Above Header

एक चिम्टी सहयोग, एक मुठी खुसी 

एक चिम्टी सहयोग, एक मुठी खुसी 

महेशविक्रम शाह

कसैले हामीसंग मद्धत माग्यो भने प्राय: हाम्रो जवाफ हुन्छ- 'काम पर्यो भने मात्र सम्झन्छन् । अघिपछि त वास्तै गर्दैनन् ।' हामीलाई त्यसबेला यो सारा संसार स्वार्थी लाग्छ । उसले भनेको काम गरूँ कि नगरूँ ? मन दोधार हुन्छ । काम गरिदिएको भोलिपल्ट फेरि कहिले एक कल फोन पनि गर्ने होइन । कहिलेकाहीं मन नलागेर पनि बिभिन्न कारणले अरूको काम गरिदिनुपर्ने हुन्छ ।

तपाईंले पनि अनुभव गर्नु भएको होला । कतिपयले कामकै निहुँले वर्षौंपछि सम्झिन्छन् । सम्झेकोमा खुसी लाग्छ । तर कुरा गर्दागर्दै उ भन्न थाल्छ-'हेर्नु न... मलाई समस्या पर्यो । फलानोलाई भनिदिनु पर्यो । तपाईंले भनिदिएपछि काम भइहाल्छ कि !!' तेतिबेला झनक्क रीस उठ्न सक्छ । कहाँ उसले सम्झ्यो भनेर मन गदगद भएको !! काम परेर पो सम्झेछ है !!

मेरो विचारमा उसलाई काम परेर तपाईंलाई सम्झिनु नै ठूलो कुरा हो । भलै तपाईंलाई रीस उठोस् । स्वार्थी भनेर गाली पनि गर्नु होला तर उसले तपाईंलाई सम्झेको त हो नि ! यो स्वार्थी संसारमा काम परेर सम्झिनु पनि त महत्वपूर्ण हो । अझ विशेषगरी समस्यामा पर्दा तपाईंलाई कसैले सम्झिनु झन् विशिष्ट कुरा हो । आफू समस्या तथा सङ्कटमा पर्दा उसले तपाईंलाई समस्याको समाधानकर्ता तथा सङ्कटमोचकका रुपमा सम्झ्यो भने उसले तपाईंलाई अँध्यारोमा बाटो देखाउने टर्च लाइट सम्झ्यो । दृष्टिविहीनलाई मार्ग देखाउने सहारा सम्झ्यो । यो त झन् गजबको कुरा हो । होइन र ?

                                                                                                                                                                               महेशविक्रम शाह

संसारमा हरेक कुराका विकल्पहरु छन् । तपाईं कहिले यो सोच्ने धृष्टता नगर्नुस् कि उसलाई साथदिने तपाईं मात्र हो । उसका अन्य विकल्पहरु नभएको होइन । खोज्दै गयो भने थुप्रै विकल्पहरु सामुन्ने प्रकट हुन्छन् । बुद्धले भने झैं- दु:ख निर्वाणका मार्गहरु छन् । तर ती वैकल्पिक मार्गहरु हुँदाहुँदै पनि आफ्नो दु:खमा उसले तपाईंलाई सम्झ्यो । मनमा केही स्वार्थ, केही आशा, केही अपेक्षा राखेर भए पनि उसले अरूलाई नसम्झेर तपाईंलाई सम्झ्यो । तपाईंलाई यस अर्थमा सम्झ्योकि उसको मनमा तपाईंप्रति विश्वास जाग्यो । यो मान्छेले पक्कै पनि मेरो समस्या सुनेर केही न केही गरिदेला नै । तपाईंको स्मरण मात्रले पनि समस्याको गाढा अँध्यारोले टाक्सिएका उसका आँखाहरुमा उज्यालोको न्यानो किरण प्रवाहित हुन सक्छ । एक क्षणलाई भए पनि तपाईंको सम्झनाले उसको मन खुसीले दङ्गपर्न सक्छ । कुनै व्यक्तिको हृदयमा तपाईंप्रति यस खालको हार्दिक भावना जागृत हुनु तपाईंका लागि उमङ्ग र उत्साहको कुरा होइन र ?

'उसका लागि यो संसारमा तपाईं बाहेक अरू कोही छैनन् ।' यस्तो सोच्नु मुर्खता हो । कसैको समस्या समाधानमा तपाईंले चासो देखाउनु भएन भने पनि उसको समस्या ज्युँका त्युँ जहाँको त्यहीँ रहँदैन । यो लोकमा परिवर्तन बाहेक अरू सबै परिवर्तनशील छन् । अनित्यता संसारको नियम हो । मान्छेको सुख मात्र होइन, मान्छेको दु:ख पनि क्षणिक हो । सफलता क्षणिक हो भने असफलता पनि क्षणिक हो । तपाईंले कसैको दु:खमा साथ दिनु भएन भने पनि उसले निश्चय नै समाधानको अर्को मार्ग पहिल्याउँछ । र उसको जीवन अघि बढ्छ । अघि बढ्नु नै जीवनको प्राकृतिक स्वभाव हो ।

चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ?

चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ? झन् उसको मन कति गदगद हुन्छ होला ? कहिले यस कुराको अनुमान गर्नुभएको छ ? कतिपयले भनेको सुनिन्छ- 'फटाहा मान्छेलाई जति सहयोग गरे पनि जस दिने होइन ।' जसका लागि गरिने सहयोगबाट खुसी प्राप्त हुँदैन । निरासा र कुण्ठा दिन्छ । सहयोग माग्नेले जेजस्तो सोचे पनि तपाईं भने निस्वार्थ भावले सहयोग गर्नुहोस् । यही भावनाले नै तपाईंलाई सन्तोष दिन्छ । खुसी दिन्छ । सकारात्मक उर्जा दिन्छ ।

मैले जीवनका विभिन्न मोडमा त्यस्ता धेरै व्यक्तिहरु भेटेको छु, जसलाई आपतमा पर्दा मैले सहयोग गरेको थिएँ, तर मलाई सम्झना थिएन । उनीहरु नै मप्रति कृतज्ञ हुँदै मलाई सम्झना दिलाउँथे कि मैले कहाँ, कहिले उनीहरुलाई सहयोग गरें । त्यो सानो सहयोगका लागि पनि जीवनभर अनुगृहीत ती व्यक्तिका कुरा सम्झेर मन अहिले पनि रोमाञ्चित हुन्छ । सोच्नुहोस् तपाईंले कसैलाई भनिदिंदा मात्र पनि उसको काम बन्छ, समस्या समाधान हुन्छ र उसको उद्धार हुन्छ भने किन सहयोग नगर्ने ?

हेक्का राखौं- अरूलाई सहयोग गर्न सक्ने अवसर र हैसियत सधैं रहँदैन । हाम्रा पुर्खाहरू भन्ने गर्थे- आफूले अरूलाई गरेको सहयोग बिर्सिदिनु, अरूले आफूलाई गरेको सहयोग भने सदा सम्झिनु ।एक चिम्टी सहयोग गरेर एक मुठी खुसी मिल्छ भने यो फाइदाकै कुरा होइन र ? कसो ?

प्रकाशित:

१७ दिन अगाडि

|

१२ असोज २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६७२ दिन अगाडि

|

२७ मंसिर २०७९