Above Header
Above News Title

जितिया : एक संकल्पको पर्व

जितिया : एक संकल्पको पर्व

परिचय : आश्विन कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा वर्षेणी जीतिया पर्व थारु लगायत मैथिल तथा कोच राजवंशी महिलाहरुले ब्रतबसी मनाइने गरिआएका छन् । सनातन धर्मको निरन्तरता मानव समुदायले संसारभरि त्यस भूगोलको प्रकृति र संस्कृतिको अभ्यास हजारौं वर्षदेखि गर्दैछन् । पूर्व वैदिककालमा सूर्य देवताको रुपमा पुज्य मानिआएको परम्परालाई जीतिया ब्रत कथामा अत्यधिक महत्व दिनेगर्छन् । त्यसैले हिन्दु धर्माबलम्बी वाहेक अन्य पनि यसमा सरिक हुने गरेको छ ।
भनिन्छ “जीतिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे अपना ख्या भोइर थारी” तर यस भनाईले कतिपय सन्दर्भमा महिलाहरुप्रति नकारात्मक संदेश दिने गरेको हुन्छ । यथार्थमा जीतिया ब्रत आफ्ना लालाबालाको दीर्घायु, सुख तथा समृद्धिको लागि गरिने गर्छन् । यसलाई पवित्रताका साथ पकाएका परिकार ग्रहणगर्दा जसलाई स्थानीय भाषामा ओटघन भनिन्छ , पहिला जीतमहान देवतालाई चढाए पश्चात मात्र आफ्नो भोजनका लागि प्रयोग गर्ने हो । ब्रत बस्ने ब्रतालु ओटघन राती चराहरु चीरविर गर्नुअघि नै सकाउनुपर्छ । यो प्रक्रिया वहुत शान्तपूर्वक सम्पन्न गर्नुपर्छ । 
जीतिया मनाउने महिलाहरु दशगज्जा पारी धेरै छन् । मिथिला पात्रोमा यसबारे उल्लेख हुने गरेको छ । साथै नेपालमा नवलपुर देखि झापासम्म परम्परा देखि जीतिया ब्रत लिने गरेको छ । यसरी  नेपालको एक चौथाई जनसंख्या जीतियामा सहभागिता जनाउने गर्छन् । संघीय शासन प्रणालीमा यसलाई क्षेत्रीय पर्वको रुपमा बुझाउने गर्दैआए । नवलपुर तथा चितवन जिल्लामा बसोबास गर्दैआएका थारु वर्षेणी विदा नपाएको गुनासाहरु अभिव्यक्त गरिरहन्छ ।
ऐतिहासिक पृष्ठभूमि :     
जीतिया पर्व थारुको भएको भएको दावी गर्नेहरु छन् । यसलाई कहिलेदेखि थारुले मनाउँदै आएको यकिनका साथ भन्न सकिंदैन् । पूर्वि नेपालमा मिथिला ज्ञानको श्रोतमा धनि मानिन्छ भने वंगाल तन्त्र र संस्कृतिमा सम्पन्न । यी दुई भूक्षेत्रको अन्तरघुलनबाट साझासंस्कृतिको विकास भएको बुझाउने गर्छ तर जीतियाको ब्रतकथा सुन्दा भाष्य अलग अलग निर्माण हुनपुग्छ । 
आश्विन कृष्ण सप्तमी तिथीमा ब्रतालु महिलाहरु पोखरी, तलाऊ, नदीमा स्थान गरी पूजा गर्ने कामलाई लहाई भन्ने गरीन्छ । विहान स्थान गरी पूजा सम्पन्न गरी सकेर उनीहरु ओटघनका लागि सामान व्यवस्थापनमा लाग्छन् ।  यसमा फलफूल, माछा, भात, तरकारी, च्युरा जे रुचिकर लाग्छ राती तयारी गर्न जुट्छन् । त्यसैले यो पर्वमा ओटघनका लागि माछ–मरुवा(कोदो जस्तै अन्न) व्यवस्था गरिन्छ । त्यसपछि उपवास वस्ने हो र उपवासमा यतिसम्म कि आफ्नो थुक निल्न समेत वर्जित मानिन्छ । नवमी तिथिमा विहान स्थान गरी जीतमहानको पूजा सकेर आँगनमा पाँच दाना बौटरा भिजाएको एक साथ निल्नु पर्ने हुन्छ । त्यसपछि पारन दही च्युरा खाई ब्रत तोडिन्छ । उपवासको दिन जीतिया ब्रतकथा श्रवण गरेर मनोवल उच्च बनाउनुपर्छ । 
सियार र चिल्हको दौतरी कथा समेत यसमा जोडिने गर्छ । कथा अनुसार मानिसहरु नदी किनार अथवा तलाउमा स्नान गरी आश्विन कृष्ण सप्तमी तिथिमा घेराको पातमा तोरीको पीना, माटो, जीतियाको फूल आदिले पूजा गरेको देखेर उनीहरुले आपसमा नै जीतियाको महत्व बारे केही बुझाई निर्माण गरी जीतिया ब्रत लिने अठोट लिन्छन् । तर विधी मिलाई सियार र चिल्ह जीतिय ब्रतको तयारी संगै जब ओटघन खाएर उपवास बस्छन् उनीहरुलाई राती कसरी कटाउने होला भनेर चिन्ताले सताउन थाल्छ । चिल्ही रुखको माथि र सियार फेंदमा रात विताउँदै गरेको हुन्छ । चिल्ही भोक प्यासले आजित हुँदा समेत यो कठोर ब्रत आफ्नो सन्तानको दीर्घायु, खुसियालीका लागि संकल्पका साथ पुरा गर्न तिर लागे । सियार भने भोकले हैरान भएर राती सबै सुतिसक्दा अलि पर गाडिएको सिनो खान पुगे । यसरी ब्रतको विधी भंग गरे सियारले । त्यसपछि जब उनीहरुको बच्चा जन्मिने क्रममा चिल्हीको बच्चा स्वस्थ्य थिए भने सियारले मृत बच्चा पाए । जीतिया ब्रतको प्रभाव यसखाले कथाबाट पुष्टी गर्न खोजेका हुन । 
यस धरतिमा एक राज्य शैव्या पटनी थिए जहाँ प्रतापी राजा सरी वाहन राज गर्दथे । धेरै समय पश्चात राज दरवारमा एक राजकुमारी जन्मे । नाम मासवासी राखियो । समय वित्दै जाँदा मसवासी यौवना र एक सुन्दर नारी भइन । राजा सरी वाहन छोरीको विहे गराइदिन चाहे तर उनी विहे नगर्ने निर्णय सुनाइन । राजा चकित परे साथै छोरी जिद्दी समक्ष उनको डेग चलेन । राजा आफ्नी छोरीको लागि अलगै घर बगैंचामा बनाइदिइन । केही सुसारे पनि व्यवस्था गरिदिए । मसवासी एक विहानै उठी स्नान गरेर पूजा गरिरहे । उनको संकल्प थियो कि सूर्यको दर्शन वर्जित हुनुपर्छ । यसरी नै दिनहरु वित्दै थिए । 
सूर्य देवता एक दिन छल गरे । जति वेला स्नान गरी पूजाको लागि मसवासी वाहिर निस्के, समय अगावै सूर्य क्षितिज बाहिर देखिए । मसवासी सूर्यको दर्शन नचाहेर पनि हुनपुग्यो । त्यसको प्रभावले मसवासी गर्भवति बने । राजा आश्चर्य चकित भई यसबारे थप जानकारी लिन थाले । मसवासीलाई अपहेलित हुनुपर्यो । तथापी कोखमा ९ महिना पोषण पालन गरी बच्चा जन्म दिए । नाम राखे जीतमहान । सबैले जीवमहानलाई बिना बाउको छोरा भनि हेप्थे । 
एक दिन बालक जीतमहान साथीहरुसंग खेल्न जंगल छेऊ पुगे । त्यहाँ खेलको नियम बनाउँदा साथीहरु चलाखी गरे । उनीहरुलाई थाहा थियो कि जीतुवाको बाउ को हो थाहा छैन । त्यसैले खेलमा आमाको नाम लिई खाल्टोमा पस्ने र निस्किंदा बाऊको नाम लिएर निस्किने भनियो । अब सबै साथीहरु सो नियम पालना गरी पस्ने र निस्किने खेल खेलेर रमाउँदै थिए । पालो जीतुवाको आयो । यो खेल भन्दा अगाडि खेलिने सबै खेलहरु जित्ने गरेको जीतुवा यस पटक मासवासीको नाम लिएर खाल्टोमा त पसे तर बाऊको नाम थाहा नहुँदा निस्किन सक्ने भएन । 
साथीहरु थप उपहासको पात्र बनाए । जब जीतुवाको आमाले यसबारे थाहा पाइन, त्यसपछि त्यहाँ पुगेर जीतमहानलाई सत्य तथ्य बनाए । जीतमहान वाहिर निस्के तर उनलाई चित बुझेको थिएन । अन्ततः उनी आफ्नो बाऊ खोज्न हिडे । आमाको लागि थप पिडादायी बन्यो । निकै पर पुग्दा थकित जीतमहान दृढ संकल्पित थिए लक्ष्य चुम्न । त्यसैले उनको लक्ष्य तिरको यात्रा जारी रह्यो । त्यसबाट निकै कष्ट भोग्न थालेका जीतमहानलाई सूर्य देव मनुष्य रुप धारण गरेर अगाडि देखा परे । तिम्रो वाउ  मै हुँ भनि सूर्य देवले सम्झाउन खोजे । जीतमहानले कसरी पत्याउने मैले भनि जवाफ मागे । सूर्य देवलाई अब आपत आइलागे । यसलाई सुल्झाउन उनले जीतमहानलाई फर्केर घर जान मनाए । बदलामा उनले यो पनि सम्झाए कि मत्र्यलोकमा महिलाहरु आफ्नो बालबच्चा लगायत सबैको कल्याण होस् भनि यदि आश्विन महिनाको कृष्ण सप्तमी शनिवारको दिन स्थान गरी पूजा गर्ने, अष्ठमी आइतवारको दिन उपवास बस्ने तथा नवमी सोमबारको दिन पारन गरी ब्रत सम्पन्न  गर्ने हो भने तिम्रो शक्तिको प्रभावले ब्रतालुहरु अपेक्षित फल प्राप्त गर्नेछन् । यसबारे आफ्नो गाउँ ठाउँमा परम्परा बसाल्न लगाइयो । त्यसरी ब्रत उठान गर्दा फल प्राप्तिको अनुभव गर्दा यसको विस्तार भएर गयो । त्यसैले उपरोक्त विधी पुरयाएर गरिने जीतिया खरजीतिया भन्ने चलन छ । शुरुमा जीतिया यसरी उठान गरेर पछि सप्तमी, अष्ठमी र नवमी तिथि जुनै दिन परे फरक पर्दैन । जीवनमा निरन्तर जीतिया ब्रत लिने गरे अकसर छोरी अथवा वुहारीले जीतिया उठाए पश्चात ब्रत अन्त्य गर्दा पनि हुन्छ । यस अर्थमा जीतिया अन्य क्षेत्रमा मनाईने तीज भन्दा मुल्यमान्यताको हिसावले नै अलग हुन् ।
जीतियाको दार्शनिक पक्ष : 
जीतिया कथामा जीतियाको दार्शनिक पक्ष बारे उल्लेख गरिएको छ । यसलाई साँख्य दर्शनसंग तुलना गर्न सकिन्छ । सृष्टी सम्बन्धि ज्ञानलाई जसरी साँख्य दर्शनमा प्रकृति र पुरुष सापेक्षित सत्यको रुपमा बुझाउने गरिन्छ, सोही बमोजिम जीतिया ब्रतकथामा अन्धा–अन्धिको विवेचना छ । अन्धालाई अन्धिले प्रश्न गर्छ कि हे प्रीय कुन चराको आवाज हो र कुन चाही दिशामा बोलेको हो ? अन्धाले यी प्रश्नको जवाफ दिन चाहेको थिएन तर अन्धिले जिद्दी लिएपछि अन्धाले यसमा मेरो मृत्युको कारण लुकेको बताए । त्यसपछि अन्धाले ईश्वर रुपी कदभोरका चरा पूर्व दिसामा बोलेको बताएपछि अन्धा मारिए । कथा अनुसार अन्धाको पाउ हात उखेलेर चार दिसा पूर्व, पश्चिम, उत्तर र दक्षिणमा फालिए । त्यसैगरी पेट आकाश र पिठ्यु पाताल बन्यो । रगत समुद्री जल बन्यो । दुई आँखा मध्ये एक चन्द्रमा र अर्को सूर्य बन्यो । यसरी ब्रह्माण्डको सिर्जना भएको वर्णन गरिन्छ । अन्धि आफ्नो पति वियोगमा कदभोरका चरालाई पछयाउँदै लखेटे । भगवानको रुपधारण गरेर कदभोरका चरा भागे तर कहीं आश्रय मिल्ने सम्भावना नदेखे पछि अन्धिसंग माफी माग्दै यो ब्रह्माण्डमा जीव विकास गर्ने कुरामा विश्वास दिलाए । त्यसबखत पुरै जलमग्न रहेको परिवेशमा पतालबाट माटो ल्याउने जिम्मा गोरा माछालाई दिएको तर त्यो असफल भएपश्चात नायर माछालाई सो जिम्मा दिई पठाए । नायर माछा केही माटो ल्याउँदा माटोको जोरन राखी धरती बनाउन सफल भएको र जीव विकासमा सफलता प्राप्त भयो । यहाँ वनस्पतिमा सर्वप्रथम कुशको उत्पति भएको विषय उठान गरेको र यी कथाको सार हेर्दा प्रकृति र पुरुषको विम्बको रुपमा अन्धि र अन्धा लिन सकिन्छ । साँख्य दर्शन अनुसार चौविस   तत्वहरु गन्ती गरिन्छ जहाँ पुरुष निष्काम अर्थात् गतिहिन रहेको बुझाउँछ । त्यस्तै प्रकृति परा र अपराप्रकृति गरी वर्गीकरण गरिएको छ ।  प्रकृति चञ्चल र सत्य रहने परिभाषा सापेक्षित छ तर अन्धी चञ्चल देखिए पनि अन्धाको मृत्यु तर्कसंगत विषय पुरुषको सन्दर्भमा मान्न कठिन भयो । 
परम्परा र संस्कृति ः    
जीतिया विभिन्न स्थानमा फरक फरक तरिका तथा विधी अपनाई मनाइने गरेको छ । तथापी जीतिया  थारुको मौलिक संस्कृति भित्र पर्छ । यसबाट थारुको सृष्टी सम्बन्धि अलग दृष्टीकोण छ भन्ने पुष्टी गर्न सकिन्छ । थारु प्रकृति पूजक हुन र प्रत्येक घटनालाई शक्तिव्यूह मार्फत विवेचना गर्न सक्नुपर्छ भनि विश्वास प्रणालीको निर्माण गर्छ । यहि परम्परालाई थारु अरुभन्दा आदिकालको अस्तित्व दावी गर्ने भएका छन् । 
संस्कृतिको रुपमा यहाँ मैले केही मनोवैज्ञानिक पहेली उजागर गर्न खोजें । त्यो के भने  जीतिया सफलताको लागि आशिष दिने पर्व हो । सामाजिक–साँस्कृतिक अभियानको रुपमा यसलाई निरन्तर चलाउने जिम्मेवारी त हो नै तर ज्ञानको तहमा जीतिया ब्रतकथाले छुवाछुछलाई कतै ठाउँ दिएको पाईदैन । त्यसो त नेपालमा कानुनी हिसाबले नै छुवाछुत सो सरह अर्थात् मासिन्या मतवालीको समाजिक दर्जा दिएकै हो(मुलुकी ऐन, १९१०) । लामो समयसम्म थारु यो राज्य संरचनामा औपनिवेशिकता भोग्दै आए । भारतमा समेत चमार जात भनेर थारुलाई छुवाछुत गरेकै हुन । तसर्थ, थारु छुवाछुत अंगालेको निकै पछि मात्र हो । यदि थारुले जीतिया मार्फत छुवाछुत विरुद्धको अभियान चलाउने काम गरे नेपालमा सामाजिक क्रान्ति कम समयमा पूरा गर्न सकिन्छ । थारु आफ्नो विगत र राज्य उत्पीडनबाट औपनिवेशिकता भोग्दै आएकोले थारुको आवाज यसका लागि विगुल फुके सरह हो । थारुलाई यो अभियान मार्फत तीन तहमा फाइदा प्रत्यक्ष रुपमा हुनेछ । 
(क) थारुका विवेकी पूर्खाहरुले निर्माण गरेको ज्ञान प्रणाली साझा गर्न मद्दत मिल्छ । त्यसको आधारमा थारु बाँकी पहिचान भन्दा अलग रहेको पूष्टी गर्न सघाउँछ । साथै थारु समाधानकर्ता हुन भनेर दावीलाई ठोस बनाउँछ । 
(ख) राजनीतिक तहमा थारु नेतृत्व गर्न सक्षम रहेको बुझाई सार्थक बनाउँछ । अभियानले शक्ति संचय गर्दा संघर्षका लागि थप आँट बढेर जान्छ । राजनीतिक कर्मको रुपमा संघर्षका लागि अधिक संख्यामा रहेका थारुलाई समाहित हुने अनि राजनीतिक पाराडाइममा आएको परिवर्तनले बनेको स्पेस कब्जा गर्न विद्रोहको तयारी गर्न सघाउँछ । 
(ग) आर्थिक तहमा एकिकृत योजना लागू गर्न सघाउँछ । शिल्पी समूह हाल छुवाछुत भोग्न विवश  देखिएको कारण उनीहरु निश्चित घेराभित्र कैद जस्तै छ । जब उनीहरु छुवाछुतको जंगीरबाट मुक्त  भई सीपको सहज प्रयोग गर्छन, विकास प्रक्रियामा सहभागी हुनेछन् । उत्पादन सम्बन्ध नयाँ ढंगले विकास भएर जानेछ । उत्पादन शक्तिको उचित व्यवस्थापन भई असलमा प्रतिस्पर्धा उत्पादनका लागि तब मात्र सम्भव बन्छ । 
अन्त्यमा, जीतियाको मुल्य मान्यता थप उन्नत बनाउन परम्परादेखि चलिआएको ज्ञान प्रणाली विकसित बनाउँदै जानुपर्छ । त्यसो त जीतियामा कृषीसंग सम्बन्धित थारु लगायत अन्यको आर्थिक अवस्था नाजुक छ र उनीहरु माइत आएका आफ्ना चेलीहरुलाई घर पठाउँदा चिन्तित हुनुपरेको छ, तथापी कर्मयोगी जीतिया फलदायी बनाउन शिक्षित ब्रतालु दिदीवहिनीहरु विवेक प्रयोग गरेर नेतृत्व लिन सक्नैपर्छ । कमजोर थारु राष्ट्रियताको जगमा निरन्तरताको क्रमभंगता गर्न असर्थ जस्तै बन्नु अब स्वभाविक होइन । सारमा थारु आफ्नो साँस्कृतिक भ«मीको संरक्षणकर्ता भएर आउन जीतिया जस्तो माहोललाई सही तवरले उपयोग गर्ने हो । 
जीतिया ब्रत लिएर एक संकल्पको तयारीमा रहेका सम्पूर्ण ब्रताल« दीदिवहिनीहरुमा सफलताको कामना सहित अपेक्षा गरिएका फल प्राप्त होस् भनि हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित:

२९३ दिन अगाडि

|

९ असोज २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१००८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१०४२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१०५२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१००७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

९५६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०१२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

९४५ दिन अगाडि

|

२७ मंसिर २०७९