Above Header
Above News Title

स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नागरिक उन्मुक्तिको पार्टीको चुनावी समिक्षा सम्पन्न
स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बर्दिया क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य तर्फ नवनिर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

रेशम चौधरीको बर्दिया २ बाट उम्मेदवारी खारेज पछि उनको ठाउँमा बुवा लालवीर चौधरीको उम्मेदवारी रहेको थियो । उनी स्वतन्त्रबाट नल्का चिन्ह लिएर चुनावी मैदानमा आएका थिए ।

उनले भने, म नागरिक उन्मुक्तिको केन्द्रिय सल्लाहकार हुँदै गर्दा पछि राज्यको नीति नियमले म स्वतन्त्र भएर उम्मेद्वार भए तापनि आज यस पार्टीले जुन गरिमामय जिम्मेवारी दिएको छ । मलाई जिम्मेवारी बोध भएको छ । नागरिक उन्मुक्ति पार्टीले मलाई बुवाको रुपमा सम्मान दिएको छ । मलाई लाग्छ म युवाकै रुपमा काम गर्न तयार छु । यो गरिमामय जिम्मेवारी दिएकोमा हृदयदेखि नै आभारी छु ।

उनी बोल्दा बोल्दै  एक्कासी भक्कानिए । नागरिक उन्मुक्ति पार्टीकी  अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सम्हालेकी थिइन् ।

 

आज शुक्रबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्र सुरु भएको छ । अध्यक्ष श्रेष्ठले गमलामा पानी राखेर प्रतिकात्मक रुपमा कार्यक्रम उद्घाटन गरिन् ।

दीप प्रज्वलन गरी राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम सुरु भएको थियो ।

सहिदहरुप्रति सम्मान स्वरुप १ मिनेट उठेर मौन धारण पश्चात बागमती प्रदेशका संयोजक दीप तामाङले स्वागत मन्तव्य राखेका थिए । 

त्यसपछि नागरिक उन्मुक्ति पार्टीकी संस्थापक केन्द्रिय सदस्य गीता चौधरीले बैठकको उद्देश्यको बारेमा प्रकाश पार्दै भनिन्, 'नागरिक उन्मुक्ति पार्टी मुद्दाले जन्मिएको पार्टी हो । हिजो दिनमा हामीले जुन समस्याहरु भोग्यौँ । यो केन्द्रिय समितिको बैठकले ती समस्याहरुलाई जुध्नका निम्ति झन् बलियो आधार बनाएर हामी अगाडी बढ्ने मार्गनिर्देशन बन्नेछ भन्ने विश्वास गरेकी छु । हाम्रो मुद्दा अझै बाँकी छ । हामी सडक र सदन दुबैमा लड्ने छौँ ।'

कार्यक्रम  समापन  रन्जिता श्रेष्ठ चौधरीले गरेकी थिइन् । उनले सम्पूर्ण मतदातालाई धन्यवाद र निर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले भनिन् ,नागरिक उन्मुक्ति पार्टी देशको सुदुरबाट  वैकल्पिक शक्तिको रुपमा उदाएर आज  देश भरी नै छाएको छ । हामीले हाम्रो माग र मुद्दालाई कहिल्यै पनि नबिर्सौ । न्यायको लागि आवाज उठाउने अनि न्यायको लागि लड्न तत्पर भएर चुनावी मैदानमा होमिएका हामीले कतिपय ठाउँमा हार अनि कतिपय ठाउँमा जीत हामीले दुबै प्राप्त गरेका छौँ । हामी हारेर पनि जितेका छौँ ।

प्रकाशित:

१०२१ दिन अगाडि

|

८ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०९४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११२९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११३८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०९३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०४३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०९९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१०३१ दिन अगाडि

|

२७ मंसिर २०७९