Above Header

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक

दलको नेतामा रञ्जिता श्रेष्ठ चौधरी, प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरी
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ । उक्त दलको काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले जानकारी दिए । यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ । उक्त दलले आगामी २०८० साल बैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टिकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पत्रकार सम्मेलनमा दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने विश्वास दिलाईन् । उनले आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने स्पष्ट पारिन् । उनले आफ्नो दलका जननी रेशम चौधरीलगायत राजबन्दीहरुको रिहाईको माग गरिन् ।

टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा ४ सिट जितेको छ । पार्टीकै समर्थनमा बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र चुनाव जितेका रेशमका बुवा लालवीर चौधरी हालै नागरिक उन्मुक्ति​ पार्टीमा प्रवेश गरेका छन् । 

प्रदेशतर्फ नागरिक उन्मुक्तिले प्रत्यक्षमा ७ सिट जितेको छ । यससँगै नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ४, सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो ।

 

प्रकाशित:

४९४ दिन अगाडि

|

१० पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

५६९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६०४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६१४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

५६९ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

५७४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५१८ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५०७ दिन अगाडि

|

२७ मंसिर २०७९