Above Header

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकेहेर संस्कृति संरक्षण गर्न दस्तावेजीकरणको अभियान थालेको छ । 

गढवा–७, मानपुरको मरुवास्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले बृत्तचित्र निर्माणको असोज १३ गते आइतवार शुभारम्भ गरिन् । सो अवसरमा उनले थारु समुदायका गुरुवा, ढकेहेरलगायतका मन्त्रको दस्तावेजीकरण गर्ने काम स्थानीय निकायको भएकाले थोरै भए पनि गढवा पालिकाले निर्माता थाकसलाई सहयोग गरेको बताइन् । 

अवको एक सातासम्म मानपुर गाउँको मरुवा परिसरमा भिडियो खिचिने तथा ५० देखि ६० घण्टाको फुटेज दस्तावेजीकरण गर्ने योजना रहेको ढकेहेरसम्बन्धी बृत्तचित्रका निर्देशक उदय आलेले बताए । उनले बृत्तचित्र थारु, नेपाली र अंगे्रजी भाषामा बनाइने तथा मन्त्रको छुट्टै ग्रन्थसमेत प्रकाशन गरिने सोच रहेको बताए । 

त्यस्तै, थाकस क्षेत्र नं १ का वरिष्ठ सल्लाहकार राजेन्द्रप्रसाद चौधरीले कुनैबेला ढकेहेर आशाराम चौधरीका मन्त्र रेकर्ड गर्न खोज्दा अनुमति नपाएको स्मरण गरे । उनले भने, ‘आज ढकेहेर आशारामले भिडियोमा आफ्ना मन्त्र दस्तावेजीकरणमा सहयोग पुर्याइ रहेकोमा खुशी लागेको छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले ढेकेहेर गुरुवाहरुको ज्ञान दस्तावेजीकरण गर्न अत्यावश्यक रहेको औंल्याउदै महत्वपूर्ण कार्यको थालनी गरेकोमा थाकसको सराहना गरे । उनले बृत्तचित्रको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै कम्तीमा किम्फ महोत्सवमा छनोट हुन सक्ने स्तरको बनाउन सुझाए । 

हरेरीलगायत विभिन्न पूजाआजामा ढकेहेर, अन्य गुरुवाहरुको मन्त्र वाचनले प्रथाले समुदाय तथा गाउँमा आरोग्यताको कामना गर्ने, बालीनाली र पशु चौपायामा लाग्ने रोगहरुको प्रतिरक्षा गर्ने, उत्पादनमा बृद्धि हुने र गाउँको रोगव्याधि र महामारीलाई नियन्त्रण गर्ने परम्परागत मान्यता रहेकाले यसलाई जोगाउन अपरिहार्य रहेको अन्य वक्ताहरुको भनाइ थियो । 

थाकस, क्षेत्र नं १ का सभापति प्रकाश चौधरीले यो एक किसिमको सप्ताह जस्तो भएकाले छायांकन हुने हरेक दिन ढकेहेरको मन्त्र वाचन श्रवण गर्न आउने श्रोताहरुलाई चामल, फलफूल, भेटी लिएर आउन आग्रह गरे । 

कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, सल्लाहकार चेतराम चौधरी, ढकहेरका मुख्य गुरुवा आशाराम चौधरी लगायतले पनि आआफ्नो मन्तव्य दिएका थिए । थाकस क्षेत्र १ का वरिष्ठ उपाध्यक्ष गोकुलप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्कट चौधरीले गरेका थिए ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीको आयोजना, थाकस गढवाको सहआयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा लोपोन्मुख ढकेहेर संस्कृति संरक्षणसम्बन्धी बृत्तचित्र निर्माण हुन लागेको हो । 


 

प्रकाशित:

१४ दिन अगाडि

|

१५ असोज २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६७२ दिन अगाडि

|

२७ मंसिर २०७९