । आज एक वर्षको समिक्षा गर्दा शिक्षण पेसाप्रति उत्साह हैन, बरु झनै नैरास्यता थपिएको छ । मेरा दिनहरु निकै कष्ठकर रुपमा बितिरहेका छन् । भविष्य के हो, कुनै पूर्वानुमान छैन । सबल पेसागत योजना बनाउनका लागि राज्यका ठोस नीति नियमहरु छैनन् । विद्यालय शिक्षा भनेको बालबालिकाहरुका लागि मोटिभेशनल कोर्स हो । तर हाम्रो शिक्षामा त्यही मोटिभेशनल कोर्ष शून्य छ । शिक्षक आफै मोटिभेटेड छैनन्, उनीहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ? यस्तो शिक्षाले देशमा के सुधार हुन्छ, यस्तो पठनपाठनले बालबालिकालाई के बनाउँछ ? यस्तो पेसाले शिक्षकहरु कस्तो जीवन बाँच्छन् ? मेरा मनमा हरबखत यिनै प्रश्नहरु घुमिरहन्छन् ।  अब यहाँ बसिराख्नुको एकै मात्र लालशा छ, कुनै दिन आफुलाई ठीक लागेको परिवेशमा आफुलाई ठीक लागेको तरिका र ठीक लागेको जिम्मेवारी अनुरुप काम गर्न पाइयो भने “विद्यालय शिक्षा यस्तो हुनुपर्छ” भनेर नमुना स्थापित गरीछाड्ने ! त्यो सकिएला वा मेराे कोरा सपना मात्रै पो होला । यद्यपि, सपना र दृढ संकल्प अनि अस्वभाविक महत्वाकांक्षाले बाँधिराखेको छ । नत्र भने पलायन हुने कि भन्ने प्रश्न भने निरन्तर उठिरहन्छन् मगजमा । हेरौं, कैलेसम्म टिक्न सकिन्छ र केसम्म गर्न सकिन्छ । यो कुरा मान्दछु कि, मेरो जस्तो अनुभूति अरु धेरैको नहोला । "त‍ोकिएको काम चुपचाप गर्ने, काम काट्ने र हिंड्ने, किन अनावश्यक टाउको दुखाउने ..!" भन्ने स‍ोच बनाएर काम गर्नेलाई यो गजवको पेसा पनि छ, तर यसले स्थापित परिपाटीलाई निरन्तरता दिनुबाहेक कुनै सुधार र कुनै नयाँ निर्माण गरेको देखिंदैन । यहाँ  अनेक प्रकारका जोखिम मोलेर अनेक 'हर्कत' अपनाएर काम गर्नुपर्नेछ ।  मलाई थाहा छ, अहिलेलाई यो हास्यास्पद कुरा हो,  मैले आफूलाई प्रमाणित गर्न धेरै समय लाग्नेछ । मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक सम्मान छ ।

थारू समुदायको सांस्कृतिक गन्तव्य कता ?

थारू समुदायको सांस्कृतिक गन्तव्य कता ?

५४३ दिन अगाडि

|

१ मंसिर २०८०

रामसागर चौधरी भर्खर दसैँ–तिहार चाडले हामी सामुबाट विदा लिएको छ । थारु समुदायको विभिन्न चाडपर्वहरुमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरुमा संस्कृति कम र आधुनिक तडकभडक नाचगान हुन थालेका छन्। अहिले थारु समुदाय परम्परागत संस्कृति त्यागेर आधुनिकीकरण गर्न लागेको अवस्था देखिन्छ।  सांस्कृतिक कार्यक्रमहरुमा नाचगानले प्राथमिकता पाएको छ । यस प्रकारको कार्यक्रमहरुमा समाजका समस्याहरुलाई प्रहसन, नाटक, गीत, ब्यङ्ग्य आदि प्रस्तुत गर्दा समाजको पिडा, खुसी, विकासबारे जनमानसमा गहिरो छाप छोडन सक्छन्। यसले समुदायलाई अभिप्रेरित गर्नेछ। समुदायमा देखिएको समस्याको उजागार गरेर समाज सुधारमा प्रयत्न हुन्छ। सडक नाटकले दर्शकलाई राम्रो सकारात्मक प्रभाव पार्छ। तर, थारु समुदाय नाचगान र मद्यपान मनोरञ्जनले क्षणिक आनन्दमा रमाउँदै ।  सृजनाका कुराहरु अगाडि बढाउने वा सिर्जनसिलतामा ह्रास भएको देखिन्छ। कलाकार, गीतकार, लेखक, युवाहरुमा सिर्जनसिलता ह्रास भएमा समुदायमा सामाजिक सम्बन्धको विकास अधोगतिमा जान्छ। समाज बेथितिको बाटोमा गर्इ पछाडि पर्दै जान्छ। आत्मविश्वास हटेर परतन्त्र भइ दाताको र्इसारामा चलायमान हुन जान्छ। अहिलेको आधुनिक परिवेशमा दगुर्न जरुरी पनि छ र आफ्नो परम्परा जोगाएर पहिचान पनि राख्नु छ। यहि द्वैध मनस्थितिले थारु समुदायबाट आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरुमा परिमार्जन हुन आवश्यक देखिएको छ।  नेपालको चौथो ठुलो जनसंख्या भएको थारु समुदायको सर्वाङ्गीण विकास भएन भने नेपालको सम्रग विकास हुन सक्दैन।  तसर्थ, संघ सरकारदेखि स्थानीय सरकारले आवश्यक कानुन बनाएर थारु समुदायलाई संरक्षित गर्नु आजको आवश्यकता हो। यसका लागि सबैले हातेमालो गर्नुपर्छ।  अहिले सबै पक्षबाट थारु समुदायलाई एक्ल्याउने, सुविधाबाट बञ्चित गर्ने, आफ्नो स्वार्थको लागि प्रयोग गर्ने काम भइरहेको देखिन्छ । पद, आर्थिक प्रलोभन र स्वार्थका लागि टाठाबाठाले नेतृत्व गरेर भँड्खालोमा खसालेकाले सचेत हुन आग्रह छ। मुल कुरा थारु जोगाऔं, नेपाल बचाऔं। पहिला माटी तब मात्र पार्टी।