सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिए कार्वाही हुने अध्यक्ष रन्जिताको चेतावनी

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिए कार्वाही हुने अध्यक्ष रन्जिताको चेतावनी

५४७ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

५४७ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिम प्रदेशमा  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट सरकारमा गएका पाँचै जनाले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले विहीवार बिना विभागीय मन्त्री खुसीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि सबैले जिम्मेवारी पाएका हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठकले प्रदेशमा समेत अहिलेको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले थारुलाई जिम्मेवारी दिएका हुन् । मन्त्रालयमा पुगेर थारुले पदभार सम्हालेका छन् । मुख्यमन्त्री शाहले बिहीबार नै नाउपाका बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । यो सँगै मुख्यमन्त्री शाह नेतृत्वमा रहेको अल्पमतको सरकारले पूर्णता पाएको छ । शाहको सरकारमा आर्थिक मामिला मन्त्री नाउपाका घनश्याम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कृषि राज्यमन्त्रीमा इन्दिरा गिरी छन् । माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपाका ७ मध्ये चार सांसदलाई मन्त्री र एकलाई राज्यमन्त्री बनाएका छन् ।  अल्पमतको सरकारलाई शाहले पूर्णता दिएपनि बहुमत भने पुगेको छैन । शाहको पक्षमा कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना छन् । उनलाई बहुमतका लागि २७ जनाको समर्थन चाहिन्छ । 

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

५४७ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो । मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५, २०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ । कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।

सूप प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

सूप प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

५४९ दिन अगाडि

|

१४ चैत २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।  नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । नाउपाको तर्फबाट प्रदेशमा ५ जना मन्त्री रहेकोमा यो निर्णयसँगै तिनको पद धरापमा पर्ने देखिएको छ । नयाँ गठबन्धनमा नाउपाले मुख्यमन्त्रीको दावी गरेको छ । बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी,  विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । यसैगरी संस्थापक रेशम चौधरी पनि बैठकमा सहभागी थिएनन् । 

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

५५६ दिन अगाडि

|

७ चैत २०८०

स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोही अधिकारको माग गर्दै थालेको आन्दोलन फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय घोराहीको गेटमा जारी छ । मोही अधिकार कायम भए पनि जमिन पाउन नसक्ने अवस्था आएको भन्दै मोही किसानहरुले मोही अधिकारको कार्यान्वयनको माग गर्दै आएका छन् ।  उता,  संघर्ष समितिका संयोजक प्रभुराम चौधरीसहित काठमाडौमा संघीय मन्त्री, राजनीतिक दलका नेता र सांसदहरुलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरिरहेका छन् । टोलीमा रहेका थारु कल्याणकारिणीसभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार किसानहरुसँगको भेटमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भूमिको समस्या किसानको मात्र नभई राष्ट्रकै समस्या भएकाले तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  भूमिमाथिको द्वैध स्वामित्व हुनुहुँ‘दैन भन्नेतर्फ सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले विधेयक ल्याएर यस्ता समस्या समाधान गर्ने बताए ।  टोलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, एमाले महासचिव शंकर पोख्रेल, सांसद दीपक गिरीलाई पनि भेट गरी समस्या समाधानमा भूमिका खेल्न आग्रह गरेको छ । महासचिव पोख्रेलले किसानको समस्याप्रति आफू जानकारी रहेको भन्दै समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले किसानका समस्या समाधानमा पार्टीको सहयोग हुने बताए । थाकस दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार गुठीपीडित किसान तथा दलका प्रतिनिधिहरुले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य मेनका पोख्रेललगायतसँग पनि भेट गरी मोही अधिकार कार्यान्वयनका लागि भूमिका खेलिदिन आग्रह गरेको छ ।  स्वर्गद्वारी गुठीको कुल एक हजार ५० विगहा जमिनमध्ये सात सय ७३ दशमलव ४ विगहा जमिनमा मोही छ । तर मोही पूर्जा पाइसकेका तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान सर्वोच्च अदालतले २०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष गुठी भएकाले खण्डीकरण नगर्न परमादेश जारी गरेपछि मोही अधिकारबाट बञ्चित भएका छन् ।

केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

५६३ दिन अगाडि

|

३० फागुन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका स्वकीय सचिव आलोक चौधरीले रन्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको निर्णय नमाने अध्यक्षबाट पदमुक्त गराइने बताएका छन् । बुधवार प्रचण्ड सरकारलाई विश्वासको मत रहेको रन्जिताको उद्घोषपछि आलोकले अध्यक्षबाट पदमुक्त गराइने अभिव्यक्ति दिएका हुन् । आलोकले फेसबुकमा भनेका छन्, केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छ । यो माइतबाट ल्याएको कुनै दाइजो होइन । यसले पार्टी दुई चिरा हुने देखिएको छ । अर्को समाचार अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् ।  बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले उक्त अभिव्यक्ति दिएकी हुन् ।  ‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले प्रचण्ड सरकारलाई विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’ उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।