Above Header
Above News Title

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको पाँचौ दिन कार्तिक ७ गते विहीवार जुम्लाको सदरमुकाम होटल दौंतरीमा रइनपाइचान कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलगायत लेखक, जनप्रतिनिधिहरुसंग साक्षात्कार गरिएको छ ।

कार्यक्रममा जुम्लाको तातोपानीमा कार्तिक ८ गते तथा सिंजामा ९ गते गरी दुई दिन कार्यक्रम हुने लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा धु्रवप्रसाद भट्टराईले जनाए । उनले १३औं संगोष्ठीमा ९० वटा कार्यपत्र प्राप्त भएकोमा ९० प्रतिशत कर्णाली क्षेत्रकेन्द्रीत रहेको जानकारी दिए । 

कार्यक्रममा पुस्तान्तरण नभएर हराउने चिन्ता भएकाले अभिलेखीकरणमा पछि परेको कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न जुम्लाका युवाहरुले आग्रह गरे । कर्णालीको जुम्लामा लोकवार्ताबारे यो ऐतिहासिक जमघट भएको जनाउँदै रारामात्रै घुमेर नजान आग्रह गरे ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको पुस्तकालयमा कर्णाली कर्नर खोलेकाले कर्णालीका बारेमा लेखिएका पुस्तक उपलब्ध गराइ दिन आग्रह गरे ।  

प्राडा माधव पोख्रेलले कर्णाली जीवन्त संग्रह रहेको धारणा राख्दै  लोकको चिनारी बोक्ने गाउँकै ब्यक्ति भएकाले आफूहरु यहाँ सिकाउन भन्दा सिक्न आएको बताए । 

डा कुलराज निरौलाले लकर्णालीको लोकसंस्कृति जोगाउन यही क्षेत्र जाग्नुपर्छ भन्ने धारणा राखे । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष मनोहर लामिछाने तथा उपमहासचिव डा धनेश्वर नेपाल कर्णाली क्षेत्रमा कार्यक्रम गरिनुपर्छ भन्नेमा आफूहरु यही क्षेत्र भएकाले जोड गरेको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले सबैलाई स्वागत गर्दै लोकसंस्कृतिका अध्येताहरुलाई जुम्लामा जहिले पनि स्वागत रहने धारणा राखे । कार्यक्रमका स्थानीय संयोजक राजबहादुर कुँवरले समग्र कर्णाली तथा खास गरी जुम्ला चिनाउन लोकवार्ता टोलीका अभियन्ताहरुलाई आग्रह गरे । उता गायिका पञ्चकली बुढाले कर्णालीबारे सुमधुर गीत प्रस्तुत गरेकी थिइन् । 

लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महेश नेपालीले गरेका थिए । 

कालिकोटको मान्ममा पनि संगोष्ठी सम्पन्न

यसैगरी, कार्तिक ६ गते कालिकोटको मान्मस्थित जिल्ला समन्वय समितिमा संगोष्ठी भएको थियो । त्यहाँ मोतीराज बमले कर्णालीमा प्रचलित ढुस्को खेलबारे, धनजित शाहीले खाँडीचक्रको ऐतिहासिकताबारे, प्रदेश सांसद हिक्मत बहादुर शाहीले एक विराट व्यक्तित्वः नरहरिनाथबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, वेदप्रसाद पाण्डेले कर्णालीमा प्रचलित आशिका परम्पराबारे, दुर्गा काफ्लेले कालिकोटको लोकसंस्कृति तथा लोकसाहित्यबारे, शान्ति अधिकारीले कर्णालीको लोकसंस्कृतिको पोकोबारे, डा माधवप्रसाद लामिछानेले नाथ परम्परामा तन्त्रमन्त्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र सत्रको अध्यक्षता प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए । 

कार्यक्रममा सांस्कृतिक अभियन्ता शान्ति अधिकारी, मनबहादुर विश्वकर्मा, चित्रसिह गाउँलेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिक्मत बहादुर शाहीले सम्मान गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्थानीय कलाकारबाट हुड्केली नृत्यका साथ आयोजकबाट मान्म बजार परिक्रमा गरिएको थियो । 

कार्तिक ८ गते जुम्लाको तातोपानीमा संगोष्ठी कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ । कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा गरेका थिए ।

प्रकाशित:

२०१ दिन अगाडि

|

७ कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९